Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेपाल-भारत जोडिएको क्षेत्रमा भारतीय नागरिकको दिनदहाडै गोली हानेर हत्या भएको घटनामा प्रहरीले इनाम घोषणा गरेको छ। प्रहरीले उत्तराखण्डको उद्यमसिंह नगर प्रहरीले गोली हानेर हत्या गर्ने दुबै जनाको विषयमा जानकारी दिनेलाई इनाम दिइने जनाएको छ। प्रहरीले दुबैको बारेमा जानकारी दिनेलाई २५/२५ हजार भारतीय रुपैयाँ इनाम दिइने जनाएको हो। अदालतकै आदेशअनुसार इनाम तोकिएको पनि प्रहरीले जानकारी दिएको छ। यस्तै हिजोमात्रै अदालतले दुवै अपराधी (सुटर) विरुद्ध गैर-जमानती वारेन्ट जारी पनि गरेको छ।अस्ति (बिहीबार) नेपाल-भारत सीमा रहेको वनवासाबाट ३० किलोमीटर टाढा रहेको भारतीय सहर उद्यमसिंह नगर जिल्लाको नानकमत्तामा नानकमत्ता गुरुद्वाराका डेरा प्रमुख तरसेम सिंहको हत्या गरिएको थियो। प्रहरीका अनुसार हत्यारा सुटर बिलासपुर रामपुरका…

Read More

बैतडी,बैतडीमा बृहत भलिबल प्रतियोगिता सहित महोत्सव आयोजना हुने भएको छ । जिल्ला खेलकुद महासंघको आयोजनामा बृहत भलिबल प्रतियोगिताको तयारी भइरहेको प्रदेश रेफ्री एवं दशरथचन्द नगरपालिकाका खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए ।पुरुषतर्फ र महिलातर्फको पुरस्कार राशी समान ७७ हजार ७७७ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने घोषणा गरिएको छ । द्धतिय पुरस्कार ५५ हजार ५५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र, तृतिय पुरस्कार ४४ हजार ४४४ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र, सान्त्वना पुरस्कार ३३ हजार ३३३ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र अनुशासित टिमलाई ११ हजार १११ रुपैया नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने घोषणा गरिएको छ…

Read More

कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले लाखौँ मुल्य बराबरको तस्करीको सामान बरामद गरेको छ। भीमदत्त नगरपालिका–११ चौकीसत्ताबाट अन्दाजी एक लाख तीन हजार ७४५ मुल्य बराबरका चिटकनी, चरीको बिउ, गाडीको स्प्रे, काजु, लिज्जत पापड, किरानाका सामान र हार्डवेयरका सामान बरामद गरेको प्रहरीले जनाएको छ। बरामद गरेको सामान कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक हर्षबहादुर चन्दले बताए।

Read More

कञ्चनपुरः कञ्चनपुरको एक टेलर सिलाइ सेन्टरमा आगलागी भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–२ मा रहेको बलबहादुर छिनालको टेलर सिलाइ सेन्टरमा आगलागी भएको हो। बम्वै टेलर्स सिलाइ सेन्टरमा बिजुलीको तार सर्ट भएर शनिबार राति आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट पसलभित्र तयारी अवस्थामा रहेका कोट, सर्ट, पाइन्ट, कुर्ता सुरवाल लगायका सामान गरि करिब एक लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको अनुमान छ। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याउने काम भएको प्रहरीले बताएको छ।

Read More

धनगढी : कञ्चनपुरबाट प्रहरीले लाखौँ मुल्य बराबरको तस्करीको सामान बरामद गरेको छ। भीमदत्त नगरपालिका–११ चौकीसत्ताबाट अन्दाजी एक लाख तीन हजार ७४५ मुल्य बराबरका चिटकनी, चरीको बिउ, गाडीको स्प्रे, काजु, लिज्जत पापड, किरानाका सामान र हार्डवेयरका सामान बरामद गरेको प्रहरीले जनाएको छ। बरामद गरेको सामान कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक हर्षबहादुर चन्दले बताए।

