Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रदिन ताम्राकार प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन्। शुक्रवार बसेको बढुवा समितिको बैठकले प्राविधिक समूह तर्फका डीएसपी ताम्रकारलाई एसपीमा बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उप-नियम ४ अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनी साइबर ब्युरो, साइबर रेस्पोन्स तथा साइबर सुरक्षा शाखामा प्राविधिकका रूपमा कार्यरत छन्।

Read More

काठमाडौं: नेपाल प्रहरीका चार जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा समितिको बैठकले स्वास्थ्य समूहको चिकित्सक उपसमूहतर्फ रिक्त चार पदमा बढुवाका लागि सिफारिस गरेको समितिका सदस्य सचिव एआईजी टेकप्रसाद राईले जानकारी दिए। बढुवाका लागि सिफारिस हुने सबै डीएसपी प्रहरी अस्पतालका चिकित्सक हुन्। एसपीमा बढुवाका लागि प्रहरी अस्पतालमा कार्यरत डा. रामप्रसाद शर्मा, डा. नविन लागेजु, डा. समृद्धि कार्की र बागमति प्रदेश प्रहरी अस्पतालमा कार्यरत डा. अन्जली तण्डुकार रहेका छन्।

Read More

धनगढी: नेपाल पत्रकार महासंघको कञ्चनपुरको जिल्ला अध्यक्ष प्रेस चौतारी नेपालका सुरेश धामी अध्यक्षमा निर्वाचित भएका छन्। उनी प्रेस सेन्टर नेपालका राजेन्द्र अवस्थीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। यस्तै उपाध्यक्ष (खुला) मा अमर बहादुर चन्द, महिलामा धर्मा रोकाया, सह-सचिव खुलामा गोकुल जोशी र कोषाध्यक्षमा मोहन बिष्ट निर्वाचित भएका छन्। यस्तै महासंघको ८ खुला सदस्यमा केशव भट्ट(७९), दिनेशराज ओझा (५७), धन बहादुर महता विकास(५४), भवानीदत्त भट्ट(भुवन) ६३, माधव पौडेल(५६), सुजित सिनाल(७४), सुरेश भट्ट (६९), हरिलाल जोशी(५२) मत ल्याएर निर्वाचित भएका छन्। यसैगरी दलित सदस्यमा चौतारी युनियनका साझा उम्मेदवार धन बहादुर बिक निर्वाचित भएका छन्। उनले सेन्टरका खडक कोलीलाई २ मतले पराजित…

Read More

काठमाडौं: नेपाल प्रहरीका दुई नायब महानिरीक्षक (डीआईजी) एआईजीमा बढुवा सिफारिस भएका छन्। डीआईजीद्वय दुर्गा सिंह चन्द र भरतबहादुर बोहरालाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा पदानेन्नति गर्न बढुवा समितिले सिफारिस गरेको हो। गृहसचिव गोकर्ण दुवाडीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले यो निर्णय गरेको तथा बढुवा समितिका सदस्यसचिव एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए। सिंह हाल प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत छिन् भने बोहरा कार्य विभाग निर्देशनालयमा दरबन्दी भएर ट्राफिकमा कार्यरत छन्। उनीहरूमध्ये बोहराको पुर्ख्यौली घर सुदूरपश्चिमको अछाम हो भने दुर्गाको घर बैतडी भएर हाल कञ्चनपुर बसोबास छ। आजदेखि अवकाशमा गएका एआईजी भीमप्रसाद ढकाल र मंसिर २१ गते अवकाशमा पाएका केदार ढकालको रिक्त पदमा उनीहरूलाई…

Read More

धनगढी: कैलालीको टीकापुर विमानस्थल सञ्चालनमा आउने भएको छ। तत्कालीन जनआन्दोलनको कारण २०४६ सालमा बन्द भएको यस विमानस्थल ३५ वर्षपछि सञ्चालनमा ल्याउन लागिएको जनाइएको छ। टीकापुर नगरपालिकाको सक्रियतामा विमानस्थल सञ्चालनको तयारी पूरा भएको नगर प्रमुख रामलाल डगौरा थारुले बताएका छन्। उनका अनुसार तारा एयर र यती एयरसँगको सहकार्यमा विमानस्थल सञ्चालन हुन लागेको हो।  आगामी आइतबार (मंसिर ३०)तारा एयरको जहाजले पहिलो उडान गर्ने बताइएको छ। त्यसपछि दोस्रो उडान बिहीबार हुनेछ। नगरपालिकाले तारा एयरसँग प्रत्येक उडानमा १५ सिटको सुनिश्चितसहितको सहमति पनि गरेको छ। नगरप्रमुख थारुका अनुसार टीकापुरबाट काठमाडौँ आउने यात्रुलाई तारा एयरको जहाजले नेपालगञ्ज र यति एयरको जहाजले नेपालगञ्जबाट काठमाडौँ ल्याउनेछ। यसरी नेपालगञ्जलाई…

