Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: गत शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘नरसिंहा अवतार’ को प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन चलचित्र युनिट भोलि बुधबार (जेठ १४ गते) धनगढी आउने भएको छ। चलचित्रको टोली भोलि धनगढी हुँदै नेपालगन्ज जाने कार्यक्रम रहेको छ। धनगढीस्थित एसटीएस सिनेमाजमा टोलीले दर्शकसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ। महानायक राजेश हमालको नेतृत्वमा रहेको टोलीमा अभिनेत्री सनिशा भट्टराई, अभिनेता राज कटवाल, प्रकाश कुवँर, निर्माता नरेन्द्र महर्जन र वितरक छविराज ओझा पनि सहभागी हुने मिडिया सल्लाहकार श्रीधर पौडेलले जानकारी दिए। सिनेमाघरमा उपस्थित भई दर्शकसँग चलचित्रबारे प्रतिक्रिया लिनुका साथै पत्रकारहरूसँग पनि अन्तरक्रिया गर्नेछ।

Read More

काठमाडौं: नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन्। निवर्तमान अध्यक्षसमेत रहेका उनी पुन: युवा संघको अध्यक्षमा निर्वाचित भएका हुन्।  यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनप्रक्रियामा जान नदिई थेबेलाई अध्यक्ष बनाएका थिए। यसपटक भने उनी निर्वाचन प्रक्रियाबाट निर्वाचित भए। पोखरामा जारी अधिवेशनमा थेबेले प्रतिस्पर्धी सुमन पुरीलाई पराजित गरे। निर्वाचनमा १४०४ मत खसेको थियो। थेबेले १८८ मतले सुमन पुरीलाई पछाडि पारे। यद्यपि, निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी छ।

Read More

धनगढी: कैलालीमा भारतबाट अवैध रुपमा ल्याइरहेका चाँदीका गरगहनासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-१० काे सिमलघाट क्षेत्रमा शंकाका आधारमा चेकजाँच गर्दा भारतबाट ल्याइरहेकाे ६ लाख ३४ हजार बराबरकाे चाँदीका गरगहना बरामद गरेकाे हाे। जिल्ला प्रहरी कार्यालयकाअनुसार तीन किलो ३७० ग्राम तौल भएको अवैध चाँदीका गरगहना बरामद गरिएको छ। पक्राउ पर्नेमा भारतको सुडा बजार घर बताउने ३२ वर्षीय हरीलाल राना रहेका छन्। पक्राउ परेका राना र बरामद गरगहना सम्बन्धित आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Read More

धनगढी: बाजुरामा नेपाल टेलिकमकाे जिप दुर्घटना हुँदा प्रमुखसहित तीन जनाकाे मृत्यु भएकाे छ। जगन्नाथ गाउँपालिका- २ काे काँडाकोटमा मंगलबार बिहान साढे ९ बजे  नेपाल टेलिकमकाे बा ५ च २२०९ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाकाे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी प्रकाश मल्लले दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक नन्दराम महता र जीपमा सवार रविन्द्र धामीकाे मृत्यु भएकाे जानकारी दिए। उनकाअनुसार तीनै जनाकाे घटनास्थलमा मृत्यु भएकाे हाे भने जिपमा सवार अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेमा नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा रहेका छन्। टेलिकमकाे जिप टावर मर्मतका लागि अत्तरियाबाट बाजुरा…

Read More

धनगढी: बाजुरामा नेपाल टेलिकमकाे जिप दुर्घटनामा परेकाे छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दुर्घटनामा अहिलेसम्म ३ जनाको मृत्यु भएको जनाइको छ भने केही मानिस घाइते भएका छन्। प्रहरीकाअनुसार जगन्नाथ गाउँपालिका-३ मा टेलिकमकाे जिप दुर्घटना भएकाे हो। दुर्घटनामा गाडीमा सवार ३ कर्मचारीकाे घटनास्थलमै मृत्युु भएकाे र केही घाइतेलाई उद्धार गर्ने तयारी गरिदैछ। घटनाको विस्तृत विवरण भने आउन बाकी रहेको बताइएको छ।

Read More

काठमाडौं: भारतले नेपालले दाबी गर्दै आएको लिपुलेक, कालापानी र गुन्जी क्षेत्र हुँदै चीनको तिब्बतस्थित कैलाश मानसरोवरसम्म तीर्थयात्री पठाउने तयारी गरेको छ। भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको नयाँ पोर्टलमा नेपाली भूमि हुँदै चीनसम्म पुग्ने मार्ग स्पष्ट रूपमा उल्लेख गरिएको छ। कैलाश मानसरोवर यात्रा २०२५ का लागि ७५० भारतीय तीर्थालुहरूलाई कम्प्युटरमार्फत छनोट गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। करिब ५,५६१ जनाले आवेदन दिएकोमा १५ टोली बनाई, प्रति टोली ५० जनाको दरले जुनदेखि अगस्ट महिनासम्म यात्रा गराउने तयारी गरिएको छ। प्रत्येक तीर्थालुलाई भारत सरकारले यात्रा शुल्कका रूपमा १ लाख ७४ हजार भारतीय रुपैयाँ तोकेको छ। २२ दिन लामो यात्रामा पाँच टोलीलाई उत्तराखण्डको लिपुलेक…

