Author: महेन्द्रनगर पोष्ट

धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संस्थापक केन्द्रीय समितिको संघ र प्रदेशमा सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेका बेला सुदूरपश्चिम प्रदेश संसदीय दलले भने उक्त निर्णय अस्वीकार गर्ने भएको छ । प्रदेश स‌ंसदीय दलका नेता घनश्याम चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन कायमै रहेको बताउँदै संस्थापक केन्द्रीय कमिटिको निर्णय स्वीकार नहुने बताएका हुन् । चौधरीले पार्टीका संरक्षक रेशमलाल चौधरी जापानबाट फर्किएपछि मात्र पार्टीले सरकारबारे निर्णय लिने बताए । रेशम चौधरी अहिले जापानमा रहेका बेला उनकी पत्नि समेत रहेकी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको बैठकले संघ र प्रदेशमा एमाले, माओवादी र रास्वपासहितको गठबन्धन सरकारलाई समर्थन गर्ने निर्णय गरेको…

Read More

काठ्माडौं : धनगढी अनेरास्ववियुकी नेतृ राजमती (रक्षा) बम युवतीमाथि ब्ल्याकमेल गरि पाँच लाख रुपैयाँ मागेको आरोप लागेको छ । प्रहरी वृत्त महाराजगञ्जमा रश्मिला कुमारी धामीले दिएको चोरी तथा अपराधिक लाभ सम्बन्धी मुद्दामा पक्राउ परेकी बमले ब्ल्याकमेल गरेको आरोप छ । बमले धामीको मोबाइलमा अनधिकृत प्रवेश गरी गोप्य कागजात लिई ५ लाख माग गरेको पीडितको जाहेरीमा उल्लेख छ । उनीविरुद्ध चोरी तथा आपराधिक लाभ प्राप्त गर्न नहुने कसुरमा अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । धामीले दिएको जाहेरीपछि बमलाई ओशो तपोवन क्षेत्रबाट प्रहरीले बुधबार पक्राउ गरेको थियो ।

Read More

धनगढी : पछिल्लो राजनीतिक परिस्थितिलाई लिएर आन्तरिक किचलोमा फसेको नागरिक उन्मुक्ति पार्टी एमाले–माओवादी गठबन्धनमा सामेल हुने भएको छ । सो पार्टीको आज बसेको एउटा खेमाको बैठकले केन्द्रदेखि प्रदेशसम्म गठबन्धनमा बस्ने निर्णय गरेको छ । अध्यक्ष रञ्जिता श्रेष्ठको नेतृत्वमा बसेको बहुमत संस्थापक केन्द्रीय सदस्यको बैठकले नयाँ गठबन्धनसँग सहकार्य गरेर जाने निर्णय गरेको एक केन्द्रीय सदस्यले बताए । नाउपामा एमाले–माओवादी गठबन्धनलाई समर्थन गर्ने कि विपक्षमा बस्ने भन्नेमा रञ्जिता र उनका श्रीमान् तथा संस्थापक नेता रेशम चौधरीबीच तीव्र मतभेद छ । निर्वाचन आयोगको निर्णयले अध्यक्षमा पुनर्स्थापित भएकी रञ्जिता प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेर गठबन्धनमा सामेल हुनुपर्ने पक्षमा छिन् । रेशम भने नेपाली काँग्रेस नेतृत्वको…

Read More

काठमाडौं : पूर्व डीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका छन् । आफूले बुधबार मात्र पार्टीमा राजीनामा बुझाएको खरेलले जानकारी दिए । आम चुनाव २०७९ मा काठमाडौं–१ मा चुनाव लडेका उनी गत वैशाख १० मा भएको उपचुनावमा रास्वपामा जोडिएका थिए । खरेल रास्वपाबाट बारा–२ मा उपचुनाव लडेका थिए, तर जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवसँग पराजित भए । चुनावपछि रास्वपाको कुनै भूमिकामा नरहेका खरेलले पछिल्लो समय पार्टी सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै आएका थिए । यसलाई लिएर रास्वपाले स्पष्टीकरण सोधेको थियो ।

Read More

धनगढी : अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा र निर्वतमान अध्यक्ष अशोकराज देवकोटा प्रहरीमा हाजिर भएका छन्। संघले अत्तरियामा सञ्चालन गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएको नक्कली टिकटमा नाम मुछिएपछी दुवैजना सम्पर्कमा थिएनन्। जिल्ला प्रहरी कार्यालयले उनीहरु दुवैजना आज आफै जिल्ला प्रहरी कार्यालय कैलालीमा हाजिर भएको जनाएको छ। उनीहरुमाथी थप अनुसन्धान भईरहेको छ।

