Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीमा अबैध काठसहित एक जना पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिकाबाट एक ट्याक्टर काठसहित एक जना पक्राउ परेका हुन्। घोडाघोडी नगरपालिका–४ का हर्कबहादुर चौधरीलाई अबैध काठसहित इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको हो। शनिबार राति ८ बजेको समयमा इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी दिपेन्द्र पालको कमाण्डमा खटिएको प्रहरी टोलीले घोडाघोडी नगरपालिका–४ को श्रीराम सामुदायिक वनबाट बिना कागजात काठ ओसार गरिरहेको अवस्थामा काठसहित ट्याक्टर चालक चौधरीलाई नियन्त्रणमा लिइएको डिएसपी पालले बताए। काठसहित ट्याक्टर र चालकलाई डिभिजन वन कार्यालय पहलमानपुरको जिम्मा लगाइएको छ

Read More

धनगढी : नेपालगञ्जको काँरकाँदो चोकमा ट्राफिक प्रहरीले एक जना सर्वसाधारणलाई निर्घात् कुटपिट गरेका छन् । बिहान साढे ८ बजे हेटौंडा उपमहानगरपालिका १७ घर भई जुम्लामा डोजर चलाउँदै आएका देवराज सापकोटालाई ट्राफिकका प्रहरी सहायक निरीक्षक प्रकाश विकले कुटेका हुन् । व्यक्तिगत प्रयोजनका लागि बाटोमा भिडियो खिचिरहेका सापकोटालाई ट्राफिक नियम उल्लंघन गर्दै मोटरसाइकलमा आएका प्रहरी सहायक निरीक्षक विकले आफ्नो भिडियो खिचेको भन्दै मोबाइल नियन्त्रणमा लिएर सबै भिडियोहरु डिलिट गरेका थिए । सापकोटले आफू डोजरको पम्प बनाउन नेपालगञ्ज आएको बताए । उनका अनुसार, व्यक्तिगत प्रयोजनका लागि भिडियो खिचेको जानकारी गराउँदा पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिई काँरकाँदौबाट बसपार्कस्थित विद्युत प्राधिकरणमा रहेको अस्थाई प्रहरी बिटमा…

Read More

धनगढी : कैलालीको धनगढीमा नगर विकासको जग्गा खाली गर्ने काम सुरु भएको छ । नगर विकास समितिको नाममा दर्ता श्रेस्ता रहेको साविकको तारानगर–४ (क) कित्ता नम्बर ३००३ क्षेत्रफल १२–१८–१४.५ को जग्गा साविक विमानस्थलको रहेको जग्गा खाली गराउने काम सुरु भएको हो । हाल पुनः नाप नक्सा भएर कायम भएको धनगढी उपमहानगरपालिका–१ नक्सा सिट नम्बर ०२७–०७६९–०१ को कित्ता नम्बर ४३५ र ३९ का साथै सिट नम्बर ०२७–०६७९–०२ को कित्ता नम्बर ४, १४, २० र १७२ को जग्गा विभिन्न व्यक्तिहरुले अतिक्रमण गरेर घरटहरा निर्माण गरेका थिए । नगर विकास समितिको २०८० असोज २६ गते बसेको बैठकले उक्त जग्गामा बनेका संरचनाहरुलाई हटाउने निर्णय…

Read More

काठमाडौँ : प्रहरीमा बढुवा एउटा नियमित प्रक्रिया हो । तर कहिलेकाहीँ घटुवामा परेका समाचार पनि प्रकाशमा आउने गरेका छन् । भारतको उत्तर प्रदेश राज्यको उन्नावमा एक डीएसपीलाई घटुवा गरेर सिपाही बनाइएको छ । उन्नावको तत्कालीन सर्कल अफिसर रहेका डीएसपी कृपा शंकर कनौजियालाई घटुवा गरेर सिपाही बनाइएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार कृपा शंकरले ६ जुलाई २०२१ मा उन्नाव एसपीसँग पारिवारिक कारण देखाएर बिदा मागेका थिए । तर बिदा स्वीकृत भएपछि उनी घर नगएर अन्तै घुम्न गएको पत्ता लाग्यो । डीएसपी कृपा शंकरले बिदा लिएर हिँडेपछि मोबाइल बन्द गरेका थिए । पत्नीले बारम्बार फोन सम्पर्क गर्न खोज्दा मोबाइल लगातार ‘स्वीच अफ’…

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य सचिव वैकुण्ठ अर्याल विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै स्वतः निलम्बनमा परेका छन् । सञ्चार मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा राज्य कोषमा अरबौं रुपैयाँ क्षति पुग्ने गरी विभिन्न निर्णय गरेको भन्दै शुक्रबार अख्तियारले मुद्दा दायर गरेको हो ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ अनुसार मुख्य सचिव अर्याल स्वतः निलम्बित भएका हुन् ।  दफा १७ मा सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिलाई मुद्दा दायर गरेपछि मुद्दा किनारा नभए सम्मको अवधिभर त्यस्तो व्यक्ति स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेको छ ।  मुख्य सचिव अर्याल २०८० साल…