Read More

धनगढी: कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तराज तिम्सिनामाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका धनगढी उपमहानगरपालिकाका नगर प्रहरीलाई अभद्र व्यवहार मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार पक्राउ परेका चारै जनालाई जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी थुनामा राखिएको छ। तिम्सिनाको जाहेरीका आधारमा उनीहरू विरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको सिंहले जानकारी दिए। कुटपिट आरोपमा पक्राउ पर्नेमा नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामी, उनका सवारी चालक रतन मल्ल, हवल्दार मणीदत्त भट्ट र जवान जितेन्द्रसिंह धामी रहेका छन्। कुटपिट गर्ने धनगढी नगर प्रहरीका प्रमुख लक्ष्मणसिंह धामी कञ्चनपुरबाट पक्राउ परेका थिए। फरार…

Read More

धनगढी: कैलालीको धनगढीदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा पुनः उडान सुचारू हुने भएको छ। समिट एयरले धनगढी विमानस्थललाई केन्द्र बनाएर बझाङ र अछामको साँफेमा उडान गर्ने भएको हो। साताको दुई दिन अछामको साँफेबगर विमानस्थल र बझाङको देवल विमानस्थलमा धनगढीबाट उडान भर्ने समिट एयरले जनाएकाे छ।   जेठ १९ गतेदेखि उडान सुरु गर्ने जनाइएको छ। समिट एयरका प्रतिनिधि आभाश शाहले प्रत्येक सोमबार सोमबार धनगढी–बझाङ–धनगढी र धनगढी–साँफे–नेपालगञ्ज तथा बिहीबार धनगढी–साँफे–धनगढी र धनगढी–बझाङ नेपालगञ्ज उडान हुने जानकारी दिए।  उनका अनुसार धनगढी–बझाङको भाडा छ हजार पाँच सय तथा धनगढी–साँफेको भाडा चार हजार पाँच सय निर्धारण गरिएको छ। एयर फास्ट कार्गो सर्भिससंगको सहकार्यमा समिट एयरले पहाडी जिल्लामा उडान…

Read More

कञ्चनपुर: महेन्द्रनगरमा आइतबारदेखि टिभिएस मोटरसाइकलको ६ दिने महा एक्सचेञ्ज मेला सुरु भएको छ। टिभिएस मोटर्सका लागि नेपालमा आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिको स्थानीय बिक्रेता माहामाया ट्रेड एण्ड सप्लायर्सको आयोजनामा मेला सुरु गरिएको हो। जिल्ला प्रहरी कार्यालय रोडस्थित टिभिएस शोरुमको प्राङ्गणमा सञ्चालन भइरहेको मेला जेठ ११ गतेदेखि १६ गतेसम्म चल्नेछ। कम्पनीका अनुसार यो सुदूरपश्चिमकै अहिलेसम्मकै सबैभन्दा ठूलो टिभिएस मेला हो। मेलामा ग्राहकहरूका लागि विशेष योजना ल्याइएको छ। पुरानो मोटरसाइकल साटेर नयाँ टिभिएस मोटरसाइकल खरिद गर्दा एक लाख रुपैयाँसम्मको नगद छुट पाइनेछ भने न्यूनतम ३० हजार रुपैयाँको मूल्यांकन गरिनेछ। साथै, शोरुममै सहज फाइनान्स सुविधा पनि उपलब्ध गराइएको छ। जगदम्बा मोटर्सका सेल्स हेड…

Read More

बैतडी: नेपालमा सशस्त्र द्वन्द्वको समयलाई लक्षित गरी स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपालले पछिल्ला वर्षहरूमा आफ्नो परिचय, जिम्मेवारी र प्रभाव सबै क्षेत्रमा विस्तार गर्न सफल भएको छ। यही संस्थागत विस्तारको प्रत्यक्ष उदाहरण बनेको छ बैतडीको सशस्त्र प्रहरी बल नं. ५१ गुल्म, हेडक्वाटर। २०७५ साल असोज ७ गते स्थापना भएको यो गुल्म हाल बैतडी जिल्लाको सीमासुरक्षा, राजस्व चुहावट नियन्त्रण, विपद् उद्धार तथा जनसुरक्षामा उल्लेखनीय कार्य गर्दै आएको छ। गुल्म प्रमुखको जिम्मेवारी २०८० साउन ८ गते सम्हालेका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण सिंह पुजाराको नेतृत्वमा गुल्मले विशेष प्रभाव छाडेको बताइन्छ। उनको नेतृत्वमा जिल्लामा सीमासुरक्षा थप कडा बनाइएको थियो भने महाकाली भन्सार…

Read More