Author: महेन्द्रनगर पोष्ट

धनगढी: संघीय सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। विशेषगरि सुदूरपश्चिमका खानीहरुको अध्ययन तथा उत्खननको कामलाई प्राथमिकताका साथ गर्ने भण्डारीको भनाई छ। मंगलबार प्रेस चौतारी नेपाल कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले सुदूरपश्चिममा रहेका प्राकृतिक खानीको अध्ययन तथा उत्खनन्को काम अघि बढाउने बताएका हुन्। ‘सुदूरपश्चिममा फस्फोरसको ठुलो सम्भावना छ । म त्यसको अध्ययन र उत्खननका लागि लाग्नेछु’, भण्डारीले भने,‘सुदूरका फलाम, तामा र अन्य खानीहरु मेरो प्रार्थमिकतामा रहने छन्।’ १४ महिनापछि दोस्रोपटक उद्योग मन्त्रालयको जिम्मेवारी पाएका भण्डारीले विगतमा थालनी गरेका काम जहाँको त्यही रहेकाले तिनलाई पनि अघि बढाउने…

Read More

धनगढी: प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन नागरिक उन्मुक्तिका अध्यक्ष तथा संसदीय दलकी नेता रञ्जिता श्रेष्ठले जारी गरेको ह्विपविरुद्ध पार्टीका जेष्ठ सदस्य तथा वार्ता समिती संयोजक दामोदर पण्डीतले विज्ञप्ती जारी गरेका छन् । उक्त विज्ञप्तीमा नयाँ गठबन्धन सरकारमा तत्काल सहभागी नहुने र समर्थन नगर्ने भनिएको छ । यस्तै प्रदेश सरकारको हकमा संवाद गरेर अगाडी बढ्ने उल्लेख छ । प्रधानमन्त्री प्रचण्डले फाल्गुन ३० गते प्रतिनिधिसभामा विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयमा जानकारी गराएसँगै नाउपाले ह्विप जारी गरेको थियो । दलको नेता रञ्जिता श्रेष्ठले जारी गरेको ह्विपमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११ः०० बजे बस्ने प्रतिनिधि सभाको…

Read More

धनगढी : प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन नागरिक उन्मुक्ति पार्टीले ह्विप जारी गरेको छ । प्रधानमन्त्री प्रचण्डले फाल्गुन ३० गते प्रतिनिधिसभामा विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयमा जानकारी गराएसँगै नाउपाले ह्विप जारी गरेको हो । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा संसदीय दलको नेता रञ्जिता श्रेष्ठले जारी गरेको ह्विपमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११ः०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्विप जारी गरिएको ब्यहोरा अनुरोध…

Read More

धनगढी: नेकपा एमाले बैतडीको जिल्ला कमिटीको पदाधिकारी सर्वसम्मत चयन गरिएको छ। जिल्लाको नवौँ अधिवेशनबाट अध्यक्षमा नरेश कुमार बिक सहित पुरै पदाधिकारी सर्वसम्मत चयन गरिएको हो। पार्टीको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद, उप–सचिवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएका छन्। पदाधिकारीको टिम सर्वसम्मत चयन भए पनि सदस्यमा बढी आकाङ्क्षी भएकाले छलफल जारी रहेको छ।

Read More

बैतडी : नेकपा (एमाले) बैतडीको नवौँ अधिवेशनबाट अध्यक्षमा नरेश कुमार विक सर्वसम्मत चयन भएका छन् । हिजोदेखि सुरु भएको अधिवेशनले विक सहित पदाधिकारीहरु सर्वसम्मत चयन गरेको नेताहरुले बताएकाछन् ।  पार्टीको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचीवमा हजारी साउद, उप सचीवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएकाछन् । पदाधीकारीको टिम सर्वसम्मत चयन भएपनि सदस्यमा बढी आकांक्षी भएकाले छलफल जारी रहेको छ । सदस्यहरुमा समेत सर्वसम्मत चयन हुने सम्भावना रहेको नेताहरुले बताएकाछन् । अहिले जिल्ला कमिटीको टिमसहित निर्वाचनको प्रक्रिया पुरा गर्ने समय लागेकाले घोषणा गर्ने बाकिँ रहेको छ । सहमतीमै नेतृत्वको टुंगो लगाएर पार्टी केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार…

Read More

काठमाडौं: राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्। दाहाल ३९ मतसहित निर्वाचित भएको घोषणा गरिएको छ।  ५९ सदस्यीय राष्ट्रिय सभामा दाहालको पक्षमा ३९ मत र विपक्षमा १७ मत परेको थियो। यसअघि नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत परेको थियो। मतदान प्रक्रियामा ५६ जना सहभागी भएका थिए। दाहाललाई नेकपा एमाले, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका हुन्। दाहाल माओवादी स्थायी कमिटी सदस्य हुन्। उनी यस अघिको काँग्रेस– माओवादी सरकारको सिफारिसमा मनोनित कोटाबाट २०७८ फागुन २५ गते राष्ट्रिय सभा सदस्य बनेका थिए।

