Author: महेन्द्रनगर पोष्ट

काठमाडौ: लोक सेवा आयोगले परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै तीन जना परीक्षार्थीलाई कारबाही गरेको छ। आयोगले विभिन्न पदका लागि लिएको लिखित परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै तीन जनाको परीक्षा रद्द गरेको हो।  महेन्द्रनगरमा लिइएको परीक्षामा दिवाकर सापकोटालाई सहायक केन्द्राध्यक्ष र निरीक्षकले खाली पाना कलमले काट्नु भनेकोमा उत्तर पुस्तिकाको खाली पाना च्यातेको भन्दै परीक्षा रद्द गरेको आयोगले जनाएको छ।  त्यस्तै जलेश्वरबाट खरिदार पदका उम्मेदवार विनोद बाबु शर्माको समेत परीक्षा रद्ध गरेको छ। उनले उत्तर पुस्तिकामा सहयोगी लेखक र उम्मेदवार दुवैले उत्तर लेखेको भन्दै आयोगले परीक्षा रद्द गरेको हो। काठमाडौँमा लिइएको अमिनको परीक्षामा दाहिने कानमा इयरफोन लगाई मोबाइलबाट सम्पर्क गरी उत्तर लेखेको…

Read More

धनगढी : सुदुरपश्चिमको पर्यटन प्रवर्द्धन गर्न पुनः पोखरा-धनगढी सिधा हवाई सेवा सञ्चालन गर्नुपर्ने व्यावसायीहरूले माग गरेका छन्। पोखराबाट सुरु भएको जाउँ है पोखरा अभियानअन्तर्गत सोमबार पोखरा र धनगढीका पर्यटन व्यवसायीसहित विभिन्न संघ संस्थाका प्रतिनिधिबिच भएको छलफलमा सहभागीहरूले सो कुरा बताएका हुन्। सुदूरपश्चिमबाट भारतीयसहितका अन्य पर्यटकलाई लक्षित गरी धनगढी–पोखरा सिधा हवाई उडान पुनः नियमित सञ्चालन गर्न सके दुवैतर्फ पर्यटक भित्र्याउन सकिने व्यवसायीहरूले बताएका छन्। केही समयअघि धनगढी–पोखरा बुद्ध एयरलाइन्सले सिधा हवाइ उडान सुरु गरे पनि कोभिडपछि उक्त सेवा हाल स्थगित भएकोले पोखरा धनगढीको पर्यटन प्रवर्द्धन प्रभावित भएको व्यवसायीहरूको गुनासो छ। हवाई सेवा भएमा भारतको सीमावर्ती क्षेत्र उत्तराखण्डलगायतका क्षेत्रबाट आउने पर्यटकलाई सुदूरपश्चिम…

Read More

धनगढी : कैलालीमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्युु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत घाेडाघाेडी नगरपालिका-१ स्थित जंगल रिसाेर्ट नजिकै सुपप्र ०१०१० प ५०७० नम्बरको माेटरसाइकल दुर्घटना भएकाे प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा माेटरसाइकल चालक घाेडाघाेडी नगरपालिका-२ बिशाल चाेक बस्ने अन्दाजी ३० वर्षीय भाेजबहादुर शाहीकाे मृत्युु भएकाे हाे । गम्भीर घाइते भएका शाहीकाे उपचारका क्रममा धनगढीकाे निसर्ग अस्पतालमा मृत्यु भएकाे प्रहरीले जनाएको छ । माेटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएकाे प्रहरीकाे भनाइ छ ।

Read More

धनगढी: नेपाल प्रहरीका एक हवल्दारलाई भारतमा अभद्र व्यवहार गरिएको छ। मंगलबार कञ्चनपुर पारी नेपाल-भारत सीमाको बजार गौरिफन्टामा हवल्दारलाई अभद्र व्यवहार गरिएको हो। सुरक्षा स्रोतका अनुसार प्रहरी चौकी डोकेबजारमा कार्यरत प्रहरी हवल्दार विवेक कोलीलाई भारतीय क्षेत्रमा त्यहाँका स्थानीयले अभद्र व्यवहार गरेका हुन्। एक गुप्ता थरका तस्करले आफूलाई नेपालमा ती हवल्दारले चेकजाँच गर्ने गरेको निहुँमा भारतीय बजारमा अभद्र व्यवहार गरेको बताइएको छ। नेपाल प्रहरीको ड्रेसमै पारी छिरेका हवल्दारलाई अभद्र व्यवहार भएको हो। उनी आफन्तलाई बससम्म छोड्न गौरीफन्टाको बसपार्कसम्म पुगेका थिए। उनलाई त्यहीँबेला यस्तो भएको बताइन्छ। तर पछि त्यहाँको प्रहरीले निज अभद्र व्यवहार गर्नेलाई माफी मगाएर घटना मिलाएको बुझिएको छ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राति पनि  देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।   

