Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिम प्रदेश सभा सभामुख भीमबहादुर भण्डारीले संसदका तीन वटा समितिमा ८ जना सदस्य थपेका छन्। आईतबार बसेको सुदूरपश्चिम प्रदेश सभाको हिउदे अधिवेशनको पहिलो बैठकमा सभामुख भण्डारीले तीन वटा समितिमा सदस्य थप गरेका हुन्। पूर्वमुख्यमन्त्री दीर्घ बहादुर सोडारी, पूर्वमन्त्री अक्कल बहादुर रावल र पूर्व राज्यमन्त्री गीता देबी माललाई सार्वजनिक लेखा समितिमा नियुक्त गरिएको छ। यस्तै पूर्वमन्त्री रमेशसिंह धामी र लक्ष्मी विकलाई विधायन तथा प्रदेश मामिला समितिमा सदस्य नियुक्त गरिएको छ। पूर्वमन्त्री माया पन्त, ओमविक्रम भाट र झपट साउदलाई सामाजिक विकास समितिमा सदस्य नियुक्त गरिएको छ। यसअघि पन्त यस समितिको सभापति थिईन्। 

Read More

काठमाडाैं: ट्रकको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका प्रहरी जवान महेन्द्र विकको उपचारका क्रममा मृत्यु भएको हाे। शनिबार बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ जीगाउँ चोकमा भे १ क २०६२ नम्बरको ट्रकले बा. प्र ०३–००५– प २०५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका विकको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। सल्यानको प्रहरी चौकी कपुरकोटमा कार्यरत विक सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ९ का हुन्।

Read More

काठमाडौं: पूर्वमन्त्री र केही कलाकार जुवा खेलिरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन्। कोशी प्रदेश सभा सदस्य तथा  पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीसहित ११ जना काठमाडौं गौरीघाट नजिकैबाट पक्राउ परेका हुन्।  सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष वीरबहादुर तामाङ र टेलि सिरियल सक्किगोनीका कलाकार तथा प्रहरीका पूर्व इन्सपेक्टर पुरुषोत्तम शर्मालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। कलाकार शर्मा टेलि सिरियलमा पनि प्रहरीको भूमिकामा देखिँदै आएका थिए।  त्यस्तै पक्राउ परेका अन्यमा उत्तमकुमार राई, अनिश तामाङ, ठूला तामाङ, दिपक खड्का, भीम बहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा हुन्। खालबाट डेढ लाख नगद र १६ बुक तास बरामद गरिएका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Read More

धनगढी: धनगढीमा साईकलयात्रीसँग बन्दुक भेटिएको छ। शनिबार राति धनगढी उपमहानगरपालिका-१८ तुल्सीबारीबाट भरूवा बन्दुकसहित एकजना पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बहुलिया फुलबारीबाट खटिएको प्रहरीले तुल्सीबारीबाट सुकेको खर बोकि पूर्वतर्फ जाँदै गरेको साईकलमा बन्दुक फेला पारेको हो। तर साईकलयात्री भने फरार भएको बताइएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ जनाएको छ।

Read More

काठमाडौं: रौतहटमा मोटरसाईकल दुघर्टनामा परी प्रहरी जवानको मृत्यु भएको छ। जिल्लाको चन्द्रपुर नगरपालिका–६ स्थित तल्लोबजारमा आईतबार भएको मोटरसाईकल दुघर्टना प्रहरी जवानको मृत्यु भएको हो। चन्द्रनिगाहपुरबाट सन्तपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–०३३ प ३३०१ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो। मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा २६ वर्षिय प्रहरी जवान नविनकुमार यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। मोटरसाईकल दुर्घटनामा परि जवान यादव गम्भीर घाईते थिए। उनलाई तत्कालै चन्द्रनिगाहपुरस्थित हाइवे ट्रमा अस्पतालमा लगिएको थियो। यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी गुल्म बारा दरबन्दी भइ अस्थायी प्रहरी पोष्ट लँगडा चोक बारामा कार्यरत प्रहरी जवान यादव कार्यालयको काम…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले पुनः बजेट ल्याउने भएको छ। नेपाली काँग्रेस नेतृत्वको नयाँ सरकार बनेपछि नयाँ बजेट ल्याउने तयारी थालिएको हो। यस अगाडि बजेट शून्यतामा गएको अवस्थामा अस्तिमात्रै राजश्व संकलनका लागि अध्यादेश ल्याएको थियो। आर्थिक मामिला मन्त्रालयको तर्फबाट मन्त्री बहादुरसिंह थापाले बुधबार पेश गरेको राजश्व संकलन सम्बन्धी व्यवस्था गर्न बनेको सुदूरपश्चिम प्रदेश सामयीक कर अध्यादेश २०८१ बिहीबार बसेको बैठकले स्वीकृत गरेको थियो। मन्त्रिपरिषद्ले स्वीकृत गरेको अध्यादेश प्रदेश प्रमुख नजिर मियाँले प्रमाणीकरण गरेलगत्तै रोकिएको राजश्व संकलनको बाटो खुलेको हो। सुदूरपश्चिम प्रदेशमा तत्कालीन सरकारले चालु आर्थिक वर्षको बजेट पारित गराउन नसकेपछि साउन १ गतेदेखि बजेट शून्यताको अवस्था ठप्प रहेको थियो। राजनीतिक समीकरण…

