काठमाडौं: निरन्तरको झरिले पहिरो खस्दा सुदूरपश्चिमस्थित बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जयपृथ्वी राजमार्गको जालेबगर र तमैलमा पहिरोसँगै सडक माथिबाट ठूल्ठूला ढुगां खसेपछि राजमार्ग अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय बझाङले अहिले जालेबगरको पहिरो स्काभेटर लगाएर पन्छाउने काम भइरहेको जनाएको छ। तमैलमा भने मेसिनले हटाउन नसक्ने ठूला ढुंगा खसेको कारण वैकल्पिक उपायको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिए। बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र राजमार्ग बन्द भएपछि जिल्लाभरीको आवागमन प्रभावित भएको छ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडाैं: सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेभसाईटट ह्याक भएको छ। शुक्रवार बिहान १०:३० मा वेभसाईट ह्याक भएको हो। कार्यालयका सूचना अधिकारी जगदीशप्रसाद जोशीका अनुसार साइट ह्याक भएपछि अहिले हेर्न नमिल्ने भएको छ। वेभसाईट ह्याक भएको थाहा हुनासाथ सूचना प्रविधि विभाग काठमाडौंमा खबर गरेर साइट रिकभर गर्ने काम भइरहेको सूचना अधिकारी जोशीले बताए। अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को साइट खोल्दा ‘ह्याक्ड बाइ क्याप्टेन स्मोक थ्री आर’ लेखिएको देख्न सकिन्छ।
धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले तत्काल राजीनामा नदिने बताइएको छ। केन्द्रीय सत्ता समीकरणमा आएको फेरबदलसँगै प्रदेश राजनीति पनि प्रभावित भएका बेला नेकपा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिएको छ। समर्थनमात्रै होइन, एमालेका तर्फबाट बनेका मन्त्रीहरुले राजीनामा नै दिएका छन्। योसँगै मुख्यमन्त्री स्पष्ट अल्पमतमा परेका छन्। तर मुख्यमन्त्रीको सचिवालयले भने सोडारीले तत्काल राजीनामा नदिने जनाउँदै सुदूरपश्चिम पुगेर विश्वासको मत लिने जनाएको छ। त्यसका लागि मिति तय नभए पनि ३० दिनभित्र त्यस्तो प्रस्ताव संसदमा राखिने सचिवालयको दाबी छ। सचिवालय भन्छ, ‘मुख्यमन्त्रीले राजीनामा दिनुहुन्न, ३० दिन पनि कट्दैन। संवैधानिक प्रावधानअनुसार संसद फेस गर्नुहुन्छ। राजीनामा दिने त्यस्तो केही कुरा छैन।’ मुख्यमन्त्री सोडारी भने…
काठमाडौं : ‘सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ ले गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र आईजीपी बसन्तबहादुर कुँवर संग छलफल गरेको छ । सहकारीको बचत ठगीका विषयमा आएका उजुरीलगायतका विषयमा उनीहरुसँग छलफल गर्नका लागि समितिले बोलाएको थियो । समितिले गृह सचिव र आइजिपीलाई शुक्रबारको बैठकमा उपस्थित हुन आग्रह गरेको थियो। सहकारीको बचत ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै कांग्रेसले सदनमा आवाज उठाएपछि संसदीय छानबिन समिति गठन भएको थियो। लामिछानेको नाम उल्लेख नगरी समस्याग्रस्त २९ सहकारीका नाम उल्लेख गरेर समितिको कार्यादेश बनाइएको थियो।
काठमाडौं :लुम्बिनी प्रदेशमा नेकपा एमालेका मन्त्रीहरूका लागि मुख्यमन्त्री जोखबहादुर महराले बिदाइ भोजको आयोजना गरेका छन । संघीय सरकारमा सत्ता समीकरण परिवर्तन हुन लागेसँगै लुम्बिनीमा पनि सरकार छाड्न लागेका एमालेका मन्त्रीहरूका लागि मुख्यमन्त्रीले आफ्नै निवासमा बिदाइ भोज आयोजना गरेका हुन । आफ्नो मन्त्रिमण्डलमा सहभागी भएकालाई निस्कँदा पनि राम्रै सम्मानका साथ बिदा गर्नुपर्छ भन्ने राजनीतिक संस्कारको शुरुवात गरिएको मुख्यमन्त्री महराले बताए । बिदाइ भोजमा एमाले संसदीय दलका उपनेता तथा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्य, आन्तरिक मामिला तथा कानुनमन्त्री दिनेश पन्थी, शहरी विकास तथा खानेपानीमन्त्री भूमीश्वर ढकाल, वन तथा वातावरणमन्त्री अर्जुनकुमार केसी र सामाजिक विकासमन्त्री रत्नबहादुर खत्री सहभागी भएका छन । पछिल्लो…
