Author: महेन्द्रनगर पोष्ट

धनगढी: महेन्द्रनगरबाट दाङ गैरहेको गुडिरहेको ट्रकमा आगो लागेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३३३७ नम्बरको ट्रकमा एक्कासी आगलागी हुँदा जलेर नष्ट भएको छ। आइतबार बिहान लमही नगरपालिका ९ चाउखोलानजिक जंगल क्षेत्रमा गुडिरहेको समयमा ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए। ‘वायरिङ सर्ट भएर आगो लागेको भन्ने छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ, अनुसन्धानपछि कारण खुल्ला’, उनले भने। लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो। प्रहरी उपरीक्षक केसीका अनुसार ट्रकमा चालकसहित तीन जना सवार थिए। आगो निभाउन प्रयास गर्दा कञ्चनपुर जिल्ला कृष्णनगर नगरपालिका २ निवासी ३८…

Read More

धनगढी : कञ्चनपुरबाट दाङ जाँदै गरेको ट्रकमा आगलागी भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा गुडिरहेको ट्रकमा आगलागी भएको हो। महेन्द्रनगरबाट दाङको लमही जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको गुडिरहेको ट्रकमा आफैँ आगलागी भई जलेर नष्ट भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले लमही नगरपालिका–९ चाउखोला नजिकको जङ्गल यरिङ सर्ट भएर आगो लागेको भएको बताए। एसपी केसीले ट्रकमा चालकसहित तीन जना सवार रहेकोमा आगो निभाउन प्रयास गर्दा चालक कञ्चनपुरको कृष्णनगर नगरपालिका–२ का ३८ वर्षीय रमेशदत्त जोशी सामान्य घाइते भएका छन्। खाली ट्रक सिमेन्ट लिनको लागि लमही जाँदै गरेको उनले जानकारी दिए। आगो लमही नगरपालिकाको दमकल…

Read More

धनगढी: कैलालीमा सालकाे रूखमा माेटरसाइकल ठाेक्किदा दुई जना गम्भीर घाइते भएका छन्। शनिबार राति ८ बजेतिर भजनी नगरपालिका -९ स्थित सुखड-भजनी सडकखण्डमा पश्चिमबाट उत्तरतर्फ गइरहेको से २ प १९९२ नम्बरको माेाटरसाईकल सालकाे ४२ रूखमा ठाेक्किएकाे प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते चालक भजनीका मकालु चाैधरी र पछाडि सवार घाेडाघाेडी नगरपालिका- ३ बस्ने ४२ वर्षीय जगतराम चाैधरीकाे निसर्ग हस्पिटल धनगढीकाे आईसीयूमा राखेर उपचार भइरहेको छ। उनीहरू दुवैकाे अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। यस्तै धनगढीमा दुईवटा माेटरसाईकल एकआपसमा ठाेक्किदा भएकाे दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ। शनिबार धनगढी उपमहानगरपालिका-१४ फूलबारीस्थित हुलाकी सडकखण्डमा से ४ प ४७२९ र से ५ प ५६५३ नम्बरको माेटरसाईकल…

Read More

काठमाडौं: नागरिक उन्मुक्ति पार्टीले राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन नागरिक उन्मुक्तिले अरुणको नाम सिफारिस गरेको हो। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री ओलीलाई सिफारिस पत्र पठाएकी छन्। स्रोतका अनुसार उनी केही दिनमै सपथ लिनेछन्। नागरिक उन्मुक्तिलाई पर्यटन राज्यमन्त्री दिने प्रधानमन्त्री ओलीको तयारी छ। उनी राष्ट्रपतिबाट माफी पाएका व्यक्ति हुन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा सजाय माफी गरिदिएकी थिइन्। २०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जनालाई छ महिना कैद सुनाएको थियो। यतिमात्र होइन, अहिले पनि उनी कालोसूचीमा…

Read More

काठमाडौं: नेपाल प्रहरीले हिजो गरेको लेखापाल सरुवा विवादित बनेको छ। झण्डै तीन सय लेखापाल (एकाउण्टेण्ट) को काज सरुवा गरिएकोमा सो विषय विवादमा मुछिएको हो। हेडक्वाटर नक्सालले गरेको भनिएको २८९ जना लेखापालको सरुवामा गृह मन्त्रालयको चर्को हस्तक्षेप र भागबन्डा भएको बताइएको हो। हेडक्वार्टरको मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले उनीहरुको काज सरुवा अर्थात् अर्को आदेश नभएसम्म लेखाप्रमुखको रुपमा कामकाजमा खटाइएको परिपत्रमा उल्लेख छ। सामान्यतयाः असई, सई, वरिष्ठ सई, केही इन्सपेक्टर कार्यरत हुने लेखामा उच्च तहका कर्मचारीको मात्रै सरुवा गर्ने मन्त्रालयले आँखा लगाएपछि चर्को आलोचना भएको बताइन्छ। जबकि एसपीसम्मको सरुवा आइजीपी स्वयमले गर्नुपर्ने कानुनी व्यवस्था छ। उसो त काज सरुवा सामान्यतयाः एकाध…