Read More

धनगढी: कञ्चनपुरको दोधारा चाँदनीमा बाघको आतंकपछि कैलालीमा चितुवाले आतंक मच्चाएको पाइएको छ। केही समय अगाडि दोधारामा बाघले एक महिलाको ज्यानै लिएको थियो। त्यसपछि सो बाघलाई नियन्त्रणमा लिएर बर्दिया पठाइएको थियो। सो घटना सेलाउन नपाएकै अवस्थामा कैलालीमा चितुवाले आतंक मच्चाएको प्रहरीले जानकारी दिएको छ। कैलालीको पूर्वी क्षेत्र टीकापुर आसपासमा चितुवाले आतंक मच्चाएको हो। प्रहरीका अनुसार अहिलेसम्म केही बाख्रा, बङ्गुर र कुकुरलाई चितुवाले मारिसकेको छ। यस्तै अहिले वन कार्यालयको टोलीले बर्दियाको निकुञ्जको टोलीलाई सम्पर्क गरेर चितुवा नियन्त्रणमा लिन काम गरिरहेको बताइएको छ।

Read More

धनगढी: सुदूरपश्चिमस्थित बझाङ र बैतडी जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण आएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो। प्रहरीका अनुसार बैतडीस्थित ढोल्यामोड क्षेत्रमा पहिरो गएर राजमार्ग अवरुद्ध भएको हो। अहिले अवरुद्ध राजमार्गमा सवारी र यात्रु अलपत्र परेका छन्।

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सदस्य नवीन थापा अस्ति कारबाहीमा परे। उनलाई पार्टीकी केन्द्रीय अध्यक्ष तथा पार्टी संरक्षक रेशमलाल चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीले कारबाही गरेकी थिइन्। उनलाई रञ्जिताले साधारण सदस्य पनि नरहने गरि पार्टी निकाला गरेकी थिइन्। अध्यक्ष रञ्जिताले पार्टीको हितविपरीत कार्य गरेको भन्दै थापालाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरिएको बताएकी थिइन्। तर सो कारबाही सेलाउन नपाउँदै थापा सुदूरपश्चिम सरकारमा नवनियुक्त उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरीको स्वकिय सचिवमा नियुक्त भएका छन्। उनले आफूलाई रेशमलालले नियुक्ति दिलाएको बताउने गरेका छन्। अवसरकै लागि नाउपा छिरेका थापा यसअघि कृषिमन्त्री घनश्याम चौधरीका स्वकीय सचिव पनि बसेका थिए।…

Read More

दार्चुलाः दार्चुलामा नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको दुँहु गाउँपालिका–२ घर भई हाल महाकाली नगरपालिका–४ खंलगा तिंकरखेडामा ३० वर्षीय जनक बडालले सञ्चालन गरेको बडाल फास्टफुडको चौथो तल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। बडालसहित ६ जनालाई नगद १ लाख २४ हजार ८८० र २ गड्डी ताससहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो। पक्राउ पर्नेमा महाकाली नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहनसिंह महरा, नौगाड गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कृष्णसिंह धामी, दुहुँ गाउँपालिका वडा नम्बर ५ का देवराम पार्की, मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का निरज धामी, नौगाड गाउँपालिका वडा नम्बर १ का…

Read More