काठमाडौं – गत वैशाख ३० गते सम्पन्नस्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । ५ महानगरपालिकासहित ५४ पालिकाको अन्तिम परिणाम आउन अझै बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । अद्यावधिक विवरणअनुसार प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा नेपाली कांग्रेसले जितेको छ । नतिजा आउन बाँकी रहेका पालिकामा पनि नेपाली कांग्रेसकै अग्रता छ । दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ । नतिजा आउन बाँकीमा प्रदेश १ मा झापाका ५, मोरङका २, सुनसरीका ३ र उदयपुरका २ पालिका बाँकी छ । मधेश प्रदेशमा रौतहटका ७, बाराका ४, सप्तरीका ३, सिराहा र धनुषा २-२, महोत्तरी, सर्लाही र पर्साका १-१…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं – काठमाडौं महानगरको मतगणना भइरहँदा स्वतन्त्र उम्मेदवार बालेन साह फराकिलो मतान्तरले अग्रता कायमै छ । भर्खरेको अद्यावधिक मतपरिणामअनुसार कांग्रेस र एमालेका उम्मेदवारलाई १७ हजारभन्दा बढीको मतान्तरले पछाडि पारेका छन् । बिहानसम्म १ लाख ६ हजार ३ सय ५२ मत गणनाको अपडेट सार्वजनिक हुँदा बालेनले ३८ हजार ३ सय ३३ मत ल्याएका छन् । दोस्रो स्थानमा उक्लिएकी कांग्रेसकी सिर्जना सिंहले २१ हजार २ सय ९९ मत ल्याएकी छन् । तेस्रो स्थानमा झरेका एमालेका केशव स्थापितले भने २१ हजार ८ मत ल्याएका छन् ।
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवासंग नेपाल भ्रमणमा रहेकी अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपविदेशमन्त्री एवं तिब्बती मुद्दाका लागि विदेश संयोजक उज्रा जियाले भेटवार्ता गर्नुभएको छ । शुक्रबार तीन दिने भ्रमणका लागि आएकी उपमन्त्री जियाले शनिबार प्रधानमन्त्रीसँग भेटवार्ता गरेकी हु्न् । सो अवसरमा नेपाल र अमेरिकीबीचको सम्बन्ध तथा द्विपक्षीय हितको बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । एमसीसीसँगको अनुदान सम्झौता अनुमोदनसँगै नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठ मनाइरहँदा उनको नेपाल भ्रमण भएको हो । उनी भारतको नयाँँ दिल्ली हुँदै नेपाल भ्रमणमा आएकी हुन् ।
काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा काँग्रेस र एमालेबिच कडा प्रतिस्पर्धा चलेको छ । पछिल्लो मत गणना अपडेट अनुसार नेपाली काँग्रेसका मेयरका उम्मेदवार रामकृष्ण खाँणले झिनो अग्रता बनाएका छन् ।  २८ हजार २७१ मत गणना हुँदा गृहमन्त्री खाँणका सहोदर भाइ समेत रहेका काँग्रेस उम्मेदवार रामकृष्णले १० हजार ९६६ मत ल्याएका छन् । उनलाई एमालेका उम्मेदवार मोहन चापागाईँले १० हजार ८८८ मतसहित पछ्याई रहेका छन् । मोहनभन्दा रामकृष्ण ८८ मतले अगाडि छन् । उपमेयरमा भने एमालेकी जागेस्वरी चौधरीको फराकिलो अग्रता छ । उनले १० हजार ५८८ मत ल्याएकी छन् भने माओवादीका हेमन्त पाण्डेले ५३५१ मत ल्याएका छन्…
भरतपुर – चितवनको भरतपुर महानगरपालिकामा खसेको मतमध्ये ९० हजार ३ सय ८ मत गणना सकिएको छ । जसअनुसार गठबन्धनकी उम्मेदवार रेणु दहालले ३५ हजार ४६० मत पाएर अग्रता लिइरहेकी छन्। उनले अर्को एमाले—राप्रपा गठबन्धनका उम्मेदवारलाई ७५६५ मतले पछि पारेकी छन्। एमालेका उम्मेदवार विजय सुवेदीले २७ हजार ८ सय ९५ मत पाए। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८ सय ९७ मत पाएका छन्। यस्तै उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्। गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रशेन अधिकारीले ३७६२४ मत पाएका छन्। उनले राप्रपाकी हिमला गुरूङलाई १५ हजार ५ सय ६८ मतले पछि पारेका छन्। गुरूङले…
