धनगढीः कैलालीको गौरीगंगा नगरपालिका-२ को एक गोठमा आगलागी भएको छ। नगरपालिकाको-२ नम्बर वडा स्थित कृष्ण टोलमा आइतवार गोठमा आगलागी भएको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ। दुई तले २ कोठे गोठमा अचानक आगलागी हुँदा गोठ जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले बताएको छ। गोठमा भएका २ पशुसमेत जलेर घाइते भएका छन्।
Author: महेन्द्रनगर पोष्ट
कैलाली: कैलालीको घोडाघोडी नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४२ वर्षीय हेम कार्की, ४१ वर्षीय जितमान चौधरी, ४२ वर्षीय योगेन्द्र ऐर र ३८ वर्षीय कृष्ण चौधरी रहेका छन्। वडा नम्बर १ सुन्दरपुरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई मध्यराति करिब २ बजे पक्राउ गरेको हो। उनीहरूको साथबाट ६३ हजार २ सय ५० रुपैयाँ र १ गड्डी तास समेत बरामद गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए।
धनगढी : कैलालीको मोहन्याल गाउँपालिकाले भूकम्प पीडितलाई साढे १३ लाख रुपैयाँ सहयोग दिने भएको छ। जाजरकोट जिल्लालाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको घटना प्रति दुःख व्यक्त गर्दै सो गाउँपालिकाले राहत स्वरुप साढे १३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो। गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकको मासिक तलब सुविधाबाट सहयोग गर्ने भएको हो। जनप्रतिनिधिले आफ्नो १० दिनको, अधिकृत स्तरको कर्मचारीले ५ दिनको र सहायक तथा सहयोगी कर्मचारीले आफ्नो ३ दिन बराबरको र माध्यमिक तहका शिक्षकहरुले ५ दिनको र अन्य तहको शिक्षकहरुले ३ दिन बराबरको पारिश्रमिक भूकम्प पीडितहरुलाई दिने भएका हुन्।
काठमाडौं । अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यसाथ बारम्बार सञ्चालनको घोषणा गरिएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) अन्ततः सोमबारदेखि लागु हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयनमा ल्याउने भएको हो। गत वर्ष असोज १ देखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको यो प्रणालीलाई प्राधिकरणले त्यसको एक वर्षपछि सञ्चालन गर्न लागेको हो । प्रणालीमा दर्ता नभएका मोबाइलको नेटवर्क लक गर्न सेवाप्रदायकलाई जानकारी गराइसकिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । “पहिलो चरणमा ‘हाइएन्ड’ मोबाइल लक गर्ने गरी सेवाप्रदायकलाई निर्देशन दिएका छौँ,” उनले भने । उनका अनुसार अबदेखि हरेक दिन दर्ता नभएका…
काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। भोलि मंगलबार पनि देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
काठमाडौं : भूपू आर्मी कुट्ने प्रहरी प्रभाग, गोंगबुका प्रहरी निरीक्षक दिनेश गुरुङमाथि छानबिन सुरु भएको छ। एक सेवाग्राहीलाई निर्घात कुटपिट गरेको आरोपमा उनीमाथि छानबिन सुरु भएको हो। गत १६ कात्तिकमा उनले नुवाकोट घर भई बानियाटार बस्ने भूपू आर्मी कर्णबहादुर अधिकारीलाई पाइपले कुटेका हुन्। अधिकारी लेनदेनसम्बन्धी विवादमा उजुरी लिएर प्रभाग गएका थिए। उनको मुकुन्द थपलियासँग लेनदेन विवाद थियो। सो दिन छलफलका लागि प्रहरी कार्यालयमा बोलाइएको थियो। थपलिया नआएपछि अधिकारीले प्रहरी कार्यालयबाटै फोन गरी गालीगलौज गरेका थिए। प्रहरी कार्यालयमा जथाभाबी बोलेको भन्दै प्रभागका प्रमुख इन्स्पेक्टर गुरुङले उनले कुटेका हुन्। अधिकारी घाइते भएका छन्। पछि माफी मागेर अधिकारी श्रीमतीसहित त्यहाँबाट निस्किएका थिए। कुटपिटबाट…
