Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन्। काठमाडौं प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो। यद्धपी प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन। ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार शंकास्पद अवस्थामा भेटिएको थियो। ‘डिउटी’ सकेर घर फर्किंदै गर्दा काठमाडौँको तार्केश्वर-९, मनमैजुमा घिमिरेको हत्या भएको हुनसक्ने अनुमान गरिएको थियो। उनको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको थियो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान अघि बढाएको प्रहरी स्रोतले जानकारी दिएको छ।

Read More

धनगढी : कैलालीको खानीडाँडामा पिकनिक गएका प्राध्यापकहरुको लफडा भएपछि कुरो प्रहरीसम्मै पुगेको छ। जिल्लाको घोडाघोडी बहुमुखी क्याम्पसका प्राध्यापकहरु हिजो (शनिबार) खानीडाँडा पिकनिकमा गएका थिए। सोही क्रममा एक जनाले आफूलाई कुटपिट भएको भन्दै सुखड प्रहरीमा ४ जनाविरुद्ध उजुरी गरेका छन्। त्यहाँका डीएसपी दिपेन्द्र पालका अनुसार उनीहरू सबैलाई आज बिहान १० बजे प्रहरी कार्यालयमा बोलाइएको छ। पिकनिकका लागि खानीडाँडा पुगेका प्राध्यापकहरूको बिचमा बिवाद भएपछि कुटाकुटको स्थितिसम्म पुगेको बताइएको छ। घोडाघोडी क्याम्पसका प्राध्यापक विकास गौतमले आफू खाईरहेको बेला तारानगरका लेखापाल कमल बडुवालले आक्रमण गरेको जनाएका छन्। घोडाघोडी बहुमुखी क्याम्पसको वनभोजमा राष्ट्रिय मावि तारा नगरका लेखापाल कमल बडुवाल र विजय शाहीसमेत थिए। बहुमुखी क्याम्पसमा अध्यापन…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ। हिजोबाट कुनै विधेयक नै पारित नगरेर सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन अन्त्य गरिएको हो। गत माघ ५ गते सुरु भएको हिउँदे अधिवेशनको अवधिमा प्रदेशसभा सचिवालयमा दर्ता भएका चारवटा विधेयकमध्ये कुनै पनि विधेयक पारित हुन नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ। यो अवधिमा सरकार गठन र विघटन लिनेबाहेक अन्य कुनै काम हुन नसकेको हो। गत फागुन १७ गते सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भएको थियो। त्यस्तै माघ २४ गते सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएकोमा प्रदेश सभामा सैद्धान्तिक…

Read More

धनगढी: प्रदेश युवा परिषद् सुदूरपश्चिमका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले सरकारहरुले ल्याउने आगामी बजेटको सवालमा खबरदारी गर्नुपर्ने बताएका छन्। (आज) शनिबार नमुना युवा संसद् अभ्यास कार्यक्रमको समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले संघ, सुदूरपश्चिम प्रदेश र स्थानीय सरकारहरुले ल्याउने आगामी बजेटको विषयमा युवाहरुले खबरदारी गर्नुपर्ने जनाए। यस्तै उनले युवाहरुलाई आफ्नो आफ्नो पालिकाको बजेटमा युवाका सवाल सम्बोधनका लागि खबरदारी गर्न आह्वान गरे। बजेटका विषयमा खबरदारी गर्दै युवा, खेलकुद र युवालाई व्यवसाय रोजगारीसँग जोडिनका लागि सरकारले गर्नुपर्ने कुराहरुमा युवाले नै खबरदारी गर्नुपर्ने उनको भनाई छ। धनगढीमा युवा परिषदको आयोजनामा उक्त ४ युवा नमुना संसद् अभ्यास गरिएको थियो। सो कार्यक्रमको आज समापन…

