Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: काठमाडौं प्रहरी परिसरमा कार्यरत प्रहरीले क्रिप्टोकरेन्सी कारोबारीबाट ५० लाख रूपैयाँ घुस लिएको पाइएको छ। घुस लिएर पक्राउ परेका आरोपीलाई भगाएको पनि खुलेको हो। स्रोतका अनुसार गत शुक्रबार क्रिप्टोकरेन्सी कारोबारको आरोपमा एकजना पक्राउ परेका थिए। तर उनलाई डिल गरेर प्रहरीले आइतबार छाडेको पाइएको छ। बिचौलियामार्फत परिसरको मुद्दा शाखामा कार्यरत सहायक हवल्दार गणेश खड्कासम्म ५० लाख पुगेको र पक्राउ परेका व्यक्ति छुटेको स्रोतले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट ती छाडिएका मान्छे क्यानडा भागेका छन् भने हवल्दार खड्कालाई थुनामा राखेर आन्तरिक अनुसन्धान थालिएको छ।  पक्राउ परेका आचार्य थरका आफन्तले ५० लाख रूपैयाँ तिरेको गुनासो गरेपछि परिसर प्रहरीले आन्तरिक छानबिन गरिरहेको हो। पक्राउ परेका आरोपीका…

Read More

काठमाडौंः अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दा टुंगिसकेको छ। मुद्दा चल्दै गर्दा करिब एक वर्ष उनी जेलमै बसे। त्यतिबेला पलको पक्षमा एक दर्जन वकिलहरुले बहस गरेका थिए। सो क्रममा पलले एक वर्षभित्र चार करोडभन्दा बढी पैसा सकिएको बताएका छन्। उनले एक अन्तर्वार्तामा जीवनभर कमाएको पैसा सकिएर पनि घाटा गएको बताएका हुन्। ‘वकिलहरुलाई पे गर्नुपर्छ, एक पटक बहस गर्दा १० जना वकिल हुन्छन्’, उनले भने, ‘एक पटकमा १०÷१५ लाख सकियो, एक वर्षमा ४०÷५० पटक बहस भयो होला, धेरै खर्च भयो।’ दाङ गृह जिल्ला भएका पलले घटना हुनुअघि काठमाडौँमा घर बनाउने तयारी भइरहेको बताएका थिए। तर अहिले त्यो सपना पनि चकनाचुर भएको…

Read More

काठमाडौं: नेपाल प्रहरीका एकजना डीएसपीसहित ३ नेपालीको जन्मकुण्डली खोजी थालिएको छ। नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालले ३ नेपालीको विवरण माग गरेको हो। स्रोतका अनुसार उनीहरूले आतंकवादसँग जोडिएर आर्थिक कारोबार गरिरहेको आशंका छ। जसमा नेपाल प्रहरीका डिएसपी हेमबहादुर शाही समेत परेका छन्। कैलाली घर भएर कैलालीकै धनगढीस्थित गणमा कार्यरत डिएसपी शाहीसहित कालिकोटका महेन्द्रजंग शाह र कालिकोटकै दिपेन्द्रबहादुर शाहले आतंककारी गतिविधिमा संलग्न रही ठूलो आर्थिक कारोबार गरिरहेको भन्दै विवरण माग गरिएको हो। उनीहरूको पृष्ठभूमि जानकारी गराउन हेडक्वार्टरले मातहतलाई पत्राचार गरेको छ भने प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) को नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) सिंगापुरले नेपाल प्रहरीको एनसीबी काठमाडौंलाई विवरण माग गरेको थियो। स्रोतका…

Read More

धनगढी: कञ्चनपुरका एक वडाध्यक्षको क्यासिनोसँग कनेक्सन देखिएको छ। भीमदत्त नगरपालिका ११ का अध्यक्ष प्रकाश थापाको क्यासिनोसँग कनेक्सन देखिएको हो। हालै कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाको वडा नम्बर ६ मा नयाँ क्यासिनो खुलेको छ। नयाँ खुलेको त्यहीँ होटल रुपमको क्वीन्स लज रिगेमिङ क्लब क्यासिनोसँग थापाको कनेक्सन देखिएको हो। उसो त वडाध्यक्ष थापा पनि पूर्व जुवाडे नै हुन्। उनी वडाध्यक्ष निर्वाचित भएपछि पनि जुवाखालबाट पक्राउ परेका थिए। त्यसपछि उनी धरौटीमा छुटेका थिए। अहिले तिनै वडाध्यक्षको क्यासिनोसँग कनेक्सन फेला परेको हो। क्यासिनो भनेको जुवा खेल्ने खेलाउने अड्डा हो। केही दिन अगाडि मात्रै वडाध्यक्ष थापाले सोही क्यासिनोको लागि पार्किङ बनाउन सरकारी सम्पत्ति दुरुपयोग हुनेगरी कार्य गरेको…

Read More

दार्चुला : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दार्चुलास्थित असिगाडामा निर्माणाधीन नेपाल–भारत जोड्ने मोटरेबल पुलको निरीक्षण गरेका छन्। दार्चुला सदरमुकाम नजिक महाकाली नगरपालिका–८ असिगाडामा र भारत पिथौरागढ जिल्लाको छारछुम जोड्ने मोटरेवल पुलको राजदूत श्रीवास्तवले स्थलगत निरीक्षण गरेका हुन्। सुदूरपश्चिम प्रदेशमा टनकपुरपछि दार्चुलामा भारतसित दोस्रो पुल निर्माण भईरहेको छ। भारतसितको सीमामा पहाडी जिल्लामा भने पहिलो मोटरेबल पुल हो। पुल निरीक्षणका क्रममा राजदूत श्रीस्तावले जति सक्दो चाँडो निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्। पुलको दुईटै साईडमा ट्राफिक जाँचमा समस्या आउने गरी संरचना र पहुँच मार्ग निर्माण गर्न दुवै देशका प्राविधिकको समन्वय हुनुपर्ने बताएका छन्। भारतीय पक्षले निर्माण गरिरहेको एक सय…

