काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनियताको शपथ गराएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले प्रदेश प्रमुखहरू दीपक प्रसाद देवकोटा, कृष्णबहादुर घर्तीमगर र यज्ञराज जोशीलाई बुधवार पद तथा गोपनियताको शपथ गराएका हुन्। देवकोटा बागमती, घर्तीमगर लुम्बिनी र जोशी कर्णाली प्रदेशका लागि प्रदेश प्रमुख नियुक्त भएका थिए।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : नेपाल प्रहरीमा एसपी र डिएसपीको सरुवा तयारी हुँदै गर्दा सरुवा सम्बन्धि मापदण्ड पनि संशोधन गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालयले ‘प्रहरी कर्मचारीको सरुवा सम्बन्धि मापदण्ड २०७९’ लाई संशोधन गर्न लागेको हो । संशोधनमा ‘क, ख र ग’ सूचीमा राखिएका केही कार्यालयहरु हेरफेर गर्न लागिएको हो । हाल राखिएका कतिपय कार्यालयको वर्गीकरण उचित नभएको सुझावका आधारमा संशोधन गर्न लागिएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । सानो जनसंख्या भएको ठाउँलाई ‘क’ तथा ठूलो ठाउँलाई ख मा राखिएको छ । उदारणका लागि धरानलाई ‘ख’ तथा इटहरीलाई ‘क’ मा राखिएको छ । त्यस्तै, अर्घाखाँचीलाई ‘ख’ तथा प्यूठानलाई ‘क’ वर्गमा राखिएको छ…
काठमाडौं : सशस्त्र प्रहरी बल,नेपालले उच्च भू–भाग विपद उपशाखा स्थापना गरेको छ । महानिरीक्षक राजु अर्यालको अध्यक्षतामा गत साउन ७ गते बसेको परामर्श समितिको ८७ औं बैठकको निर्णयअनुसार कार्य विभागले उक्त उपशाखा स्थापना गरेको हो । साउन १५ गतेदेखि उपशाखा सञ्चालनमा आएको सशस्त्र प्रवक्ता नायव महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेले जानकारी दिए । उनका अनुसार हिमाली भेगमा हुने विपदसम्बन्धी तालिम दिने,चीनसँग जोडिएको सीमानामा हुने गतिविधिहरु नियाल्ने काम सो उपशाखाले गर्नेछ । सो उपशाखाको नेतृत्व प्रहरी नायव उपरीक्षक (डिएसपी) ले गर्ने उनले जानकारी दिए ।
काठमाडौँ : गृहमन्त्री रमेश लेखकले डीआईजी मनोज केसीको सरुवालाई सामान्य प्रक्रियाको रुपमा लिन आग्रह गरेका छन्। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले डीआईजी केसीको सरुवालाई सामान्य रुपमा लिन आग्रह गरेका हुन्। बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद घनश्याम रिजालले केसीको नाम उल्लेख नगरिकन गृहमन्त्रीले डीआईजीलाई दुई महिना नपुग्दै सरुवा किन गरिएको भन्दै प्रश्न गरेपछि मन्त्री लेखकले यसको जवाफ दिएका हुन्। ‘सरुवाको कुरा भन्नुभयो, कर्मचारीको सरुवा हुन्छ। बढुवा पनि हुन्छ। निरन्तरको प्रक्रिया हो। सामान्यतया अवधि तोकेको हुन्छ, यति अवधिपछि हुन्छ है भनेर। तर कहिलेकाहीँ अवधिभन्दा पहिला पनि हुन्छ,’ उनले भने, ‘जहाँसम्म यहाँले जुन…
धनगढी : धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएको छ । पछिल्ला पाँच वर्षको तथ्याङ्क अनुसार आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएर दोब्बर भन्दा माथि पुगेको छ । आर्थिक वर्ष २०७६/७७ देखि गत आवसम्मको पाँच वर्षको अवधिमा हरेक वर्ष आन्तरिक आम्दानी बढ्दै गएको उपमहानगरका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिए । उनका अनुसार उपमहानगरले आव २०७६/७७ मा १४ करोड ५४ लाख ७३ हजार आन्तरिक आम्दानी गरेको थियो । त्यसपछि आव २०७७/७८ मा २० करोड ६० हजार, आव २०७८/७९ मा २२ करोड १८ लाख २९ हजार, आव २०७९/८० मा २७ करोड ९२ लाख १५ हजार र गत आव २०८०/८१…
काठमाडौं: नेकपा एमालेले केन्द्रीय सदस्य थप गरेको छ। आज बसेको सचिवालय बैठकले १७ जनालाई मनोनयन गरेको महासचिव शंकर पोखरेलले बताए। मनोनीत केन्द्रीय सदस्यहरूको नाम यसप्रकार छ- सुवास कर्माचार्य, सिन्धुपाल्चोक कुन्दन कुशहवा, रौतहट जितेन्द्रदेव, सप्तरी रामपृत राम, सिराहा कृष्णभक्त पोखरेल, चितवन कमल तिमिल्सिना, अछाम गोविन्द पुन केदार सिग्देल मनोहर पौडेल हरदेव जोशी, दार्चुला हरि उप्रेती इन्द्र भण्डारी महेश बर्तौला, मकवानपुर सरिता भुसाल प्रभा बराल, कास्की मञ्जु शर्मा चालिसे, बाग्लुङ आशा जगेबु, पाँचथर