Read More

काठमाडौं : देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) का अनुसार ललितपुरमा सात र धनगढीका तीन जनामा हैजा पुष्टि भएको हो । हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले जानकारी दिए । हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो ।

Read More

धनगढी: दार्चुलामा एक महिला महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छन्। शनिबार दिउँसो सदरमुकाम खलंगास्थित रिङ्नेताल नजिकैबाट हाम फालेर महाकाली नगरपालिका–१ की १७ वर्षीया धनिसा कुँवर नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार उनी हाम फाल्न नदीको डिलमा उभिएका बेला स्थानीयले खबर गरेका थिए। लगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले उनलाई सम्झाई बुझाई गरेका थिए। तर नमानेपछि उनलाई समात्न प्रहरी गएका थिए। प्रहरी नजिकै पुगेका बेला कुँवरले नदीमा हाम फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। अहिले महाकालीमा बेपत्ता कुँवरको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : नारायणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र तिनमा सवार यात्रीको खोजी गर्नका लागि भारतबाट ल्याइएको १९ किलोको चुम्बक त्रिशूलीमा हराएको छ। बेपत्ता बस र यात्रुहरुको खोजी गर्न नेपाल सरकारले भारत सरकारलाई पत्राचार गरेसँगै भारतले  नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली नेपाल पठाएको थियो। सो टोलीले ल्याएको पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेट अन्तरगर्तको १९ किलोको चुम्बक आज खोजी गर्ने क्रममा हराएको जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए। उनका अनुसार उक्त टोलीले १९ र १४ किलोको दुई चुम्बक ल्याएका थिए। सो मध्य १९ किलो चुम्बक खोजतलासका क्रममा हराएको…

Read More

धनगढी : धनगढीको नोभा अस्पतालमा मृत्यु भएका कञ्चनपुरका नसिभ चौधरीको परिवारले शव बुझ्ने भएका छन्। क्षतिपूर्ति दिने सहमति भएपछि उपचारका क्रममा मृत्यु भएका नसिभको परिवारले शव बुझ्न तयार भएका हुन्। मृतकका परिवारलाई क्षतिपूर्ति वापत साढे १३ लाख रुपैयाँ दिने, शनिबारको प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको उपचार, शव परीक्षण गरेर घरसम्म पुगाउने खर्च व्यहोर्ने सहमति भएको छ। मृतकका मामा रामकृष्ण चौधरीले पनि अस्पताले परिवारलाई क्षतिपूर्ति दिने, घाइते दुई जनाको उपचार गरिदिने र शव परीक्षणको जिम्मा लिने सहमति भएको जानकारी दिए। चौधरीले उक्त सहमतिपछि शव परीक्षणको प्रक्रिया अघि बढाइएको बताए। जन्डिसको समस्या लिएर ७ साउनमा अस्पताल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो…

Read More

धनगढी : कञ्चनपुरको बेलौरीका १७ वर्षिय युवक नसिभ चौधरी मृत्यु प्रकरणले उग्र रुप लिएको छ । मृतकका आफन्तहरुले चिकित्सकलाई कारवाही र क्षतीपूर्ती माग गरेका छन । आक्रोसित पिडितका आफन्तहरुले अस्पतालमा ढुंगामुढा गरेर अस्पताल तोडफोड गरेका छन । नोभा अस्पतालका सूचना अधिकारी पदमराज भट्टले अस्पतालको बाहिरि डेकोरेशन, झ्यालका सिसा, रिसेप्शन, फार्मेसी, रिसेप्शनका कम्प्युटर लगायतका सामान तोडफोड भएको बताए । उनले बाहिरबाट हानिको ढुंगाले माथिल्लो तलामा रहेको अपरेशन कक्षका उपकरणहरुमा पनि क्षती पुगेको बताए । ‘अहिले मृतकका आफन्तहरुसँग छलफलमै ब्यस्त छौं, तर १५/२० लाखको क्षती भएको छ’ भट्टले भने । नोभा अस्पतालमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको पहरा छ । ठुलो संख्यामा…

Read More