काठमाडौं: नेकपा (माओवादी केन्द्र) ले प्रदेशमा सह इन्चार्जको पद नराख्ने निर्णय गरेको छ। चैत १८ र १९ मा पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। जसअनुसार सुदूरपश्चिमको हकमा खगराज भट्ट र विना मगर प्रदेश सह इन्चार्जको जिम्मेवारीबाट हटेर प्रदेश समन्वय कार्यालय सदस्यको जिम्मेवारीमा झरेका छन्। बैठकले प्रदेश सह इन्चार्ज रहेका नेतालाई प्रदेश समन्वय कार्यालयको सदस्य निरन्तर कायम राख्ने र प्रदेश समन्वय कार्यालयले नै ठोस कार्य जिम्मेवारीको विभाजन गर्ने निर्णय गरेको पार्टीका पदाधिकारी, स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य तथा प्रदेश कमिटीलाई परिपत्र गरिएको छ। साथै प्रदेश समन्वय कार्यालय बिस्तार गर्नुपर्ने देखिएमा प्रदेश समन्वय कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: कैलालीको गोदावरी नगरपालिकाको खैराना खोलामा धमाधम अवैध रुपमा उत्खनन भैरहेको खुलेको छ। जिल्ला प्रशासन कार्यालयका प्रमुख सिडिओ गोगन बहादुर हमालसहितको टोलीले छड्के अनुगमन गर्ने क्रममा सो कुरा खुलेको हो। हिजो (आइतबार) हमालसहितको टोलीले अनुगमन गर्दा अवैध उत्खनन भैरहेको भेटिएकोमा केही मेसिन र मानिस नियन्त्रणमा लिइएको सिडिओ हमालले जानकारी दिए। उनका अनुसार ठेकेदारले मापदण्डविपरीत उत्खनन नगर्न हुने स्थानमा रोयल्टी उत्खनन गरिरहेको पाइएको थियो। त्यसपछि त्यहाँ उत्खननमा प्रयोग भएका जेसिबी र टिप्पर प्रहरीले नियन्त्रणमा लिएको हो। मालाखेती प्रहरीका प्रमुख डीएसपी गङ्गा थापाले खैरानाबाट ठेकेदारको बदमासीपछि २ वटा २ जेसिबी र एउटा टिप्परसहित मान्छे पनि समातिएको जानकारी दिए। उनका अनुसार अब सो…
धनगढी: धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन नजिकिँदै गर्दा नेपाल विद्यार्थी संगठनमा बिद्रोह गर्दै स्वतन्त्र विद्यार्थी एकता समूहबाट अध्यक्ष पदमा उम्मेदवारी दिएकी अम्बिका चौधरीले गम्भीर आरोप सार्वजनिक गरेकी छिन्। उनले आफ्नो समूहका केही उम्मेदवारहरूलाई अराजक तत्वहरूले ज्यान मार्ने धम्की दिएर अपहरण गर्ने नियतले उम्मेदवारी फिर्ता गराएको बताएकी छन्। यस्तै आफूलाई पनि लोभलालच देखाउनेदेखि धम्क्याउने र डराउनेसम्मको क्रियाकलाप गरिएको उनको ठहर छ। उनले फेसबुकमार्फत सो कुरा सार्वजनिक गरेकी छन्। “म अत्यन्त दुःखी छु तर डराएको छैन, हिम्मत हारेकी छैन,” चौधरीले एक अपिलमार्फत भनिन्, “मलाई पनि पटक–पटक धम्की, लोभ र प्रलोभन दिइयो तर म अडिग रहेँ।” उनले क्याम्पसका विद्यार्थीहरूलाई आह्वान…
