Author: महेन्द्रनगर पोष्ट

धनगढी : दाङको घोराहीस्थित दामोदर चोकमा प्रहरीका सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेर पत्नी धनमाया थापाको हत्या गरे । धनमाया पनि प्रहरी जवान हुन् । सहायक हवल्दार झाँक्री कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा कार्यरत छन् । यमबहादुरले हत्या गर्ने ‘योजना’ बनाएर नै तालिम केन्द्रबाट पेस्तोल लगेको भेटिएको छ । प्रहरी सहायक निरीक्षक ‘असई’ भन्दा तलका प्रहरीले पेस्तोल बोक्न पाउँदैनन् । तर, यमबहादुरले जिन्सीमा कार्यरत हवल्दारलाई फकाएर पेस्तोल लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जको जिन्सी शाखाका हवल्दार विमल थापालाई निलम्बन गरिएको छ । नियमविपरित हतियार जिम्मा दिएको भेटिएपछि उनलाई निलम्बन गरिएको कर्णाली…

Read More

काठमाडौं : ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा समातिएका वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे दोषी ठहर भएका छन्। उनलाई घुस लिए बराबरको रकम बिगो जरिवाना हुने र तीन महिना कैद सजाय निर्धारण भएको विशेष अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए। पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पछि रोक्का भएको बैंक खाता सुचारु गर्न सेवाग्राहीसँग घुस लिएपछि अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। सोही मुद्दामा सरकारी साक्षीका रुपमा पेश गरिएका दैलेख नौमुलेका देवबहादुर थापाले प्रतिकूल बकपत्र गरेपछि अख्तियारले उनीविरुद्ध पनि मुद्दा चलाएको थियो। उनलाई पनि अदालतले दोषी ठहर गर्दै तीन महिना कैदसहित ३० हजार रूपैयाँ भराउन र उनीबाट ३० हजार…

Read More

धनगढी : दक्षिण कोरियाका एक जना चर्चित पादरीलाई यौन शोषणको आरोपमा पाँच वर्षको जेल सजाय सुनाइएको छ । सोलस्थित उच्च अदालतले ६७ वर्षीय पादरी चुन कि-वनलाई दोषी ठहर गर्दै जेल सजायको फैसला सुनाएको हो ।  उनीमाथि ६ जना बालिगलाई यौन शोषण गरेको आरोप थियो । त्यसमध्ये पाँच बालिगलाई यौन शोषण गरेको प्रमाण पाइएपछि अदालतले दोषी ठहर गरेको हो । उत्तर कोरियाबाट केहीलाई चोरेर दक्षिण कोरिया ल्याएका चुन देशकै प्रतिष्ठित र चर्चित पादरी मानिन्थे । उनलाई कतिपयले ‘हिरो पादरी’ समेत भन्थे । उनले ३० वर्ष यता हजारभन्दा बढी मानिसको उद्धार गरेको बताइन्छ । उनले विभिन्न शहरमा विद्यालय खोलेर विद्यार्थीहरुलाई निशुल्क शिक्षासमेत…

Read More

धनगढी : सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले मुख्यमन्त्री कमलबहादुर शाहको काठमाडौं गएको रेकर्ड ब्रेक गरेका छन्। मन्त्री शाहीले ११ महिनामा २३ पटक काठमाडौंको उडेर मुख्यमन्त्री शाहको रेकर्ड ब्रेक गरेका हुन्। आर्थिक मन्त्री शाहीले २०७९ सालको फागुन २२ गते देखि २०८० सालको माघको ८ गतेसम्मको २१ पटकको काठमाडौंको यात्राबापत कूल ५ लाख ६७ हजार ६६६ रकम टिकट र भत्ता बुझेका छन्। मुख्यमन्त्री कमल बहादुर शाहलाई काठमाडौं बढी जाने गरेको आरोप लागिरहेका बेला आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीको पनि काठमाडौं भ्रमण सार्वजनिक भएको हो। आर्थिक मामिला मन्त्रालयले मन्त्री शाहीले २१ पटक मात्रै काठमाडौं गएको विवरण दिए पनि, उनको पिएसओहरुको भ्रमण भने…

Read More

धनगढी : कैलालीको धनगढीबाट एक युवक लागुऔषध ब्राउन सुगरसहित समातिएका छन्। धनगढी उपमहानगरपालिका ३ डोकेबजारबाट वडा नम्बर २ बस्ने २३ वर्षीय नरेशबहादुर बोहरा पक्राउ परेका हुन्। बोहरामाथि शंका लागि चेकजाँच गर्दा २.५ सय मिलीग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। उनलाई नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)ले समातेको हो।

