Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: क्यासिनो नवीकरणका लागि जेठ मसान्तसम्म आवेदन नदिए क्यासिनो सञ्चालकको इजाजतपत्र स्वतः खारेज हुने भएको छ। सञ्चालन गर्दै आएको क्यासिनो यही जेठ मसान्तसम्म नवीकरणका लागि निवेदन नदिए सञ्चालनका लागि लिएको इजाजतपत्र स्वतः खारेज हुने पर्यटन विभागका प्रवक्ता एवं निर्देशक कालिबहादुर भुजेलले जानकारी दिए। उनले भने, “क्यासिनोको इजाजतपत्र असार मसान्तमा नवीकरण हुने तथा उक्त नवीकरणका लागि एक महिनाअगाडि जेठ मसान्तसम्म आवेदन दिनुपर्ने हुन्छ। जेठ मसान्तसम्म नवीकरणका लागि आवेदन नदिए स्वतः खारेज हुने छ।”अहिलेसम्म क्यासिनो नवीकरण गराउनका लागि न्यून सङ्ख्यामा मात्रै आवेदन परेको प्रवक्ता भुजेलले बताए। उनका अनुसार देशभरि क्यासिनो सञ्चालनका लागि २८ इजाजतपत्र दिइएको छ। यसैगरी, विभागबाट अनुमति लिई सञ्चालनमा रहेका…

Read More

काठमाडौं: नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते राति राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश भएको हो। उक्त हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको हो। नियमित पारिवारिक जमघटको मौका पारी तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्कासहित राजपरिवारका अन्य सदस्यहरूको गोली हानी हत्या भएको थियो। घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए। उक्त दरबार हत्याकाण्ड २३ वर्षसम्म पनि रहस्यमयको गर्भमै छ। हत्याकाण्ड भएको यतिका वर्ष हुँदा पनि यो हत्याकाण्डको रहस्यको पर्दा…

Read More

काठमाडौं: नेपाल प्रहरीका ४ डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन्। (शुक्रबार) ४ डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएको हो। प्रहरी प्रधान कार्यालय एवं बढुवा समितिका अनुसार डीएसपी प्रदीपबहादुर क्षेत्री, नारायण रन्जितकार, अनन्तराम शर्मा र एकनारायण कोईराला एसपी बढुवाको लागि सिफारिस भएका हुन्। उनीहरूलाई रिक्त पदमा पूर्तिका लागि बढुवा सिफारिस गरिएको हो। बढुवा सिफारिस भएकामध्ये एकनारायण भने विवादित प्रहरी अधिकृत मानिन्छन्। उनीमाथि जिल्लामा बस्दा विभिन्न खालका असुली लगायतका आर्थिक अनुशासनविपरीतका कार्य गरेको आरोप छ।

Read More

काठमाडौं: नेपाल प्रहरीका ४ एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन्। आज (शुक्रबार) ४ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरिएको हो। प्रहरी प्रधान कार्यालय एवं बढुवा समितिका अनुसार एसपी श्याम कृष्ण अधिकारी, रवीन्द्र रेग्मी, भिमबहादुर दाहाल र नान्तीराज गुरुङ एसएसपी बढुवाको लागि सिफारिस भएका हुन्। उनीहरूलाई रिक्त पदमा पूर्तिका लागि बढुवा सिफारिस गरिएको हो। जसमा बढुवा सिफारिसमा परेका दाहाल भने विवादित प्रहरी अधिकृत हुन्। उनी केही समय अगाडि सवारी ज्यान मुद्दामा थुनिएका थिए। उनलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेर थुनेको थियो। दाहालको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि गत सालको २४ कात्तिकमा दाहाल पक्राउ परेका थिए।

