काठमाडौं : भारतको कर्नाटकस्थित गुरुगामल्ला गाउँको एक सरकारी विद्यालयकी महिला प्रधानाध्यापकलाई यतिबेला ‘मर्नु न बाँच्नु’ भएको छ। आफ्नै पुरुष विद्यार्थीसँग रोमान्टिक पोजमा खिचेका तस्वीरहरु भाइरल भएपछि उनलाई तनाव भएको हो। कक्षा १० का विद्यार्थीसहित ती प्रधानाध्यापिका शैक्षिक भ्रमणमा गएकी थिइन्। त्यही अवसर पारेर उनले नाबालक विद्यार्थीसँग रोमान्टिक तस्वीरहरु खिचाएकी थिइन्। भाइरल भएको तस्वीरमध्ये एउटामा विद्यार्थीले प्रधानाध्यापिकाको साडी तानेका छन् भने अर्कोमा गालामा चुम्बन गरेको देखिन्छ। त्यस्तै, अर्को तस्वीरमा विद्यार्थीले उनलाई आफ्नो अंगालोमा उचालेका छन्। साडीमा सजिएकी ‘गुरुआमा’सँग रोमान्स गर्ने ती विद्यार्थीले भने जिन्सको पाइन्ट र कुर्ता लगाएका छन्। यी तस्वीरहरु भाइरल भएसँगै विद्यार्थीका अभिभावकहरुले आक्रोश पोख्दै प्रधानाध्यापिकालाई कारवाहीको माग गरेका…
Author: महेन्द्रनगर पोष्ट
धनगढी : ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा ज्यान गुमाउने युवक दुबै युवकको सनाखत भएको छ। मृत्यु हुनेमा अछामको चौरपाटी गाउँपालिकाका-१ का २३ वर्षीय वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका-६ का २३ वर्षीय सुजन रावत रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले पुष्टि गरे। कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि तनाव सिर्जना भएको थियो। प्रहरीले आन्दोलनकारीमाथि अश्रुग्यास र गोलीसमेत चलाएको थियो। प्रहरीले चलाएको गाली लागेर गम्भीर घाइते भएका शाहको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। राउतको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको थियो। राउतको गोली लागेर मृत्यु…
काठमाडौं : ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा घाइते भएका अर्का युवकको पनि ज्यान गएको छ। पाटन अस्पतालमा उपचाररत् वीरेन्द्र शाहको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले जानकारी दिए। कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि तनाव सिर्जना भएको थियो। प्रहरीले आन्दोलनकारीमाथि अश्रुग्यास र गोलीसमेत चलाएको थियो। यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो। राउतको गोली लागेर मृत्यु भएको यसअघि प्रहरीले बताए पनि अस्पतालले गरेको जाँचमा गोली लागेको देखिएन। बरु छातीमा दाग देखिएको छ।
काठमाडौं : ललितपुरको बालकुमारीमा मन्त्रीको गाडी आगजनी गरेको घटनामा प्रहरीले ५४ जनालाई नियन्त्रणमा लिएको छ। शुक्रबार दिउँसो बालकुमारी सडक खण्डमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि प्रहरीले ५४ जनालाई नियन्त्रणमा लिएको हो। इपिएसका परीक्षार्थीहरूले मन्त्री ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी गरेपछि प्रहरीले बल प्रयोग गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए। एसपी कार्कीका अनुसार प्रहरीले अझै पनि घटनामा संलग्नको खोजी गरिरहेको छ। प्रहरीले आन्दोलनकारीमाथि अश्रुग्यास र गोलीसमेत चलाएको थियो। बल प्रयोग गर्दा घाइते भएका एक जनाको इमाडोलस्थित किष्ट अस्पतालमा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर…
काठमाडौं: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो। अदालतले दुबै पक्षलाई छलफलमा आउन समेत आदेश दिएको छ। गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै बिहीबार सर्वोच्चमा रिट दायर भएको थियो। नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नर पदमा नियुक्त हुन आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यताबिनै अधिकारीलाई गभर्नर नियुक्त गरिएको भन्दै अधिवक्ता दीपकराज जोशी, प्रताप सिंह ठकुरी, दामोदर तिम्सिना र यमप्रसाद भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका हुन्।…