Read More

धनगढीः कैलालीको धनगढीबाट नगदसहित पक्राउ परेका सात जना जुवाडेमा पूर्व जनप्रतिनिधिदेखि प्रहरीसम्म परेको पाइएको छ। हिजो (शनिबार) धनगढी उपमहानगरपालिका–३ रिङरोडस्थित हिरा गजुरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेकाहरुमा पूर्व वडाध्यक्षदेखि प्रहरीका पूर्व सईसहित व्यापारीहरु परेका हुन्। प्रहरीले हिरा गजुरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा गजुरेलसहित सात जनालाइ समातेको थियो।उनीहरुलाइ गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले नगद ६५ हजार ५ सय ५ रुपैयाँ र ३ गड्डी ताससहित समातेको थियो। यसरी समातिनेमा धनगढी वडानम्बर ३ का पूर्व वडाध्यक्ष एवं नेकपा माओवादी केन्द्रका नेता बलबहादुर ऐर, नेपाल प्रहरीका पूर्व सई एवं हाल भन्सार एजेन्टको रुपमा कार्यरत मोहनसिंह धामी र…

Read More

काठमाडौं : रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय सुरक्षा परिषदलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् । रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले परिषदलाई अझ प्रभावकारी र सबै सुरक्षा संयन्त्रहरुको बीचमा सशक्त समन्वयको माध्यम बनाउनुपर्ने धारणा राखे । ‘बाह्य चलखेललाई जस्तो कुनै अपराधीहरु आएर लुक्यो, विदेशबाट आएको सुरक्षाकर्मीले इनकाउन्टर गर्दाखेरि नेपालको सुरक्षाकर्मीलाई थाहा हुँदैन । सुरक्षा परिषदलाई थाहा हुँदैन । त्यो अवस्था पनि छ’, उनले भने । यस्तो अवस्थामा सुरक्षा संयन्त्रहरुका बीचमा प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताए । उनी भन्छन्, ‘तीन वटै सुरक्षा संयन्त्रको बीचमा सुरक्षा समन्वय गर्दै राष्ट्रिय सुरक्षा परिषदलाई सशक्त र प्रभावकारी बनाउनुपर्ने छ…

Read More

धनगढी : धनगढीमा अवैध सामान बरामद भएको छ । आइतबार दिउँसो वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले तीन लाख १० हजर २५० मुल्य बराबरकोअवैध सामान बरामद गरेको हो । प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमाण्डमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका ४, बसपार्क पछाडि भारतबाट भन्सार छली गरी ल्याइएको बेबारिसे अवस्थामा रहेको समान फेला पारेको हो। बरामद गरिएको समानमा ५०५ जोर सेन्डिल चप्पल र ६,७०० पिस प्रेसर कुकरको रबर रहेका छन्। यो समान अनधिकृत रुपमा भारतबाट ल्याइएको भन्दै प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। बरामद गरिएको समान आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालयमा पठाउने तयारी भईरहेको छ।

Read More

धनगढी: धनगढीमा सडकमा हिड्ने मान्छेलाई सताउने ६ जना तेस्रो लिङ्गीहरु पक्राउ परेका छन्। अस्ति (शुक्रबार) सडकमा हिडडुल गर्ने व्यक्तिहरुलाई अनावश्यक हैरानी दिने ६ जना तेस्रो लिङ्गीहरुलाई पक्राउ गरिएको हो। धनगढी उप-महानगरपालिका-३ चटकपुरस्थित सडकमा हिडडुल गर्ने मानिसहरुलाई अनावश्यक हैरानी दिएको भन्दै उनीहरूलाई समातिएको हो। उनीहरूलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको इन्सपेक्टर जनकराज ढुङ्गानाको टोलीले समातेको थियो। अहिले उनीहरूविरुद्ध थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यी हुन् समातिएकाहरुजिल्ला पर्सा बिरगञ्ज महानगरपालिका वडा नं. ०४ घर भएकी वर्ष २५ उर्मिला थापाजिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. ०६ बस्ने वर्ष १९ रेनुसिंह ठकुरीऐ.गौरीगंगा नगरपालिका वडा नं. ०५ बस्ने वर्ष १८ पारु…

Read More

धनगढी : कैलालीका विभिन्न ठाउँबाट भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका प्रहरी टोलीले विभिन्न स्थानहरुमा भन्सार छलि गरी ल्याइएको झण्डै चार लाख मुल्य बराबरको सामान नियन्त्रणमा लिएको हो । लेडिज कुर्ति सुरवाल, सुजी, सिस्टम गुट्खा, बोईलर कुखुरा, बच्चाको चप्पल, चिनि लगायतका विभिन्न सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ । बराबरको मालसमान नियन्त्रणमा लिई भन्सार कार्यालय त्रिनगर पठाएको छ।

Read More