Author: महेन्द्रनगर पोष्ट

अछाम: अछामको साँफेबगर नगरपालिका–५ नोवाठानामा एकजनाको मृत्यु भएको छ। मासुको सानो हड्डी घाँटीमा अड्किएपछि एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। शनिबार दिउँसो चैते अष्टमीको अवसरमा गाउँमा खसी काटेर मासु पकाइएको थियो। सोही मासु खाने क्रममा स्थानीय ४२ वर्षीय डम्मर बहादुर कुँवरको घाँटीमा मासुको सानो हड्डी अड्किएको थियो। हड्डी अड्किएलगत्तै उनी अचानक बेहोस भएका थिए। उनलाई तत्कालै उपचारका लागि बयलपाटा लैजाने प्रयास गरिए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

Read More

धनगढी: सुदूरपश्चिमको कैलालीस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ वाहिनी मुख्यालयले हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ। शुक्रवार २४ औं स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममार्फत बाहिनीपति तथा डीआईजी दीपक अधिकारीले विवरण सार्वजनिक गरे। उनले सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत सुदूरपश्चिमस्थित बाहिनीले आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न कार्यहरुको समष्टिगत प्रगति विवरण सार्वजनिक गरेका हुन्। जसमा उनले BIRD (Border Security, Internal Security, Revenue Support तथा Disaster Management) अवधारणालाई आत्मसात गर्दै सीमा सुरक्षा, आन्तरिक शान्ति, राजस्व सुरक्षण र विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिएको जानकारी दिए। प्राकृतिक विपद् व्यवस्थापनमा प्रभावकारी परिचालनडीआईजी अधिकारीका अनुसार सुदूरपश्चिममा बाढी, पहिरो, आगलागी, चट्याङ्ग लगायत विभिन्न…

Read More

धनगढी: बाजुराको बडीमालिका नगरपालिका–९ चौराटाका ४२ वर्षीय सूर्य विष्ट बाउली खोलामा मृत अवस्थामा फेला परेका छन्। तीन दिनदेखि सम्पर्कविहीन रहेका विष्टको शव नेपाल विद्युत प्राधिकरणको बाजुरा वितरण केन्द्र नजिकैको बाउली खोलामा भेटिएको हो। प्रहरीका अनुसार विष्ट सम्पर्कविहीन बनेको तेस्रो दिनमा उनको शव खोलामा फेला परेको हो। घटनास्थल नजिकै उनको मोबाइल फोन, एक जुत्ता र अर्को जुत्ता छुट्टाछुट्टै स्थानमा भेटिएको थियो। मोबाइल दुई दिनअघि ठूली साँगुमा, एक जुत्ता सडक किनारमा र अर्को जुत्ता खोलाको किनारमा फेला परेको थियो। शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। विष्टको शवलाई पोष्टमार्टमका लागि बाजुरा जिल्ला अस्पतालमा राखिएको छ भने घटनाको प्रकृति र कारणबारे थप…

Read More

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको निवासमा गएराति पुगेको प्रहरी टोलीको कार्यशैलीप्रति रास्वपाले कडा आपत्ति जनाएको छ। उच्च अदालत दाङको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएलगत्तै डिएसपी दीपक खड्काको नेतृत्वमा प्रहरी टोली बूढानीलकण्ठस्थित लामिछाने निवासभित्रै पुगेको थियो। रास्वपाका अनुसार प्रहरी टोली सभापतिको निजी शयनकक्ष (बेडरुम)सम्म पुगेको थियो र लामिछानेलाई पक्राउ गर्ने क्रममा ‘अन्तिम इच्छा के हो?’ भनी प्रश्न गरिएको थियो। सामाजिक सञ्जालमा रास्वपा नेताहरूले यस कार्यशैलीलाई ‘राणाकालीन शैली’ भन्दै आलोचना गरेका छन्। “अदालतको आदेश भन्दैमा यति अपमानजनक व्यवहार गर्नु जायज होइन,” रास्वपाका एक नेताले सामाजिक सञ्जालमा लेखेका छन्, “यो राजनीतिक प्रतिशोधको शैली देखिन्छ।” यसअघि…

Read More

धनगढी: बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएको छन्। शुक्रबार राति पौने ९ बजे दशरथचन्द नगरपालिका–११ नानीगाडस्थित देहीमाण्डौ– गिरेगडा भित्री सडक खण्डमा बीएसी ५६५९ नम्बरको बोलेरो जीप अनियन्त्रि भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर जीपमा सवार पञ्चेश्वर गाउँपालिका–५ बस्ने ५४ वर्षीय चंचले दयालको मृत्यु भएको छ। गम्भिर घाईते अवस्थामा जिल्ला अस्पताल पुगाइएका दयाललाई चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेका थिए। जीप चालकसहितका अन्य ३ जना भने घाइते भएका छन्। घाइते हुनेमा चालक पञ्चेश्वर गाउँपालिका–६ बिजुल बस्ने ३५ वर्षीय राकेश कोली, रोडीदेवल बस्ने ५२ वर्षीय लालिराम कोली र दशरथचन्द नगरपालिका–१० बाराकोट…

