Author: महेन्द्रनगर पोष्ट

धनगढी : धनगढी हसनपुरमा रहेकाे गाेठालाे डेरीले प्रेम सप्ताह नयाँ तरिकाले मनाईरहेकाे छ।  आजसम्म प्रेम सम्बन्धमा नरहेका युवायुवतीका लागि उक्त अफर ल्याएकाे हाे।  आफ्ना ग्राहकहरुकाे चिया र केकले मन जित्दै आएकाे गाेठालाेले पछिल्लो समय आफ्ना सेवाहरुमा छुट अफरहरु दिँदै आएकाे छ।  गाेठालाेमा आउने ग्राहकहरुले फारम भरेर गाेठालाेका प्रतिनिधिले प्रमाणित गरे ग्राहकलाई एक कप चिया फ्रि दिने अफर ल्याएकाे गाेठालाेले जनाएकाे छ। गाेठालाेले प्रेम सप्ताहभर गाेठालाेकाे केकमा १० प्रतिशत र अन्तिमदिन (भ्यालेन्टाइन्डे) काे दिन २० प्रतिशत छुटकाे पनि व्यवस्था गरेकाे छ। गाेठालाेले काम गर्ने शैलीकै कारण मन्त्री, मेयर, सांसद तथा अन्य ग्राहकहरुकाे हाैसला पाइरहकाे छ।

Read More

डडेल्धुरा : डडेल्धुरा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  विशेषज्ञसहितको एकदिने निः शुल्क स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको हो । काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग, डडेल्धुरा अस्पताल व्यवस्थापन तथा अमरगढी नगरपालिकाको आयोजनामा बृहत स्वास्थ्य शिवीर आयोजना गरिएको थियो । शिविरमा १ हजार ५ सय  जनाले सेवा लिएका आयोजक अमरगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश बिष्टले जानकारी दिए  ।  शिविरमा स्वास्थ्य परीक्षण गर्दा केहिमा जटिल समस्या देखापरेकाले उनीहरुको काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।  शिविरमा जनरल मेडिसिन, स्त्री तथा प्रसुती रोग सेवा, बाल रोग सेवा, शल्यक्रिया, हाडजोर्नी तथा नशा रोग, छाला तथा यौन रोग,…

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले अध्यागमन अधिकृतलाई हातपात गर्ने तीनजना प्रहरीलाई पुरस्कृत गरेका छन् । विमानस्थलमा खटिएका प्रहरी नायब निरीक्षक प्रकाश चौधरी, प्रहरी सहायक निरीक्षक सन्जय तामाङ र प्रहरी जवान रविजंग गुप्तालाई नगद पुरस्कारले पुरस्कृत गरेका हुन् । चौधरीलाई १२ सय, तामाङलाई ११ सय र गुप्तालाई ८०० रुपैयाँले पुरस्कृत गरेका छन् । विमानस्थल स्रोतका अनुसार डीआईजी चन्दले पुरस्कृत प्रहरीको अभिलेख राष्ट्रिय प्रहरी किताब खानामा हुने गरी पत्र पठाएका छन् । अध्यागमन विभागका शाखा अधिकृतलाई सुरक्षा जाँच गर्ने क्रममा विवाद भएको थियो । विवादकै क्रममा हातपात भएको थियो । सोही घटनामा छानबिन गर्न गृह मन्त्रालयले…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा नागरिक उन्मुक्तिका दुई सासंद मन्त्री र राज्यमन्त्री छन् । उनिहरु कार्यालय उद्घाटनकै लागि लफडा गर्छन् । बिहीबार मन्त्रालयकै छेउमा रहेको सहकारी रजिस्टार प्रशिक्षण कार्यालयको नवनिर्मित भवन उद्घाटन भयो । सो भवन मन्त्री रामेश्वर चौधरीले उद्घाटन गरे । तर मन्त्रालयकै आँगनमा गरिएको कार्यक्रममा आफूलाई नबोलाएको भन्दै राज्यमन्त्री कैलाश चौधरी फायर भए । उनले आफुलाई बेवास्ता गरिएको गुनासो गरे । राज्यमन्त्री चौधरीले भने, ‘म कार्यालय पुग्दा तामझाम देखे । कार्यक्रम सुरु हुँदै गर्दा मात्रै थाहा पाए भवनको उद्घाटन कार्यक्रम रहेछ । मन्त्रालयको कार्यक्रम रहेछ । मलाई एक घण्टा अगाडि वा एक दिन…

Read More

काठमाडौं : सिजी चाँदबाग रेसिडेन्सीको नाममा पुगेको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता ल्याउन सरकारले प्रक्रिया थालेको छ । बिहीबार भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले चाँदवाग रेसिडेन्सी प्रालि (तत्कालीन च्याम्पियन फुटवेयर प्रालि) सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई म्याद बुझाएको छ ।जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष ठाकुर, सञ्चालक अरुणकुमार चौधरी र तत्कालिन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी प्रमुख अजितनारायण सिंह थापा बुधबार हाजिर जमानीमा रिहा भएका छन् । भूमिसुधार कार्यालय काठमाडौंका मालपोत अधिकृत बोगराज शर्मा कट्टेलका अनुसार कार्यालयका कर्मचारी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रतिनिधिले बिहीबार ग्रान्डी अस्पतालमा पुगी ठाकुरलाई बाटोको म्यादबाहेक २१…

