Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सहकारी संस्थाहरुको रकम अपचलनको विषयमा छानबिन गर्न संसदीय समिति गठन हुँदै छ । आज सात सदस्यीय संसदीय समिति गठन गर्ने दलहरुको तयारी छ । त्यसअघि संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउने नेताहरुले बताएका छन् । कार्यादेशको व्यहोरालाई मंगलबार बिहान ११ बजे बस्ने कार्यदलले अन्तिम रुप दिनेछ । त्यसपछि कांग्रेस र एमालेका २-२ तथा, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाबाट एक-एक जना सदस्य रहने गरी संसदीय समिति बन्ने छ । समितिलाई छानबिन प्रतिवेदन बुझाउन तीन महिनाको समय दिने तयारी छ । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा रास्वपा सभापति एवम् गृहमन्त्री रवि लामिछाने संलग्न भएको भन्दै उनीमाथि छानबिन गर्न…

Read More

काठमाडौँ : आईसीसी टी-२० विश्वकपअन्तर्गत पहिलो वार्म-अप खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा नेपाल ६३ रन अन्तरले पराजित भएको हो । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले दिएको १८४ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा अल आउट हुदै १२० रन मात्र बनाएको थियो ।  नेपालका लागि कुशल भुर्तेलले १०, आशिफ शेखले २२, कुशल मल्लले ३७ रन, अनिल साहले २४ रन बनाएका थिए । त्यस्तै क्यानडाका बलर डिलन हेलिगरले सर्बाधिक ४ विकेट लिए भने जेरेमी गोर्डन र साद विन जफरले २-२ विकेट लिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा…

Read More

काठमाडौँ : सरकारले आज आर्थिक वर्ष २०८१–०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ । अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्नेछ ।  नेपालको संविधान २०७२ को धारा ११९ को व्यवस्थाअनुसार अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजस्वको अनुमान, सङ्घीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र सङ्घीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकम खुलाई वार्षिक अनुमान पेस गर्नुपर्ने उल्लेख छ ।  यसरी वार्षिक अनुमान पेस गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य…

Read More

काठमाडौं : विवादै विवादमा मुछिएकी जानुका उर्फ शोभा पाठक कारबाहीमा परेकी छन्। उनी संगठित संगठनले शोभामाथि कारबाही गरिएको जानकारी दिएको छ। धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका-७ स्थायी घर भएकी ‘शोभा’लाई नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालबाट निकालिएको हो। उनले आफू राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्य हुँ भन्दै अराजक गतिविधि गरेकाले कारबाही गरिएको संगठनका महासचिव सुमन पुरीले जानकारी दिए। शोभालाई २०८० साल पौष २२ गतेको बसेको केन्द्रीय पदाधिकारी बैठकको निर्णयले कारबाही गरेको थियो। तर अहिले पनि शोभाले आफू युवा संघमा भएको कुरा बताउँदै आएपछि हिजो (सोमबार) मात्रै एक विज्ञप्तिमार्फत शोभालाई कारबाही गरिएको जानकारी गराइएको छ। उनलाई संगठनको विधान अनुसार साधारण…

Read More

धनगढी: धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको निधन भएको छ। हिजो (सोमबार) बिएड चौथो वर्षमा अध्ययनरत माया चौधरीको निधन भएको बताइएको छ। उपचारका क्रममा उनको काठमाडौंमा निधन भएको हो। उनी केही समयदेखि स्वास्थ्य समस्याले ग्रसित थिइन्। उनको निधनप्रति स्ववियु र क्याम्पस परिवारले शोक व्यक्त गरेको छ।

Read More

काठमाडौं : विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका विकल पौडेललाई दोस्रो पटक भ्रष्टाचारी ठहर गरेको छ । न्यायाधीश टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले झुटा विवरण पेश गरी लाभ लिएको आरोपमा भ्रष्टाचारी ठहर गरेको हो । विशेष अदालतले उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । उनीमाथि झुटा विवरण पेश गरेर सचिव सरहको पद लिएको आरोपमा थप ६ महिना कैद सजाय तोकेको छ । अख्तियारले ९ वैशाख, २०८१ मा पौडेलमाथि अमेरिकाको स्थायी आवास अनुमतिपत्र(पीआर) लिएको अवस्थामा त्यसलाई लुकाई नेपालमा सार्वजनिक पदमा नियुक्ति लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर…

Read More

धनगढी : कञ्चनपुरबाट लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका १३ बुद्धचोकबाट यसोधा राना र राजु औजी रहेका छन् । प्रहरी उनीहरुको साथबाट २ सय ८० मिलिग्राम खैरो हेरोइन र २ सय ६० मिलिग्राम चरेससमेत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले फरार रहेकी यसोधा रानालाई पक्राउ गर्ने क्रममा उनकै कोठाबाट उक्त लागूऔषधसहित राजुलाई समेत पक्राउ गरेको हो ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु गरिएको छ । आइतबारदेखि अस्पतालले एमआरआई सेवा सुरु गरेको हो । अस्पतालले एक सूचना जारी गर्दै एमआरआई मेसिन जडान भई परीक्षण सबै कार्य पूरा गरी आइतबारबाट सेवा सुचारु गरिएको जानकारी दिएको छ । यससँगै सर्वसाधारणले सस्तो शुल्कमा सरकारी अस्पतालबाटै एमआरआई सेवा पाउनेछन् ।

Read More

काठमाडौं : नेपाल प्रहरीले गर्ने करोडौंको खरिदमा सेटिङ हुने गरेको आंशका महालेखापरीक्षकको कार्यालयले गरेको छ । लागत अनुमानकै हाराहारीमा ठेक्का लाग्ने गरेकोले यसमा मिलेमतोको आशंका गरिएको हो । आर्थिक वर्ष २०८९/८० मा ५९ करोड बराबरको स्केलका सामान खरिद गर्दा शंकास्पद देखिएको हो । प्रतिवेदनमा भनिएको छ,‘प्रहरी प्रधान कार्यालयले बोलपत्रको माध्यमबाट प्रहरी कर्मचारीका लागि उलन पाइन्टसर्ट, कटन पाइन्टसर्टलगायतका १४ प्रकारका व्यक्तिगत सामान र सात प्रकारका सञ्चार उपकरण खरिद गरी ५९ करोड ८२ लाख खर्च लेखेको छ । उक्त मालसामानहरूको लागत अनुमान तयार गर्न उद्योग वाणिज्य महासंघ र विभिन्न सरकारी कार्यालयहरूसँग दररेट माग गरेकोमा कार्यालयबाट दररेट उपलब्ध नभएको बेहोरा उल्लेख गरी विभिन्न…

Read More

कञ्चनपुरः कञ्चनपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका–२ कटानस्थित आफ्नै घरको भित्र कोठाको ढोकामा मुसाले काटेको बिजुलीको तारमा हात लागेपछि ५५ वर्षीया द्रोपती चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More