Author: महेन्द्रनगर पोष्ट

धनगढी : भौगोलिक रूपमा अत्यन्तै विकट कैलालीको चुरे गाउँपालिका-२ मा फाया नेपाल नामक गैर सरकारी संस्थाले निर्माण गरेको स्वास्थ्य चाैकी भवन हस्तान्तरण गरिएको छ । फाया नेपालले जापानको परराष्ट्र मन्त्रालय र आम्दा माइन्ड्सको आर्थिक तथा प्राविधिक सहयोगमा मातृ तथा बाल स्वास्थ व्यवहार प्रवर्द्वन परियोजना अन्तरगत खैराला स्वास्थ्य चौकी भवन निर्माण गरेको थियो । झण्डै दुई करोड अर्थात् एक करोड ९९ लाख ३५ हजारको लागतमा निर्माण गरिएको भवन फाया नेपालका अध्यक्ष लोकराज भट्ट र आम्दा माइन्ड्सकी नेपाल प्रमुख माइको काेवाइसी (उप्रेती) ले संयुक्त रूपमा चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीलाई हस्तान्तरण गरेका हुन् ।

Read More

काठमाडौं : प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डिआइजी)मा बढुवा भएका चार जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आईजीपी बसन्त बहादुर कुँवरले उनीहरुलाई फुली लगाइदिएका हुन्। आईजीपी कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच डिआइजीहरु कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, मनोज केसी र राजन अधिकारीलाई दर्ज्यानी चिन्ह लगाइदिए। समारोहमा आईजीपी कुँवरले पदोन्नति भएका डिआइजीहरुलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गरे ।

Read More

काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले विपद् जोखिम उद्धारका कानून कागजमा राम्रो भए पनि व्यवहारमा लागू गर्न समस्या रहेको बताएका छन् । सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा मनसुनजन्य विपद् जोखिमसम्बन्धी सरोकारवालहरुसँगको छलफलमा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले जोखिम उद्धारसम्बन्धी कानूनहरु कागजमा राम्रो भए पनि व्यवहारमा कार्यान्वयन गर्न समस्या रहेको भन्दै सहज बनाउन आवश्यक रहेको बताएका हुन् । उनले विपद् आउँदा समन्वय र सहजीकरण गर्ने काम पहिलो पङ्तिमा रहेर नेपाल प्रहरीले गरिरहेको बताए । उनले प्रहरी परिचालनको हकमा १२५ जना विपद् व्यवस्थापन महाशाखाबाट आवश्यकता अनुसार त्यसलाई पनि परिचालन गर्ने गरेको बताए । प्रदेश स्तरमा १२५ जना र जिल्ला स्तरमा २५ जनाको युनिटलाई…

Read More

काठमाडौं : सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई गृहमन्त्रीबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ।  अधिवक्ता अनुपम भट्टराईले उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा संलग्न रहेको दाबी गर्दै पदबाट तत्काल निलम्बन गर्न माग गरिएको छ ।  लामिछानेविरुद्ध सहकारी ठगीका कुनै पनि मुद्दा वा उजुरी नरहेको भन्दै गलत जानकारी दिएकोमा महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग समेत गरिएको छ ।

Read More

धनगढीः धनगढीमा गर्मी अत्यधिक बढेको छ। सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको धनगढी लगायत सुदूर तराइका क्षेत्रहरुमा गर्मी बढिरहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीको आजको न्युनतम तापक्रम २९.४ डिग्री र अधिकतम तापक्रम ४०.८ डिग्री रहेको छ। गर्मी अत्यधिक बढेपछि यहाँका नागरिक हैरान भएका छन्। बढ्दो गर्मीका कारण जनजीवन प्रभावित बनेको यहाँका नागरिकले बताएका छन्। उनीहरुले केही दिन वर्षा भए राहत पुग्ने जनाएका छन्। यसैबीच महेन्द्रनगरपोष्टले मौसमविद्लाई धनगढी लगायत सुदूर तराइको आगामी मौसमबारे जिज्ञासा राखेको छ। जसमा मौसमविद् प्रतिभा मानन्धरले सुदूरपश्चिमस्थित धनगढी सहितको क्षेत्रमा २ दिनसम्म पानी पर्ने सम्भावना नरहेको बताइन्। चक्रपातको असर नदेखिएकाले २ दिनसम्म वर्षाको सम्भावना नरहेको उनको दाबी छ। उनका…