Read More

धनगढीः बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ जालीबगरमा सुक्खा पहिरो खसेर अवरुद्ध जयपृथ्वी राजमार्ग २ दिनपछि सूचारु भएको छ। अवरुद्ध सडक खुलाउन शुक्रबार बिहानबाटै पहिरो पन्छाउन सुरु गरिएको थियो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी युवराज भण्डारीलले पहिरो ठूलो भएकाले राजमार्ग खुलाउन समय लागेको बताए। पहिरो खसेका कारण बिहीबार बिहान सात बजेदेखि बन्द भएको जयपृथ्वी राजमार्ग आज दिउँसोबाट खुलेको हो। दुईवटा मेसिन लगाएर पहिरो हटाउने काम भएको थियो।

Read More

काठमाडौं: शुक्रबार प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) र त्रिभुवन विश्वविद्यालयबीच मास्टर्स इन पुलिस साइन्स (एमपीएस)मा हस्ताक्षर भएको छ। प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर र त्रिविको व्यवस्थापन संकायका डीन प्रा. डा. डिल्लीराज शर्माबीच प्रहरी प्रधान कार्यालयमा एमपीएसका बारेमा सम्झौता भएको हो। यो सम्झौता भएसँगै नेपाल प्रहरीमा अब औपचारिक रूपमा स्टाफ कलेज कोर्स सुरुवात भएको छ। प्रहरीको नीति तथा समन्वय समिति (पीसीसी)बाट गत जेठमा प्रस्ताव स्वीकृत भएपछि स्टाफ कलेजको कोर्सलाई अघि बढाइएको थियो। प्रहरी महानिरीक्षक (आइजीपी)को नेतृत्वमा रहेको पीसीसीले प्रस्ताव पारित गरेपछि यही आर्थिक वर्षबाट स्टाफ कलेज कोर्स लागु गर्ने गरी तयारी अघि बढाइएको छ। सोही अनुसार शुक्रबार त्रिविसँग सम्झौता भएपछि…

Read More

काठमाडौं: गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई अर्थ मन्त्रालय पठाएको छ। सशस्त्र प्रहरी बल नेपालको विधेयकमाथि सरोकारवालासँग छलफल गरेर गृह मन्त्रालयले राय–परामर्शका लागि शुक्रबार अर्थ मन्त्रालयको पठाएको हो। गृह मन्त्रालयको कानुन महाशाखा प्रमुख सह–सचिव भरतमणि रिजालका अनुसार अर्थमा सो विधेयक पठाइएको हो। सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा सोमबार विधेयकको मस्यौदामाथिको छलफलका क्रममा गृहमन्त्री रमेश लेखकले भदौ २१ गते नै विधेयकलाई अर्थ मन्त्रालयमा पठाउने बताएका थिए। अर्थ मन्त्रालयबाट राय–परामर्श आइसकेपछि विधेयकलाई गृह मन्त्रालयले कानुन मन्त्रालय पठाउने छ। कानुनबाट विधेयक गृहमा आएपछि मन्त्रिपरिषदमा पठाइने सहसचिव रिजालले बताए। ‘मन्त्रिपरिषदमा पठाइसकेपछि हामी लोकसेवा आयोगको परामर्श लिन्छौं। त्यसपछि…

Read More

काठमाडौं: गृह मन्त्रालयको सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीले पाएका छन्। तत्कालिन गृहसचिव एकनारायण अर्याल मुख्यसचिवमा नियुक्त भएपछि रिक्त रहेको गृह सचिवको जिम्मेवारी दुवाडीलाई दिइएको हो। राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रहेका दुवाडीलाई उक्त जिम्मेवारी दिइएको स्रोतले जनाएको छ। यसअघिका गृहसचिव अर्याल भदौ १४ मा मुख्यसचिव नियुक्त भएका थिए।त्यसपछि अन्य आकांक्षीहरुलाई पाखा लगाउँदै दुवाडीले गृहमन्त्रालयको जिम्मेवारी पाएको जनाइएको छ।

Read More

काठमाडौं: स्नातकोत्तरमा प्रहरी विज्ञान (एमपिएस) कार्यक्रम संञ्चालनका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयबीच समझौता भएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा डिल्लीराज शर्माले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। एमपिएस कार्यक्रम सिनियर प्रहरी अधिकृतहरूको वृत्तिविकास र नेतृत्व विकास कोर्षको रूपमा रहने आईजीपी कुँवरले बताए। समाहित विषयहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखा परेका नवीनतम् परिवेश अनुरूप कार्यसम्पादन गर्न सक्ने व्यावसायिक र सक्षम जनशक्तिको विकास हुने उनको भनाई छ। रिसर्च, अनुसन्धान, रणनीति र योजना तर्जुमा गर्न सक्ने दक्ष जनशक्ति विकास भई नेपाल प्रहरीको आधुनिकीकरण तथा सांगठनिक सुदृढिकरणका…

Read More