डडेल्धुरा : गत मंसिर ३० गते डडेल्धुरा सदरमुकाममा आगलागी भएको स्थलको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले अनुगमन गरेका छन्। आज (आइतबार ) मुख्यमन्त्री शाहले आगलागी भएको पसलको अनुगमन गरेका हुन्। उनी यसअघि डडेल्धुरा हुँदै अन्य पहाडी जिल्ला गएपनि २३ दिनपछि मात्रै आगलागी भएको स्थलको अनुगमन गर्न पुगेका हुन्। अनुगमनका क्रममा उनले पीडितलाई क्षतिपूर्ति दिलाउन सहयोग गर्ने आश्वासन दिएका थिए। मुख्यमन्त्रीले क्षतिको विवरण समेत टिपेर लगेका थिए। डडेल्धुरामा गत मंसिर ३० गते राति भएको आगलागीबाट दुई करोड ८६ लाख रुपैयाँ बराबरको क्षति भएको थियो। अमरगढी नगरपालिका–५ बागबजारमा रहेको शुलभ फेन्सीमा तार सर्ट भई सुरु भएको आगलागीबाट दुई करोड ८६ लाख रुपैयाँ…
Author: महेन्द्रनगर पोष्ट
डडेल्धुरा: डडेल्धुरामा अवैध घरेलु मदिरा नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोलीले शनिबार साँझ नियन्त्रणमा लिएको एक सय ८० लिटर अवैध घरेलु आइतबार दिउँसो नष्ट गरेको हो। शनिबार साँझ ७ बजेतिर जिल्ला सदरमुकामस्थित बगरकोट रोडमा पसल गरी बस्ने शान्ति मगर र सोही ठाउँका बलदेव जोराको पसलबाट अवैध घरेलु मदिरा बरामद गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी कुसुम नायकले जानकारी दिए। उनका अनुसार शान्तिको पसलबाट १७५ लिटर र जोराको पसलबाट ५ लिटर घरेलु मदिरा बरामद गरिएको हो। आइतबार दिउँसो स्थानीय जनप्रतिनिधि र पत्रकारको रोहवर उक्त मदिरा नष्ट गरिएको इन्स्पेक्टर नायकले बताए। पछिल्लो समय प्रहरीले जिल्लाभर अवैध घरेलु मदिरा नष्ट गर्ने…
डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिका- ६ राजुलमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ । आज (आइतबार) एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश सभा सदस्य सरस्वती खड्काले प्रहरी पोष्टको उद्घाटन गरेकी छिन् । कार्यक्रममा बोल्दै प्रमुख अथितिसमेत रहेकी खड्काले नागरिकको सुरक्षाको जिम्मेवारी सबैको भएको बताउँदै स्थापना भएको प्रहरी पोष्टले जनतालाई सुरक्षाको अनुभति गराउने बताइन् । यस्तै वडाअध्यक्ष हरिसिंह भण्डारीले नागरिकसँग गरेका प्रतिबद्धता अनुरुप प्रहरी पोष्ट स्थापना भएको बताए । डडेल्धुराका प्रहरी प्रमुख डिएसपी दिपक कुमार कार्कीले प्रहरीसँग जनताले सहकार्य गर्न सके विभिन्न समस्या समाधान हुने बताए । राजुलमा स्थापना भएको प्रहरी पेष्टमा सात जनाको टोली खटिने छ ।
काठमाडौं : आगामी राष्ट्रिय सभाको निर्वाचनका लागि सत्ता साझेदार नेकपा एकीकृत समाजवादी २ सिट मात्रै लिन तयार भएको छ। सोमबार मनोनयन गर्ने समय नजिकिँदै गर्दा समाजावादीले २ सिट मात्रै लिने गरी निर्णय गरेको हो। यसअघि समाजवादीले राष्ट्रिय सभामा तीन सिट दाबी गरेको थियो। तीन सिट नपाउने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्टि पोख्दै अध्यक्ष माधव नेपाल बालुवाटारबाट निस्किएका थिए। पार्टी प्रवक्ता एवम् उपमहासचिव जगन्नाथ खतिवडाले २ सिट मात्रै लिएर राष्ट्रियसभा निर्वाचनमा जाने निर्णय भएको बताए। ‘पार्टीका तर्फबाट उम्मेदवारका नाम टुंगो लगाउने जिम्मा तीन जनालाई जिम्मा लगाएका छौँ’, खतिवडाले भने, ‘क्लस्टरबारे पनि छलफल चलिरहेको छ। क्लस्टरका कारण हामी अड्किएका छौँ।’ खतिवडाले…
काठमाडौं : राष्ट्रिय सभामा संस्थापनसँग भागबन्डा नमिलेपछि कांग्रेसको संस्थापनइतर पक्ष छुट्टै छलफलमा जुटेको छ । सत्ता गठबन्धनमा १० सिट लिने समझदारी भए पनि आफूहरूलाई कम सिट दिन खोजेकोमा असन्तुष्टि जनाउँदै कांग्रेसको शेखर पक्ष छुट्टै छलफलमा जुटेको हो । सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा संस्थापन इतरले ४ सिट मागेको थियो । तर, देउवा तयार नभएको बुझिएको छ । संस्थापनले आफू निकटका नेतालाई उम्मेदवार बनाउन गठबन्धनमा क्लस्टर मिलाएको विषयमा पनि शेखर-गगन पक्ष असन्तुष्ट रहेको नेताहरू बताउँछन् । इतर पक्षको छलफलमा डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू बलबहादुर केसी, अर्जुननरसिंह केसीसहितका नेता…
