काठमाडौं : नेपाली बजारमा आज सुन तोलाको ८ सयले बढेको छ। सुनको भाउ बढेपनि चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेको फेरी नयाँ रेकर्ड कायम गरेको छ। आज छापावाला सुन प्रतितोला एक लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो। त्यस्तै तेजावी सुन तोलामा १ लाख २१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यता, चाँदीको मूल्य आज स्थिर छ। आज चाँदी प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।
Author: महेन्द्रनगर पोष्ट
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१५ मा रहेको एक घरमा आगलागी भएको छ। लक्ष्मी सेट्टीको घरका आइतवार आगलागी भएको हो। घरमा कोही नभएको बेला दुई कोठे जस्ताले छाएको घरमा आगलागी हुँदा अन्दाजी ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आगलागीको कारण भने नखुलेको प्रहरीले जनाएको छ।
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–४ तारानगरस्थित एक घरमा ८ तोला सुनका गहना र ४ लाख नगद चोरी भएको छ। पहाड घर डोटी गएका बेला स्थानीय करन बानियाको घरमा चोरी भएको हो। बुधबार पूजाका लागि डोटी गएकोमा आइतबार घर पुग्दा चोरी भएको थाहा भएको बानियाले जानकारी दिए। चोरले घरमा रहेको पूजा कोठाबाट नगद, दाराज फोडेर नगद र गरहना चोरी लगेको घरधनी बानियाले जानकारी दिए। प्रहरीलाई जानकारी गराएपछि मुचुल्का तयार गरी अनुसन्धान गरिरहेको उनले जानकारी दिए। उनले घरबाट सुनका गरहना ८ तोला, तीन लाख नगद र ४ तोला चादी सामाग्री लगेको बताएका छन्।
डडेल्धुरा : डडेल्धुरा बसपार्क नजिक एकजना मृत फेला परेका छन् । बगरकोट रोडमा रहेको अजयमेरु फ्रेस हाउसका संचालक ३५ वर्षीय शेर शाहु मृत फेला परेका हुन्। फ्रेस हाउसको तल्लो तलामा उनको डेरा रहेको र शाहु आफ्नै डेरामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको र आफन्त आएपछि मुचुल्का उठाउने तयारी रहेको डिएसपी कार्कीले बताए। मृत फेला परेका शाहुको घर अजयमेरु गाउँपालिका वडा नम्बर ३ चनाली हो।
काठमाडौं : दाङबाट हराएका एक बालक १० दिनपछि काठमाडौंमा भेटिएका छन्। तुलसीपुर उपमहानगरपालिका– ७ गणेशपुरका १२ वर्षीय आनन्द रेग्मी मंसिर ८ गते बिहान करिब साढे १० बजेदेखि सम्पर्कविहीन थिए। कक्षा ६ मा पढ्दै गएका उनी हराएपछि परिवारले खोजीका लागि तुलसीपुर प्रहरीलाई आग्रह गरेका थिए। आनन्दका बुबा जीवराजका अनुसार घरबाट छोरा र ३५ हजार रुपैयाँ हराएको थियो। प्रहरीले आनन्दको खोजीका लागि आनन्दको फोटो सार्वजनिक गरेको थियो। तस्बिर देखेका एक जना गाडीका कर्मचारीले आनन्द काठमाडौंको माछापोखरीमा झरेको सूचना प्रहरीलाई दिएका थिए। त्यसपछि खोजी गर्ने क्रममा आइतबार काठमाडौंको बसपार्क क्षेत्रमा हिँडिरहेका बेला आनन्द फेला परेका थिए। बालकले बताएअनुसार सुरुमा उनी काठमाडौं आएछन् र…
