Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल ७३ रनले पराजित भएको छ । घरेलु मैदानमा हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३९ रन बनाउँदा अलआउट भयो । नेपालका लागि विनोद भण्डारीले ४२, आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । २२ बल खेलेका विनोदले ४ चौका र ३ छक्काको मद्दतमा ४२ रन बनाएका थिए आरिफले २१ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३८ रन बनाएका थिए । त्यस्तै रोहितले २३ बलमा २ चौका र १ छक्काको मद्दतमा ३० रन बनाए पनि अरु ब्याटरहरु टिक्न सकेनन् ।…

Read More

धनगढी: नागरिक उन्मुक्ति पार्टीले आकस्मिक बैठक बोलाएको छ। पर्सिका लागि पार्टीले संस्थापक केन्द्रीय सदस्यको आकस्मिक बैठक आह्वान गरेको हो। महत्त्वपूर्ण छलफल गर्ने भन्दै २८ गतेको लागि बैठक आह्वान गरिएको स्रोतले जनाएको छ। निर्वाचन आयोगले अध्यक्षमा रेशमलाल चौधरीलाई वैधानिकता नदिएपछि पहिलोपटक संस्थापक केन्द्रीय सदस्यको बैठकनाउपा अध्यक्ष रन्जिता श्रेष्ठले आह्वान गरेकी हुन्। सुदूरपश्चिम सरकारमा नाउपाले थप मन्त्री पठाएसँगै पार्टीभित्र तीव्र असन्तुष्टि बढेको छ। पति-पत्नीसमेत रहेका रेशम र रन्जिताको पनि पछिल्लो समय दुरी बढेको बताइन्छ। हिजो काङ्ग्रेस नेतृत्वको सरकारमा नाउपाका तीन जनाले शपथ गरेका थिए। त्यसपछि रेशम र रन्जिताको खटपट छताछुल्ल भएको हो। पार्टी केन्द्रीय नीतिविपरीत उनीहरू सरकारमा गएको भन्दै पार्टी अध्यक्ष श्रेष्ठले…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारको मन्त्रीमण्डल विस्तार गर्दा असमावेशी बनाएपछि उनको आलोचना भएको छ। सुदूरपश्चिममा ९ जिल्ला छन्। तर, सरकारमा दुई जिल्लामात्र समेटिएकोमा उनको आलोचना भएको हो। हिजोमात्र विस्तार गरेर सात सदस्यीय सरकार बनाइएकोमा ६ जना मन्त्री एउटै जिल्ला कैलालीका रहेका छन्। जसमा आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टमात्रै बैतडीका हुन्। त्यसबाहेक मुख्यमन्त्री शाहसहित बाँकी सबै मन्त्री कैलालीका हुन्। कैलालीमा प्रतिनिधिसभातर्फ ५ र प्रदेशसभातर्फ १० निर्वाचन क्षेत्र छन्। कैलालीसँगै जोडिएको प्रतिनिधिसभातर्फ ६ र प्रदेशसभातर्फ १२ वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरबाट एकजना पनि मन्त्री नियुक्त भएनन्। मुख्यमन्त्री शाह कैलाली प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभाबाट निर्वाचित…

Read More

बैतडीः बैतडीमा ढुंगा लागेर एकजनाको मृत्यु भएको छ। बालुवा खन्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर सिगास गाउँपालिका ५ साउनसल्याडीका अन्दाजी ५४ वर्षीय प्रेमसिंह धामीको मृत्यु भएको हो। गाउँमा निर्माण भइरहेको साउनसल्याडी सिँचाइ कुलोको लागि बालुवाखानीमा बालुवा निकाल्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर टाउकोमा चोट लागेर धामी गम्भीर घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिहीवार साँझ घटना भएको र सोही राति नै धामीको मृत्यु भएको हो।

Read More

धनगढीः कैलालीबाट करणी मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन्। भजनी नगरपालिका–९ भुरुवा बस्ने २८ वर्षीय आशीस राजीलाई ईलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले भजनी नगरपालिका–५ कुटीबाट शुक्रवार पक्राउ गरेको हो। जिल्ला अदालत कैलालीको फैसलाले जबरजस्ती करणी मुद्दामा ६ वर्ष ११ महिना २ दिन कैद सजाय र २ लाख जरीवाना ठहर भएपछि राजी फिरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

