Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीबाट प्रहरीले १ किलो ८०१ ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्ला जिल्ला गोठीचौर गाउँपालिका घर भएका ३८ वर्षीय मेगराज खत्री र जाजरकोटको बारीकोट गाउँपालिका–३ का ३२ वर्षीय भक्तबहादुर शाही रहेका छन्। विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ सई केशव जोशी र इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख इन्स्पेक्टर ज्ञानेन्द्र सिंहको कमाण्डमा खटिएको संयुक्त टोलीले आइतबार एक अपरेसनमार्फत उक्त लागूऔषध (अफिम) सहित २ जनालाई समातेका हुन् प्रहरीले उनीहरूलाई शंकास्पद रूपमा बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। उनीहरूलाई आवश्यक प्रक्रिया पुर्‍याई खानतलासी गर्दा कालो प्लास्टिकमा बेरि लुकाइ…

Read More

काठमाडौं: राप्रपा सांसद दिपक सिंह काठमाडौं प्रहरी परिसरबाटै पक्राउ परेका छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न गएका सिंह आफैँ पक्राउ परेका हुन्। गेटबाट भित्र पस्ने क्रममा नै पक्राउ गरिएको बुझिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले प्रहरीमाथि दुर्व्यवहार गरेकाले नियन्त्रणमा लिएको बताए। बोहराले भने, ‘गेटमा ड्युटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गर्नुभयो। हामीले त्यसपछि नियन्त्रणमा लिएका हौं।’ यस अगाडि आजै गणतन्त्र उल्ट्याएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउन सडकमा ओर्लिएका राप्रपा नेपालका अध्यक्ष तथा पूर्व गृहमन्त्री कमल थापा समातिएका थिए। राजावादी आन्दोलनको तेस्रो दिन आज नक्सालस्थित नारायणचौरबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। निषेधित क्षेत्र तोड्न खोजेपछि थापासहित ५ जनालाई पक्राउ…

Read More

धनगढी: कैलालीको धनगढीस्थित त्रिनगर प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवान लागूऔषध प्रयोग गर्दैगर्दा पक्राउ परेका छन्। प्रहरीले भने उक्त घटनालाई गोप्य राखेको खुलेको छ। त्रिनगर चौकीमा कार्यरत प्रहरी जवान अम्मर साउद केही दिन अघि लागूऔषध सेवन गर्दैगर्दा समातिएका हुन्। स्रोतका अनुसार उनलाई पक्राउ गरी हाल हिरासतमा राखिएको छ। तर, जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे आधिकारिक जानकारी दिन मानेको छैन। प्रहरी संगठन आफैं लागूऔषधविरुद्ध अभियान चलाइरहेका बेला प्रहरीकै एक सदस्य लागूपदार्थ प्रयोगकर्ताका रूपमा समातिनु संस्था र समुदायका लागि गम्भीर प्रश्न बनेको छ। यस अगाडि पनि कैलालीमा प्रहरी नै लागूऔषध कारोबार तथा सेवनमा जोडिदै आएका घटना सार्वजनिक भएका थिए।

Read More

धनगढी: सुदूरपश्चिमका पहाडी जिल्लाका लागि जीवनरेखा मानिने भीमदत्त राजमार्ग तीन दशकदेखि उपेक्षित छ। तर, अब संघीय सरकारले यस राजमार्गको स्तरोन्नति गर्ने योजना ल्याएको छ। आगामी आर्थिक वर्षको बजेटमा अत्तरिया–खोड्पे–दार्चुला सडक खण्डलाई डेडिकेटेड डबल लेन बनाउने लक्ष्यसहित विस्तृत अध्ययन सम्पन्न गरी स्तरोन्नतिको कार्य सुरु गरिने उल्लेख छ। राजमार्गको हालको अवस्था भने निकै दयनीय छ। १३५ किलोमिटर लामो यस मार्गको अधिकांश भाग क्षतिग्रस्त छ। कैलाली, डोटी र डडेल्धुरामा क्रमशः ६९, ३३ र ३३ किलोमिटर भाग फैलिएको यो सडक खण्ड वर्षौँदेखि मर्मतकै भरमा चलिरहेको छ। कालोपत्रे कार्य सन् १९९५ (वि.सं. २०५२) मा सम्पन्न भएपछिका तीन दशकमा कुनै ठूला स्तरोन्नति नभए पनि खाल्डा पुर्ने…

Read More

धनगढी: कैलाली र कञ्चनपुरका किसानबाट पावरटिलर मेसिन दिने भन्दै रकम असुली भइरहेको खुलेको छ। उक्त ठगीमा संलग्न रहेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।  सुरो नेपालकी अध्यक्ष सुशिला खड्का ओझा र किसानबाट रकम असुलीमा संलग्न रहेकी धनगढीको बंग्रा घर भएकी सुनिता चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले काठमाडौंबाट पक्राउ परेका दुबै महिलालाई कञ्चनपुर ल्याएर अनुसन्धान थालिएको छ। ‘किसान समूहरुले दुबै जनाले ठगी गरेको जाहेरी दिएपछि पक्राउ गरेर अनुसन्धान थालेका छौं,’ डीएसपी बोहराले भने, ‘कञ्चनपुरमा मात्रै ६० लाख ठगी गरेको आरोप छ। कैलालीबाट पनि ठगी भएको भन्दै गुनासो आएको छ।’ उनीहरुले प्रति किसानबाट ५०…