Read More

धनगढी: दार्चुलामा खोला तर्नेक्रममा बगेर २ जनाको मृत्यु भएको छ। जिल्लाको मार्मा गाउँपालिका वडा–५ मुरैस्थित गन्याड खोला तर्ने क्रममा २५ वर्षीय झुपा टमटा र अम्मर टमटाका ६ वर्षीय छोरा ऐन टमटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उनीहरु नातामा काका भतिजा पर्छन्। खोला तर्ने क्रममा बेपत्ता भएका दुबैजना घटनास्थलबाट केही तल मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले बताए। 

Read More

काठमाडौं: गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) दुर्गा सिंहले जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहत प्रहरी चौकी साँखर स्याङ्जाको निर्माण सम्पन्न भएको नव-निर्मित भवन उद्घाटन गरेकी छन्। आज (सोमबार) डीआइजी सिंहले सो भवनको उद्घाटन गरेकी हुन्। नेपाल सरकारको नियमित बजेटबाट स्याङजा जिल्लाको चापाकोट नगरपालिका साँखरमा निर्माण सम्पन्न उक्त प्रहरी चौकीमा प्रहरी कार्यालय भवन, मेष, ब्यारेक लगायतका भवनहरु निर्माण गरिएको थियो। सोही भवनहरु उद्घाटनपश्चात डीआइजी सिंहले उक्त भवनको निरीक्षण तथा अवलोकन समेत गरेकी थिइन्। सो क्रममा उनले प्रहरी आम नागरिकका समस्या समाधनका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता…

Read More

काठमाडौं: नेपाल प्रहरीका ४ डीआइजीको आज पदस्थापन हुने भएको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार हालै बढुवा भएका डीआइजीहरुको आज पदस्थापन हुने भएको हो। नेपाल प्रहरीका आईजीले उनीहरूलाई फुली लगाएपछि पदस्थापन हुने बताइएको छ। हाल नेपाल प्रहरीको प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको सचिवालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, उपत्यका प्रहरी कार्यालय र एकेडेमी लगायतमा डीआइजीको दरबन्दी रिक्त छ। स्रोतका अनुसार उनीहरूलाई सोही स्थानहरुमा पदस्थापन एवं सरुवा गराइने छ। गृह मन्त्रालयले केही समय अगाडि मात्रै नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई डीआईजीमा बढुवा गरेको थियो। एसएसपीहरु कृष्णहरी शर्मा पोखरेल एक नम्बरमा, दानबहादुर कार्की दोस्रोमा, मनोज केसी तेस्रोमा र राजन अधिकारी चौथोमा…

Read More

काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति नेपाली कांग्रेसले लगाएको आरोपको लिखित र सार्वजनिक माफी नमागे पार्टी आरोपहरू सुनेर नबस्ने चेतावनी दिएका छन् । सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउन निष्कर्षमा पुग्ने भनिएको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले नेपाली कांग्रेसले नेकपा एमाले र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा टार्गेट गरेर अराजनीतिक र पूर्वाग्रही आरोप लगाइरहेको बताए। उनले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन कांग्रेस तयार नरहेको आरोप लगाए । उनले नेपाली काँग्रेस कुनै सहमतिको पक्षमा, समस्या समाधानको पक्षमा…

Read More

धनगढी: कञ्चनपुरमा नवजात शिशु मृत फेला परेको प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीले अनुसन्धान थालिएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार आज (सोमबार) बिहान जिल्लाको भीमदत्त नगरपालिका-४ संविधान चोकको उत्तरपट्टीको किनारमा नवजात शिशुको शव फेला परेको थियो। शव सो क्षेत्रको फोहोर फाल्ने स्थानमा भेटिएको थियो। सो सम्बन्धमा अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको हो। प्रहरीले अहिले घटना शङ्कास्पद भएको भन्दै सिसिटिभी फुटेज हेरिरहेको बताइन्छ। अहिले मृतक शिशुको शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।

Read More