Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाल र क्यानडा खेल्दै छन् । आजदेखि सुरु हुने वार्मअप खेलमा नेपालले क्यानडासँग खेल्न लागेको हो । नेपाली समयअनुसार राति सवा ९ बजे अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा खेल सुरु हुनेछ । आईसीसीको टी–२० वरीयतामा नेपाल १७औँ स्थानमा छ । क्यानडा २३औँ स्थानमा रहेको छ ।

Read More

काठमाडौं : कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको छ । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । ११४ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । कोलकाताको जितमा वेंकटेश ऐरले २६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनमा नट आउट रहे । रहमानउल्लाह गुरबाज ३२ बलमा ५ चौका र २ छक्कासहित ३९, सुनिल नारायण र श्रेय ऐरले ६/६ रन बनाए । हैदराबादका शहबाज अहमद र प्याट कमिन्सले एक/एक विकेट लिए । त्यसअघि चेन्नेइको घरेलु मैदान चेपौकमा…

Read More

काठमाडौं : चितवनको नारायणगढमुग्लिन सडक खण्ड अन्तर्गत् भरतपुर महानगरपालिका वडा नं.२९ मा चारवटा सवारी साधन आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २३ जना यात्रु घाइते भएका छन् । परिचय खुल्न बाँकी रहेका अन्दाजी १७ वर्षीय एक युवकको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । काठमाडौंबाट प्युठान जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट बर्दिवासतर्फ जाँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख…

Read More

काठमाडौं : नेपाल प्रहरी कर्मचारीको ट्रयाक सुट खरिद प्रक्रिया नियमसम्मत नदेखिएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा सो कुरा उल्लेख छ । प्रहरी प्रधान कार्यालयले ०७९ मंसिर १५ गते सम्झौता गरेर किनेको ११ करोड २९ लाख ५४ हजार रुपैयाँबराबरको ट्रयाक सुट खरिद नियमसम्मत नभएको महालेखाको ठहर छ । ट्रयाक सुट दरबन्दीको विवरणबिना खरिद गरिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ । त्यसरी खरिद गर्दा नियमावली संशोधन गर्नुपर्नेमा नगरी खरिद गरिएको खुलेको छ ।

Read More

काठमाडौं : श्रीमतीमाथि जबरजस्ती करणी गरेको आरोप लागेका पूर्वन्यायाधीश भुवन गिरी दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाबहादुर भुसालको एकल इजलासले गिरीलाई सम्बन्ध विच्छेद मुद्दा विचाराधीन रहेको अवस्थामा श्रीमतीलाई जबरजस्ती करणी गरेको मुद्दामा दोषी ठहर गरेको छ । दोषी ठहर भएका उनको सजाय निर्धारण जेठ २८ गतेको पेशीमा सुनाइने छ । श्रीमती आरती रावलले सम्बन्ध विच्छेदको मुद्दा चलिरहेको अवस्थामा कपिलवस्तु जिल्ला अदालका न्यायाधीश गिरीले आफूलाई कोठामै रातभर बलात्कार गरेको आरोप लगाउँदै काठमाडौं अदालतमा मुद्दा दायर गरेकी हुन् । उनले कपिलवस्तु जिल्ला अदालतमा वैवाहिक बलात्कारको मुद्दा हालेकी छन् । अदालतको आदेशपछि गिरीले आफूलाई पूर्ण न्यायको अनुभूति भएको जनाएकी…

Read More

काठमाडौं : भारतका सेना प्रमुख मनोज पाण्डेको कार्यकाल एक महिना थप गरिएको छ । मन्त्रिपरिषद्को नियुक्ति समितिले पाण्डेको कार्यकाल एक महिना थप गरेको हो । उनी अब आउँदो जुन ३० सम्म उक्त पदमा रहन सक्नेछन् । “चिफ अफ आर्मी स्टाफको कार्यकाल एक महिनाका लागि बढाइएको छ । नियम १६ ए (४) अनुसार उनको कार्यकाल सामान्यभन्दा बढाइएको हो,” जारी विज्ञप्तिमा उल्लेख छ । पाण्डेले यही मे ३१ मा सेना प्रमुख पदबाट अवकाश पाउँदै थिए ।

