कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल ‘ब्राण्डिङ’, ‘लेभलिङ’ तथा ‘प्याकेजिङ’ उद्योग सञ्चालनमा ल्याएको छ। नगरपालिकाको रु १५ लाख, सङ्घीय सरकारको सर्शत अनुदान रु १० लाख र सहकारीको रु पाँच लाख गरी रु ३० लाखमा उद्योग सञ्चालनमा ल्याइएको हो। नगरपालिका क्षेत्रमा उत्पादन हुने तोरी किसानबाट खरिद गरी उद्योगमा प्रशोधन गरी उपभोक्ताको घरघरमा तोरीको तेल पुर्याउने उद्देश्यले उद्योग सञ्चालन गरिएको छ। उद्योग सञ्चालनमा आएपछि तोरी बिक्रीका लागि किसानलाई सहज हुने भएको छ। बजारमा पाउने मिसावट भएको तेललाई विस्थापित गरी उपभोक्ताको स्वास्थ्यमा सुधार ल्याई नगरपालिकाले आफ्नो छुट्टै पहिचान भएको तोरीको तेल ब्राण्डिङ गरेर बजारमा ल्याई बिक्रीवितरण गर्ने…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : कञ्चनपुर प्रहरीले प्रहरीका विषयमा समाचार लेखे कारबाही गरिने चेतावनी दिएको छ। केही दिनयता महेन्द्रनगरपोष्टले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका कार्यरत ‘विवादित’ इन्सपेक्टर बिनु शाहीले गरेको ज्यादतिका बारेमा शृङ्खलावद्ध रुपमा फ्लोअप गरिरहेको छ। उनै शाहीलाई जोगाउने उद्देश्यका साथ कञ्चनपुर प्रहरीले हिजो(सोमबार) विज्ञप्ति जारी गरेको थियो। जिल्ला प्रहरीले पीडित भनिएका प्रहरी जवानसँग सोधपुछ गरि घटनाबारे अनुसन्धान गर्नुपर्नेमा बिनुको बचाउ गर्दै विज्ञप्ति नै जारी गरेको हो। तर, त्यो विज्ञप्तिले कञ्चनपुर प्रहरीको फितलो सुरक्षा व्यवस्थापनबारे उजागर गरिदिएको छ। सो विज्ञप्तिमार्फत कञ्चनपुर प्रहरीका प्रवक्ता डीएसपी प्रकाश डाँगीले इन्सपेक्टर शाहीको कुनै गल्ती नसमेटी तत्कालीन प्रहरी जवान नाथ अनाधिकृत रुपमा प्रहरी हिरासतमा घुसेको जनाएका छन्। यस्तै…
काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणा भएको छ। महाअभियानले नेपाललाई धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र नेपाल बनाउन दृढता व्यक्त गर्दै त्यसका लागि यो महाअभियानमा सत्य, निष्ठा र इमान्दारिताका साथ निरन्तर क्रियाशील बन्ने प्रण गरेको जारी विज्ञप्तिमा जनाइएको छ। कांग्रेसको महासमिति बैठकमा यस एजेन्डा प्रवेश गराएर निर्णय गराउने महाअभियानको तयारी रहेको महाअभियानका सदस्य रामचन्द्र तिवारीले जानकारी दिए। ‘२०६२ साल मंसिर ७ गतेको १२ बुँदे सहमति र २०६२/६३ को १९ दिने आन्दोलनको समयमासमेत सनातन हिन्दूराष्ट्रविरुद्ध कुनै माग वा आग्रह प्रकट वा अप्रकटरुपमा भएको थिएन,’ विज्ञप्तिमा उल्लेख छ, ‘नेपाली कांग्रेसजस्तो व्यापक जन आधारमूलक…
अछामः क्यान्सरलाई जित्न नसकेर अछामकी एक महिलाले संसार छोडेकी छन्। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटी घर भएकी क्यान्सर पीडित सब–ईन्जिनियर रमिता रावलको निधन भएको हो। नेपालगन्ज महानगरपालिकामा कार्यरत रावलको क्यान्सरका कारण मृत्यु भएको हो। उनी लामो समयसम्म क्यान्सर रोगबाट पीडित थिइन्। माध्यमीक शिक्षा गाउँकै नवज्वति माध्यमिक विद्यालयबाट पूरा गरेर नेपालगन्जमा थप अध्ययन गरी जागिर सुरु गरेकी रावललाई पाठेघर र आन्द्राको क्यान्सर थियो। उनको मृत्युले जन्मस्थान पञ्चदेवल विनायक नगरपालिका र उनी जन्मिएको गाउँ शोकमा छ। नगरपालिकाको ऊर्जावान् युवाको मृत्युले नगरलाई अपूरणीय क्षति भएको छ। उनको मृत्युको खबरले नगरप्रमुख अम्बिका चलाउनेले सामाजिक सञ्जाल दुख व्यक्त गरेकी छन्। उनले लेखेकी छन् ‘यस्तो खबर…
