Author: महेन्द्रनगर पोष्ट

धनगढी: दार्चुलामा दुई लाख बढि रकमसहित ८ जना जुवाडे पक्राउ परेका छन्। आइतबार साँझ मालिकार्जुन गाउँपालिका–४ ऐरीछानाका २५ वर्षीय किसनसिंह धामीको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रदेश प्रहरी कार्यालय धनगढीकाअनुसार उनीहरुको साथबाट दुई लाख ३२ हजार ३७० रुपैयाँ नगद र तीन गड्डी तास बरामद गरिएको छ। पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: कैलालीमा बाख्रा चोरी गरेको निहुँमा एक जनाको हत्या गरिएको छ। गौरीगंगा नगरपालिका–११ को कान्तिपुर बस्ने ३० वर्षीय सुरेश भुलको बाख्रा चोरीको निहुँमा कुटपिट गरि हत्या भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले बाख्रा चोरी गरेको निहुँमा भुलमाथि शनिबार राति कुटपिट भएको बताए। कुटपिटबाट घाइते भएको भुलको सोमबार बिहान धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भएको बोहराले जानकारी दिए। उनकाअनुसार भुलमाथि कुटपिट गर्ने गौरीगंगा–११ को कान्तिपुर बस्ने युवतीसहितका पाँच जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भुल, १८ वर्षीय प्रकाश भुल(नाम परिवर्तन), २३ वर्षीय विशाल बिक र…

Read More

धनगढी: अछामको मङ्गलसेन नगरपालिका वडानम्वर १ का जनप्रतिनिधि र कर्मचारी सेवाप्रवाह प्रभावित हुने गरि रारा भ्रमणमा छन्।वडाअध्यक्ष लाेकराज नाथ र वडा सचिव शिद्दराज ढुंगानासहित जनप्रतिनिधि र कर्मचारीहरुकाे टाेली रारा तथा कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रमा भ्रमणमा गएकाे हाे। तिहार बिदापछि कार्यालय खुलेको दिन कार्तिक २० गतेदेखि वडाका जिम्मेवार व्यक्ति कार्यालयमा नहुदा सेवाग्राहीलाई सास्ती भएको बताइको छ। बिदामा घर आएकाहरु नागरिकता सिफारिस र जन्मदर्ता लगायतका सेवा लिन वडा कार्यालमा जाँदा सेवा नपाएर फर्किने गरेका छन्।वडा कार्यालय नै खाली हुने गरि वडाका कर्मचारी र जनप्रतिनिधि घुम्न जाँदा यता वडाका जनताले भने दु:ख पाएका छन्। यस्तै अन्य व्यक्तिलाई पनि जिम्मेवारी नदिएर उनीहरू भ्रमणमा गएका…

Read More

काठमाडौं: एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको टोली चीन जान लागेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको औपचारिक विदेश भ्रमणको थालनी यसपटक चीनबाट हुन लागेको सन्दर्भमा त्यसअघि नै पोखरेल नेतृत्वको टोली उता जान लागेको हो। प्रधानमन्त्री ओली मंसिर तेस्रो साता औपचारिक भ्रमणमा बेइजिङ्ग जाँदै छन्। अहिले चीन जाने टोलीमा माओवादी पृष्ठभूमिका (सुदूरपश्चिमका) सचिव लेखराज भट्ट,कानुन व्यवसायी सानुराज पोखरेल,उपाध्यक्ष पोख्रेलका स्वकिय दिपेन्द्र श्रेष्ठ,कर्णालीका गोरखबहादुर बोगटीलगायत छन्।  भोलिदेखि मंसिर १० गतेसम्मको यो भ्रमण चिनियाँ कम्युनिष्ट पार्टी,विदेश बिभागको निम्तोमा हुन लागेको हो। यसअघि माओवादीका ३० जनासम्मको टोलीले हरेक बर्ष चीन भ्रमण गर्दथ्यो।  केही समयअघि एमाले महासचिव  शंकर पोख्रेल  र उपमहासचिव विष्णु…

Read More

धनगढीः कञ्चनपुरमा बाख्रा चोर्नेहरुबाटै प्रहरीले घुस खाने गरेको आरोप लागेको छ। जिल्लाको पुनर्वास, बेलौरी र शुक्लाफाँटा नगरपालिका क्षेत्रमा एकपछि अर्को बाख्रा चोरी हुन थालेको किसानको गुनासो छ। किसान आफैले बाख्रा चोरीमा संलग्न व्यक्तिलाई समातेर प्रहरीको जिम्मा लगाउने गरेको भएपनि त्रिभुवनवस्ती प्रहरी चौकीले घुस खाएर दोषीलाई उन्मुक्ति दिने गरेको आरोप छ। बेलौरीको शिवनगरकी लक्ष्मी चौधरी (डगौरा) र पुनर्वासको त्रिभुवनबस्तीका मिलन दाहाललाई प्रहरीले रकम लिएर उन्मुक्ति दिएको पीडित किसानको आरोप छ। ८ जना किसानले बाख्रा चोरी भएको भन्दै प्रहरीमा निवेदन नै दर्ता गरेका थिए। तर, त्रिभुवनबस्ती प्रहरीले २ जनाको बाख्राको मूल्य मात्र फिर्ता गरेर चोरीमा संलग्न व्यक्तिलाई उन्मुक्ति दिएको छ। बेलौरीबाट बाख्रा चोरेर भाग्दै…