दार्चुला : दार्चुलामा सडकबाट खसेर एक युवकको ज्यान गएको छ। शुक्रबार विहान ९ बजेतिर जिल्लाको अपि हिमाल गाउँपालिका-६ का १८ वर्षीय अशोकसिह धामीको ज्यान गएको हो। सिप्टी तपोवन सडकखण्डमा ग्वालेक निर्माण सेवा कम्पनीको बा ३ क ४१९८ नम्बरको स्काइभेटर हेल्परका रुपमा काम गर्दै आएका धामीको सडकबाट खसेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख एवम् प्रहरी निरीक्षक गोबिन्द भण्डारीले जानकारी दिए। शुक्रबार बिहान सोही सडकमा हिँडिरहेका बेला अचानक लडेर धामीको घटनास्थलमै मृत्यु भएको भण्डारीले बताए। मृतक धामी सडकबाट ५ सय मिटर तल खसेका थिए। मृतकको शव लटिनाथ स्वास्थ्यचौकीमा राखिएको छ। घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
काठमाडौं : ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा सहभागी एक जना घाइतेको अवस्था गम्भीर छ। प्रहरीको गोली लागेपछि उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो। ती प्रदर्शनकारीको आईसीयूमा उपचार भइरहेको पाटन अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीले बताए। यसअघि प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको सनाखत भएको छ। उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत रहेका छन्। राउत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। राउतको छातीमा निलडाम देखिएको चिफ अपरेटिङ अफिसर अमिश पाठकले बताए। राउतको शुक्रबार दिउँसो करिब पौने २ बजेतिर मृत्यु भएको हो। अस्पताल पुर्याएपछि उनलाई ४५ मिनेट जति सिपिआर दिइएको थियो।
काठमाडौं : ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो। मृतक पुरुष हुन्। तर, उनको पहिचान खुलिसकेको छैन्। किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले घाइते भएर ल्याइएका एक पुरुष घाइतेको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे।
काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई जेलमा सहयोग गरेको उपलक्ष्यमा उपसचिव बसन्तराज पुरीले स्वकीय सचिवको उपहार पाएका छन्। पुरीले रेशम चौधरीलाई जेलमा सहयोग गरे बाफत भूमी व्यवस्था मन्त्री रन्जिता श्रेष्ठ चौधरीको स्वकीय सचिवको उपहार पाएका हुन्। पुरी डिल्लीबजार कारागारको जेलर हुँदा रन्जिताका श्रीमान रेशम सोही जेलमा थिए। सो समयमा उनले जेलभित्र सहज वातावरण बनाइदिनेदेखि भेटघाटमा पुरीले सहजीकरण गरिदिएका थिए। त्यही कारण रन्जितासँगको उनको राम्रो चिनजान भयो। त्यतीबेला सहयोग गरेबापत रन्जिताले पुरीलाई आफ्नो सचिवालयमा राखेकी हुन्। पुरी तीनै हुन्, जो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा लमजुङको सिडिओ बनेका थिए। तर, नारायणकाजीले तीन महिनामै उनलाई ताने। त्यसपछि…
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई गाडीबाट निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएको खुलेको छ। आफूलाई निकालेर गाडीमा आगो लगाइएको मन्त्री ज्वालाले बताएका हुन्। उनले आफूसहित दुईजना पिएसओ र चालक सकुशल निस्किए पनि मन्त्रालयका कागजात जलाएको बताए। ‘म बालकुमारीबाट सातदोबाटोतर्फ जाँदै थिए। हतारमा पनि थिएँ। बीचमा इपिएसवालाको लफडा चलिरहेको रहेछ। मलाइ थाहा थिएन। उनीहरू आन्दोलन गरिरहेका थिए। प्रहरीसँग पनि तनाबकै अवस्था रहेछ। हाम्रो गाडीलाई बीचमा पारिहाले। निशानामा हामी पर्यौं,’ उनले भने। रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले शुक्रबार मध्याह्न ललितपुरको बालकुमारीमा मन्त्री ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडी जलाइदिएका हुन्।