Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको गोदाममा भीषण आगलागी भएको छ। सोमबार साँझ उक्त अस्पतालको गोदाममा आगलागी भएको हो। आगलागीपछि घटनास्थलबाट ठूलो मात्रामा धुवाँको मुस्लो निस्किएको छ। उक्त आगलागी विद्युत् सर्ट भएर हुन सक्ने बताइएको छ। अहिले त्यहाँ आगो नियन्त्रणका लागि दमकलसहित अग्निनियन्त्रकको टोली पुग्दैछ। आगो नियन्त्रणका लागि काठमाडौं, ललितपुर र सशस्त्र प्रहरी बलको दमकल प्रयोग गरिएको छ।

Read More

धनगढी : एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्री माग्न नागरिक उन्मुक्ती पाटीका सासंदलाई दिनकै फोन गर्ने गरेका छन् । नाउपा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई सोडारीले फोन गरेर हैरान पारेका छन् । सोडारीले आफुलाई मुख्यमन्त्री बनाउन भन्दै चौधरीलाई फोन गरेको गर्‍यै गरेका छन् । सोडारीले आफुलाई खोजी हिँडिरहेको उनले बताएका छन् । चौधरीले भने-‘एकीकृत समाजवादीको दीर्घ सोडारीजीलाई पत्र पठाएको रहेछ। उहाँ मलाई खोजी हिँडिराख्नुभएको छ। मेरो सम्झौता चाहियो, मलाई मुख्यमन्त्री बनाइदिनूस् भनेर फोन गरेको गर्‍यै हुनुहुन्छ।’ उनले सुदूरपश्चिममा नाउपाले मुख्यमन्त्री दाबि गरेको बताउदै भनेका छन् ‘मैले न्युजमा पढ्छु कि मुख्यमन्त्री नागरिक उन्मुक्तिले माग्यो,…

Read More

डडेल्धुराः डडेल्धुराको एक सहकारीमा चोरी भएको छ। जिल्लाको परशुराम नगरपालिका–४ कटालमा रहेको शिर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडको कार्यालयबाट ११ लाख १३ हजार रुपैयाँ चोरी भएको हो। शुक्रबारदेखि सहकारी कार्यालय बन्द रहेको थियो। आइतवार (हिजो) बिहान कार्यालय खोल्दा मात्रै उक्त घटना भएको थाहा पाएपछि सहकारीले प्रहरीलाई जानकारी गरेको थियो। झ्याल फोडेर चोरी भएको बताइएको छ। चोरीमा संलग्नले सिसिटिभि क्यामेराको रेकर्ड डिभाइस पनि लगेर गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक बिरबहादुर थापाले बताए।

Read More

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगी व्यवसायीको रायसुझावका आधारमा १० वटा नयाँ कानुन ल्याउन प्रक्रिया अघि बढेको बताएका छन् । नेपाल हब्र्स तथा हर्बल उत्पादक सघंको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री भण्डारीले आसन्न लगानी सम्मेलनअघि १० वटा कानुन ल्याउने प्रतिबद्धता व्यक्त गरे। सरकारले देशमा लगानी भित्र्याउने उद्देश्यका साथ आगामी वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन आयोजना गर्दैछ । मुलुकको प्राकृतिक स्रोतसाधनमा आधारित उद्योगको विकास, बिस्तार एवं प्रवद्र्धनका पक्षमा रहेको सरकारले सोहीअनुसारको कानुन ल्याउने बताउँदै उद्योगमन्त्री भण्डारीले भने, “सरोकारवाला व्यवसायीको साथ सहयोगमा विदेशिएका नेपालीलाई स्वदेशमै ल्याई रोजगारी दिन तथा आयात न्यूनीकरणसहित निर्यात वृद्धिका…

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टी नाउपाका एक प्रदेशसभा सदस्यको पद गएको छ । सभामुख भीम भण्डारीले नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँसेका हुन् । नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गतेपछि आज सभामुखले उनलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेका हुन् ।