Read More

धनगढी : कैलाली र कञ्चनपुरबाट अवैध कुखुरा बरामद गरिएको छ। कैलालीको भजनी नगरपालिका–७ दक्षीणपुराबाट भन्सार छलिका अन्दाजी ८ हजार ४ सय मुल्य बराबरको ३५ के.जि. बोईलर कुखुरा शुक्रवार दिउँसो प्रहरले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–६ ङ गाँउबाट भन्सार छलिका अन्दाजी १५ हजार मुल्य बराबरको ५० के.जि. बोईलर कुखुरा आज (शुक्रवार) दिउँसो प्रहरीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको बोइलर कुखुरा नष्ट गरिएको छ।

Read More

काठमाण्डौ : एसीसी महिला प्रिमियर कपको सेमिफाइनल खेलमा नेपाल मलेसियासँग ४ पराजित भएको छ । मलेसियासँग पराजित भएसँगै नेपाल एसिया कप क्रिकेटमा छनोट हुन असफल भएको छ । नेपालले दिएको १ सय १६ रनको लक्ष्य मलेसियाले ६ विकेट गुमाएर अन्तिम बलमा भेटायो । मलेसियाकी इस्ला हन्टरले नट आउट ६९ रन बनाइन् । नेपालकी सीता राना मगर र कविता जोशीले समान २ विकेट लिइन् । यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय १६ रन बनायो । नेपालकी कप्तान इन्दु वर्माले २९, डोली भट्टले २५, कविता कुँवरले २३, रुबिना क्षेत्रीले २० रन बनाइन् । मलेसियाकी…

Read More

बैतडीः बैतडीमा रुखले च्यापिएर एक किशोरको मृत्यु भएको छ। शुक्रवार पाटन नगरपालिका–५ अड्तोलाका १९ वर्षीय प्रकाश पाण्डेयको आफैले काट्दै गरेको सल्लाको रुखले च्यापिएर मृत्यु भएको हो। घर नजिकैको जङ्गलमा सल्लाको रुख काटिरहेका पाण्डेय रुख ढल्दा च्यापिएर गम्भीर घाइते भएका थिए। उनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Read More

धनगढी: कञ्चनपुर बस्दा विवादित छवि बनाएका एसपी कमल थापा जिल्लामा आउने बेलादेखि जाने बेलासम्म विवादितै भए। थापा आएपछि तस्करी मौलाएको, स्पाहरुबाट रकम उठाएको, ठेकेदारसँग साँठगाँठ गरेकोदेखि पत्रकार धरपकड र प्रतिशोधपूर्ण रुपमा थुन्नेसम्मको आरोप लाग्यो। आएपछि पत्रकारलाई झण्डै थुनेर सुरु भएको थापाको कार्यकाल अहिले भने समाप्त भएको छ। एसपी थापाको स्थानमा अहिले प्रहरी प्रधान कार्यालयद्वारा नयाँ एसपी चक्रराज जोशी खटाइएका छन्। सरुवा हुनुभन्दा अगाडि भने एसपी थापाले मुद्दा शाखाकी इन्सपेक्टर बिनुकुमारी शाही र आफूलाई जोडेर फेसबुकमा पोष्ट र कमेन्ट लेख्नेहरुलाई मुद्दा नै चलाएका थिए। त्यसमा २ जना पत्रकारसहित पूर्व प्रहरी र नेतासम्मलाई थुनामा राखियो। तर अस्ति (बुधबार) भने सबैजना थुनामुक्त भैसकेका…

Read More

धनगढीः दाङमा एक प्रहरी सहायक हवल्दारले आफ्नै श्रीमतीलाई गोली हानी हत्या गरेका छन्। सम्बन्धमा खटपट हुँदा हिजो राति साढे ८ बजे सहायक हवल्दार यामबहादुर झाँक्रीले प्रहरीमै कार्यरत श्रीमती धनमाया थापामगरलाई गोली हानी हत्या गरेका हुन्। गोली प्रहारबाट गम्भीर घाइते भएकी धनमायाको उपचारको क्रममा ज्यान गएको थियो। सुर्खेतको पञ्चापुरी नगरपालिका–९, विद्यापुर घर भई हाल दाङको घोराहीस्थित वडा प्रहरी कार्यालयमा कार्यरत थापामगर घोराही उपमहानगरपालिका–१४, दामोदर चोकमा ड्युटीमा खटिएकी थिइन्। नेपाल प्रहरी आवासीय माविमा दरबन्दी भई कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्युठानका झाँक्रीले ड्युटीमै रहेको अवस्थामा श्रीमतीलाई गोली हानेका हुन्। भे १२ प ११५० नम्बरको पल्सर २२० मोटरसाइकलमा आएका उनी गोली प्रहार…

Read More