Read More

काठमाडौं: रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेका छन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा जाने आदेश दिएसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो। उनको निवास बूढानीलकण्ठबाट शुक्रबार साँझ रविलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई आजै बुटवल भैरहवा लगिने बुझिएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई शुक्रबार थुनामा पठाउने आदेश गरेको थियो। अब पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई भैरहवा जेलमा राखिने भएको छ। सहकारी ठगी तथा संगठित अपराधको मुद्दामा उच्च अदालत दाङको बुटवल इजलासले आज पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि अहिले काठमाडौँमा रहेका उनलाई भोलि…

Read More

धनगढी: सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी, कैलालीले सशस्त्रका ९ जना प्रहरी कर्मचारीलाई सम्मान एवं पुरस्कृत गरेको छ। शुक्रवार बाहिनीमा आयोजित बैद्यनाथ वाहिनी मुख्यालयको २४ औं स्थापना दिवसका अवसरमा उनीहरूलाई सम्मान गरिएको हो। सशस्त्र प्रहरी बल नेपालका एआईजी एवं सशस्त्र प्रहरी प्रधान कार्यालयका मानवस्रोत विभाग प्रमुख वंशीराज दाहालले उनीहरूलाई सम्मान पत्र प्रदान गरे। सम्मानित हुनेहरुमा २ जना एसपी र ३ जना डीएसपी लगायत छन्। उनीहरूलाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम १५७ को (ख) बमोजिम उत्कृष्ट कार्य गरेकोमा सम्मान दिइएको हो। यस्तै बाहिनीले अवकाशप्राप्त कर्मचारी र अन्य खेलाडी कर्मचारीलाई पनि सम्मानित गरेको जनाएको छ।

Read More

काठमाडौं: काठमाडौंको तीनकुने घटनामा संलग्न मुख्य कमाण्डर दुर्गा प्रसाईंको पक्राउका लागि नेपाल प्रहरीले प्रयास जारी राखेको जानकारी महानिरीक्षक (आईजी) दिपक थापाले दिएका छन्। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा तीनकुने घटनाबारे ब्रिफिङ गर्दै आईजी थापाले राज्यविरुद्धको अपराधमा २० जना र आपराधिक उपद्रव अन्तर्गत ५८ जनालाई मुद्दा दर्ता गरिएको बताए। समिति सभापति रामहरि खतिवडाले “कुल समातियो, मुल समातिएन?” भन्ने प्रश्नमा आईजी थापाले गृहमन्त्रीसँगको सहकार्यमा कानुनी प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिए। दुर्गा प्रसाईं पक्राउ नदिनका लागि योजनाबद्ध रूपमा भागेको र उनको खोजी जारी रहेको पनि बताए। ‘हामीले त्यही दिन रातभरी पनि टेक्निकल्ली र म्यानुअल्ली रातभर हेर्‍यौं। स्टेप बाइ स्टेप भागेको…

Read More

कञ्चनपुर: सवारी दुर्घटनामा पक्राउ परेका चालकको रिहाइको माग गर्दै कञ्चनपुरका यातायात मजदुरहरू आन्दोलनमा उत्रिएका छन्। बिहीवारदेखि जिल्लाका सवारी मजदुरहरूले महेन्द्रनगर बसपार्क र पूर्वपश्चिम महेन्द्र राजमार्गका विभिन्न स्थान अवरुद्ध पारेका छन्। गत माघ १९ गते महेन्द्रनगरबाट धनगढी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ४४७ नम्बरको बसले कृष्णपुर नगरपालिका–२, बंकमा सोही दिशामा आइरहेको प्रदेश ३०२०१२ प ९४०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा मोटरसाइकल चालक सनत रेग्मी र सवार कमलकान्त जोशी सामान्य घाइते भएका थिए। उनीहरूको उपचार धनगढीस्थित निसर्ग अस्पतालमा गरी घर फर्काइएको छ। तर, डिस्चार्ज भइसकेका जोशीले इलाका प्रहरी कार्यालय झलारीमा अंगभंगको मुद्दा दर्ता गरेपछि चालकलाई प्रहरीले पक्राउ गरी पुर्पक्षका…

Read More

धनगढी: नेपाल सरकारका गृहमन्त्रीसमेत रहेका रमेश लेखकको गृहजिल्लामा सिडिओ जिम्मेवारी हेरफेर गरिएको छ। स्रोतका अनुसार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटालाई गृह मन्त्रालयमा तानिएको हो। उनलाई मन्त्रीको निर्देशनमा गृह मन्त्रालयमा तानिएको र मन्त्रालयमा कार्यरत सहसचिव लक्ष्मण ढकाललाई कञ्चनपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको जनाइएको छ। यस्तै सुदूरपश्चिमको अर्को जिल्ला दार्चुलाका यज्ञराज जोशीको पनि गृह मन्त्रालयमा सरुवा भएकोमा दार्चुलामा अनिल पौडेललाई सिडिओको जिम्मेवारी दिएर खटाइएको छ।

Read More