Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा धनगढी, कैलालीमा कार्यरत एसएसपी प्रज्वल महर्जनको सरुवा भएको छ। आज (बुधबार) महर्जनको सरुवा भएको हो। प्रहरी प्रधान कार्यालयले महर्जनको सरुवा नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा काभ्रपलान्चोक भएको जनाएको छ। आजै उनीसहित नेपाल प्रहरीका २० जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको सरुवा भएको थियो।

Read More

धनगढी: कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको सरुवा भएको छ। उनको आज सरुवा भएसँगै उनको स्थानमा नारायण प्रसाद सापकोटा पठाइएका छन्। गृह मन्त्रालयले आज (बुधबार) कञ्चनपुरसहित १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा तथा पदस्थापन गरेको थियो। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बुधवार प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गर्ने निर्णय गरेका हुन्।

Read More

धनगढी: कञ्चनपुरमा सरकारी सम्पत्ति एवं जग्गा अतिक्रमण गरेर र भाडामा लिएर बनाइएका अनाधिकृत र अवैध संरचना हटाउने कार्य जारी छ। गत वर्षको चैतदेखि नै सुरु गरिएको उक्त कार्य अहिले पनि जारी छ। नगरपालिकाले अतिक्रमित सार्वजनिक क्षेत्र खाली गराउन सक्रिय रुपमा लागेको जनाएको छ। पालिकाले तत्कालीन महेन्द्रनगर नगर विकास समितिमा विभिन्न समयमा बनेका अध्यक्षहरुले अवैध रुपमा भाडामा वितरण गरेका जग्गा खाली गराउने अभियान जारी रहेको जनाएको हो। तर कञ्चनपुर जिल्लामा कृयाशिल राजनैतिक दलहरुले भने सर्वसाधारणले भाडामा लिएर बनाएका संरचनामात्र हटाउन लागिएको र ठूला व्यापारीहरुले कब्जा गरेका संरचना एवं जग्गाहरु खाली नगराइएको दाबी गरेका छन्। नगरपालिकाले ठूला व्यापारीलाई पोस्न संरचना हटाउन ढिलाई…

Read More

काठमाडौं : प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीमा कार्यरत महिला प्रहरीहरूले प्रदर्शन गरेको साहस, दृढता र समर्पण सबैको लागि प्रेरणाको श्रोत बन्न पुगेको बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित ‘नेपाल प्रहरीमा महिला प्रहरीको भूमिका र नेतृत्व विकास’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले यस्तो बताएका हुन् । सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले Women Police Gallery को उद्‌घाटन समेत गरे । प्रहरी महानिरीक्षक कुँवरको साथै उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरू एवम् आमन्त्रित महानुभावहरूले उक्त ग्यालरीको अवलोकन समेत गरे । प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीका महिला सदस्यहरू समाजमा अन्याय र जोखिममा परेका महिलाहरूका लागि आशा र प्रेरणाको…

Read More

काठमाडौं : नेपाल प्रहरीका १५६ प्रहरी वरिष्ठ हवल्दारहरु सहायक निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् । बुधबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार उनीहरुलाई असईमा बढुवा सिफारिस गरिएको हो । बढुवा सिफारिस सूची प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ९४० अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा सिफारिस हुनेमा बल कुमार खड्का, चन्द्र बहादुर गुरुङ, मोहन सिंह ठगुन्ना, गणेश बहादुर बोगटी लगायतका व्यक्तिहरु रहेका छन् । Download

Read More

काठमाडौँः नेपाल प्रहरीका तीनजना डीआईजीहरुको सरुवा र चार जनाको पदस्थापन गरिएको छ। आज बुधबार डीआईजीहरुको सरुवा तथा पदस्थापन गरिएको हो। जसमा कर्णाली प्रदेश प्रहरी कार्यालयमा विवादित अर्जुन चन्द ठकुरीलाई पठाइएको छ भने कर्णालीमा कार्यरत डीआईजी लालमणी आचार्य भरतपुरस्थित जुनियर प्रहरी शिक्षालयमा सरुवा गरिएको छ। यस्तै विशेष ब्यूरोमामा कार्यरत रामदत्त जोशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको छ। साथै हालै एसएसपीबाट डीआईजीमा बढुवा भएका चार जनालाई पनि पदस्थापन गरिएको छ। डा मनोज केसीलाई विशेष ब्यूरोमा पदस्थापन गरिएको छ। डीआईजी दान बहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा, कृष्णहरी शर्मा पोखरेललाई उपत्यका प्रहरी कार्यालय र राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको…

Read More

काठमाडौं : गृह मन्त्रालयले २० जना प्रहरी वरिष्ठ उपरिक्षकको सरुवा गरेको छ। जनपद प्रहरी समूह तर्फका २० जना प्रहरी वरिष्ठ उपरिक्षकको सरुवा गरिएको हो । गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरीको प्रधान कार्यालयद्वारा बुधबार जारी विज्ञप्ति जारी गर्दै सरुवा गरेको हो । को कहाँ सरुवा ? sspDownload

Read More

काठमाडौं : विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लागेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीशहरू खुशीप्रसाद थारू, तेजनारायण सिंह र मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई थुनामा राखी मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको हो । आदेशपछि उनलाई डिल्लीबजार कारागारमा लगिएको छ । १० माघमा पक्राउ परेदेखि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा थिए । विशेष अदालतले केही दिनअघि सुरक्षण मुद्रण केन्द्रको भ्रष्टाचार र झुटो विवरण बुझाएर नियुक्ति लिएको छुट्टाछुट्टै दुई भ्रष्टाचार मुद्दामा उनलाई दोषी ठहर गरेको छ । अहिले उनीविरुद्ध विशेष अदालतमा दुई भ्रष्टाचारका मुद्दा विचाराधीन छन् ।

Read More

काठमाडौं : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि हिरासतमुक्त भएका छन् । जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर हाजिर जमानीमा उनलाई हिरासतमुक्त गरेको हो । ८ जेठमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय, धनुषाको हिरासतमा बसेका सिरोहिया स्वास्थ्यमा समस्या देखिएपछि १२ जेठमा काव्य अस्पताल भर्ना गरिएका थिए । मुटुसम्बन्धी समस्या भएका सिरोहियालाई थप उपचारका लागि मंगलबार दिउँसो हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो ।

Read More

काठमाडौं : गृह मन्त्रालयले एकैपटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालय र अन्तरगतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना सीडीओहरुको जिम्मेवारी हेरफेर भएको हो । गृहमन्त्री रबि लामिछानेको निर्णय अनुसार १६ जिल्लामा नयाँ सीडीओ खटाइएको छ । कास्कीमा भरतमणि पाण्डे, चितवनमा इन्द्रदेव यादव र मकवानपुरमा तीर्थराज चिलवाल सीडीओ बनेका छन् । हेर्नुस् कसो कहाँ भयो सरूवा तथा पदस्थापन ?

Read More