Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : न्याय परिषद्ले जिल्ला अदालतमा १० जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ। न्यायाधीश नियुक्तिको मुख्य एजेन्डासहित बिहीबार दिउँसो बसेको न्याय परिषद्को बैठकले यो निर्णय गरेको हो। न्यायपरिषद्ले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि अर्जुनप्रसाद कोइराला, नरेन्द्रबहादुर बुढा, जीवनकुमार भण्डारी, मुकुन्द आचार्य, विमला रेग्मी, पुष्पराजा पाण्डे, शिवबहादुर थापा, महेन्द्रबहादुर कार्की, दीपक घिमिरे, फणेश्वरी घिमिरेको नाम सिफारिस गरेको हो। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी पदम गिरीले सम्हालेपछि न्यायपरिषद् बैठक पहिलोपटक बसेको हो। न्यायपरिषद् सचिवालयले यसअघि नै न्यायाधीश नियुक्तिकालाई आवश्यक छलफल र परामर्श पनि गरेको थियो। सरकारी वकिल समूहबाट २ जनाले अवसर पाएका छन्। यीमध्ये अर्जुनप्रसाद कोइराला जिल्ला सरकारी वकिल कार्यालय, दोलखाका…

Read More

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्। मुख्यमन्त्री शाहले प्रदेश प्रमुखलाई राजीनामा दिदै राजनीतिक परिस्थितिका कारण राजीनामा दिएको बताएका छन् । विश्वासको मत नपाउने देखिएपछि मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन्। शाहले प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर उनले राजीनामा बुझाएका छन् । प्रदेश सभा बैठक अगाडि उनले राजीनामा गरेका हुन्। मुख्यमन्त्री शाहले बिहीवार ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेकोमा बैठक स्थगित गरिएको थियो। त्यसपछि ५ बजेका लागि बैठक डाकिएकोमा मुख्यमन्त्रीले राजीनामा दिएका हुन्। अल्पमतमा परेपछि उनको आज विश्वासको मत लिने अन्तिम दिन थियो। तर, उनले विश्वासको मत नलिएर राजीनामाको बाटो रोजेका हुन्। सुदूरपश्चिममा नेकपा माओवादी…

Read More

डडेल्धुरा : सशस्त्र प्रहरी नेपाल गुल्म नं.५२ डडेल्धुराका सशस्त्र प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर पालले उत्कृष्ट कमाण्डरको पुरस्कार पाएका छन्। सशस्त्र प्रहरी नेपाल नं. ७ अत्तरियाको २३औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमबाट सशस्त्र प्रहरी नेपाल नं.५२ गुल्म डडेल्धुराले उत्कृष्ट युनिट र सप्रनाउ पालले उत्कृष्ट कमाण्डरको पुरस्कार पाएका हुन्। कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले डीएसपी पाललाई नगदसहित प्रशंसा पत्र प्रदान गरेका थिए। सुदूरपश्चिम प्रदेशभरका ६ युनिट र ६ युनिट प्रमुखमध्ये पाल उत्कृष्ट पुरस्कार पाउन सफल भए। सशस्त्र प्रहरी वृतामा आफ्नो छुट्टै पहिचान बनाएका पाल यसअघि सशस्त्र प्रहरी बल नेपाल गुल्म नं. ७ अत्तरियामा कार्यरत हुँदा प्रशासनिक कार्यतर्फ उत्कृष्ट प्रशासकीय…

Read More

धनगढी : प्रहरी प्रधान कार्यालयले रिक्त रहेको प्रहरी नायब उपरिक्षक (डिएसपी)को बढुवा सिफारिस प्रकाशित गरेको छ । हेडक्वार्टरले बुधबार प्रकाशित गरेको सूचीअनुसार १९ जना इन्स्पेक्टरहरु डिएसपी बढुवाका लागि सिफारिस भएका छन् । १९ नम्बरको शीर्ष बरियतामा निर्मल पनेरु बढुवा हुँदा एक मात्र महिला अधिकृत डिएसपी बढुवा भएकी छिन् । हाल बर्दियास्थित इलाका प्रहरी कार्यालय मोतीपुरमा कार्यरत कैलालीकी शैलेश्वरी बोहरा बढुवा हुने एकमात्र महिला इन्स्पेक्टर हुन् । उनी २०७० चैत ९ गते प्रवेश गरेकी हुन् । डोटीबाट मास्टर्स पढ्न काठमाडौं आएकी शैलेश्वरीले सरकारी जागिर प्रवेश गर्ने चाहना राखिरहेको बेला खुलेको इन्स्पेक्टरका विभिन्न चरणहरु पार गर्दै प्रहरी संगठनभित्र प्रवेश गरेकी हुन् ।…

