Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: प्रहरी प्रधान कार्यालय नक्सालले पर्साको इलाका प्रहरी कार्यालय, पोखरियाका इन्स्पेक्टर राजन ढकाललाई तानेको छ। कारबाहीस्वरुप उनलाई प्रहरी प्रधान कार्यालय जिम्मेवारी खोसेर तानेको हो। आर्थिक लेनदेनमा मुछिएको र कार्यसम्पादनमा कमजोर रहेको भन्दै कारबाहीस्वरुप उनलाई हटाइएको हो। पोखरियामा इन्स्पेक्टर स्वरुप शर्मालाई प्रहरी प्रधान कार्यालयले खटाएको छ।

Read More

काठमाडौं: डडेल्धुरा अस्पताल विकास समितिका तत्कालीन अध्यक्ष लक्ष्मण सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा उनीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनयन र नियुक्ति हुनका लागि उनले इन्टरमिडियट र स्नातकको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएको अभियोग पत्रमा उल्लेख छ। आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारीका अनुसार सिंहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको माग दाबी गरिएको छ। र, यो पनि: लक्ष्मण सिंह ‘खत्तम…

Read More

धनगढी: दार्चुलामा ८ जुवाडे पक्राउ परेका छन्। जिल्लाको महाकाली नगरपालिका–४ खंलगा विद्यानगर बस्ने ५७ वर्षीय गोबिन्द धानुकको घरको माथिल्लो तल्लामा लुकीछिपी जुवातास खेलिरहेको अवस्थामा आइतवार ८ जना पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा घरको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा धानुक (घर धनी)सहित ८ जनालाई नगद ९३ हजार २२० र १ गड्डी ताससहित नियन्त्रणमा लिएको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं: गैरन्यायिक खोला मापदण्ड खारेजीको माग गर्दै राजधानीस्थित कुपोन्डोलमा विरोध प्रदर्शन भएको छ। काठमाडौं उपत्यका नदी किनार करिडोर पीडित संघर्ष समितिले गोकर्णेश्वर नगरपालिका–७, माकलवारीस्थित बागमती करिडोर छेउमा विरोध प्रदर्शन गरेको छ। झण्डै एक दर्जन प्रदर्शनकारीले गुह्येश्वरीदेखि सुन्दरीजलसम्मको सडक बन्द गराएका छन्। उनीहरुले टायर र ढुङ्गा राखेर सडक अवरुद्ध पारेका हुन्। सर्वोच्च अदालतले नदी तथा खोलाका दायाँ–बायाँ थप २० मीटर मापदण्ड तोक्न आदेश दिएपछि त्यहाँका स्थानीय आन्दोलित भएका छन्। उक्त मापदण्ड कार्यान्वयन गरिए हजारौं नागरिक सुकुम्बासी बन्ने उनीहरुको भनाइ छ। आन्दोलनमा उत्रिएका नदी तथा खोला किनारबासीहरुले सडक अवरुद्ध गरेर नाराबाजी थालेका छन्।

Read More

काठमाडाैं: सुदूरपश्चिमस्थित डडेल्धुरा घर भएर हाल  चितवनको भरतपुर अस्पतालमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञको रुपमा कार्यरत डा. सजन केसीको निधन भएको छ। डा. केसीको ४४ वर्षको उमेरमा ह्दयघातका कारण आज (आइतबार) काठमाडौंमा निधन भएको हो। भरतपुर अस्पतालमा काम गर्दै आएका केसीमा मुटु सम्बन्धी समस्या रहेको थियो। डा. केसी  विगत ६ वर्षदेखि स्त्री तथा प्रस्तुती रोग विशेषज्ञको रुपमा कार्यरत थिए।  डडेल्धुराकाे अमरगढी नगरपालिका–४ खलंगा पुख्यौली घर भएका उनले  चितवनको पुरानो मेडिकल कलेजबाट एमबिबिएस गरेका थिए। त्यसपछि केसीले  नेम्सबाट एमडी गरेका थिए। हाल काठमाडाैंमा बस्दै आएका उनी कैलालीकाे सेती प्रादेशिक अस्पतालकाे मेसु भएका थिए।

Read More

काठमाडाैं: गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उर्जाशिल र थप व्यवसायिक बनाउन प्रयत्नशील रहेको बताएका छन्। आइतबार बिहान राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। सुरक्षा निकायलाई समय अनकूल थप सुदृढ तथा सबल बनाउन विद्यमान ऐन, कानुन परिमार्जन गर्न विधयेकको काम अघि बढेको पनि गृहमन्त्रीले जानकारी दिए। नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानुन निर्माणका लागि विधेयक अघि बढाइएको जानकारी दिदै गृहमन्त्री लेखकले राज्य र जनताको सेवा तथा सुरक्षाका निम्ती सीमा सुरक्षा, मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापन, राजश्व चुहावट नियन्त्रण लगायतका क्षेत्रमा पुर्‍याएको योगदानका…

