Author: महेन्द्रनगर पोष्ट

धनगढी: बैतडीका प्रकाश टेलरकी आमाको शव २४ घण्टापछि घाटमा लगेर अन्त्येष्टि गरिएको छ। मलामी नपाएर घरको आँगनमै राखिएको शव २४ घण्टापछि ट्याक्टरमा राखेर पाटन नगरपालिका–६ सुर्नयागाडमा रहेको तिपडा घाट पुर्‍याइएको हो। सिगास गाउँपालिका–१ का प्रकाश दमाईकी आमा माना टेलरको शनिवार ६१ वर्षको उमेरमा मृत्यु भएको थियो। छिमेकी कसैले पनि मलामी जान नमानेपछि ट्याक्टर प्रयोग गरेर सीमित आफन्तले शवको दाहसंस्कार गरेका हुन्। प्रकाश गाउँमा रहेको भूमिराज आधारभूत विद्यालयका शिक्षक हुन्। तर उनलाई छिमेकी कसैले पत्याएनन्। तराईबाट आएका आफन्तहित दुईजना गैरदलित समुदायका गरी १८ जना शवयात्रामा सहभागी भए। करिब तीन सयजनाको बसोबास रहेको सिगास–१ अङडेगाडा गाउँमा प्रकाशको परिवार दमाई समुदायको एक्लो हो।…

Read More

धनगढी: सशस्त्र प्रहरी बल नेपालका उपरीक्षक (एसपी) दलबहादुर पाण्डे कैलालीबाट सरुवा भएपछि एपीएफ इन्टेलिजेन्स व्युरोमा गएका छन्। उनको सशस्त्र प्रहरी बल नम्बर ३४ गण हेक्वा कैलालीको प्रमुखको रूपमा कार्यकाल सफल भएको जिल्लाबासीले अनुभूति गरेका छन्। एसपी पाण्डेको एक वर्षे कार्यकालमा अबैध सामान बरामद, तस्करी नियन्त्रण र अवैध कारोबारी पक्राउ, अबैध लागुऔषध कारोबार नियन्त्रणदेखि सामाजिक काममा पनि बितेको थियो। एसपी पाण्डेले २०८० फागुन ४ गते जिल्लाको कमाण्ड सम्हालेका थिए भने आज उनी काठमाडौं पुगेका छन्। कैलालीमा भने नयाँ इन्चार्जको रुपमा सुरेन्द्रराज रन्जित उत्कृष्ट एसपी आएका छन्। उनी सशस्त्रको २१ नम्बर हेक्वा दक्षिणकाली ललितपुरबाट कैलाली आएका हुन्। उनी सशस्त्रको यो वर्षको उत्कृष्ट…

Read More

काठमाडौं: संयुक्त राजनीतिक दलित संघर्ष समितिले जातीय विभेद लागायतका विषयमा गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ। आइतबार गृह मन्त्रालय पुगेर समितिका संयोजक लोकबहादुर विश्वकर्माको टोलीले गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापन पत्र बुझ्दै गृहमन्त्री लेखकले जातीय विभेद निर्मुल हुनुपर्छ भनेर सरकार पनि लागिपरेको बताए। ‘संविधान निर्माणका क्रममा सबै समुदायका मौलिक हकलाई सुनिश्चिता हुने गरी राख्नुपर्छ भन्ने मान्छे हुँ। त्यही अनुसार सबै राजनीतिक दलबिच सहमति भएको हो । जातीय विभेदलाई निर्मुल हुनुपर्छ भनेर म संधै लागि परेको छु,’ उनले भने। निर्वाचनसम्बन्धी ऐनमा महिला र दलितको विषय ज्यादा महत्वका साथ आफूले लिएको गृहमन्त्री लेखकले बताए।

Read More

काठमाडौं: सशस्त्र प्रहरी बल, नेपालका लागि रिक्त नायब महानिरीक्षक (डीआईजी) पदमा आजभोलिमा बढुवा सिफारिस प्रक्रिया टुंगो लाग्ने सम्भावना रहेको छ। गृह मन्त्रालय, बढुवा समितिको सचिवालयले शुक्रबार सूचना जारी गर्दै आज (आईतबार) साँझ ५ बजेसम्म आवेदन दिने समयसीमा तोकेको थियो। समाचार स्रोतका अनुसार, बढुवा समितिको बैठक आजै बस्ने सम्भावना उच्च छ। यदि बैठक आज बस्न नसके, भोलि सोमबार निर्णय लिइनेछ। विगतमा पनि सूचना सकिने दिन नै बैठक बसेर बढुवा सिफारिस गर्ने नजिर रहेकाले, आजको बैठक निर्णायक हुने आँकलन गरिएको छ। मुख्य दाबेदारहरू को को ? सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम (सिसम १) बाट डीआईजी भइसकेका पाँच जनापछि बाँकी रहेका चार जना…