Read More

धनगढी : बझाङमा जीप दुर्घटना हुँदा एक महिला घाइते भएकी छन् । जयपृथ्वी नगरपालिका-३ डुङग्रीबाट मष्टा तर्फ गइरहेको से १ ज ८९० नम्बरको बोलेरो जीप मष्टा- ४ खेती गाउँको मोड ब्याक गरि मोड्ने क्रममा दुर्घटनामा पर्दा एक महिला सामान्य घाइते भएकी हुन् । घाइते हुनेमा मष्टा ४ बस्ने ४५ वर्षीया जानुदेवी थापा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । यस्तै डोटीमा पनि जिप दुर्घटना भएको छ। दुर्घटनामा परेर ६ जना घाइते भएका छन्। शनिबार राती धनगढीबाट अछाम जाँदै गरेको से १ ज ४३२ नम्बरको जिप जिल्लाको दिपायल–सिलगढी नगरपालिका–६ कोलीनीमा दुर्घटना भएको हो। दुर्घटनामा ६ जना सामान्य घाइते भएको प्रहरीले जनाएको…

Read More

काठमाडौं : अदालतको अवहेलना मुद्दामा काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई कैद सजायको आदेश भएको छ। जिल्ला अदालत काठमाडौंले मेयर अधिकारीलाई १ महिना कैद सजाय सुनाएको हो । अदालतले चलन चलाइदिनू भनेको जग्गासमेत नगरपालिकाले आफ्नो कब्जामा राखिराखेको भन्दै न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले उक्त कार्यलाई अदालतको अवहेलना भन्दै उनलाई कैद सजाय सुनाएको हो । अदालतको अवहेलनामा मेयर अधिकारीसँगै वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नं १० का वडासदस्य चन्द्रमान श्रेष्ठलाई १ महिना कैदको आदेश सुनाइएको हो ।

Read More

धनगढी: सुदूरपश्चिममा नेपाली काँग्रेसले गृहमन्त्री एवं उपप्रधानमन्त्री रवि लामिछानेको विरुद्ध र कान्तिपुर मिडिया हाउसका मालिक कैलाश सिरोहियाको पक्षमा आन्दोलन एवं मुभमेन्ट बढाएको छ। हिजो (शनिबार) बाट काँग्रेसले धनगढीसहितका क्षेत्रमा आन्दोलन थालेको हो। हिजो नेविसंघका नेताहरुले मुख्यमन्त्री कार्यालय अगाडि सोही विषयलाई लिएर विरोध प्रदर्शन गरेका थिए। उता धनगढीमै भएको प्रेस युनियनको प्रदेश सम्मेलन समारोहमा बोल्दै सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री कमलबहादुर शाह र पूर्वमन्त्री प्रकाशबहादुर देउवा सहितले रविको विरोध गर्दै कैलाश सिरोहियाको बचाउ गरेका थिए। उनीहरूले सरकारको कदमले लोकतन्त्र र प्रेस स्वतन्त्रता खतरामा परेको जिकिर गरेका थिए। सहकारी ठगी प्रकरणमा मुछिएपछि काँग्रेसले सडक र सदनसम्मै गृहमन्त्री लामिछानेको राजीनामा मागेर छानबिन गर्नुपर्ने अडान राख्दै…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विनियोजन विधेयक २०८१ को सिद्धान्त र प्राथमिकता प्रदेश सभामा प्रस्तुत गरेका छन् ।  आइतबार बसेको प्रदेशसभा बैठकमा उनले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन । मुख्यमन्त्रीले आर्थिक वर्ष २०८१–८२ को बजेट उत्पादन र उत्पादकत्व वृद्धि, उद्यमशीलता प्रवर्द्धन तथा रोजगारी सिर्जना, गरिबी, बेरोजगारी र वञ्चितिकरण न्यूनीकरणका लागि कोशेढुङ्गा साबित हुने उल्लेख गरे ।  उच्च र समन्यायिक आर्थिक वृद्धि, दिगो पूर्वाधार विकास, शासकीय सुधार र सुशासन हासिल गर्नेतर्फ बजेट उन्मुख रहने मुख्यमन्त्रीको भनाइ छ । आगामी विनियोजन विधेयकले रोजगारी सिर्जना, गरिबी निवारण तथा आर्थिक असमानता न्यूनीकरणमा प्राथमिकता दिने जनाइएको छ ।  प्रदेशमा…

Read More