Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नाइट क्लबकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । प्रहरीले सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पदम तामाङ छन् । प्रहरीका अनुसार तामाङसहित अर्का एक युवाले दरबारमार्गस्थित एक क्लबमा काम गर्ने युवतीलाई माघ २० गते काठमाडौंको गोठाटारस्थित एक होटलमा पुर्‍याएर बलात्कार गरेको खुलेको हो । पीडित युवतीको उजुरीको आधारमा तामाङ पक्राउ परेका हुन् । अर्का एक युवा फरार छन् । तामाङ क्बलकै युवतीहरूलाई राति घर पुर्‍याउने ट्याक्सी चालक हुन् । आफ्नै ट्याक्सीमा लिएका तामाङले मदिराले लठ्ठिएकी युवतीलाई होटलमा पुर्‍याएर बलात्कार गरेको खुलेको छ । उनीमाथि बलात्कार मुद्दामा प्रहरी वृत्त बानेश्वरले अनुसन्धान…

Read More

काठमाडौं : देशका ठूला राजनीतिक दलका प्रमुखहरू चितवन आउने भएपछि त्यहाँका सहकारी पीडितहरू बिहानैदेखि दौडधुपमा थिए। उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भरतपुरको एक होटलमा पुगेर आफ्ना समस्याहरू सुनाए। समस्याहरू लेखिएको ध्यानाकर्षणपत्र बुझाए। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसामु पनि समस्याहरू राखे। शुक्रबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हेलिकप्टरमार्फत चितवन आउने कार्यक्रम तय थियो। उनीहरू ओलीलाई भेट्न केही घण्टा विमानस्थलम कुरे। हेलिकप्टरबाट ओर्लिए लगत्तै ओलीलाई पत्र बुझाउँदै साहारा चितवन पीडित संघर्ष समितिका अध्यक्ष शालिग्राम दुवाडीले समस्या सुनाउन थाले। ‘हामीलाई जिबी राईले बर्बादै बनायो। हामी धेरैको पैसा डुबाएर भागेको छ।’ ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई संकेत…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सभा सासंद ओमबिक्रम भाट (सरल)ले प्रदेश सरकार दिशा बिहिन र कुहिरो भित्र हराएको कागजस्तो भएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा पतिक्रिया व्यक्त गर्दै सरकारले जनताको पक्षमा काम नसकेको भन्दै सरकारबारे गम्भीर समिक्षा गर्नुपर्ने बेला आएको बताएका हुन। सरलले गठबन्धन भित्र छलफल गरेर उपयुक्त र सहि समाधान निकाल्न नसके र सरकार तयार नभए सरकारबारे गम्भीरतापूर्वक सोच्न बाध्य हुने समेत लेखेका छन् । सुदूरपश्चिम प्रदेश सरकार गठन भएको एक बर्ष पूरा भइसकेको छ । यो एक बर्ष सरकार दिशा बिहिन र कुहिरो भित्र हराएको कगजस्तो भौतारिरहेको छर्लङ्ग छ । त्यसकारण सरकारबारे गम्भीर समिक्षा आजको आवस्यकता हो…

Read More

काठमाडौं : दरबारमार्गस्थित अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेसका निर्देशकसहित ३ जनालाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोद खतिवडाले निर्देशक ऋषभ पावा, मार्केटिङ निर्देशक गुलाब सिंह र केज मेनेजर गौरब चोपडालाई पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेका हुन्। एटलान्टिक रिक्रियसन प्रालिको नाममा सञ्चालित ‘क्यासिनो प्यालेस’को भूमिगत तलामा उनीहरुले ‘अनलाइन जुवा’ सञ्चालन गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई प्रहरीले माघ १८ मा अन्नपूर्ण होटल परिसरमा सञ्चालित क्यासिनोको अण्डरग्राउण्डबाट पक्राउ गरेको थियो। उनीहरु तिनैजना भारतीय नागरिक हुन्। उनीहरुविरुद्ध प्रहरीले राष्ट्रबैंक ऐन–२०५८ र अनलाइन जुवा खेलाएको कसुरमा अनुसन्धान गरेर प्रतिवेदन बुझएको थियो । क्यासिनो प्यालेसको अण्डर ग्राउण्ड…

Read More

काठमाडौं : निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपाल (आयोन)को अध्यक्षमा मनोज कार्की चयन भएका छन्। बिहीबार संघको २३ औं साधारण सभाले कार्कीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। संघका निवर्तमान महासचिव कार्की समिट एयरका प्रबन्ध निर्देशक हुन्। यस्तै, प्रथम उपाध्यक्षमा प्रतापजंग पाण्डे, दोस्रो उपाध्यक्षमा निमा नुरू शेर्पा, तृतीय उपाध्यक्षमा अनिल मानन्धर चयन भएका छन्। संघको महासचिवमा सुवास सापकोटा, सचिवमा मुरलीधर जोशी र कोषाध्यक्षमा रूपेश जोशी चयन भएका छन्। त्यस्तै कार्यसमिति सदस्यहरूमा सुवास अमात्य, उमेश पनेरू, बालकृष्ण पण्डित, प्रज्वल थापा, सचेन सुवेदी, उमेश आचार्य, फुर्वा छिरिङ, विजयसिंह श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। संघले आगामी दुई वर्षका लागि नयाँ…