धनगढी : कञ्चनपुरकी विवादित प्रहरी हुन्, इन्सपेक्टर बिनु शाही। बेला बेलामा विवादमा आइरहने कञ्चनपुर प्रहरीको मुद्दा शाखा हेर्ने इन्सपेक्टर बिनु अहिले तत्कालीन प्रहरी जवान नरेन्द्र नाथ (नवीन) माथि दिएको चरम यातनाका कारण विवादमा छिन्। इन्सपेक्टर बिनुले आफूभन्दा तल्लो तहका प्रहरी कर्मचारी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको थुनुवा कक्षभित्रै थुनुवालाई यातना दिने गरेका प्रशस्त घटना बाहिर आइसके। तर, घटना बाहिरिए पनि उनीमाथि कारबाही भने हुँदैन्। हाकिमसँग राम्रो सम्बन्ध भएका कारण बिनुलाई उन्मुक्ति मिलिरहेको स्रोतको बुझाइ छ। इन्सपेक्टर बिनु यसअघि पनि विभागीय कारबाहीमा परेकी थिइन्। उनलाई यस अगाडि पत्रकार कुटपिटको घटनामा नसिहत दिइएको थियो। कञ्चनपुरमा रिपोर्टिङका क्रममा पत्रकारहरुमाथि अप्रिय व्यवहार देखाएको भन्दै…
धनगढी : नेपाल प्रहरीका डीआईजी अर्जुन चन्द ठकुरीले शुक्रबार राजीनामा दिए। व्यक्तिगत कारणले भन्दै चन्दले राजीनामा दिएका थिए। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको सचिवालयबाट उक्त राजीनामा पत्र मानव स्रोत विभागमा पुगेको थियो। प्रहरी स्रोतका अनुसार, उनलाई केही दिन बिदामा बस्न प्रहरी प्रधान कार्यालय सुझायो। तर, डीआईजी चन्दको राजीनामा ‘रितपूर्ण’ नभएको भन्दै हिजो (सोमबार) राजीनामा पत्र फिर्ता गराइएको छ। उनलाई १० दिन बिदा दिइएको छ। यहीबीचमा विमानस्थल सुरक्षा कार्यालयबाट सरुवा गर्ने तयारी भएको छ। विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच कुटपिट भएको घटनामा डीएसपी, असई र जवानलाई कारबाहीको सिफारिस भएपछि उनी रुष्ट थिए। गत वैशाखमा विमानस्थल सुरक्षा प्रमुखका रुपमा सरुवा भएका चन्द यसअघि…
धनगढी : कैलालीको धनगढीमा भारतबाट भन्सार छलेर ल्याइएका सामान बरामद गरिएको छ । सोमबार राति नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)ले मिलनचोकबाट अन्दाजी ५० हजार मूल्य बराबरका कपडा बरामद गरेको हो । बरामद भएका सामान जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको छ ।
बेलायत : बेलायतका ७४ वर्षीय राजा चार्ल्स तृतीयलाई क्यान्सरको पुष्टि भएको छ । क्यान्सर पुष्टि भएसँगै चार्ल्सको उपचार सुरु भएको बकिंघम प्यालेसले जनाएको छ । चार्ल्सको प्रोस्टेट उपचारका क्रममा क्यान्सर पत्ता लागेको हो । चार्ल्सलाई कस्तो प्रकारको क्यान्सर भएको हो भन्ने चाही दरबारले खुलाएको छैन ।
काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् पूर्व सामान्य प्रशासनमन्त्री केशव कुमार बुढाथोकीको निधन भएको छ। झापाको अर्जुनधारा नगरपालिका–८ घर भएका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा सोमबार राति निधन भएको बताइएको छ। बुढाथोकी करिब हप्ता दिन अगाडिदेखि निमोनियाको समस्याले ग्रस्त थिए। पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय भएका बुढाथोकी २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री बनेका थिए। उनले ‘आफ्नो आफ्नो सगरमाथा’ नामक पुस्तक पनि लेखेका छन्।
कञ्चनपुरः कञ्चनपुरमा गाँजासहित एक किशोर पक्राउ परेका छन्। बेदकोट नगरपालिका-५ धरमपुरबाट ४.१८ ग्राम लागुऔषध गाँजासहित सोही ठाँउ बस्ने १९वर्षीय किशोर चेतन बोहरा सोमवार राति पक्राउ परेका हुन्। प्रहरी चौकी सुडा कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बोहराको साथबाट गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।