Read More

धनगढी: पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा पत्रकार महासंघको चुनावी नतिजा रोचक आएको छ। जहाँ सत्तारुढ गठबन्धनको नेपाली काङ्ग्रेस निकट नेपाल प्रेस युनियन र नेकपा एमाले निकट प्रेस चौतारीतर्फका संयुक्त उम्मेदवार पराजित बन्दा नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनका उम्मेदवार विजयी भएका छन्। जहाँ १ मतले समाजवादीका हिक्मत सिंह विजयी भएका छन् भने युनियनका पुष्कर भण्डारी पराजित बनेका छन्। त्यहाँ युनियनकै मत क्रस भएको अनुमान गरिएको छ भने अन्य पदाधिकारीसहित एक सदस्यबाहेक अन्य उम्मेदवार पनि समाजवादीसहित प्रेस सेन्टर निकटका संयुक्त उम्मेदवार विजयी भएका छन्। डडेलधुरामा जम्मा ६३ मत खसेको थियो। अध्यक्षमा विजयी भएका सिंह…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री बहादुर सिंह थापाले बुढेसकालमा विवाह गरेका छन्। नेपाली काँग्रेसका नेतासमेत रहेका थापाले आज शुक्रबार विवाह गरेका हुन्। झन्डै ६५ वर्षको उमेरमा मन्त्री थापाले कञ्चनपुर सिसैयाकी अधबैंसे भावना बिष्टसँग विवाह गरेका हुन्। यस अगाडि उनी अविवाहित नै बसेका थिए। तर स्रोतका अनुसार पारिवारिक चाहनाका कारण बुढेसकालमा उनी विवाह बन्धनमा बाधिएका हुन्। उनी प्रदेश सभा सदस्यको निर्वाचन कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका थिए। उनी कञ्चनपुर भीमदत्त नगरपालिका ६ का स्थायी बासिन्दा हुन् भने उनको पुर्ख्यौली घर बैतडीको दशरथचन्द नगरपालिका हो।

Read More

बैतडीः बैतडीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको पुर्चौडी नगरपालिका–८ टुणेत खोला स्थित बगरमा सोही ठाउँका अन्दाजी ६० वर्षीय धनबहादुर भण्डारी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अगाढी बढाएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित चुरेफेदीको बस्तीमा विपदजन्य गतिविधि बढ्दै जान थालेपछि बेलडाँडीका चन्द्रबहादुर चौधरी निकै चिन्तित छन्। बर्सेनि वर्षातका बेला चुरे क्षेत्रमा निरन्तर जाने पहिरोबाट खोलामा बालुवा, गेग्रान, ढुङ्गालगायत भरिएर चौधरीको घरसम्म बाढीको पानी पुग्ने गरेको छ। खोला र जमिनको सतह बराबर भएपछि खोलाको पानी घरसम्म पुग्न थालेको छ। दुई वर्षदेखि बेलडाँडीमा वनहरा नदी र अनौखी खोलाको बाढी पस्न थालेको हो। गत वर्ष चुरेमा वर्षा हुँदा राति १ बजे बजेको समयमा बाढी आउँदा किसानले पशुपक्षीलाई सुरक्षित स्थानमा सार्न नसक्दा ठूलो क्षति बेहोर्नुपरेको थियो। बेलडाँडीको पूर्वतर्फ वनहरा र पश्चिमतर्फ अनौखीखोला छ। गाउँको उत्तरतर्फको भालुखोला पहिला निकै गहिरो थियो। वर्षाको पानी त्यही खोलामा…

Read More

काठमाडौं: तेलुगु सुपरस्टार अल्लु अर्जुनलाई प्रहरीले पक्राउ गरेको छ। डिसेम्बर ४ मा हैदराबादको एक हलमा फिल्म ‘पुष्पा २’ को प्रदर्शनको क्रममा चलेको भागदौडको घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। इण्डियन एक्सप्रेसले यसबारे समाचार लेखेको छ। उक्त भागदौडमा ३९ वर्षीया एक महिलाको मृत्यु भएको थियो भने उनका छोरा गम्भीर घाइते छन्। प्रहरीले सन्ध्या थिएटरको व्यवस्थापन, कलाकार र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दायर गरेको थियो। अधिकारीहरूले उक्त हलमा प्रिमियर समारोह हुँदैछ भनेर पूर्वसूचना समेत नदिइएको बताइएको छ। अल्लुलाई चिक्कडपल्ली प्रहरी थानाको टोलीले शुक्रबार हिरासतमा लिएको थियो, जहाँ मुद्दा दर्ता गरिएको थियो। एफआईआर दर्ता गर्दा हैदराबाद प्रहरीको केन्द्रीय क्षेत्रका प्रहरी…

Read More