धनगढी: बाजुराको बुढीगंगा नगरपालिका- २ का ३१ वर्षीय शङ्करबहादुर थापा। जसका सुनौला सपना, रहर र योजना थिए होलान्। तर उनका सबै सपना, योजना र रहर उनीसँगै अकालैमा समाप्त भएका छन्। पेशाले असिस्टेन्ट फर्मासिस्ट (स्वास्थकर्मी) समेत रहेका उनै थापाको अकालमै निधन भएको हो। पारिवारिक स्रोतका अनुसार थापाको उपचार सम्भव नभएर अकालमै घरमा ज्यान गएको हो। करिब २ वर्ष अगाडिमात्रै उनी काठमाडौंमा बस्दै आएकोमा आमाको उपचारका क्रममा वीर अस्पताल पुगेका थिए। त्यस बेला उनलाई ज्वरो आयो। त्यसपछि चेकजाँच गर्दा उनलाई अचानक क्यान्सर भएको थाहा भएको थियो। त्यसपछि आर्थिक स्रोत जुटाएर निरन्तर उपचार थालिएकोमा नेपालमा उपचार सम्भव नभएको भन्दै दिल्लीमा उपचार थालिएको थियो।…
काठमाडौं: भारतीय राजनीतिज्ञ तथा नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) का भारतीय संयोजक भगत सिंह कोशियारी आज नेपाल भ्रमणमा आइपुग्ने कार्यक्रम स्थगित भएको छ। स्वास्थ्य समस्याका कारण उनी आज आउने कार्यक्रम रद्द भएको हो। ८३ वर्षीय कोशियारी भारतीय जनता पार्टी (भाजपा) निकट राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का वरिष्ठ नेता हुन्। उनी यसअघि भारतको महाराष्ट्र राज्यका गभर्नर तथा उत्तराखण्ड राज्यका मुख्यमन्त्री समेत भइसकेका छन्। सन् २००८ देखि २०१४ सम्म राज्यसभाका सांसद रहेका कोशियारीलाई भारतीय राजनीतिक वृत्तमा प्रभावशाली नेताका रूपमा चिनिन्छ। कोशियारी नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) का सदस्य तथा संयोजक समेत हुन्। उक्त समूहले नेपाल–भारत सम्बन्ध सुधारका लागि प्रतिवेदन तयार पारेको लामो…
धनगढी: नेकपा एकीकृत समाजवादी पार्टीका डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेका स्वकिय सचिव हेमन्त रेग्मीले धनगढी एयरपोर्टको जग्गा काण्डमा संलग्नता नरहेको दाबी गरेका छन्। उनले महेन्द्रनगरपोष्टलाई खण्डन पठाउँदै धनगढी विमानस्थलसँग जोडिएको जग्गाको सेटिङ प्रकरणमा आफ्नो भूमिका नरहेको बताएका हुन्। यस्तै उनले यस्तो कार्यमा आफ्नो परिवारका सदस्यहरुको पनि कहीं कतै संलग्नता नभएको जनाएका छन् भने धनगढी विमानस्थल वरपर कहीं कतै आफ्नो तथा परिवारका कुनै पनि सदस्यको नाममा १ धुरसम्म पनि जग्गा नभएको जिकिर गरेका छन्। यस अगाडि महेन्द्रनगरपोष्टले धनगढी एयरपोर्ट बनाउने भन्दै आले समूहको ‘अर्बको सेटिङ’, बैंकदेखि अख्तियारसम्म कनेक्सन शीर्षकमा समाचार प्रकाशन…
धनगढी: बिसु पर्व नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ। घर लिपपोतदेखि रोजगारी, शिक्षालगायतका प्रयोजनका लागि बाहिर रहेकाहरु घर फर्केने क्रम बढेसँगै चहलपहल बढेको हो। बिसु पर्व सुदूरपश्चिमेलीले धुमधामसँग मनाउँछन्। बिसु पर्व आउनुपूर्व नै सुदूर पहाडका घर रातो माटो र कमेरो माटोले रंगिन थालेका छन्। नयाँ वर्ष आउनुभन्दा पहिले नै घर लिपपोत गरेमा वर्षभरी नै सुख, शान्ति र समृद्धि कायम हुन्छ भन्ने जनविश्वास रहेको पण्डित करुणाकर अवस्थी बताउछन्। चैत सुरु भएदेखि नै घर लिप्ने र पोत्ने काम सुरु हुन्छ भने यो काम चैत महिनामा नै सक्नुपर्छ। पाटन नगरपालिका–१० का सीता भट्टले लगभग तीन घण्टा हिँडेर कमेरो र रातोमाटो ल्याइ घर लिपेको बताईन्।…