Read More

धनगढीः डाक्टर गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना भएका छन्। मंसिर २९ गतेदेखि तीन दिन धनगढीस्थित कृष्णमन्दिरको धर्मशालामा अनशसन बसेका डाक्टर केसीलाई अनशसन तोडे लगत्तै उपचारका लागि अस्पताल भर्ना गरिएको हो। डाक्टर केसीको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले जानकारी गराए। स्वास्थ्य अवस्था सामान्य हुन थालेको भएपनि केही साता अघिमात्र शल्यक्रिया गरिएको भएर केही दिन सेतीमै राखेर निगरानी गरिने केसीका सहयोगी डाक्टर अमृत जोशीले बताए। सोमबार साँझ डाक्टर केसीलाई अस्पताल भर्ना गरिएको थियो।

Read More

कञ्चनपुरः कञ्चनपुरका उखु किसानले बाकी रहेको ३२ करोड रुपैयाँ अनुदान तत्काल भुक्तानी पाउने भएको छ । मंगलवार अर्थ मन्त्रालयले कञ्चनपुरका उखु किसानको दिन बाकी रहेको अनुदान रकम वितरण गर्न महालेखा नियन्त्रण कार्यालयलाई पत्राचार गरेपछि किसानले तत्काल भुक्तानी पाउने भएका हुन् । कञ्चनपुरका उखु किसानहरुले अनुदान रकम यसै हप्ता भित्र पाउने र उखुको रकम वृद्धि गर्ने सरकारले प्रस्ताव गरेको सुदुरपश्चिम् किसान हक हित समितिका अध्यक्ष हरेन्द्रसिँह विष्टले बताए।

Read More

काठमाडौँ: नेपाल वायुसेवा निगमको आम्दानी वृद्धि भएको छ । निगमको आम्दानी गत तिन वर्षमा दोब्बर भन्दा बढिले वृद्धि भएको महालेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ । निगमले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात् उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको र निगम बिस्तारै प्रगति उन्मुख भएर अगाडि बढेको पुष्टि गर्दछ । हालको बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढङ्गले बजारीकरण गरी अझै धेरै आम्दानी गर्नको लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकोले यस तर्फ आवश्यक कार्य योजना बनाई अगाडि बढ्ने कार्य भइरहेको छ ।’ निगमको कुल…

Read More

काठमाडौं : नेपाल प्रहरीको प्राविधिकतर्फ प्रहरी उपरिक्षक (एसपी) का लागि बढुवाको सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्राविधिक प्रहरी समूह इन्जिनियरिङ उपसमूहको सूचनाप्रविधि तर्फ रिक्त रहेको एसपीका लागि सोही समूहका डिएसपी दिपकराज अवस्थीलाई सिफारिस गरिएको छ ।

Read More

काठमाडौँ : सर्वोच्च अदालतले एनसेलको शेयर खरिदबिक्रीविरुद्ध परेको रिट निवेदनमा सरकारसँग कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले आज अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएर सरकारसँग कारणसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो । ‘दुवै पक्षलाई राखी छलफल गराउन उपयुक्त भएको देखिँदा सो प्रयोजनार्थ मिति २०८०-०९-१६ को पेसी तोकी पेस गर्नु’, आदेशमा भनिएको छ, ‘साथै, प्रस्तुत रिट निवेदनसँग सम्बन्धित सम्बद्ध निर्णय तथा पत्रहरू विपक्षी एनसेल आजियाटा लिमिटेड र नेपाल दूरसञ्चार प्राधिकरण, जमलको हकमा आफैँ वा आफ्नो कानुन व्यवसायीमार्फत र अन्य विपक्षीको हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत अन्तरिम आदेश जारी गर्ने वा नगर्नेसम्बन्धी…

Read More