काठमाडौं : शिक्षामन्त्री सुमना श्रेष्ठले आफूले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्ने कदम चालेपछि सरकार परिर्वतन गर्न खोजिएको दाबी गरेकी छन् । सामाजिक सञ्जाल एक्समार्फत श्रेष्ठले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर आफूले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्ने उद्देश्यले फाइल अगाडि बढाउँदा सरकार नै परिवर्तन गर्न खोजिएको आरोप लगाएकी हुन् । उनले लेखेकी छन ,”आदरणीय केपी बा ! शिक्षकले राम्रो नपढाँउदा एसईईको नतिजा राम्रो भएन भनेर प्रतिक्रिया दिनुभएछ । अनि राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्छु भनेर मैले फाइल अगाडि बढाँउदा सरकार नै परिवर्तन गर्न खोज्ने । तपाईंको शिक्षकले तपाईंकै पार्टीको सिद्धान्त पढाएमात्र हो अब,” ओलिले बिहीबार रूपन्देहीमा एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल…
धनगढीः हातहतियार खरखजाना र सवारी ज्यान मुद्दाका फरार दोषी कैलालीबाट पक्राउ परेका छन्। हातहतियार खरखजाना मुद्दामा १२ दिन कैद सजाय तोकिएको गौरीगंगा नगरपालिका-१ का ५० वर्षीय मोहन चौधरी र सवारी ज्यान मुद्दामा २ महिना कैद सजाय तोकिएको गोदावरी नगरपालिका-३ बस्ने ४३ वर्षीय सुरतबहादुर खड्का पक्राउ परेका छन्। दुबैजनालाई बिहीवार प्रहरीले पक्राउ गरेको हो ।
पाँचथर : अज्ञात व्यक्तिहरूको कुटपिटबाट पाँचथरमा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । फिदिम नगरपालिका–१४ आहालका ३७ वर्षीय दिनेशकुमार राईको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गए राति गाउँकै धनकुमार राईको घरमा राखिएको चिन्ता (धामी–झाँक्री) हेर्न गएका दिनेशसहित पर्शु राई, ध्रुव राई र पुस्कर विकमाथि १५–२० जनाको समूहमा आएका व्यक्तिले कुटपिट गरेका थिए । घाइते भएका चारै जनालाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको थियो । उपचारका क्रममा दिनेशको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बिनालाल साह तेलीले जानकारी दिए । घटनामा संलग्नको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं : सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापनमा गोताखोरको संख्या ११० पुगेको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक वंशीराज दाहालले नेपालमा गोतोखोरको सङ्ख्या ११० पुगेको जानकारी दिए । तालिम शिक्षालय कुरिनटारमा समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद पौडेलले प्रशिक्षार्थीलाई चितवनको कुरिनटारस्थित त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराइएको बताए । प्रशिक्षार्थीहरूले पानीजन्य घटना–दुर्घटनामा उद्धारसम्बन्धी नमूना अभ्यास प्रदर्शन गरेका थिए । कार्यक्रममा चितवन र गोरखाका स्थानीय पालिकाका प्रमुख–उपप्रमुख, नेपाली सेना नं ६ बाहिनी अड्डा बैरेनी धादिङका बाहिनीपति सहायक रथी रोजप्रताप जबरा, सशस्त्र प्रहरी बल राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक…
काठमाडौं : सशस्त्र प्रहरी बलले ४८ इन्स्पेक्टरका लागि दरखास्त आह्वान गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार सशस्त्र प्रहरीमा रिक्त रहेको साधारण र प्राविधिक तर्फका विभिन्न उपसमूहमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)का लागि दरखास्त आह्वान गरिएको हो । सूचनाअनुसार कानुन उपसमूहमा ८ जना, लेखातर्फ २९ जना, प्राविधिकतर्फ विभिन्न इन्जिनियरिङतर्फ ११ जनाको दरखास्त माग गरेको हो ।सूचनाः