Read More

काठमाडौँ : काठमाडौँ महानगरपालिकामा अनैतिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको विशेष अपरेशनमा २१ जना महिलाहरू पक्राउ परेका छन्। जसमा हिजो नेपाली र विदेशी नागरिकसमेत गरेर २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार गएराति १ बजे काठमाडौँ महानगरपालिका वडा नं. २६ ठमेल र वडा नं. १ दरबारमार्ग क्षेत्रका सार्वजनिक स्थानमा विदेशी तथा आन्तरिक पर्यटकलाई दुर्व्यवहार गर्दै आएका व्यक्तिहरूकोविरुद्ध सो अपरेशन सञ्चालन गरिएको थियो। सो विशेष अपरेशनमा प्रहरीले दुर्व्यवहार, हराएको सामान फिर्ता गर्न नसक्ने र सार्वजनिक स्थानमा अनैतिक क्रियाकलाप गर्नेहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।अपरेशनमा लैनचौर र दरबारमार्गबाट प्रहरी टोलीहरू खटिएका थिए।अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अभद्र व्यवहार मुद्दामा पाँच दिनको…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीलाई धनगढीको उखरमाउलो गर्मीकै बीच हाटखोलीमा प्रकट भएका छन्। धनगढीमा अत्याधिक गर्मी बढेपछि गर्मी छल्न सभामुख भण्डारी शुक्रबार हाटखोली पुगेका हुन्। पछिल्लो समय कैलालीको गोदावरी नगरपालिका-४ मा रहेको हाटखोली क्षेत्र आन्तरिक पर्यटकको रोजाइ बन्न थालेको छ। कैलालीलाई डोटीसँग जोड्ने धनगढी-दीपायल फास्ट ट्रयाकमै चुरे फेदमा अवस्थित हाटखोलीमा तराईको गर्मी छल्न धेरै युवाहरु हाटखोली जाने गरेका छन्। सोही भिडमा प्रदेश सभा सभामुख भण्डारी जम्भो टोलीसहित हाटखोली पुगेका थिए। सभामुखले जम्भो टोली लिएर हाटखोली पुगेपछि फोटो सुट समेत गरेका छन्। अहिले उनको फोटो भाइरल भैरहेको छ। कहाँ छ हाटखोली ? हाटखोलीमा गर्मी छल्न मात्र नभएर पिकनीक…

Read More

धनगढी : नेपालगञ्जबाट काठमाडौंतर्फ उडेको बुद्ध एअरको विमान जनकपुर डाइभर्ट भएको छ । ७२ जना यात्रु बोकेर सवा ३ बजे काठमाडौंतर्फ प्रस्थान गरेको उक्त विमान उच्च गतिको हावाका कारण जनकपुरमा अवतरण गरेको बताइएको छ । विमान जनकपुरमा अवतरण हुँदा साँझको ५ बजेको थियो । हिजो पनि बुद्ध एअरको भद्रपुर गएको विमान जनकपुरमा अवतरण गरेको थियो । काठमाडौंबाट ६ बजे भद्रपुरका लागि उडेको विमान हावाहुरीका कारण भद्रपुर जान नसकेपछि जनकपुरमा अवतरण गरेको हो ।

Read More

काठमाडौं : नेपाल प्रहरीका २६३ जना प्रहरी सहायक हवल्दारहरु हवल्दार पदमा बढुवा सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार उनीहरुलाई हवल्दार पदमा बढुवा सिफारिस गरिएको हो । बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा सिफारिस हुनेमा प्रसाद तिवारी, चक्रबहादुर रोकाय, तेज सिंह साउद, राजेन्द्र खड्का, सुनिता नगरकोटी, बहादुर थापा लगायतका व्यक्तिहरु रहेका छन् ।

Read More

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुनगेरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको हो । निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र डिजेलको मूल्य प्रतिलिटर २.४५ ले घटेर आएको छ ।

Read More

काठमाडौं : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले राज्यले सुम्पिएको जिम्मेवारी उत्कृष्टरुपमा पूरा गरी राष्ट्र र नागरिकलाई सकारात्मक योगदान दिन प्रहरी कर्मचारी थप सिर्जनशील बन्न निर्देशन दिएका छन्। सरुवा भई आ–आफ्नो कार्यक्षेत्रमा खटिई आज जान लागेका प्रहरी नायव महानिरीक्षकहरु र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै उनले उक्त निर्देशन दिएका हुन्। महानिरीक्षक कुँवरले सङ्गठनको कार्ययोजना एवं लक्ष्यलाई प्राथमिकतामा राखेर सङ्गठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै साङ्गठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरु सक्रिय भई खरो रुपमा उत्रन निर्देशन दिए। उनले भने, ‘सबै प्रहरी कर्मचारीहरुले सङ्गठनलाई विशिष्ट योगदान दिन व्यावसायिकता र निष्ठापूर्वक कार्यसम्पादन गर्नुपर्ने…

Read More