Read More

बैतडीः नेकपा एमालेको जिल्ला अधिवेशनमा युवा नेता गोविन्द गिरीले सहमतीबाट नेतृत्व चयनको पक्षमा उभिएका छन्। यसअघि चुनावमा समेत जान तयार भएका गिरी अन्नतः सहमतीबाटै नेतृत्व चयनको पक्षमा उभिएका हुन्। बन्दसत्रमा सहभागी अधिकांश प्रतिनिधिहरुले अबको पार्टी नेतृत्व युवाहरुले गर्नुपर्ने र उक्त पदका लागि उपयुक्त पात्र गिरी रहेको धारणा राखेका थिए। केन्द्रको राजनिति बुझेका र जिल्लाका कार्यकर्ताहरुमाझ रुचाएका नेताको रुपमा रहेको गिरीलाई अघि सार्न आग्रह गर्दै आएका थिए। तर पार्टीका जिल्ला नेताहरुले केन्द्रिय नेताहरुसँग समन्वय गरि गोबिन्द गिरीलाई ‘ब्याक’ गराइदिन अनुरोध गरेपछि भने माहोल फेरिएको हो। पार्टी नेताहरुले फोन सम्पर्कमार्फत चुनावमा नजान र भूगोलका पार्टीका नेताहरू समन्वय गरि अगाडी बढ्न निर्देसित गरेका…

Read More

धनगढीः पूर्व युवराज पारश शाह धनगढीमा छन्। शाह हिजो धनगढीको रुबस होटलमा बसेको र आज बेहडाबाबाको मन्दिर दर्शन गरेको बताइएको छ। सुरक्षा स्रोतका अनुसार उनका अन्य कार्यक्रम र गतिविधिबारे भने जानकारी गराइएको छैन। उनी गोप्यरुपमा धनगढी आएको बताइएको छ। शाह बेला बेला विवादमा आइरहने व्यक्ति हुन्। उनी केही समय अगाडीमात्रै विद्यार्थीलाई पेस्तोल देखाएको भन्दै विवादमा तानिएका थिए।

Read More

बैतडी: नेकपा एमाले बैतडीको नेतृत्व चयनको लागि सहमतिको प्रयास भइरहेको छ। अनेरास्ववियुको केन्द्रिय उपाध्यक्ष तथा युवा नेता गोविन्द गिरीले जिल्लाको अध्यक्षमा बलियो दाबेदारी राख्दै आएका छन्। युवामाझ लोकप्रिय नेताको छाप रहेका गिरीले अध्यक्षमा बलियो दाबेदारी राखेका हुन्। नेतृत्व चयनका लागि चुनावी प्रक्रियामा जान तम्तयार रहेका गिरी सहमतिबाट पनि नेतृत्व चयनको पछि नहट्ने बताइरहेका छन्। कार्यकर्ताको मर्म र भावनाअनुसार सहमती हुनुपर्नेमा गिरीको जोड छ। कार्यकर्ताले रुचाएका, मनोभावना बुझ्ने, बैतडीको पार्टीलाई बलियो बनाएर देशभरमै नयाँ तथा फरक सन्देश दिने खालको पार्टी बनाउनको लागि योग्य नेतृत्व आवश्यक रहेको गिरीको भनाइ छ । नेतृत्व चयन प्रक्रियामा युवाहरुलाई अघि बढाउनुपर्नेमा उनको जोड छ । देशभरीमा…

Read More

दाइजोमा सुनको सिक्री नपाउँदा वीरगन्ज महानगरका एक कर्मचारीले सोमबार राति विवाह नै रोकेपछि प्रहरीले उनलाई मंगलबार बिहानै २ बजे पक्राउ गरेको छ। बेहुली पक्षले प्रहरीलाई उजुरी दिएपछि बेहुला पक्राउ हुन्। वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साहले दाइजोमा सुनको सिक्री नपाएपछि विवाह नै रद्द गरेका थिए। बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने साहले दाइजोमा नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक एक थान सुनको अैा‌ठी र हनुमानको माला पाइसकेपछि पनि गए राति मण्डपमा सुनको सिक्री नपाएपछि बिहे नै रोकिदिएर जन्ती फिर्ता लगेका थिए। विवाह मण्डप बनिसकेको थियो। आफन्तलगायत सबै बेहुलासहित आएको…

Read More