धनगढी : अभियन्ता तारा बरालसँग बिहे गर्ने कागज गरेका नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्दले आफ्नो बिहे गर्ने योजना नभएको बताएका छन्। बैतडी घर भएका चन्दले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बिहे गर्ने योजना पनि नरहेको बताएका हुन्। केही दिन अगाडि बरालसँग बिहे गर्ने सहमति भएको कागज सामाजिक सञ्जालबाटै सार्वजनिक भएको थियो। तर, चन्दले भने त्यो कागजमा आफ्नो नाम हालिएको र त्यो लिगल डकुमेन्ट नभएको जिकिर गरेका छन्। चन्दले फेसबुकमा लगातार स्टाटस लेख्दै बिहे नगर्ने बताएका छन्। उता बरालले चन्दको स्टाटसमा कमेन्ट गर्दै यस्तो कुरा नगर्न भनेकी छिन्। सहमतिपत्र सार्वजनिक भएको २४ घण्टा नबित्दै पूर्वएआइजी चन्दले फेसबुकमा स्टाटस लेखेर खण्डन गरेको…
धनगढी: कैलालीमा हिजो राति युवाहरुको समूहले एक युवकमाथि हतियार प्रहार गरेको छ। जिल्लाको लम्कीचुहा नगरपालिकास्थित वडा नम्बर १ मा स्थानीय युवामाथि राति ९ बजे हतियार प्रहार भएको हो। ठेक्कापट्टा गर्ने चिसापानीका युवा उमेशजंग शाहीको समूहले योजनाबद्ध रुपमा राष्ट्रिय युवा संघ नेपाल लम्कीचुहाका अध्यक्षसमेत रहेका नहकुल बममाथि हतियार प्रहार गरेको बताइएको छ। उनीमाथि आपसी विवादका कारण राति हतियार प्रहार गरिएको बुझिएको लम्कीका प्रहरी प्रमुख इन्सपेक्टर कान्तिराज जोशीले जानकारी दिए। उनका अनुसार बम घाइते भएको र हातमा १४ वटा टाका लगाइएको छ। स्रोतकाअनुसार उनलाई खुँडा र तरवार हानिएको थियो। घाइते बमले उमेश शाहीसहित १५ जनाविरुद्ध जाहेरी दिएका छन्। आक्रमणकारीलाई प्रहरीले खोजिरहेको छ।…
डोटी : हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका दुई विद्यार्थीको शव डोटी पुगेको छ। नेपाली सेनाको स्काई एम्बुलेन्स एनए ०६४ मार्फत आइतबार दिउँसो डोटी शिखर नगरपालिका—६ चुँडीका राजन फुलारा र आदर्श गाउँपालिका-५, पीडका पदम थापाको शव डोटीको दिपायल विमानस्थलमा पुगेकाे हो। विमानस्थलमा दुवै शव उनीहरूका आफन्तले बुझेका छन्। मृतकका शवलाई प्रहरीको टोलीले स्कटिङ्ग गरी घरसम्म पुर्याएको डोटीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए। दुवै शवको सोमवार मात्रै दाह संस्कार हुने छ। थापाको आदर्श गाउँपालिका ५ तलारास्थित सेती नदीमा र फुलाराको शिखर नगरपालिका ६ अडेउलस्थित सेती नदीमा दाह संस्कार हुनेछ। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको टिकापुर कृषि क्याम्पसमा स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत थापा…
डडेल्धुरा : केही दिनयता डडेल्धुरामा चोरीका घटना बढ्दै गएको पाइएको छ । जिल्लाका फरक–फरक तीन स्थानमा चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुराको परशुराम नगरपालिका–४ लटेरोडा कटालस्थित वडाकार्यालयमा तोडफोड गरी चोरी भएको छ । कात्तिक १५ गते राति दुईजनाको समूहले कार्यालयको मुल गेटको ताला फुटाएर चोरी गरेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ । कार्यालयको मुल ढोकामा रहेको सीसीटिभी क्यामेरा फुटाएर गेटको ताला तोडेको प्रहरीको बताएको छ । कार्यालयभित्र रहेका फर्निचर तोडफोड गरि राजस्वबापत संकलन भएको १३ हजार ८ सयसमेत चोरी भएको वडा सचिव डम्बर साउँदले जानकारी दिए । उनका अनुसार कार्यालयमा जडित…