Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेपाल–भारत सीमा क्षेत्रका सुरक्षा अधिकारीहरु लागुऔषध नियन्त्रणका लागि मिलेर काम गर्न सहमत भएका छन्। भारतको पलियामा बसेको दुई देशका अधिकारीबीचको संयुक्त बैठकमा चोरी, तस्करी, सीमा अपराध तथा लागुऔषध नियन्त्रणका लागि सहकार्य गरेर जाने सहमति भएको हो। सीमावर्ती बजारहरुमा बढ्दो लागुऔषधको कारोबार नियन्त्रणका लागि नेपाली सुरक्षा अधिकारीहरुले भारतीय सुरक्षा निकायको सहयोग खोजेका थिए। बैठकमा भारतीय सुरक्षा अधिकारीहरुले आसन्न लोकसभा चुनावका बेला सीमा क्षेत्रको सुरक्षा व्यवस्था चुस्त बनाउने विषयलाई प्राथमिकताका साथ उठाएका थिए। कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले लागुऔषध नियन्त्रणका लागि सहकार्य गर्ने, भारतमा हुने लोकसभा चुनावलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा निगरानी बढाउने, संयुक्त गस्ती गर्ने विषयमा बैठकमा छलफल…

Read More

धनगढी : सशस्त्र प्रहरीले कैलालीको धनगढीबाट आठ लाख बढी मूल्यको लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेड क्वाटर कैलालीले धनगढी उपमहानगरपालिका-२, बैयाबेहडी क्षेत्रबाट शनिबार आठ लाख ७४ हजार बराबरको अवैध लत्ताकपडा बरामद गरेको हो । धनगढी उप-महानगरपालिका-२, बैयावेहडी सिएलमार्ट स्थित प्यासेजमा धोती र कुर्ता सुरुवाल छ वटा बोरामा प्याक गरी लुकाई छिपाई राखेको छ भन्ने बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हेड क्वाटर कैलालीबाट सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले बरामद गरेको बताइएको छ । बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाईएको सशस्त्र…

Read More

धनगढी : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । आइतबार बिहान मात्रै गण्डकी प्रदेश, एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल समेतको समर्थन लिएका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते ३ बजेभित्र दाबी पेश गर्ने समय दिएका थिए । अधिकारीलाई मुख्यमन्त्री…

Read More

धनगढी : लुम्बिनीमा चार सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । शुक्रबार मुख्यमन्त्री नियुक्त भएका जोखबहादुर महराले प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ लिएपछि तीन जनालाई मन्त्री नियुक्त गरेसँगै पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद बनेको हो । नवनियुक्त मन्त्रीहरुमा नेकपा एमालेबाट चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन तथा जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर रहेका छन् । रोल्पाका पुन गत चुनावमा स्वतन्त्र उम्मेदवार बनेर कांग्रेस र माओवादीका साझा उम्मेदवार कांग्रेस प्रदेश सभापति अमरसिंह पुनलाई पराजित गरेका नेता हुन् । उनी अघिल्लो चुनावमा पनि प्रदेश सांसद चुनिएका थिए । बांकेका अहिर यसअघिको सरकारमा समेत कृषि तथा भूमि व्यवस्था मन्त्री थिए ।

Read More

धनगढी : बैतडीका एक जनाको भारतमा मृत्यु भएको छ। रोजगारीको सिलसिलामा भारतमा रहेका जिल्लाको दशरथचन्द नगरपालिका–१ श्रीखण्ड घर भएका ४५ बर्षीय देवदत्त भट्टको चण्डीगढमा मृत्यु भएको स्थानिय मदनसिंह भाटले बताए। करीब ६ महिना अघिमात्रै रोजगारीका लागि भारत गएका भट्टको शुक्रबार मृत्यु भएको हो। उनको मृत्युको कारण भने खुल्न सकेको छैन्। मृतक भट्टको घरमा श्रीमती, दुई छोरी र एक छोरा छन्। नेपाल प्रहरीको हवलदार पदबाट सेवा निवृत भएपछि भट्ट रोजगारीका लागि भारत गएका थिए।