Read More

धनगढी: कैलालीको धनगढीमा पाँच जना युवक लागुऔषधसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले लागुऔषधसहित पाँच जना युवकलाई नियन्त्रणमा लिएको हो। धनगढी उपमहानगरपालिका–१३ का १९ वर्षीय निरज राना, २१ वर्षीय सुनिल राना, धनगढी–२ का २३ वर्षीय रोशन खड्का, धनगढी–३ का २१ वर्षीय अमित शर्मा र १६ वर्षीय एक किशोरसहित तीन जना लागुऔषधसहित पक्राउ परेका हुन्। पक्राउ परेका युवकहरुलाई प्रहरी कार्यालय पुगाइएको छ।धनगढी–१३ का निरज रानाले चलाएको से ७ प ६३५९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकल पछाडी सवार २१ वर्षीय सुनिल रानासँग ५ ग्राम ८४० मिलिग्राम लागूूऔषध फेला परेपछि दुबै जनालाई प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले धनगढी–३ भन्सार कार्यालय नजिकबाट नियन्त्रणमा…

Read More

धनगढी: अछाममा कार्यरत रहेका एकजना प्रहरी सहायक निरीक्षक(असइ)लाई स्थानीयले कुटपिट गरेको खुलेको छ। तुर्माखाद गाउँपालिका वडा नम्बर १ मा रहेकाे रहफस्थित प्रहरी चौकीका इन्चार्ज समेत रहेका असई महेश सिंह धामीलाई स्थानीयले कुटपिट गरेका हुन्। कार्तिक १४ गते राति असई धामी ड्युटीको समयमा मातहतको कुनै पनि प्रहरीलाई खबर नगरी २ किलोमिटर टाढाको गाउँमा एक्लै पुगेका थिए। मदिराले मातिएका धामीले होहल्ला गर्दै गाली बेइज्जती गरेपछि स्थानीयले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेकाे स्रोतले बतायो। घटनामा प्रहरी सहायक निरीक्षक धामी घाइते भए पनि यो घटना बाहिर कतै सार्वजनिक नगरिएको पाइएकाे छ। चाडपर्वका बेला जनतालाई शान्ति र सुरक्षा प्रदान गर्नुपर्ने प्रहरी कर्मचारीबाट अमर्यादित हर्कत भएपछि…

Read More

धनगढी: कैलालीमा पाँच लाखको अवैध सामान बरामद गरिएको छ। जिल्लाका विभिन्न स्थानबाट पाँच लाख ८५० हजार बराबरको अवैध मालसामान बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले टिकापुर नगरपालिका–९ को ठोके बजार नजिकैबाट चार लाख ४२ हजार ८५० रुपैयाँ बराबरको सामान बरामद गरिएको बताए। उनकाअनुसार बरामद गरिएको सामानमा हरियो खुर्सानी, बदाम, छिद्रा माछा र तीन वटा मोटरसाइकल रहेका छन्। यस्तै, धनगढी उपमहानगरपालिका–२ र १३ बाट ४७ हजार ६०० रुपैयाँ बराबरको कपडा, सुर्तिजन्य पदार्थहरु र प्लाष्टिक झिल्ली पनि बरामद गरिएको छ। भजनी नगरपालिका–७ को शिविर टोलबाट १० हजार चार सय बराबरको चिनी र हरियो खुर्सानी…

Read More

काठमाडाैं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्ष्य गर्दै हो-हल्ला नगर्न आग्रह गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले कैलालीको धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन्। सहकारीको रकम घोटाला प्रकरणमा एउटा पार्टीको सभापतिलाई राजनीतिक पूर्वाग्रह भएर पक्राउ गरियो भन्ने आरोप लागेको छ, यसमा कांग्रेसको प्रतिक्रिया के छ भन्ने प्रश्नमा देउवाले भने, ‘हाम्रा सांसदलाई मुद्दा चलाइयो। तर, हामीले कहिल्यै होहल्ला गरेनौँ। अदालती प्रक्रियामा गएको कुरा त अदालतले फैसला गर्ला।’ साथै देउवाले अहिलेको गठबन्धन पूरै कार्यकाल टिक्ने पनि दाबी गरे। देउवा एक साताका लागि गृहजिल्ला डडेल्धुरा जाँदैछन्। देउवा भोलि गृहजिल्ला डडेल्धुरा पुग्ने कार्यक्रम छ। डडेल्धुरामा कार्यकर्ता भेटघाटका कार्यक्रमदेखि…

Read More

धनगढी: पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइतबार सुदूरपश्चिम आउन लागेका छन्। देउवा २५ गते बिहान १० बजे काठमाडौबाट हवाईमार्ग हुँदै धनगढी आउन लागेका हुन्। धनगढीमा भेटघाटपछि उनी एक हप्ताका लागि गृहजिल्ला डडेल्धुरा पुग्ने जिल्ला सभापति भीमबहादुर साउदले जानकारी दिए। उनका अनुसार डडेल्धुरामा देउवा कार्यकर्ता भेटघाटका कार्यक्रमदेखि देवीदेउताका विभिन्न जात्रामा सभापति देउवा सहभागी हुने कार्यक्रम तय भएको छ। देउवा चौलोले प्रख्यात बडाल जाँत र उग्रतारा मेलामा सहभागी हुने सभापति साउदले बताए। कार्तिक २६ गते आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा भेटघाट गर्ने कार्यक्रम तय भएको छ। यस्तै कार्तिक २७ गते सभापति देउवा गन्यापधुरा गाउँपालिकाको बडाल जाँतमा सहभागी हुनेछन् भने कार्तिक २८…

Read More