Read More

धनगढी: आगामी एसिसी पुरुष यू–१६ इस्ट जोन कप–२०२५ को छनोटका लागि सञ्चालन हुने राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार सचिन भट्टको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरिएको हो। घोषित टोलीमा अविरल विक उपकप्तान रहेका छन्। अन्य सदस्यमा भास्कर जोशी, हिमाल दौल्याल, रविन भण्डारी, आहन थलाल, रवि दमाई, विक्रम बोहरा, लोकेश चन्द, सुवोध तिवारी, राहुल साउद, सुशील रावल, रितेश विष्ट र आयुष चन्द छन्। साथै, वैकल्पिक खेलाडीमा रुद्रप्रसाद आचार्य, ध्रुव लुहार, महेश देउवा र शंकर बोहरा समावेश छन्। सचिव भट्टका अनुसार टोली हालै सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगितामा खेलाडीहरूले गरेको प्रदर्शनको…

Read More

धनगढी: डोटीमा भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। अन्य सात जना घाइते छन्। जिल्लाको बोगटान गाउँपालिकाबाट दीपायलतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ज १४६४ नम्बरको बोलेरो जिप केआइसिंह गाउपालिका– ५ केदारगाउँमा दुर्घटना भएको हो। जसमा परी बोगटान फुड्सिल गाउँपालिका–६ गगुडा बस्ने ४२ वर्षीय मिनबहादुर बमको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पालका अनुसार बोगटान फुड्सिल गाउँपालिका– का १९ वर्षीय धनबहादुर बम, ५० वर्षीया चनादेवी चन्द, ४० वर्षीया महेश्वरादेवी चन्द, ४२ वर्षीया बिर्मादेवी चन्द, केआइसिंह गाउँपालिका–४ वायलका ४७ वर्षीय नरेशप्रसाद जोशी, डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ३ सकायलकी २३ वर्षीया राधिका देउवा र उनकी दुई वर्षीया छोरी रियान्सा…

Read More

काठमाडौं: सशस्त्र प्रहरी बल, नेपालले स्थानीय समुदायको सहभागितामा विपद् व्यवस्थापनका कामलाई परिणाममुखी बनाउने योजना अघि बढाएको छ। त्यसका लागि सशस्त्र प्रहरीले यही जेठ महिनाभित्र स्थानीय समुदायबाट करिब एक लाख ७० हजार विपद् सूचक रहेको ‘नेटवर्क’तयार गर्दैछ। समुदायस्तरमा विपद्सम्बन्धी सूचना प्राप्तिमा सहकार्य, परिचालनमा सहजीकरण र उद्धारमा समन्वयात्मक कार्य गर्ने उद्देश्यले विपद् सूचकको व्यवस्था गर्न लागिएको सशस्त्र प्रहरी बलले स्पष्ट पारेको छ। त्यसका लागि जेठ मसान्तसम्म सबै बाहिनी मुख्यालयले जिम्मेवारी रहेका क्षेत्रमा पर्ने सबै वडामा २५ जनाको दरले विपद् सूचक समूह निर्माण गर्नेछ। ती समूहबाट विपद्सम्बन्धी सूचना तत्काल प्राप्त हुने र सोहीअनुसार आफ्ना सुरक्षाकर्मी परिचालन तथा उद्धारमा सहजता हुने सशस्त्र प्रहरीको विश्वास…

Read More

कञ्चनपुरः पूर्व पश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया सडकखण्डको स्तरोन्नतिको विकासमा नयाँ आयाम थपिने विश्वास गरिएको छ। आर्थिक वर्ष ०८२/८३ को बजेट वक्तव्यमा चार लेनको सडक स्तरोन्नीका लागि २१ अर्ब १९ करोड बजेट विनियोजन भएपछि सडक पूर्वाधार निर्माणले फड्को मार्ने विश्वास गरिएको छ। ‘एसियन हाइवे स्टयाण्र्ड’ को सडक बन्ने भएपछि यसले सुदूरपश्चिमको विकासमा टेवा पु¥याउने भएको छ। बजेटअनुसार आधुनिक तरिकाले सडक पूर्वाधारका कार्य हुने भएका छन्। सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इञ्जिनियर हरिशप्रसाद जोशीले गड्डाचौकीदेखि अत्तरियासम्मको ४९ किलोमिटर सडक बजेट सुनिश्चित गरिएपछि आउँदो आवदेखि स्तरोन्नतिको कार्य हुने बताए। उनले सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले सडक स्तरोन्नतिका लागि अलग्गै कार्यालय खोलेर कार्य अगाडि…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले राजतन्त्रको पुनःस्थापना असम्भव रहेको बताएका छन्। उनले गणतन्त्रको विरोध गर्दै राजसंस्थाको माग गर्नेहरूलाई अब सो व्यवस्थाको सम्भावना नरहेको बताएका हुन्। शनिबार धनगढीमा आयोजित ‘सुदूरपश्चिम प्रदेशस्तरीय अनलाइन मल्टिमिडिया पत्रकारिता तालिम’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मियाँले भने, “राजतन्त्र अब फर्किँदैन। त्यो मसानघाटमा गइसकेको व्यवस्था हो। अहिले त्यो ब्युँतिने कुनै सम्भावना छैन।” प्रदेश प्रमुख मियाँले राजाको पालामा देशका उद्योगधन्दा र कलकारखानाहरु बेचिएको आरोपसमेत लगाए। कार्यक्रममा बोल्दै मियाँले केही समूहले पुनः राजसंस्था फर्काउन खोजेकोमा त्यसमा जनताको समर्थन नरहेको बताए। यस्तै त्यो कुरालाई अहिले पत्रकारहरुले जनतामाझ लैजान र राजसंस्थाका विपक्षमा कलम चलाउन पनि उनले आग्रह गरे। पत्रकार महासंघ…

Read More