Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सत्तारुढ नेकपा एमालेले हालसम्म देशका ६३ जिल्ला कमिटीको अधिवशेन गरी नयाँ नेतृत्व चयन गरेको छ । यही जेठभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न एमाले केन्द्रीय कार्यालयले जिल्लालाई निर्देशन दिएको थियो । एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले इलाममा हालै उपनिर्वाचन सम्पन्न भएकाले अधिवेशन नभएको, तेह्रथुममा आन्तरिक विवाद भई सङ्गठन विभागले अध्ययन गरिरहेको र मोरङमा आयोजक कमिटी भर्खरै गठन गरिएको जानकारी दिए । शुक्रबार मात्रै रुपन्देही र नुवाकोटको जिल्ला अधिवेशन भएको छ । मधेस प्रदेशको सिरहा, सप्तरी, धनुषाको जिल्ला अधिवेशनको मिति तोक्न बाँकी छ । गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा र सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ…

Read More

धनगढीः कैलालीमा सर्पले डस्दा एक बालकको मृत्यु भएको छ। जिल्लाको बर्दगोरीया गाउँपालिका–३ रानिकुण्डाका १० वर्षीय दिपेश साउँदको मृत्यु भएको हो। उनलाई सुतेकोबेला सर्पले डसेको थियो। उनको उपचारको क्रममा सेती  प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

कञ्चनपुर : महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले भीमदत्त नगरपालिका स्थित महाकाली बाल अनाथालय र महिला तथा वृद्ध सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण एवम् औषधि वितरण गरेको छ। आज अस्पतालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वृद्धसेवा केन्द्रमा रहेको ३० जना वृद्धवृद्धा र अनाथालयमा रहेका २५ जना बालबालिकाको स्वास्थ्य जाँच गरी औषधि वितरण गरेको हो । महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.अर्जुन भट्टले भने, “सहजरुपमा स्वास्थ्य सेवा पाउन नसकेका बस्तीमा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धसेवा केन्द्र र अनाथालयमा पनि निःशुल्क स्वास्थ्य जाँच एवम् औषधि वितरण गरेका हौँ ।”  महिला तथा वृद्ध सेवा केन्द्रमा रहेका तीस जना वृद्धवृद्धाको स्वास्थ्य…

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पाँच जनाको टोलीसहित भोलि नयाँ दिल्ली जान लागेका छन्। उनको टोलीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीको स्वकीय सचिव तथा छोरी गंगा दाहाल र परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल विष्णुप्रसाद गौतम रहने बताइएको छ। प्रधानमन्त्री दाहाल भोलि साँझ नयाँ दिल्लीमा आयोजना गर्न लागिएको भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुने कार्यक्रम छ। प्रधानमन्त्री पर्सि साँझ ६ बजे स्वदेश फर्कने कार्यक्रम छ।

Read More

धनगढी: धनगढीको रारा होटलमा यौनधन्दा हुने गरेको पाइएको छ। धनगढी उपमहानगरपालिका २ मिलनचोकस्थित रारा होटलमा धन्दा हुने गरेको हो। हिजो (शुक्रवार) मात्र सो होटलमा वडा प्रहरी कार्यालय धनगढीका प्रमुख इन्सपेक्टर जनक राज ढुङ्गानाको कमाण्डमा खटिएको टोलीले छापा हान्दा १ जोडी समातिएको थियो। सो होटलबाट अनैतिक क्रियाकलापमा संलग्न होटल साहु कञ्चनपुर कृष्णपुर नगरपालिका ४ का ३३ वर्षीय नरेश ऐर र डडेल्धुरा अमरगढी नगरपालिका घए भएकी वर्ष २५ की गिता केसीलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं : नेपाल प्रहरीका २९३ जना प्रहरी जवानहरु सहायक हवल्दारमा बढुवा सिफारिस भएकाम छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका जवानहरुलाई सहायक हवल्दारमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवाका सिफारिस सूची प्रहरी नियमावली,२०७१ (संशोधन सहित)को नियम २७ को उप-नियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा हुनेहरुमा उदय बहादुर सारु, नरेन्द्र यादव, बिनोद अधिकारी, रवि कुमार श्रेष्ठ , अमर बहादुर दरै र सुजन पुलामी मगर लगायतका व्यक्तिहरु रहेका छन् । ahc_7709Download

