Author: महेन्द्रनगर पोष्ट

धनगढी : बझाङमा माध्यमिक शिक्षा परीक्षा(एसईई)मा चिट चोर्ने छात्रा र चोराउने निरीक्षकलाई कारबाही गरिएको छ । जिल्लाको छबीस पाथिभेरा–३ स्थित बान्निचौर माविमा एक छात्रा र निरीक्षक सितल पुजारालाई परीक्षा हलबाट निष्काशन गरिएको हो । परिक्षा सुरु भएको १५ मिनेटमै चिट चोराएको भन्दै निरीक्षकलाई निष्कासन गरिएको केन्द्राध्यक्ष नवराज भट्टले बताएका छन् । कोठा नम्बर २ मा खटिएका निरीक्षक पुजाराले छात्रालाई चिट चोराएको भन्दै दुवैजनालाई परीक्षाहलबाट निकालिएको भट्टले जानकारी दिएका छन् ।

Read More

धनगढी : बैशाख १५ गते हुने उपनिर्वाचनका लागि माओवादीबाट बझाङमा जनक बुढालाई उमेदवार बनाउने निर्णय गरेको छ। बझाङ प्रदेश सभा १ मा बुढालाई उम्मेदवार बनाउन प्रदेश कमिटीले सर्वसम्मत सिफारिस गरि पठाएको छ । उपनिर्वाचनको उम्मेदवार मनोनयन दर्ता चैत्र २४ गते हुदै छ । अहिलेसम्म एमालेबाट दमन भण्डारी र समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदार बनाउने निर्णय गरेको छ ।

Read More

काठमाडौं : नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग दोहोर्‍‍याउँदै आज पनि सदन अवरुद्ध गरेको छ । सदन सुरू हुनासाथ कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए । पार्टीको तर्फबाट कुरा राख्दै कांग्रेस सांसद सञ्जयकुमार गौतमले प्रमुख प्रतिपक्षले उठाएको कुरालाई सत्तापक्षले गम्भीर नलिएको भन्दै आक्रोश जनाए । गृहमन्त्री लामिछानेमाथि सहकारीको रकम ठगी प्रकरणमा छानबिन हुनुपर्ने भन्दै सांसद गौतमले छानबिन भइरहेको व्यक्तिलाई नै गृहमन्त्रीको कुर्सीमा राखिएको जिकिर गरे । तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी घोटलामा छानबिन गर्ने र दोषी उम्किन नदिने प्रतिवद्धता जनाएपनि सरकार फेरिएसँगै परिस्थिति फेरिएको उनको टिप्पणी थियो ।

Read More

काठमाडौँ : बाबर आजम फेरि पाकिस्तान क्रिकेट टिमको कप्तान बनेका छन् । बाबरलाई ट्वान्टी-२० र एकदिवसीय फर्म्याटमा पाकिस्तानी क्रिकेट टिमको कप्तानी जिम्मेवारी दिइएको हो । पाकिस्तानी क्रिकेट बोर्ड(पीसीबी)का अध्यक्ष मोहसिन नकवीले सेलेक्सन कमिटीको सिफारिसमा बाबरलाई कप्तान नियुक्त गरेका हुन् । शान मसूद भने टेस्ट टिमका कप्तान रहनेछन् । विश्वकप-२०२३ मा पाकिस्तानको कमजोर प्रदर्शनपछि बाबरले नेतृत्व छाडेका थिए । भारतमा भएको विश्वकपमा पाकिस्तानले लिग चरणका नौ खेलमध्ये पाँचमा हार बेहोरेको थियो भने टिम सेमिफाइनल प्रवेश गर्न पनि असफल रह्यो । व्यक्तिगत रूपमा ब्याटबाट उनको प्रदर्शन पनि राम्रो रहेन् । उनले नौ खेलमा ३ सय २० रन मात्रै बनाए । त्यसैले बाबरमाथि कप्तानी छाड्ने चर्को दबाब रहेको थियो । बाबरले…