Read More

काठमाडौं: लेबनानमा आक्रमणमा परेका नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल आज बिहान काठमाडौं आइपुगेका छन्। उनी बिहान ९:३० बजे दोहा हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। संयुक्त राष्ट्रसंघ (यूएन) को युनिफिल मिसन अन्तर्गत डेपुटी कमाण्डर का रूपमा कार्यरत ढकालमाथि स्वदेश फर्कने क्रममा आक्रमण भएको थियो। विमानस्थलतर्फ जाँदै गर्दा उनलाई सवार सवारीसाधनमाथि आगजनी तथा लुटपाट भएको नेपाली सेनाले जनाएको छ। सेनाका अन्य सवारीसाधनहरूले इस्कर्ट गरिरहेका बेला ढकाल चढेको गाडीलाई रोक्दै प्रदर्शनकारीहरूले आक्रमण गरेका थिए। आक्रमणमा ढकालसहित अन्य चार जना नेपाली सैनिक घाइते भएका थिए। उनीहरूको स्थानीय अस्पतालमा उपचारपछि ढकाल आज नेपाल फर्किएका हुन्। लेबनानमा नेपाली सैनिकहरूमाथि भएको यो आक्रमणबारे विस्तृत छानबिन…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)को जिम्मेवारी प्रहरी नायब उपरीक्षक (डीएसपी) केशब भट्टराईलाई दिइएको छ। ओलीका तत्कालीन पीएसओ नवीन कार्की प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएपछि भट्टराईलाई उक्त जिम्मेवारी दिइएको हो। भट्टराई यसअघि जिल्ला प्रहरी कार्यालय रसुवाको प्रमुख थिए। रसुवाबाट उनलाई ओलीको पीएसओको रुपमा काज सरुवा गरिएको हो।

Read More

धनगढी: बाजुरामा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। आइतबार बिहान साँफे–मार्तडी सडकखण्ड अन्तर्गत बुढीगंगा नगरपालिका–१ अम्कोटमा बसको ठक्करबाट आमाछोरा घाइते भएकोमा छोराको उपचारका क्रममा मृत्यु भएको हो। बसको ठक्करबाट घाइते अम्कोटका ८ वर्षीय नयन पाध्यायको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ५० वर्षीया आमा विष्णा पाध्याय घाइते भएकी थिइन्। धनगढीबाट सदरमुकाम मार्तडी जादै गरेको सु प प्र ०१–००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसिरहेका आमाछोरालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक जनक बहादुर बोहराले बताए। उनका अनुसार घाइते भए लगत्तै उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएकोमा छोराको मृत्यु भएको छ भने आमाको उपचार…

Read More

बैतडी: बैतडीको सिगास गाउँपालिकामा एक छोराले आफ्नै आमाको शव आँगनमै कुरेर बस्नुपरेको छ। मलामी जाने कोही नपाएपछि प्रकाश टेलरले आमाको शव उठाउन गाडीको खोजी गरिरहेका छन्। सिगास गाउँपालिका–१, अङडेगाडाका ३० वर्षीय प्रकाश टेलरकी आमा ६१ वर्षीया माना टेलरको शनिबार मधुमेहका कारण मृत्यु भएको थियो। तर, गाउँका कसैले समेत मलामी जान नमान्दा उनको अन्त्येष्टि रोकिएको हो। माना टेलरको परिवार गाउँकै एक मात्र दमाई परिवार हो। त्यहाँ अन्य दलित समुदाय विश्वकर्मा, लोहार, चुनारा, सार्की भए पनि उनीहरू नै शव बोकेर मलामी जान नमान्दा समस्या झन् जटिल बनेको छ। “घरबाट आधा घण्टाको दूरीमा ढणालीगाड खोलामा दाहसंस्कार गर्न सकिन्थ्यो। तर, यो जात व्यवस्थाले आमाको…

Read More

काठमाडौं: नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) मृत भेटिएका छन‍्। झापाको भद्रपुर नगरपालिका-८ स्थित जिल्ला प्रहरी कार्यालयमा रहेको ब्यारेकमा सई धनराज खतिवडा मृत भेटिएका हुन्। तीनतले प्रहरी ब्यारेकको माथिल्लो तलामा पानीको ट्यांकी जाने फलामको भर्‍याङमा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन्। मृतक खतिवडा भोजपुर टैम्केमैयुङ गाउँपालिका-४ घर भई मोरङ कानेपोखरी गाउँपालिका-७ बस्दै आएका छन्। उनको मृत्यु कतिबेला भएको भन्ने खुलेको छैन। मृतकका आफन्तलाई जानकारी गराएर कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान अघि बढाएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी दलहरुबीच भागबन्डा मिलेपछि प्रदेशसभाका विषयगत समितिका सभापति निर्विरोध चयन भएका छन्। प्रदेशसभा सचिवालयले सभापतिको मनोनयन दर्ताका लागि दिएको समयअनुसार शनिबार दिउँसो ४ बजेसम्म सभापति खाली रहेका समितिको सभापतिका लागि एकल उम्मेदवारी परेको हो। आधिकारिक घोषणा भने आइतबारमात्रै हुने प्रदेशसभा सचिवालयले जनाएको छ। सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र संसदीय दलका उपनेता अक्कलबहादुर रावल, सामाजिक विकास समितिको सभापतिमा नेकपा एमालेका सांसद धर्मराज पाठक र अर्थविकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले एकल उम्मेदवारी होलेका छन्। कांग्रेस र एमालेबीच भएको भागबन्दा बमोजिम विशेष समितिको सभापतिका लागि नेपाली…

Read More