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले मुख्यमन्त्री नियुक्त भएको ५२ दिनसम्म पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् । वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएको सोडारीले सोही दिन नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयमा र एक सातापछि नाउपाकै टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्रालयमा नियुक्त गरेका थिए । त्यसपछि मुख्यमन्त्री सोडारीले अहिलेसम्म अन्य कुनै पनि मन्त्रालयमा कुनै पनि सांसदलाई जिम्मेवारी दिएका छैनन् । केन्द्रका मन्त्रालयको भागबन्डा नहुँदा र एमालेले सरकारमा सहभागी नहुने नीति लिँदा मुख्यमन्त्री सोडारीलाई सरकार विस्तारमा सकस भएको हो । एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, नाउपा रन्जिता पक्ष र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री…

Read More

धनगढी : बझाङ बाट एक सुत्केरीको उद्धार गरिएको छ। बित्थडचिर गाउँपालिका ६ की २१ वर्षीया बसन्ती धामीलाई हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको छ । जिल्ला अस्पताल बझाङका अनुसार जेठ २६ गते बिहान १ बजे सुत्केरी व्यथा लागेर अस्पताल आएकी धामीले ४ बजे तीर शल्यक्रिया गरी बच्चा जन्माएकी थिइन । उनले ३ वर्ष पहिले पनि शल्यक्रिया गरेर बच्चा जन्माएकी आफन्तले बताएका छन् । पहिलेको शल्यक्रियाको समयमा पाठेघर र पिसाब थैली एकै ठाउँमा च्यापिएको रहेछ । यो पटक शल्यक्रिया गर्दा जटिलता देखिएको र रक्तस्राव पनि भए पछि उपचारको लागी राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सुत्केरी महिला उद्धार कार्यक्रमबाट धामीको उद्धार गरिएको हो…

Read More

काठमाडौँ : आईसीसी टी-२० विश्वकपमा अफगानिस्तानले न्युजिल्यान्डलाई हराएको छ। शनिबार न्युयोर्कमा भएको खेलमा अफगानिस्तालने न्युजिल्यान्डलाई ८४ रनले हराएको हो। जितका लागि न्युजिल्यान्डले १६० रनको लक्ष्य पाएको थियो तर ऊ ७५ रन बनाएर १५.२ ओभरमै अलआउट भएको हो। न्युजिल्यान्डका कप्तान केन विलियम्सनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए। यसपछि अफगानिस्तानले ६ विकेट गुमाएर १५९ रन बनाएको थियो। अफगानिस्तानका लागि रहमानुल्लाह गुरबाजले ८० र इब्राहिम जद्रानले ४४ रन बनाए।

Read More

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयले पनि आफू मातहतको आङ्गिक क्याम्पसको अतिक्रमित सयौंँ बिघा जमिन खाली गराउन पहल थालेको छ । सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणलाई तीव्रता दिएसँगै विश्वविद्यालयले आङ्गिक क्याम्पसअन्तर्गतका अतिक्रमित जमिन खाली गराउन पहल थालेको हो । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले टीकापुरमा रहेको टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण हटाउन पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको जनाएको छ । विसं २०६२ मा तत्कालीन टीकापुर विकास समितिले क्याम्पसको स्थापनाका लागि तीन सय ८० बिघा जग्गा उपलब्ध गराएको थियो । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा.हेमराज पन्तले सार्वजनिक जग्गा एवं सम्पत्तिको संरक्षण र अतिक्रमण खाली गराउने अभियान सञ्चालन भइरहेकाले सरोकार भएका…

Read More