काठमाडौं : नेपालले आज एकमात्रै टी-२० आई खेलमा घरेलु टोली हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा मोंग कोकमा सुरु हुनेछ । नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनुअघि यो खेल खेल्न लागेको हो । नेपाल युवा टोलीको साथ हङकङ गएको छ । नेपालका दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, आसिफ शेखलगायतका पहिलो रोजाइका खेलाडी छैनन् । हङकङ भ्रमण युवाहरुको लागि राम्रो अवसर हुनेछ । विवेक यादव र सन्दीप जोरा दुई फिनिसरमाथि नेपालले बढी ध्याान दिने देखिन्छ । युवा अलराउन्डर राशिद खानलाई पनि पहिलो रोजाइको टोलीमा पर्न यो राम्रो अवसर हुनेछ ।…

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टीभित्रको किचलो सतहमा आएको छ। पार्टीका संरक्षक रेशमलाल चौधरी र केन्द्रीय अध्यक्ष रञ्जीता श्रेष्ठ (चौधरी) बिचको विवादले पार्टी अर्निणयको बन्दी बनेको हो। रेशमला र रञ्जीता पतिपत्नीसमेत हुन्। उनीहरुको आपसी विवादले सुदूरपश्चिम सरकार विस्तार भएपछि अन्यौलता बढेको छ। सुदूरपश्चिम प्रदेश सभामा नाउपाका ७ जना प्रदेशसभा सदस्य छन्। यहाँ सरकार बनाउनका लागि उन्मुक्ति निर्णायक शक्ति पनि हो। तर, केन्द्रमा एमालेसहितको गठबन्धन सरकारमा नाउपा प्रतिपक्षमा बसेर सुदूरपश्चिम प्रदेशमा कमलबहादुर शाह नेतृत्वको सरकारलाई नै समर्थन यथावत राख्ने पक्षमा रेशम छन् भने नयाँ गठबन्धनमा जाने र प्रदेशमा मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अडानमा रञ्जीता छिन्। स्रोतका अनुसार उनले सुदूरपश्चिममा पनि…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री कैलाश चौधरी बर्खास्तीमा परेका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले आज शुक्रबार राति मन्त्रीमण्डल विस्तार गरेसंगै चौधरीको मन्त्री पद खोसिएको हो । उनको ठाउँमा इन्दिरा गिरीलाई जिम्मेवारी दिइएको छ । जिम्मेवारी खोसिएपछी चौधरीले समाचार हेरेर थाहा पाएको प्रतिक्रिया दिएका छन । उनले पार्टीभित्र पनि कुनै सल्लाह बिना आफ्नो मन्त्री खोसिएको बताएका छन । उता नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले पनि सल्लाहबिना आफ्ना सांसदहरू मन्त्री भएको भन्दै कारबाही गरिने बताएकी छिन् । मुख्यमन्त्री शाहले सरकारमै रहेको नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्रालय, इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा…

Read More

धनगढी : नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने आफ्ना मन्त्रीहरूलाई नागरिक उन्मुक्ति पार्टीले कारबाही गर्ने भएको छ। केन्द्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका सरकारलाई समर्थन गरिरहेको नागरिक उन्मुक्तिका तीन जना मन्त्रीले शुक्रबार साँझ सूदुरपश्चिम सरकारमा सहभागी हुँदै सपथ लिइसकेका छन्। तर यो निर्णय आफूहरूको सल्लाहबिनै भएकाले उनीहरूलाई कारबाही गर्ने केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छन्। शुक्रबार अध्यक्ष श्रेष्ठले भनिन्, ‘उहाँहरू सरकारमा जानु भएछ। सपथ खानु भयो भन्ने मैले पछि थाहा पाएँ। अल्पमतको सरकारमा जाने पार्टीको नीति थिएन। हामी भोलि छलफल गर्छौं र उहाँहरूलाई कारबाही हुन्छ। त्यहाँका संसदीय दलका नेताले हामीसँग सल्लाह पनि नगरी निर्णय गर्नु भएको छ।’…

Read More

धनगढी : अल्पमतमा रहेको सुदूरपश्चिम प्रदेश सरकारमा थप तीन मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले रिक्त रहेको मन्त्रालयमा नागरिक उन्मुक्ति पार्टीका नयाँ मन्त्री नियुक्त गरेका हुन । नाउपा संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री र खुसीराम चौधरीलाई बिना विभागीय मन्त्री नियुक्त गर्न गरेका छन् । उनीहरु तीनै जनाले अहिले प्रदेश प्रमुख कार्यालयमा सपथ ग्रहण गरेका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह सरकार अल्पमतमा रहेको छ । सुदूरपश्चिममा मुख्यमन्त्री शाहलाई कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेशसभा…

Read More