Read More

कैलाली : कैलालीमा हिउँदे बाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा तीन दशमलव ४२ प्रतिशतले वृद्धि भएको हो । दाना लाग्ने बेला पानी परेकाले गहुँ उत्पादन वृद्धि भएको कृषि ज्ञानकेन्द्र कैलालीका सूचना अधिकारी श्यामराज जोशीले बताए । गत वर्ष जिल्लाभर ३४ हजार पाँच सय ६५ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख तीन हजार चार सय ७१ मेट्रिकटन उत्पादन भएको थियो । यस वर्ष ३२ हजार आठ सय ४० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख १२ हजार तीन सय १२ मेट्रिकटन उत्पादन भएको सूचना अधिकारी जोशीले जानकारी दिए । उनले…

Read More

काठमाडौं : मुलुकभित्र रोजगारी अभावका कारण बिदेसिनेको संख्या क्रमशः उकालो लागिरहेको छ। विदेश रोजगारीका लागि चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारीमा जान ६ लाख बढीले श्रम स्वीकृति लिएको विवरण वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको हो। विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म वैदेशिक रोजगारीका लागि ६ लाख ९ हजार ७०५ जनाले श्रम स्वीकृति लिएका छन्। गत वर्षको सोही अवधिमा ६ लाख ५६ हजार ६०६ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए।  विभागका अनुसार चालू आर्थिक वर्षको साउनमा ५५ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका छन्। भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३…

Read More

धनगढी: नेकपा एकीकृत समाजवादी पार्टी निकट अधिवक्ता चन्द्रबहादुर शाही सुदूरपश्चिम प्रदेशकाे मुख्य न्यायाधिवक्तामा नियुक्त भएका छन्। मुख्यमन्त्री दीर्घबहादुर साेडारीले उनलाई मुख्य न्यायाधिवक्तामा सिफारिस गरेकोमा आज उनले सपथ खाएका छन्। शाहीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्य न्यायाधिवक्तामा नियुक्त गर्दै उच्च अदालत दिपायलका मुख्य न्यायाधीश सुशीलासिंहबाट शाहीले सपथ खाएका हुन्।

Read More

काठमाडौँ : सभामुख देवराज घिमिरेले आज दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । सदनमा देखिएको अवरोध खुलाउने विषयमा छलफलका लागि शीर्ष नेताहरुलाई उनले आफ्नै निवासमा बोलाएका हुन् ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छलफलमा बोलाइएको हो ।  कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ ।

Read More

काठमाडौँ : सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति बनाएर वर्तमान राजनीतिक गतिरोधलाई निकास दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको नेपाली कांग्रेसले जानकारी दिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री र प्रतिपक्षी दलको छलफलपछि कांग्रेस नेता रमेश लेखकले सो कुरा जानकारी दिएका हुन् । लेखकले प्रधानमन्त्री छानबिन समिति बनाउनका लागि सकारात्मक रहेका र राजनीतिक गतिरोध चाँडै अन्त्य होस् भन्ने उहाँको पनि चाहना रहेको बताए ।उनले यसबारे थप छलफल हुने बताए । लेखकका अनुसार आजको बैठक धेरै लामो समय नबसेर बैठक करिब आधा घण्टा मात्र बसेको थियो । बैठकमा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासहित, पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन…

Read More

काठमाडौं : लोक डेउडा गायक दिपेन्द्र प्रसाद दहालको आफ्नै शब्द, रचना र स्वरमा नयाँ लोक डेउडा गीत ‘चोली चौबन्दी भाग २’ सार्वजनिक भएको छ । कर्णप्रिय स्वरका धनि दिपेन्द्र प्रसाद दहाललाई चर्चित गायिका देवि घर्तिले स्वरमा साथ दिनुभएको छ भने कोरस गायनमा पविन्द्र सुनार, सुनिल नेपाली, रुपि सिञ्जाली मगर र प्रेम मगर रहनु भएको छ । गायक दिपेन्द्रको आफ्नै युटूव च्यानल जयकाली क्रियशनको प्रस्तुति रहेको उक्त गीतमा गायकका आफ्नै कान्छो छोरा बाल कलाकार श्रीजल दहाल र आरोही मल्लको मुख्य अभिनय रहेको छ । सत्यवती एकडेमी अत्तरिया कैलाली र गोलादेव फूटवयरको सहकार्यमा निर्माण गरिएको उक्त डेउडा गीतको दृश्य निर्माण खप्तड फिल्मस्,…

Read More