Read More

धनगढी: कैलालीको घोडाघोडी नगरपालिकास्थित घोडाघोडी जङ्गल रिसोर्टमा जुवा खेलाउने गरेको बताइएको छ। सुरक्षा स्रोतका अनुसार जंगल रिसोर्टमा केही महिनादेखि जुवा हुँदै आएका छन्। स्थानीय जुवाडेहरुले रिसोर्टमै खाल बनाउने गरेको आरोप लागेको छ। सो विषयमा स्थानीयहरुले आवाज पनि उठाएको तर कुनै कारबाही नगरिएको जनाइएको छ। यता इलाका प्रहरी कार्यालय सुखडका डीएसपी दिपेन्द्र पालले भने सो विषयमा आफूले बुझ्ने बताए। आफ्नो हालै सरुवा भएर आएकाले सो विषय थाहा नभएको उनको भनाई छ। त्यहाँ टीकापुर, अत्तरिया, लम्की र सुखड क्षेत्रका जुवाडेहरुले जुवा खेल्ने गरेको बुझिएको छ। तर, रिसोर्टका सञ्चालकले भने सो कुरा झुटो भएको भन्दै कहिल्यै जुवातास नखेलाएको जनाएका छन्।

Read More

धनगढी : धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक १ लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको छ । सामुदायिक रूपमा सञ्चालित गौशालाले दुध र गोबरबाट आम्दानी उक्त रकम कमाएको हो । गौशालामा ७ जनाले रोजगारी पनि पाएका छन् । विसं २०७५ वैशाखदेखि सञ्चालनमा आएको गौशालामा अहिले एक सय ११ गाई छन् । गौ संरक्षण सेवा समिति गठन गरेर छाडा छाडिएका गाई पाल्न सुरु गरिएको गौशाला सुदूरपश्चिम सरकार, धनगढी उपमहानगरपालिका र स्थानीय चन्दादाताबाट रकम सङ्कलन गरेर स्थापना गरिएको हो । धनगढी उपमहागरपालिका–३ स्थित शान्ति सामुदायिक वनले उपलब्ध गराएको करिब एक बिघा जमिनमा गौशाला सञ्चालित छ । सुरुमा चन्दाबाट चलाइएको…

Read More

धनगढी : नमस्ते शुक्लाफाँटा यातायात प्रालिले सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको छ। कञ्चनपुरको महेन्द्रनगरबाट यात्रु तथा पर्यटकहरुलाई लक्षित गर्दै सेवा थालिएको हो। शुक्रबारबाट महेन्द्रनगर–काठमाण्डौँ सुविधा सम्पन्न बस संञ्चालनमा ल्याइएको नमस्ते शुक्लाफाँटा यातायात प्रालिका वरिष्ठ उपाध्यक्ष सुरेश खड्काले बताए। उनकाअनुसार बसभित्रै अरामदायी सोफासेट सिट, ट्वाइलेट, वासरुम, सिसि क्यामेरा, मोवाइल चार्ज, एसि लगायतका सुविधा रहेका छन्।

Read More

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीविरुद्ध उजुरीका चाङ लागेका छन्। तत्कालीन सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यलाई कारबाही गर्दै ज्ञवालीलाई सीआइबीको जिम्मेवारी दिइएको थियो। किरणलाई भने प्रहरी प्रधान कार्यालयको कार्यविभागको जिम्मेवारी दिएर सरुवा गरिएको थियो। सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले बज्राचार्यको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनको सरुवा गरिएको थियो। उनलाई कारबाही गरिएपछि ज्ञवालीले सीआइबी सम्हालेका थिए। जबकी उनलाई पनि सुनकाण्डमा जोडिएका व्यक्तिले रकम माग नै गरेको आरोपसमेत लगाएका थिए। उनलाई सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका जीवन चलाउनेले आईजिपी बन्न एक करोड मागेको आरोप लगाएका थिए। त्यतिमात्र होइन,…

Read More

धनगढीः भारतको पुनेबाट गौरीफन्टाआइरहेको बसमा आगो लागेको छ। भारतको मध्य प्रदेशमा आइतबार बिहान नेपाली सवार बसमा आगो लागेको हो। भारतबाट नेपालीहरू पठाइएको गाडीमा आगो लागेको बताइएको छ। तर, भारतबाट नेपालीहरू पठाउने समितिको बारेमा खुलेको छैन। बसमा चल्दाचल्दै आगो लागेको बताइएको छ। बस जलेर नष्ट भएको छ। मानवीय क्षति नभएको बसमा सवारहरूले बताएका छन्। बसमा सवारहरू अहिले बाटोमा अलपत्र परेका छन्।

Read More