धनगढी: कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अनेरास्ववियुका अशोक गौतम विजयी भएका छन्। क्याम्पसको आईतबार प्रकाशित नतिजा अनुसार गौतम ६७० मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी अखिल क्रान्तीकारीका गणेश भण्डारीले ४२८ मत ल्याए। शनिबार भएको मतदानमा अखिल क्रान्तिकारीका भण्डारी अध्यक्ष रहेको प्यानलले अन्य तीन सङ्गठनलाई समेटेर संयुक्त प्यानल बनाएको थियो भने नेपाल विद्यार्थी सङ्घसहितको संयुक्त प्यानलबाट अनेरास्ववियुका गौतम अध्यक्षमा थिए। यस्तै अनेरास्ववियूका यामबहादुर खत्रीको छुट्टै प्यानल थियो। निर्वाचनबाट सचिवमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का प्रविण भण्डारी ५५५ मत ल्याएर विजयी भए। उनीसँग नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूका भुवनराज जैसी ४९० मत ल्याउँदै पराजित भए। उता कोषाध्यक्षमा अनेरास्ववियुका सञ्जीवकुमार चौधरी…
काठमाडौं: भारतीय राजनीतिज्ञ तथा नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) का भारतीय संयोजक भगत सिंह कोशियारी आज नेपाल भ्रमणमा आइपुग्ने भएका छन्। उनी आज दिउँसो पौने २ बजे एअर इण्डियाको उडानमार्फत नयाँ दिल्लीबाट काठमाडौं आउन लागेको स्रोतले जनाएको छ। ८३ वर्षीय कोशियारी भारतीय जनता पार्टी (भाजपा) निकट राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का वरिष्ठ नेता हुन्। उनी यसअघि भारतको महाराष्ट्र राज्यका गभर्नर तथा उत्तराखण्ड राज्यका मुख्यमन्त्री समेत भइसकेका छन्। सन् २००८ देखि २०१४ सम्म राज्यसभाका सांसद रहेका कोशियारीलाई भारतीय राजनीतिक वृत्तमा प्रभावशाली नेताका रूपमा चिनिन्छ। कोशियारीसँगै भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारका प्रमुख सल्लाहकार पनि सोही उडानमार्फत काठमाडौं आउँदै छन्। यिनीहरूको भ्रमणलाई…
धनगढी: गौरीगङ्गा नगरपालिका–९ का आइते भुल बिहानै कामका लागि घरबाट निस्कन्छन्। ज्यालादारी गरेर जीविकोपार्जन गर्ने उनलाई अचेल खाली हात बस्नुपरेको छैन। गौरीगङ्गा साझेदारी वनमा काम पाएपछि भुल काम गर्नमै व्यस्त छन्। उनी भन्छन्, ‘एक हप्ताभन्दा बढी भयो काठ दाउरा काट्ने काम पाएको छु, दैनिक एक हजार आम्दानी भइरहेको छ।’ घोडाघोडी–८ का रजुल चौधरी पनि आजभोलि साझेदारी वनको काममै व्यस्त छन्। ‘खाली बसिरहेको थिएँ, अहिले काठदाउरा काट्ने काम गरिरहेको छु,’ उनी भन्छन्। आइते र रजुलजस्तै गौरीगङ्गा साझेदारी वनमा ८० जनाभन्दा बढीले रोजगारी पाएका छन्। काठ काट्नेले दैनिक रु एक हजार आम्दानी गरिरहेका छन्। गौरीगङ्गा–१० का सागर धामी भन्छन्, ‘मासिक तलबमा काम…