धनगढी : माओवादी केन्द्रले राष्ट्रियसभाका चुनावका लागि ६ जना उम्मेदवारको टुंगो लगाएको छ। राष्ट्रियसभाका १९ सिटमा चुनाव हुनेछ भने माओवादीले ६ सिट भाग पाएको छ। माओवादी केन्द्रको पदाधिकारी बैठकले उम्मेदवारको नाम टुंगो लगाएको हो। २३ पुसमा राष्ट्रियसभाका लागि उम्मेदवारी दर्ता हुँदैछ भने ११ माघमा चुनाव हुनेछ। माओवादीले सुदूरपश्चिम प्रदेशबाट रेणु चन्दको नाम टुंगो लगाएको हो। रेणु माओवादी केन्द्रकि केन्द्रीय सदस्य तथा बैतडी सह-इन्चार्ज हुन्। कोशी प्रदेशबाट चम्पादेवी कार्की, बागमती प्रदेशमा श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेशमा मनरूपा शर्मा, लुम्बिनी प्रदेशबाट झक्कु सुवेदी र कर्णाली प्रदेशबाट विष्णु विश्वकर्माको नाम टुंगो लगाएको हो। सत्ता गठबन्धन मिलेर चुनावमा जाने भएकाले माओवादीले उठाउने सबै उम्मेदवारले जित्ने…
धनगढी :नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको छ। सुदूरपश्चिम प्रदेशमा तीनै सिटमा एमालेले उम्मेदवार टुंग्याएको हो। ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि महिलातर्फ कैलालीकी सावित्रा घिमिरे, अपाङ्गतातर्फ कैलालीकै रामचन्द्र जोशी र अन्य क्लस्टरबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल उम्मेदवार बन्ने टुंगो लागेको एमाले सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्दले जानकारी दिए। नेकपा एमालेले राष्ट्रियसभा चुनाव हुने सबै १९ पदमै उम्मेदवारी दिने निर्णय गरेको छ। राष्ट्रियसभा चुनावका लागि २३ पुसमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।
सर्लाही : सर्लाहीको बरहथवा नगरपालिकामा फेरि कर्फ्यु आदेश जारी भएको छ। नगर अस्पताल स्वामित्वका विषयमा झडप हुँदा गएकाे शुक्रवार एक जनाको ज्यान गएपछि कर्फ्यु आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले हिजो शनिवार बिहानदेखि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको थियो। तर स्थानीयले प्रदर्शनलाई जारी राखेपछि प्रशासन कार्यालयले आज आइतवार फेरि कर्फ्यु आदेश जारी गरेको हो। आज दिउँसो पौने १ बजेदेखि लागू भएको कर्फ्यु भोलि साेमवार बिहान ८ बजेसम्म कायम रहने प्रशासन कार्यालयले जनाएको छ। शुक्रवार भएको झडपमा बरहथवा–५ का जयशंकर शाहको ज्यान गएको थियाे। उहाँको शव अझै सडकमै रहेको छ। स्थानीयले आफूहरूकाे माग पूरा नभएसम्म शव उठाउन नदिने अडान राखेका छन्।…
पोखरा- नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मुलुकमा बैंकिङ कसूर र वित्तीय अपराधनका घटनामा उल्लेख्य वृद्धि भएको जनाउँदै त्यस्ता घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीमा छुट्टै ब्यूरो स्थापना गर्न लागिएको बताएका छन्। गण्डकी प्रदेशको राजधानी पोखरामा आज आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले आर्थिक अपराधसँग सम्बन्धित कसुरको अनुसन्धान गर्न विशिष्टिकृत ब्यूरो स्थापनाका लागि गृहकार्य अगाडि बढाइएको जानकारी दिए। “पछिल्लो समय बैंकिङ कसूर र वित्तीय अपराधका घटना उल्लेख्य रुपमा बढेका छन्। गण्डकी प्रदेशमा मात्र गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा दुई सय प्रतिशतले त्यस्ता घटनामा वृद्धि आएको पाइएको छ”, महानिरीक्षक कुँवरले भने, “आर्थिक अपराधका घटनाले व्यक्ति वा कुनै संस्थालाई मात्र नभइ…
काठमाडौं : चन्द्रागिरि नगरपालिका-४को कार्यालय नयाँ नैकापमा कार्यरत असिष्टेन्ट सव-इन्जिनियर विजया लक्ष्मी पन्तविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले आइतबार पन्तविरूद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। उनले भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिन सेवाग्राहीसँग घुस माग गरेका थिए। उक्त सूचना पाएपछि खटिएको टोलीले उनलाई २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो। उनले घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले आइतबार मुद्दा दायर गरेको हो। अख्तियारले २५ हजार रुपैयाँ बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार तीन महिना कैद र जरिवाना मागदाबी गरेको छ।