Read More

धनगढी : कर्णाली नदीमा मोटर बोट सञ्चालन गर्न रोक लगाएको छ । राष्ट्रिय निकुञ्जको क्षेत्रमा हुने दुर्घटना तथा विपद्मा समेत बोट प्रयोग गर्न नेपाली सेनाले रोक लगाएको हो। लम्कीचुहा नगरपालिकाले २०८० फागुन १८ गते स्काई बर्ड एड्भेन्चर स्पोट्स प्रालिलाई पत्र पठाएको थियो। नगरपालिकाले चिसापानी क्षेत्रमा हुने विपद् तथा दुर्घटनमा परेकाको उद्दारमा सहयोग गर्न मोटर बोट सञ्चालनको लागि माग गरेको छ। स्काई बर्डले २०८० चैत ४ गते बर्दिया राष्ट्रिय निकुञ्जलाई आवश्यक सहजिकरणका लागि भनेर पत्र पठाएको छ। उक्त पत्रमा लम्किचुहा नगरपालिकाको क्षेत्रमा बोट सञ्चालनको अस्थायी अनुमति माग गरिएको छ। पुल क्षेत्रमा विपद् तथा दुर्घटनाहरू हुन सक्ने भएकाले अस्थायी पार्किङ (पोट) स्थापनाका…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रको संसदीय दलले नयाँ समीकरणअनुसार सरकार बनाउन पहल गर्ने निर्णय गरेकाे छ। आइतबार संसदीय दलको बैठलले सो निर्णय गरेको हो। प्रदेश सभा सदस्य ओम विक्रम भाट सरलले केन्द्रको सत्ता समीकरण अनुरुप सुदूरपश्चिममा पनि सरकार निर्माण गर्न पहल गर्ने निर्णय गरिएको जानकारी दिए। २१ फागुनमा संघमा एमाले-माओवादीसहितकाे गठबन्धन बनेपछि २३ फागुनमा माओवादीले कांग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहीलाई दिएकाे समर्थन फिर्ता लिएकाे थियोे। शाहले २२ चैतभित्र प्रदेशसभामा विश्वासकाे मत लिनुपर्नेछ। शाहले आफ्नो पक्षमा बहुमत जुटाउन नागरिक उन्मुक्ति पार्टी(नाउपा) का सात मध्ये पाँच जनालाई मन्त्री बनाएका छन् तर नाउपाकाे आन्तरिक किचलाेले मुख्यमन्त्री शाह थप अप्ठ्यारोमा परेका छन्। कांग्रेसका १८ र…

Read More

धनगढी: नेपाल-भारत जोडिएको क्षेत्रमा भारतीय नागरिकको दिनदहाडै गोली हानेर हत्या भएको घटनामा प्रहरीले इनाम घोषणा गरेको छ। प्रहरीले उत्तराखण्डको उद्यमसिंह नगर प्रहरीले गोली हानेर हत्या गर्ने दुबै जनाको विषयमा जानकारी दिनेलाई इनाम दिइने जनाएको छ। प्रहरीले दुबैको बारेमा जानकारी दिनेलाई २५/२५ हजार भारतीय रुपैयाँ इनाम दिइने जनाएको हो। अदालतकै आदेशअनुसार इनाम तोकिएको पनि प्रहरीले जानकारी दिएको छ। यस्तै हिजोमात्रै अदालतले दुवै अपराधी (सुटर) विरुद्ध गैर-जमानती वारेन्ट जारी पनि गरेको छ।अस्ति (बिहीबार) नेपाल-भारत सीमा रहेको वनवासाबाट ३० किलोमीटर टाढा रहेको भारतीय सहर उद्यमसिंह नगर जिल्लाको नानकमत्तामा नानकमत्ता गुरुद्वाराका डेरा प्रमुख तरसेम सिंहको हत्या गरिएको थियो। प्रहरीका अनुसार हत्यारा सुटर बिलासपुर रामपुरका…

Read More

बैतडी,बैतडीमा बृहत भलिबल प्रतियोगिता सहित महोत्सव आयोजना हुने भएको छ । जिल्ला खेलकुद महासंघको आयोजनामा बृहत भलिबल प्रतियोगिताको तयारी भइरहेको प्रदेश रेफ्री एवं दशरथचन्द नगरपालिकाका खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए ।पुरुषतर्फ र महिलातर्फको पुरस्कार राशी समान ७७ हजार ७७७ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने घोषणा गरिएको छ । द्धतिय पुरस्कार ५५ हजार ५५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र, तृतिय पुरस्कार ४४ हजार ४४४ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र, सान्त्वना पुरस्कार ३३ हजार ३३३ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र अनुशासित टिमलाई ११ हजार १११ रुपैया नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने घोषणा गरिएको छ…

Read More

कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले लाखौँ मुल्य बराबरको तस्करीको सामान बरामद गरेको छ। भीमदत्त नगरपालिका–११ चौकीसत्ताबाट अन्दाजी एक लाख तीन हजार ७४५ मुल्य बराबरका चिटकनी, चरीको बिउ, गाडीको स्प्रे, काजु, लिज्जत पापड, किरानाका सामान र हार्डवेयरका सामान बरामद गरेको प्रहरीले जनाएको छ। बरामद गरेको सामान कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक हर्षबहादुर चन्दले बताए।

Read More

कञ्चनपुरः कञ्चनपुरको एक टेलर सिलाइ सेन्टरमा आगलागी भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–२ मा रहेको बलबहादुर छिनालको टेलर सिलाइ सेन्टरमा आगलागी भएको हो। बम्वै टेलर्स सिलाइ सेन्टरमा बिजुलीको तार सर्ट भएर शनिबार राति आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट पसलभित्र तयारी अवस्थामा रहेका कोट, सर्ट, पाइन्ट, कुर्ता सुरवाल लगायका सामान गरि करिब एक लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको अनुमान छ। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याउने काम भएको प्रहरीले बताएको छ।

Read More