Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : सरकारले ४३ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । माघ अन्तिम साता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३३ जना सहसचिवको सरुवा तथा पदस्थापनको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो । सरुवामा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा गोपाल कोइरला, आर्थिक मामिला मन्त्रालयमा कमान सिहं खत्री, प्रदेश लोक सेवा आयोगमा पुष्कर न्यौपाने र सामाजिक विकास मन्त्रालयमा चक्रपाणी पाण्डे सहसचिव आएका छन् । JS-पदस्थापना-Merge-२०८०.१०.२४-short_watermarkDownload

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश स्वास्थ आर्पुति व्यवस्थापन केन्द्रका प्रमुख डाक्टर निरज अर्याललाई जिम्मेवारीबाट हटाउने निर्णय गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले बिहीबार अर्याललाई जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको सचिव शिवराम पोखरेलले जानकारी दिए । उनकाअनुसार मुख्यमन्त्रीस्तरीय बैठकले अर्याललाई दोहोरो जिम्मेवारीबाट हटाएर दरबन्दी भएकै स्थानमा पठाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । सेती प्रादेशिक अस्पतालमा वरिष्ठ रेडियोलोजिष्ट पदमा कार्यरत अर्याल प्रदेश स्वास्थ आपूर्ति व्यवस्थापन केन्द्रको निमित्त निर्दशकको जिम्मेवारीमा थिए । उनलाई सामाजिक विकास मन्त्रालयले उनलाई ३० फागुन २०७९ मा प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रको जिम्मेवारी दिएको थियो । तर अर्यालले भने प्रदेश सरकारले गरेको निर्णयविरुद्ध कानुनी उपचारमा जाने…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा मातहतका ११६ वटा प्रहरी कार्यालयहरूमा क्यूआर कोडको व्यवस्था छ । आम नागरिकले गुनासो, पिरमर्का, उजुरी तथा सुझाव लगायतका प्रहरी सेवासँग सम्बन्धित विषयमा आफ्नो सूचना दिन सक्ने क्यूआर (क्विक रेस्पोन्स) कोडको व्यवस्थालाई नेपाल प्रहरीले विस्तार गर्दै लगेको छ । तथ्यांकअनुसार क्यूआर कोडको व्यवस्था सबैभन्दा बढी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा मातहतमा देखिन्छ । हालसम्म देशभरका १ सय ८९ प्रहरी कार्यालयहरूमा क्यूआर कोडको विस्तार भएको छ । तीमध्ये नेपाल प्रहरी प्रधान कार्यालय उजुरी छानविन शाखामा १ वटा, काठमाडौं उपत्यका अन्तर्गत १२ वटा, कोशी प्रदेश अन्तर्गत २० वटा, मधेश प्रदेश अन्तर्गत १ वटा, बागमती प्रदेश अन्तर्गत…

Read More

धनगढी : बझाङका भुकम्प पिडित एक महिलालाई जीविकोपार्जनका लागि सहयोग गरिएको छ । युवा नेता बिष्णु ऐडीले थलारा गाउँपालिका-३ कुचकी सिद्धकला नेपालीलाई सिलाईकटाईको मेसिन सहयोग गरेका हुन । विपन्न परिवारकी सिद्धकलासंग सिप हुदाँहुदै पनि आर्थिक अभावका कारण सिलाईकटाईको मेसिन किन्न सकेकी थिइनन् । केही महिना अगाडी भुकम्प प्रभावितका टहरा निमार्णको क्रममा सिद्धकलाले आफ्ना समस्या सुनाएको र अहिले मेसिन सहयोग गरिएको युवा नेता ऐडीले बताए । यस्तै रुडुकको सहयोगमा जिल्लामा विभिन्न ठाउँका भुकम्प प्रभावितहरुलाई आश्वकताको आधारमा खाद्यन्न, ब्लाङकेट लगातयका सामाग्रीहरु सहयोग गरिएको उनले बताए । ऐडीले जिल्लामा भुकम्पबाट भत्कीएका विपन्न परिवारका घर टहरा निमार्ण अभियान सञ्चालन गर्दै व्यक्तिगत लगानिमा ठुल संख्यामा…

Read More

काठमाडौं: पछिल्लोसमय एकपछि अर्को व्यक्तिसँग नाम जोड्दै चर्चामा आउन खोज्ने धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका- ७ निवासी जानुका पाठक उर्फ ‘शोभा’ रहेकी विवादमा तानिएकी छिन्। ३१ वर्षीया शोभाले हालसम्म चौथोपटकसम्म बिहे गरिसकेको बताइन्छ। स्रोतका अनुसार हनीट्रयापरको आरोप खेपिरहेकी उनको पछिल्लो गतिविधि झन फैलिदै गएको छ। अहिले उनले विभिन्न व्यवसायी, राजनीतिक दलका नेता तथा सुरक्षाकर्मीसहित विशिष्ट व्यक्तिहरुसँगको सम्बन्ध सार्वजनिक गरिरहेकी छन्। त्यतिमात्र होइन, उनले कयौंसँग उठबस गर्दैै बार्गेनिङ तथा ब्ल्याकमेलिङ गर्नेसम्मका घटना सतहमा आएका छन्। जसका विभिन्न प्रमाणहरु महेन्द्रनगरपोष्टसँग पुगेका छन्। शोभाले सम्बन्ध राखेर कसै-कसैबाट मोटो रकम तथा जग्गा जमिन आफ्नो नाममा ल्याउने गरेको पाइएको छ। यस्तै शोभाले कानुनको दुरुपयोग गर्दै जवरजस्ती…