Read More

रोल्पा : सर्वोच्च अदालतको फैसलाविपरीत रोल्पाको माडी गाउँपालिकाले फाल्गुन १ गते सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै ‘जनयुद्ध दिवस’को अवसरमा फाल्गुन १ गते मंगलबार सार्वजनिक बिदा दिएको जनाएको हो । प्रमुख प्रशासकीय अधिकृत युवराज परियारले जारी गरेको सूचनामा भनिएको छ,‘माडी गाउँपालिका, गाउँ कार्यपालिकाको मिति २०८०।१०।१७ गतेको निर्णयानुसार ‘जनयुद्ध दिवसको उपलक्ष्यमा २०८० फाल्गुन १ गते मंगलबारका दिन माडी गाउँपालिका मातहत रहेका सरकारी कार्यालय तथा विद्यालयहरुमा सार्वजनिक बिदा दिने’ निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ यसअघि सर्वोच्च अदालतले ‘जनयुद्ध’ शब्दलाई संविधानले मान्यता दिएको वा पहिचान गरेको अवस्था नदेखिएको प्रस्ट पारेको थियो…

Read More

धनगढी : दार्चुलाको महाकाली नगरपालिका र नगर प्रमुखविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । महाकाली नगरपालिका–५ का स्थानीयहरुले जिल्ला अदालत दार्चुलामा मुद्दा दायर गरेका हुन् । स्थानीयहरुलाई जानकारी नदिएर महाकाली नगरपालिकाले आफ्नो मनोमानी ढङ्गले गाउँमा असर पर्नेगरी महाकाली नदीबाट बालुवा, गिट्टी उत्खनन् गर्न टेन्डर आह्वान गरेको भन्दै स्थानीयहरुले पालिका र नगरप्रमुख नरसिंह चैसिरविरुद्ध मुद्दा दर्ता गराएको स्थानीय भोजराज बडूले जानकारी दिए । स्थानीयहरुको सहमति बिना एक्लौटी रुपमा नगरपालिकाले टेन्डर खोलेको वडा नम्बर ५ का स्थानीय शेखर चन्द्र भट्टले बताए । ‘नजिकको सरकार भनेको स्थानीय सरकार हो, स्थानीय सरकारले नै हामीमाथि अन्याय गरेको छ । राजनीतिक पुर्वाग्रह राखेर हामीमाथि घात भएको…

Read More

डडेल्धुरा : माघ २३ गते बझाङको बित्थडचिर गाउँपालिका–१ का मोहनबहादुर बोहराको नेपाल टेलिकमको सिम एक्कासी बन्द भयो। उक्त सिम उनको आफ्नै नाममा थियो। प्राविधिक कारणले भएको आशंका गरेका बोहराको सिम मात्रै बन्द भएन बैंक खाता नै रित्तो भयो। अनि झस्किए बोहरा। उक्त मोबाइल नम्बरबाट नविल बैंकको मोबाइल बैंकिङ एप चलाएका थिए, उनले। डडेल्धुरामै रहेका बोहरा एक्कासी सिम बन्द भएर खातामा भएको पैसा रित्तिएपछि टेलिकम डडेल्धुराको अफिसमा पुगे। र, थाहा पाए, अज्ञात व्यक्तिले उनको नाम र मतदाता नामावलीको प्रमाणपत्र दुरुपयोग गरेर सोही नम्बरको सिम निकालेको। उनको नविल बैंकको खातामा रहेको ७२ हजार एक सय रूपैयाँ इ(सेवा वालेटमा ट्रान्सफर भएको देखिएको छ।…

Read More

धनगढी : १५ वर्षपछि घर फर्किएका युवकको घर फेला पार्न प्रहरीलाई कठिन भएको छ। दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुर घर बताउने १८ वर्षीय दीपक चौधरीको घर र अभिभावक प्रहरीले तीन दिनदेखि खोजिरहेको छ। प्रहरीले उनको तस्बिरसहित सूचना पनि जारी गरेको थियो। तर अझै पनि उनको घर र परिवार फेला नपरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए।भारतीय प्रहरीले दीपकलाई कैलाली प्रहरीको जिम्मा लगाएको थियो। कैलाली प्रहरीले उनलाई दाङ पठाएको हो। ‘उहाँ सोमबार दाङ आउनु भएको हो,’ डिएसपी मल्लले भने, ‘उहाँले भनेका ठाउँहरूमा हामीले तीन दिन घुमाउँदा पनि उहाँको घर तथा अभिभावक पत्ता लगाउन सकेका छैनौं।’ उनी सानो…

Read More

धनगढी : यो वर्षको ‘भ्यालेन्टाइन डे’ आउन अझै ६ दिन बाँकी छ । पश्चिमा संस्कृतिअनुसार फेब्रुअरी १४ का दिन प्रणय दिवस मनाइन्छ । पछिल्लो समय विशेषगरी युवा पुस्तामा निकै लोकप्रिय बन्दै गएको यो दिवस विश्वका अधिकांश मुलुकमा मनाइन्छ । टीन एजरले प्रेम प्रस्ताव राख्ने भनिएको सो दिन विवाहित जोडीले प्रेम साटासाट गर्ने चलन छ । सोही क्रममा मुलुककै पहिलो मीस नेपाल रुवी राणाले श्रीमानसँग चुम्बन गरेको फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छन् । चुम्बनको फोटोसँगै अंग्रेजीमा लेखिएको छ, ‘भ्यालेन्टाइन इन धमाका एड्भान्स । नो म्याटर हाउ पुअर मेन्टालिटी रियाक्टस बट वी आर इन लभ अल्वेज एण्ड अल्वेज ।’

Read More