Read More

धनगढी : सेती प्रादेशिक अस्पतालमा पहिलो पटक मृगौलाको पत्थरीको दूरबिन विधीबाट शल्यक्रिया सुरु भएको छ । विहीबार युरोलोजिष्ट डाक्टर जोनस तिवारीले अछामकि सेतु साउँदको दूरबिन विधीबाट शल्यक्रिया गरे । विहीबार तीन जनाको दूरबिनबाट शल्यक्रिया गरिएको छ । सेतु साउँद ३ वर्षदेखि मृगोलाको पत्थरीबाट पिडित थिईन । ‘साउद सहित विहीबार तीन जनाको दूरबिन पद्दतीबाट शल्यक्रिया भएको छ । हामीले ४ जना भर्ना गरेका थियौं, एकजनाको रगतमा समस्या देखिएकाले पछि गर्ने भनियो’ डाक्टर तिवारीले भने । प्रादेशीक अस्पतालमा युरोसर्जन डा.तिवारीको नेतृत्वमा एनेस्थेसियाका डा.पूर्ण राधा श्रेष्ठ र अप्रेशन टीमले शल्यक्रिया गरेको हो । मृगौलाको पत्थरी हातले भन्दा पनि दूरबिन विधीबाट गर्दा कम जोखिम…

Read More

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरामा सयौं वर्षदेखि लोपोन्मुख ‘देउधारा’ संरक्षण गर्न थालिएको छ । गन्यापधुरा गाउँपालिका-४ मा पुरानो शैलीको मुर्ति समेतको देउधारा भेटिएपछि संरक्षण गर्न थालिएको हो । सयौं वर्षदेखि माटोमा पुरिएको अवस्थामा रहेकोमा उत्खनन गरेर देउधाराको संरक्षण तथा सम्बद्र्धन गर्न सुरु गरिएको वडा अध्यक्ष नरेशकुमार भट्टले जानकारी दिए । जमिनको माथिल्लो सतहमा मुर्ती जस्तो देखिन थालेपछि खन्दै जाँदा मुर्ती समेतको देउधारा भेटिएको वडा अध्यक्ष भट्टले बताए । चरा, लगायत देविदेवताका मुर्तीहरु कुदिएको र दुई वटा ढुँगेधारा समेतको देउधारा भेटिदा गाउँकै नागरिकलाई फरक र नयाँपनको आभाष भएको उनको भनाई छ । स्थानीय जानकारहरु भने वर्षौ पहिले उक्त क्षेत्रमा शिखर देवताको पूजा…

Read More

कञ्चनपुर : विसं २०५७ सम्म स्कुलस्तरको जुनियर राष्ट्रिय फुटबल खेलेका कञ्चनपुरको भीमदत्त नगरपालिका–५ वनगाउँका राजेन्द्र चन्दले फुटबलको यात्रा बिट मारेको वर्ष दिनमै कुस्ती खेलबाट सुदूरपश्चिमका लागि राष्ट्रिय कुस्ती प्रतियोगितामा पहिलो रजत पदक दिलाए। विसं २०५८ मा भएको कुस्तीको राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमका लागि पहिलो रजत पदक दिलाएका चन्द फुटबलमा पनि अब्बल खेलाडी कहलिन्थे। खेलाडी प्रशिक्षकको त्यो बेलाको विवादले फुटबल छाडेर गाउँकै नरेन्द्र खत्रीको प्रेरणाबाट कुस्तीमा आए, उनले भने, महेन्द्रनगरमा श्यामसिंह थापा गुरुको प्रशिक्षणमा रहेको वर्ष दिनमै पदक ल्याए। विसं २०६५ मा कुस्तीको करार प्रशिक्षक नियुक्त भएपछि पनि राष्ट्रिय प्रतियोगितामा खेलेका चन्दले पछिल्लो समय मुलुककै इतिहास रच्ने गरी अब्बल खेलाडी उत्पादनका सफल…

Read More

काठमाडौं : बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा सरकारको नाममा ल्याउन मालपोत कार्यालयले गरेको निर्णयको फाइल झिकाउन सर्वोच्च अदालतले आदेशको दिएको छ । अरुण चौधरी अध्यक्ष रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.को नाममा रहेको जग्गा सरकारको नाममा ल्याउने प्रक्रियाविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले मालपोतको फाइल झिकाउने आदेश दिएको हो । मालपोत कार्यालय, डिल्लीबजारले २४ माघमा च्याम्पियन फुटवेयर प्रा.लि.को नाममा दर्ता कायम रहेको जग्गा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को पत्राअनुसार ‘सरकारका नाममा श्रेस्ता अध्यावधिक गरी ल्याउन’ भन्दै सञ्चालक समितिका सीजी चाँदवाग रेसिडेन्सी प्रा.लि.लाई पत्र काटेको थियो । सीआईबीले १८ फागुनमा च्याम्पियन फुटवेयर प्रा.लि. (हालको सीजी चाँबाग रेसिडेन्सी प्रा.लि.)…

Read More

धनगढी : बझाङको वित्थडचिर गाउँपालिका ६ मा रहेका चिराशैनी युवा क्लबले असहाय तथा विपन्न बालकालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । विभिन्न सामाजिक कार्य गर्दै आएको क्लबले प्रथम स्थापना दिवसको अवसरमा ३१ जना असहाय बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको हो । गाउँपालिका ६ मा रहेका सामुदायिक विद्यालय र वडा नं. ७ मा रहेको भगवती मावि पोखरीका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको क्लबका अध्यक्ष कलक धामीले बताए । विद्यार्थीहरुलाई कापी, कलम, वर्णमाला लगायतका सामाग्री सहयोग गरेको हो । आमा बुवा नभएका असहाय तथा अति विपन्न परिवारका बालबालिकाको शैक्षिक स्तरमा सघाउ पुर्याउने उदेश्यले शैक्षिक सामाग्री सहयोग गरेको अध्यक्ष धामीले बताए ।

Read More