Read More

काठमाडौं : पाँच वर्षअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनाको अनुसन्धान अझै जारी रहेको गृहमन्त्री रवि लामिछानेले बताएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै लामिछानेले आफूले महत्त्वपूर्ण रूपमा हेरिएको भन्दै अनुसन्धान अझै जारी रहेको बताएका हुन् । सुरुको अनुसन्धानमा केही समस्या भएका कारण अनुसन्धान ट्रयाकबाहिर जादाँ केही समस्या आएको बताए । १३ वर्षीया निर्मलाको हत्या आरोपमा प्रहरीले सयौँ व्यक्तिसँग सोधपुछ गरे पनि आरोपीलाई पक्राउ गर्न सकेको छैन । घटनालगत्तै कञ्चनपुरका दिलीप विष्ट पक्राउ परे पनि उनको डीएनए परीक्षण नमिलेपछि उनी थुनामुक्त भएका थिए ।

Read More

धनगढी: नागरिक उन्मुक्ति पार्टी(नाउपा)ले एमाले-माओवादी र रास्वपासहितकाे गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेकाे छ। बुधबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठकाे अध्यक्षतामा टीकापुरमा बसेकाे संस्थापक केन्द्रीय सदस्यकाे बैठकले संघ र प्रदेश सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेकाे हाे। संस्थापक केन्द्रीय सदस्य रमेश बिकले सबै तहकाे सरकारमा सत्ता गठबन्धनलाई समर्थन गरेर अघि बढ्ने निर्णय गरेकाे जानकारी दिए। २१ जना केन्द्रीय सदस्य मध्ये बैठकमा १२ जना सहभागी थिए। प्राविधिक समस्याका कारण केही केन्द्रीय सदस्य बैठक सहभागी हुन नसकेको बिक बताउँछन्। यसअघि नाउपाका संरक्षक रेशमलाल चाैधरी पक्षीय संस्थापक केन्द्रीय सदस्यकाे बैठकले प्रचण्ड नेतृत्वकाे सरकारलाई समर्थन नगर्ने निर्णय गरेकाे थियोे तर अध्यक्ष श्रेष्ठले भने प्रचण्डलाई विश्ववासकाे…

Read More

धनगढी: कैलालीमा प्रहरीका इन्चार्जसहित केही चौकीका कर्मचारी फेरबदल गरिएका छन्। स्रोतका अनुसार हालै कैलालीको टीकापुरस्थित कालाकुण्डा प्रहरी चौकीका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) चंख कठायतसहितका प्रहरी कर्मचारी तानिएका हुन्। कठायतलाई कालाकुण्डाबाट ३ महिना पनि नबित्दै तानिएको हो। उनलाई तान्नुको कारण नखुलाएपनी कैफियत देखिएको भन्दै तानिएको स्रोतको दाबी छ। अहिले उनको स्थानमा अर्का वरिष्ठ सई गोकुल बलायरलाई पठाइएको छ। यस्तै उता टीकापुरमा घुमुवा बसेका असई तारा ठकुल्लालाई पनि प्रहरी चौकी अमरावती पठाइएको छ। यता लम्की ट्राफिकको इन्चार्ज रहेका सुरज खड्कालाई डोटी पठाइएको छ भने धनगढीको त्रिनगरबाट हवल्दार नरेन्द्र बडाल, वरिष्ठ हवल्दार महादेव धामी, हवल्दार लालबहादुर खड्का र सिपाही शम्सेर बिक…

Read More

धनगढी : बैशाख १५ गते हुने उपनिर्वाचनका लागि एकीकृत समाजवादीले बझाङमा दिलबहादुर सिहंलाई उमेदवार बनाउने निर्णय गरेको छ । समाजवादीले इलाममा–२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभा १ मा सिंहलाई उम्मेदवार बनाउने भएको हो । उपनिर्वाचनको उम्मेदवार मनोनयन दर्ता चैत्र २४ गते हुदै छ । अहिलेसम्म एमालेले इलाम २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बझाङमामा दमन भण्डारीलाई उम्मेदार बनाएको छ ।

Read More

काठमाडौं: नेकपा एमाले निकट अनेरास्ववियुकी नेता राजमती उर्फ रक्षा बमलाई पक्राउ गरिएको छ। हिजो (मंगलबार) अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई पक्राउ गरिएको हो। काठमाडौंकै बालाजु क्षेत्रबाट धनगढी घर भएकी बमलाई नियन्त्रणमा लिइएको महाराजगन्ज प्रहरीका डीएसपी अमर थापाले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार बमविरुद्ध आपराधिक लाभ लगायत चोरीको समेत मुद्दा दायर भएको थियो। बम हाल काठमाडौंमै बस्दै आएकी थिइन्। उनी तपोवन क्षेत्रमा ध्यानमा रहेकै बेला प्रहरीले नियन्त्रणमा लिएको बताइन्छ। आज उनीमाथि म्याद थपेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ। स्रोतका अनुसार रश्मिला धामी नाम गरेकी महिलाले बमविरुद्ध उजुरी दर्ता गराएकी थिइन्। र, यो पनि: ऐन महर भर्सेज रश्मिलाः साइबर ब्यूरो…

Read More