कञ्चनपुर: प्रहरीले कञ्चनपुरमा लागुऔषध मुद्दाका दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। कञ्चनपुर जिल्ला अदालतले २०७७ चैतमा १ महिना २६ दिन कैद सजाय तोकेका बेदकोट नगरपालिका–६ का कमल चौधरी र २०७८ साल पुसमा १ महिना १ दिन कैद तोकिएका भीमदत्त नगरपालिका–१४ का संजोग भन्ने अजय भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। घर ठेगानाबाटै पक्राउ परेका दुवै जनालाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ।
धनकुटा: धनकुटाको पाख्रीवास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाइको घरमा आगजनी भएको छ। डाँडाखर्कस्थित वडाध्यक्ष गुरागाईको घरमा परिवारका सदस्यलाई भित्रै थुनेर गएराति आगो लगाइएको हो। राति घरभित्र सुतिरहेका बेला बाहिरबाट ताला लगाएर घरमा कसैले आगो लगाइदिएको वडाध्यक्ष गुरागाईँले जानकारी दिए। घरमा गुरागाईका श्रीमान–श्रीमती सुतेका थिए। उनीहरु सुतिसकेपछि राती १२ बजेपछि घटना भएको हो। तल्लो तलामा रहेको भान्छा कोठाको ढोका खोलेर दुई वटा ग्यास सिलिण्डर एकै ठाउँमा भेला गरी सबै कपडाहरु पनि एकैठाउँमा थुपारेर आगो सल्काइएको पाइएको वडाध्यक्ष गुरागाईले बताए। उक्त आगो छिमेकीहरुले निभाएका थिए।
कैलाली: कैलालीको अत्तरियाका होटलमा अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालकसहित ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तीन महिला र तीन जना पुरुष रहेका छन्। हिजो(आइतबार) गोदावरी नगरपालिकाको वडा नम्बर २ का जनप्रतिनिधि, कर्मचारी, गोदावरी होटल व्यवसायी संघ र ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका डिएसपी सहितको संयुक्त टोलीले गरेको अनुगमनमा अत्तरियाका होटलमा अनैतिक क्रियाकलाप हुने गरेको पाइएको हो। पक्राउ परेकाहरुको नाम र होटलको नाम भने प्रहरीले खुलाएको छैन। सोही टोलीले अत्तरियाका ४० वटा होटलमा अनुगमन गरेको थियो। जसमा १५ वटा होटल सञ्चालकहरुले स्थायी लेखा नम्बर तथा दर्ता बिना सञ्चालन गरेको र १५ वटा होटलहरु नविकरण तथा वडामा दर्ता नभएको पाईएको प्रहरीले…
धनगढीः कैलालीको अत्तरियाबाट लागुऔषधसहित आइतवार साँझ तीन जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका–१ धनगढी रोडबाट सोहि ठाउँका २२ वर्षीय चन्द्र महता, गोदावरी नगरपालिका–५ का २५ वर्षीय गोकुल श्रेष्ठ र धनगढी उपमहानगरपालिका–१३ का २९ वर्षीय मेघराज बुढाथोकी पक्राउ परेका छन्। उनीहरुलाई लागुऔषध खरिद बिक्री गरिरहेको अवस्थामा १४० मिलीग्राम लागुऔषधसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ।
काठमाडौं: अष्ट्रेलियासँगको पाँचौँ तथा अन्तिम टी–२० खेलमा भारत विजयी भएको छ । बैंग्लोरमा भएको खेलमा भारत ६ रनले विजयी भएको हो । भारतले दिएको १६१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर मात्र १५४ रन बनाउन सक्यो । त्यसअघि टस हारेर व्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १६० रन बनाएको थियो । घरेलु टोली भारतले पाँच खेलको टि–२० शृङ्खला एक खेल अगावै जितिसकेको थियो । चौथो खेलमा भारतले अष्ट्रेलियालाई २० रनले हराउँद शृङ्खला आफ्नो पक्षमा पारेको हो । भारतसँग पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले हारेको अष्ट्रेलिया तेस्रो खेलमा भने ५ विकेटले विजयी भएको थियो ।…