Read More

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको छ । विहीबार अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालिन महाप्रबन्धक सुगत कंसाकर, पूर्व पर्यटन सचिव शंकर अधिकारीलगायत ३२ जना विरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो । वाइडबडी जहाज खरिद प्रकरणमा १ अर्ब ४७ करोड रूपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।

Read More

धनगढीः कैलालीको एक सहकारीमा ठगीको आरोपमा एक महिलासहित २ जना पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–४ राजीपुरमा रहेको राधाकृष्ण बचत तथा ऋण सहकारीका तत्कालीन अध्यक्ष चन्द्र प्रकाश सापकोटा र क्यासियर देवकी कुमारी जोशी पक्राउ परेका हुन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय, मालाखेतीसहितको टोलीले पक्राउ गरेको हो। राधाकृषण बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन अध्यक्ष सापकोटा, व्यवस्थापक जितनारायण आर्चाय, क्यासियर जोशी लगाएतकाको मिलोमतामा सात लाख ८० हजार गोलमाल भएको आरोप छ। आर्चायले सात लाखको चेक, ७५ हजार ऋणीले फोन पे मार्फत तिरेको रकम र पाँच हजार एक ऋणीलाई व्याजमा छुट दिएर फरार भएका थिए। सात लाखको चेक सहकारीका क्यासियर जोशीको नाममा काटिएकाले…

Read More

धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्। मुख्यमन्त्री शाहले प्रदेश प्रमुखलाई राजीनामा दिएको स्रोतले जानकारी दियो। विश्वासको मत नपाउने देखिएपछि मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन्। प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर उनले राजीनामा बुझाएको बताइएको छ। प्रदेश सभा बैठक अगाडि उनले राजीनामा गरेका हुन्। मुख्यमन्त्री शाहले बिहीवार ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेकोमा बैठक स्थगित गरिएको थियो। त्यसपछि ५ बजेका लागि बैठक डाकिएकोमा मुख्यमन्त्रीले राजीनामा दिएका हुन्। मुख्यमन्त्रीकै आग्रहमा साँझ ५ बजेसम्मका बैठक सारिएकोमा बैठक अझै सुरू भएको छैन। अल्पमतमा परेपछि उनको आज विश्वासको मत लिने अन्तिम दिन थियो। तर, उनले विश्वासको मत नलिएर राजीनामाको बाटो…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई स्वतन्त्र सांसद डा.तारा जोशीले विश्वासको मत नदिने भएका छन् । ‘सरकारमै भएका सांसदहरुले विश्वासको मत नदिने भएपछि मैले दिइरहनुपरेन । अहिले म काठमाडौंमै छु’, डा.जोशीले भने । बहुमत नपाउने निश्चित भइसकेका मुख्यमन्त्रीलाई आफूले विश्वासको मत दिन आवश्यक नरहेको उनले बताए । विश्वासको मत पाउने भए अर्को कुरा हुन्थ्यो, तर मलाई पनि सजिलै भयो’, उनले भने । नागरिक उन्मुक्ति पार्टीका सातै जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएमा मुख्यमन्त्री शाहको पद जोगाउन जोशीको मत निर्णायक हुन्थ्यो । ५३ सदस्यीय प्रदेशसभामा कांग्रेससँग १९ र नाउपासँग ७ सिट छ । नाउपाका सबै सांसदले मत दिएमा एक सांसद…

Read More

धनगढी : निर्वाचन आयोगले उपनिर्वाचनका निम्ति अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।  आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आयोगले आज मतदाता नामावली सार्वजनिक गरेको हो । जसअनुसार बझाङ प्रदेशसभा १ मा ६१ हजार ७४८ जना मतदाता छन् ।  आयोगका अनुसार यसअघि यी बझाङमा ६१ हजार ११० जना मतदाता थिए । यसपटक बझाङ-१ मा ६३८ जना मतदाता थपिएका हुन् ।  त्यस्तै, आयोगको स्वीकृत मतदाता नामावलीबमोजिम देशभर आगामी वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्नेमध्ये महिला ८८ लाख ८६ हजार २२६, पुरुष ९२ लाख २ हजार ५६९ र अन्य १८८ गरी कूल एक करोड ८० लाख ८८ हजार ९८३ मतदाताको…

Read More

धनगढी : नेकपा एमालेले पनि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । भर्खरै सम्पन्न प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीले लिने विश्वासको मत सम्बन्धि प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको प्रदेश सभा सदस्य धर्मराज पाठकले जानकारी दिए । मुख्यमन्त्री शाहले बिहीबार दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका थिए तर प्रदेश सभाको बैठक दुई घण्टा सारिएको छ ।

Read More