Read More

धनगढी: भारतको मुम्बई बम धमाकाका अभियुक्त अब्दुल करिम टुण्डाले सफाई पाएका छन्। सन् १९९३ मा भएको मुम्बई बम विस्फोटका अभियुक्त टुण्डाले बिहीबार सफाई पाएका हुन्। अजमेरको टाडा अदालतले सन् १९९३ मा देशका पाँच सहरमा भएका शृंखलाबद्ध बम विस्फोटको मुद्दामा आफ्नो फैसला सुनाएको हो। टुण्डा बम धमाकापछि केही वर्ष अगाडि नेपालमा आएर लुकेकोमा पोखराबाट समातिएका थिए। त्यसपछि महेन्द्रनगरको गड्डाचौकी, वनबासा नाका हुँदै भारत लगिएको थियो। उनलाई नेपाला र भारत २ देशका प्रहरीको समन्वयमा समातेर लगिएको थियो। सोही मुद्दामा अदालतले टुन्डालाई सफाइ दिएकोमा अन्य दुई जना हमेदुद्दीन र इरफानलाई आजीवन कारावासको सजाय सुनाएको छ। सन् १९९३ मा बाबरी मस्जिद ध्वस्त भएको वर्षगाँठमा…

Read More

महेन्द्रनगर: कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाको वडा नम्बर ११ मा बनाइएको आर्यघाट (मसानघाट) अलपत्र अवस्थामा छ। करिव ४ वर्ष अघिदेखि निर्माण थालेर बनाइएको आर्यघाट अहिलेसम्म पनि हस्तान्तरण नभएको र हाल अलपत्र बनेको हो। सो वडाका वडाध्यक्ष प्रकाश थापाका अनुसार महाकाली किनारमा बनाइएको उक्त आर्यघाटको निर्माण पनि सम्पन्न भएको छैन। ठेकेदार र कम्पनीको लापरबाहीले गर्दा आर्यघाट अलपत्र परेको स्थानीयहरुको गुनासो छ। यस्तै सो आर्यघाटको डीपीआर भएपछि पहिलो चरणमा ठेक्का भएकोमा देवीदत्त भट्टको शनिदेव कन्स्ट्रक्सनले ठेक्का पाएको थियो। ४ करोड बढीको बजेटमा निर्माणको काम थालिएकोमा पूर्ण हुन नसक्दा अलपत्र बनेको हो। यस्तै अध्यक्ष थापाले दोस्रोपटक पनि काम गर्न बजेट अएको तर पुरानो डीपीआर नै…

Read More

काठमाडौं: भारतस्थित उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी १ सय शक्तिशाली भारतीयको सूचीमा परेका छन्। इन्डियन एक्सप्रेसले जारी गरेको उक्त सूचीअनुसार मुख्यमन्त्री धामी १ सय शक्तिशाली भारतीयमध्ये ६१ औं नम्बरमा परेका हुन्। उनको मजबुत राजनैनिक र सामाजिक छविका कारण उनलाई सूचीमा राखिएको बताइएको छ। धामी गत वर्ष सबैभन्दा शक्तिशाली भारतीयको सूचीमा ९३ नम्बरमा थिए भने यस वर्ष उनी ६१ औं नम्बरमा पुगेका हुन्। विशेषगरि समान नागरिक संहिता विधेयक पारित भएपछि मुख्यमन्त्री धामीको पहिचान र छवि बढेको बताइन्छ। धामी नेपालको सुदूरपश्चिम नजिकै जोडिएको भारतीय राज्यका मुख्यमन्त्री हुन्।

Read More

धनगढी: कैलालीमा बलात्कार आरोपमा एक वृद्ध पक्राउ परेका छन्। आज (बिहीबार) १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप प्रहरीले वृद्धलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार टीकापुर नगरपालिका–१ शक्ति नगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बलात्कार आरोपमा पक्राउ गरिएको हो। चौधरीले ती नाबालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ। सो सम्बन्धमा जाहेरी आउने क्रममा रहेको र अहिले थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। चौधरीलाई ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले समातेको थियो।

Read More

धनगढी: बाजुरामा घर निर्माणको लागि जग खन्ने क्रममा माटोको ढिस्कोले च्यापिएर एक जनाको मृत्य भएको छ। जगन्नाथ गाउँपालिका-६ काप्रीस्थित आफ्नै भिनाजु दिर्घ सार्कीको घरको जग खन्ने क्रममा  एक्कासी माथिबाट माटोको ढिस्को आई कालिकोटको पलाता गाउँपालिका वडा नम्बर २ बस्ने १८ वर्षीय बिरेन्द्र सार्कीको बुधवार दिउँसो घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी जुड्डी बाजुराबाट प्रहरी टोली खटि आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More