Read More

धनगढी : कञ्चनपुरमा सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अन्तर्गत २४सै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालन सुरु गरेको छ । ‘सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र, २०८०’ लागू गरे अनुसार सशस्त्र प्रहरी बल नेपाल शैलेश्वरी नंम्वर ३५ गण झलारीले कञ्चनपुरको पुनर्वास ११ डोकेबजार बाट कार्यक्रम सुरु गरेको हो । अन्तर्राष्ट्रिय सीमा इलाकामा एक प्लाटुन सशस्त्र प्रहरी बल नेपालको फौज परिचालन सुरु गरिएको गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक खगेन्द्र बहादुर चन्दले जानकारी दिए । संगठनको योजना अनुसार चैत्र २५ गते बाट २४सै घण्टा सिमामा परिचालन हुनेगरी सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा पैदल गस्ती कार्यक्रम सुरु भएको छ । सिमास्तम्भ नम्बर ७५२÷७ बाट…

Read More

धनगढी : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा नयाँ प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशी आएका छन् । डिएसपी प्रकाश डाँगीको नेपालगञ्ज प्रहरी तालिम केन्द्रमा सरुवा भएपछि जोशी आएका हुन् । जोशी आइतबार प्रहरी कार्यालयमा हाजिर भएका छन् । जोशीलाई प्रहरी उपरीक्षक चक्रराज जोशीले स्वागत गरेका छन् । जोशी प्रहरी बृत सातदोबाटो ललितपुरबाट सरुवा भएर आएका हुन् ।

Read More

काठमाडौं : डोल्पामा वनमा लागेको आगो निभाउने क्रममा चार जना सैनिक घाइते भएका छन् । ठूलीभेरी नगरपालिका–४ मा रहेको मष्टा भवानी सामुदायिक वनमा आगो निभाउँदा देवीदक्त गण ‘क’ का चार सैनिक घाइते भएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । घाइते सैनिकलाई उपचारको लागि डोल्पा जिल्ला अस्पताल लगिएको छ ।

Read More

धनगढी : धनगढी उपचार गर्न आएकी बझाङकी एक महिला बेपत्ता भएकी छन्। बझाङको बुङ्गल नगरपालिका ४ खिरातडीकी अन्दाजी ३५ वर्षीय पम्मा कार्की सोमवार धनगढी ९ बङ्ग्रा धनगढी गाउँ क्षेत्रबाट हराएको कार्कीका श्रीमान खडक कार्कीले बताए। गहुँगोरो वर्ण, गालामा कालो कोठी भएकी निलो म्याक्सी र रातो सल, नाकमा मुन्द्रा लगाकी कार्की बाटो बिर्सिएर हराएको उनको परिवारले बताएको छ। सोमवार बिहान ६ बजेको समयमा हराएकी कार्कीलाई भेट्नेले नेपाल प्रहरी अथवा मोबाइल नम्बर ९८४९७७९७६५ र ९७४८८६३५७८ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

Read More

महेन्द्रनगर: नेपाल-भारत जोडिएको क्षेत्रमा भारतीय नागरिकको दिनदहाडै गोली हानेर हत्या भएको घटनामा प्रहरीले थप ३ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले उत्तराखण्डको उद्यमसिंह नगर प्रहरीस्थित नानकमत्ताका नानकमत्ता गुरुद्वाराका डेरा प्रमुख तरसेम सिंहको हत्या प्रकरणमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। भारतीय प्रहरीका अनुसार गुरुद्वारामा वर्चस्व कायम गर्न १० लाखको सुपारी दिएर तरसेम सिंहको हत्या भएको खुलेको थियो। अहिलेसम्म घटनाका मुख्य योजनाकारसहित ७ जना पक्राउ परेका छन् भने उनीहरूको साथबाट २ कार पनि बरामद गरिएको छ। यस्तै गोली प्रहार गर्नेको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरी स्रोतका अनुसार गोली प्रहार गर्नेहरूले अग्रिम १ लाख ६० हजार लिएका थिए र हत्यापछि ५ लाख लिएर…

Read More