कैलाली- सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल भारी मतले विजयी भएका छन् । उनले नेपाली गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडलाई १२ हजार बढी मतान्तरले पराजित गरे । हमालले २६ हजार ८६५ मत पाए भने वडले १४ हजार ८१७ मत पाएका छन् । यस्तै एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत पाएका छन् । यस्तै उपमहानगरपालिकाको उपमेयरमा एमाले उम्मेदवार कन्दकला राना विजयी भएकी छिन् । उनले सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीलाई पराजित गरेकी हुन् । रानाले १५ हजार ४७९ मत पाउँदा माओवादी केन्द्रकी अधिकारीले १२ हजार ६७० मत पाइन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले…
काठमाडौं- स्थानीय वायुसँगै भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भइरहेको छ । मौसमविद् का अनुसार आज वाग्मतीसहित गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही ठाउँमा मेघगर्जन, हावाहुरीसहित दिउँसो पनि पानी पर्ने सम्भावना छ । शनिबार राति पनि काठमाण्डौसहित देशका केही ठाउँमा पानी परेको थियो । यस्तै, आज राति प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशसहित अन्य प्रदेशका पहाडी क्षेत्रमा पनि पानी पर्ने सम्भावना छ । मेघगर्जन÷चट्याङ्ग र हावाहुरीसहित वर्षा हुने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ । प्रि मनसुनको सुरुका महिना सुक्खा भए पनि गएको वैशाख महिनादेखि लगातारजसो…
कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा स्वतन्त्रका उम्मेदवारको प्यानल विजयी भएको छ । वडा अध्यक्ष र वडा सदस्य गरी सबै पदमा स्वतन्त्रका उम्मेदवार विजयी भएका हुन् । वडा अध्यक्षमा राना श्रवण ८१८ मतसहित विजयी भएका छन् । त्यस्तै, महिला सदस्यामा देवी कार्की ६३२ मत, दलित महिला सदस्यमा लक्ष्मी सुनार ६७१ मत, सदस्यमा दिपेश मल्ल ६६४ मत र दुलेराम राना ६१३ मत ल्याएर विजयी भएका छन् । उनीहरु सबै गुलाबको फूल चिह्नबाट चुनाव लडेका थिए ।
कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १४ मा नेकपा माओबादी विजयी भएको छ । एमाले र नेपाली काँग्रेस बर्चश्व रहेको सो क्षेत्रमा माओबादीका भोजराज जोशी निर्वाचित भएका हुन् । माओवादी नेता जोशी काँग्रेसका गम्भिरसिंह ऐरीलाई ६२ मत अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भए । जोशीले ५३१, ऐरीले ४६९ मत ल्याएका थिए । एमालेकी सितादेवी सिहले १६५, राप्रपाका पार्वती भट्टले ९१ मत ल्याएका थिए । यस अघि उक्त वडामा कहिले एमाले, कहिले काँग्रेसले जित्दै आएको थियो ।
कैलाली- कैलालीमा सार्वजनिक बिदाका दिन चलाइएका १२ वटा सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीले प्रहरीले सरकारी गाडी नियन्त्रणमा लिएर चालकलाई सम्झाइबुझाइ गरी छाडिएको जनाएको छ । कतिपय सरकारी गाडी मर्मतका लागि र अन्य कतिपय काम विषेशले बिदाको दिनमा चलाइएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले बताए । बढ्दै गएको इन्धनको खपत घटाउन सरकारको निर्णयानुसार सार्वजनिक बिदाका दिन गाडी चलाउन रोक लगाएपछि स्थानीय प्रशासनले त्यसमा कडाई गर्न सुरु गरेको हो । बिदाका दिनमा अत्यावश्यक सरकारी काम परेको हकमा प्रदेश सरकारका सचिव वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गाडी चलाउन पाइने व्यवस्था छ ।