Read More

धनगढी : डोटीमा एक बालकको रुखमा च्यापिएर मृत्यु भएको छ। दाउराका लागि रुख काट्ने क्रममा आफैले काटेको बाँझको रुखमा च्यापिएर डोटीको सायल गाउँपालिका–२ खड्गडाका १४ वर्षीय तिलक बोहरा रुखले च्यापिएर घाइते भएका थिए। घाइते तिलकको डोटी जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Read More

धनगढी : धनगढीमा सम्पन्न दोस्रो संस्करणको कैलाली प्रिमियर लिग अन्तरपालिका टी- २० क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको छ। शनिवार सम्पन्न फाइनल भिडन्तमा डडेल्धुराकै परशुराम नगरपालिकामाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै आलितालले उपाधि जित्यो । उपाधिसँगै आलितालले २ लाख पुरस्कार पायो भने परशुरामले १ लाख पायो । जितका लागि पाएको १११ रनको लक्ष्य आलितालले १८.१ ओभरमा ९ विकेटको क्षतिमा पूरा गर्‍यो। जसमा दिलबहादुर बोहराले ३० र राजु रिजालले २२ रनको योगदान गरे। परशुरामका महेन्द्र धामीले ३ र कृष्ण विष्टले २ विकेट लिए। त्यसअघि फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको परशुराम १०७ रनमा समेटियो। उसका यश कठायतले ३२ र मान साउले २१…

Read More

धनगढी: नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पति रेशमलाल चौधरीको उनकी पत्नी एवं पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले स्वागत गरेकी छन्। आज (शनिबार) जापान यात्राबाट नेपाल फर्किएका रेशमलाई रञ्जिताले एयरपोर्टमै पुगेर स्वागत गरेकी हुन्। उनले स्वागत छ राजा भन्दै अंगालो हालेर रेशमलाललाई स्वागत गरिएको फेसबुकमार्फत जानकारी दिएकी छन्। पूर्वमन्त्रीसमेत रहेकी रेशमकी पत्नी र रेशमबीच पछिल्लोसमय सम्बन्धि बिग्रेको चर्चाका बीच उनले एयरपोर्टमै पुगेर स्वागत गरेकी हुन्। उनीहरूबीच राजनीतिक कारणले मतभेद छताछुल्ल भएकै बेला पारिवारिक सम्बन्ध पनि बिग्रेको बताइन्छ। केही समय अगाडि रेशमले पनि सोसल मिडियामै आन्तरिक मतभेद रहेको कुरा स्पष्ट पारेका थिए। स्मरण रहोस्, उनी रेशमकी दोस्री पत्नी पनि छन्। केन्द्रमा रेशमको…

Read More

धनगढी: धनगढीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। आज (शनिबार) धनगढी उपमहानगरपालिकाको वडा नम्बर ७ मा युवती मृत फेला परेकी हुन्। प्रहरी स्रोतका अनुसार बझाङ स्थायी घर भएकी २१ वर्षीया महेश्वरी गिरी भान्सामा झुन्डिएको अवस्थामा फेला परेकी हुन्। धनगढीकै ऐश्वर्य बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत गिरी ठुलबुवाको घरमा धनगढीमा बस्दै आएकी थिइन्।

Read More

धनगढीः नेपाली सेनामा सिपाही बेपत्ता हुने क्रम जारी नै छ। हाल सालैमात्र विभिन्न कारण देखाएर घर बिदामा निस्किएका दर्जन बढी सैनिक बेपत्ता भएका छन्। जसमा आफ्नो विवाहका लागि छुट्टी लिएर ब्यारेकबाट निस्किएका सिपाही रामबहादुर गुरुङ बेपत्ता भएका छन्। फागुन १४ गते हाजिर हुनुपर्ने उनको अहिलेसम्म अत्तोपत्तो छैन। स्रोतका अनुसार उनी विवाहका लागि भनेर ३० दिन बिदामा बसेका थिए। उस्तै सिपाही ब्राजिल चेमजोङ पनि कार्यालय फर्केका छैनन्। दुई दिन घर बिदामा बसेका उनी तीन सातादेखि गायव छन्। चितवनको भरतपुर नगरपालिका–१३ का सिपाही दिपेशबाबु थापा पनि गायव छन्। यस्तै सिपाही सूर्य सापकोटा, रोशन सुनार लगायतका सिपाही बेपत्ता भएको बताइन्छ।

Read More