धनगढी: नेकपा एमालेमा प्रदेश इन्चार्जहरु फेरिएका छन्। बिहीबार बसेको सचिवालय बैठकले सचिवद्वय पद्मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरेको हो। पार्टी सचिव अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका छन्। बाँकी प्रदेशमा नयाँ इन्चार्ज आएका छन्। तत्कालीन सुदूरपश्चिम इन्चार्ज भट्टलाई केही समय अगाडि कर्णाली पठाइएको थियो। तर पुनः उनलाई सुदूरपश्चिममै पठाइएको हो। उनी कर्णाली पठाइएका बेला सुदूरपश्चिममा छविलाल विश्वकर्मा इन्चार्ज तोकिएका थिए। यस्तै कोशीको इन्चार्जमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई र कर्णालीमा गोरखबहादुर बोगटी प्रदेश इन्चार्ज बनेका छन्। यसअघि कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज…
धनगढी: सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसबाट प्रकाशबहादुर देउवा पक्कापक्की जस्तै भएको बताइएको छ। हालका संसदीय दल नेता कमलबहादुर शाह राजी भएको अवस्थामा देउवा मुख्यमन्त्री बन्ने बाटो खुलिसकेको बताइएको हो। स्रोतका अनुसार उनी हालकी परराष्ट्र मन्त्री तथा काकीसमेत पर्ने आरजु राणा देउवाको दबाबकै कारण मुख्यमन्त्री बन्न लागेका हुन्। पहिले पीए बसेर आरजुसामु यसम्यान भतिजको छवि बनाएका देउवालाई पद दिलाउन आरजुले नेपाली काँग्रेसका सभापति तथा आफ्ना पति शेरबहादुर देउवासहित शीर्ष नेताहरुलाई समेत थ्रेट गरेको पनि बताइन्छ। स्रोतका अनुसार उनले सुदूरपश्चिमका सिनियर नेताहरुलाई सहिद बनाउने गरि देउवालाई मुख्यमन्त्री बनाउने तयारी गरेकी हुन्। जसका लागि भोलि (शुक्रबार) दिउँसो बस्ने संसदीय दलको बैठकले दलको नेता टुंगो…
धनगढी : कैलालीको गेटास्थित मेडिकल कलेज नजिक एक अज्ञात महिलाको मृत्यु भएको छ। घटनास्थलबाट प्राप्त जानकारी अनुसार, अन्दाजी ३५/४० वर्षकी ती महिलाको टाउकोको पछाडि चोट लागेको अवस्थामा भेटिएकी थिइन्। उक्त महिलालाई अस्पतालको कर्मचारीले देखेपछि प्रहरी चौकी गेटामा खबर गरेका थिए। प्रहरी टोली तुरुन्तै घटनास्थलमा पुगेर घाइते महिलालाई प्राथमिक उपचारको लागि पदमा अस्पताल अत्तरियामा पठाएको थियो। थप उपचारको लागि उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएको थियो, जहाँ राति ८:१५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको पुष्टि भएको छ। मृतक महिलाको लाश सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। हालसम्म उक्त महिलाको पहिचान खुल्न सकेको छैन। प्रहरीले सम्बन्धित व्यक्ति वा पीडितको आफन्तलाई पहिचानका…
धनगढी : धनगढीको नेपाल वेस्टर्न कलेज र युनिग्लोबल कलेज काठमाडौंबीच सहकार्यको सम्झौता भएको छ । पोखरा विश्वविद्यालयद्वारा सम्बन्ध प्राप्त यी दुई कलेजहरूबीच छात्रवृत्ति, अनुसन्धान, र विद्यार्थीलक्षित कार्यक्रमहरूमा सहकार्य गर्ने विषयमा सम्झौता भएको हो। सम्झौताअनुसार, दुवै कलेजका विद्यार्थीहरूले एक-अर्काको कलेजमा अध्ययन र संकाय परिवर्तन गर्न पाउनेछन्। साथै, पाठ्यक्रममा समानता राख्ने प्रयास गरिनेछ। युनिग्लोबल कलेजले हरेक वर्ष १२ ओटा अन्तर्राष्ट्रिय सम्मेलनहरू आयोजना गर्ने एकमात्र शैक्षिक संस्था रहेको प्रमुख डा. नरबहादुर बिष्टले बताए । यस कलेजले विदेशबाट प्राध्यापकहरू आमन्त्रित गरेर विद्यार्थीहरूलाई उद्यमशीलता र विदेश अध्ययन-अनुसन्धानमा सहभागी गराउँदै आएको उनले बताए। नेपाल वेस्टर्न कलेज धनगढीबाट मास्टर्स स्तरको अध्ययन गर्न जाने विद्यार्थीहरूलाई ४० प्रतिशत छात्रवृत्ति…