Read More

धनगढी: कैलालीमा बेपत्ता बालकसहित दुई जना मृत अवस्थामा फेला परेका छन्। भजनी नगरपालिका र टीकापुर नगरपालिकामा गरेर दुई जना मृत फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले टीकापुर नगरपालिका–६ को बेलुबोझीका ८ वर्षीय बालक आरभ चौधरी मृत अवस्थामा फेला परेको जानकारी दिए। उनकाअनुसार शनिबार साँझदेखि हराइरहेका चौधरी आइतबार बिहान घर नजिकैको सडक छेउमा रहेको नालामा डुबेको अवस्थामा मृत भेटिएका हुन्। चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ। यस्तै, भजनी नगरपालिका–८ को गुडचौरामा लडेको अवस्थामा सोही ठाउँ बस्ने ५५ वर्षीय जयराम डगौरा पनि मृत भेटिएका छन्। शनिबार साँझ पसलबाट घर फर्किने क्रममा पानी…

Read More

धनगढी: धनगढीमा जारी ऐश्वर्य बहुमुखी क्याम्पस कप भलिबल प्रतियोगितामा विवाद भएको छ। सुरुमा प्रतियोगितास्थलमा विवाद भएकोमा अहिले फेरि धनगढीकै एक होटलमा विवाद भएको छ। दिउँसो प्रतियोगितास्थलमा विवाद भएको थियो। त्यसपछि अहिले पुनः वार्ताका क्रममा अपी शैपाल थकाली खाना घर एण्ड क्याफेमा लफडा भएको छ। ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियुले आयाेजना गरेकाे भलिबल प्रतियाेगिताकाे विषयलाई लिएर शनिबार साँझ लफडा भएको हो। लफडा भएपछि अहिले प्रहरी त्यहाँ पुगेको छ। त्यहाँ अछाम र बझाङका खेलाडीबीच विवाद भएको प्रहरीले जनाएकाे छ। एएमसी कप भलिबल प्रतियाेगिताकाे फाइनलमा पुगेका बझाङकाे त्रिवेणी आर्दश बहुमुखी क्याम्पस र अछामको त्रिपुरा सुन्दरी क्याम्पसका खेलाडीबीच दिउँसो विवाद भएको थियोे। उक्त विवादपछि खेल…

Read More

धनगढी ः नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्टले भीमबहादुर रावलका कारण सुदूरपश्चिमको पार्टीमा समस्या भईरहेको बताएका छन्। एमाले सुदूरपश्चिम सल्लाहकार परिषदको सपथग्रहण कार्यक्रममा बोल्दै ईञ्चार्ज भट्टले यस्तो बताएका हुन्। ‘भीम रावलको समस्या पार्टीको माथिल्लो निकायमा हो। तर उहाँ तलतल आउनुभयो। जस कारण सुदूरपश्चिममा पार्टीभीत्र समस्या देखियो,’ ईञ्चार्ज भट्टले भने। रावल हरेकपटक सुदूरपश्चिम आएर एमालेमै रहेका तर आफ्नो नजिक रहेकाहरुको गुट बनाउदै हिडेको उनको आरोप छ। यस्तै रावलको बढी उठबस सुदूरपश्चिमका नेकपा एकीकृत समाजवादीका नेताहरुसँग भएको भट्टले बताए। शुक्रबारमात्रै टीकापुरमा रहेका रावललाई त्यहाँका एमाले र एकीकृत समाजवादीका नेताहरुले नयाँ पार्टी खोल्न दबाब दिएको खबरहरु सार्वजनिक भएको उनको दाबी छ। ‘जुन…

Read More

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिमको मार्की प्लेयर शनिबार टुंगो लागेको छ। नेपाल क्रिकेट संघले शुक्रबार ८ मार्की प्लेयरको नाम सार्वजनिक गरेको थियो। शनिबार आयोजित कार्यक्रममा ती मार्की प्लेयरको टिम टुंगो लगाइएको हो। जसअनुसार काठमाडौंको मार्की प्लेयरमा करण केसी, पोखराको कुशल भुर्तेल, चितवनको कुशल मल्ल, विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ सेख, लुम्बिनीको रोहित पौडेल, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर बनेका छन्। सबै मार्की प्लेयरले एनपीएल खेलेवापत २० लाख रुपैयाँ पाउनेछन्।

Read More