Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाएको दुईवटा बसमा ६५ जना यात्रु रहेको प्रारम्भिक अनुमान गरिएको छ । बागमती प्रदेशको १५१६ नम्बरको बसमा ४१ र वीरगन्जबाट काठमाडौं जाँदै गरेको बसमा २४ जना रहेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजलले बताए । बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् । यद्यपि बसमा सवार व्यक्तिको संख्या अझ आधिकारिक थाहा नभएको डिएसपी रिजालले जानकारी दिए । उनका अनुसार बसमा सवार यात्रुको अझै उद्धार गर्न समस्या भइरहेको छ । कालिखोलामा पहिरो…

Read More

काठमाडौं : निरन्तरको वर्षापछि आएको पहिरोमा पुरिएर कास्कीमा ११ जनाको मृत्यु भएको छ । कास्कीको ३ ठाउँमा भएको घटनामा ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । पोखरा महानगरपालिका-१९ पुरनचौर तल्लाकोट टारीस्थित कुलबहादुर परियारको एकतले ढुँगामाटोले बनेको घर गएराति साढे १० बजे पछाडिबाट पहिरो खसेर पुरिदा ६ जनाको मृत्यु भएको एसपी थापाले बताए । घटना परी कुल बहादुर परियार, ४३ वर्षीया मनकुमारी परियार, ८५ वर्षीया लक्षीमा परियार,१५ वर्षीया प्रशना परियार, २० वर्षीया प्रभा परियार, २५ वर्षीय अस्मित परियारक मृत्यु भएको हो । सोही ठाउँमा उद्धार गर्ने क्रममा लडेर ५६ वर्षीया राधिका परियारको…

Read More

काठमाडौं: विवादै विवादबीच नेपाली सेनाको भावी कमाण्डर अशोक सिग्देल नै बन्ने चर्चा थालिएको छ। उनलाई सेनापतिमा सिफारिस गर्न लागेको बुझिएको हो। उनी नागरिकता तथा शैक्षिक प्रमाणपत्रको फरक जन्ममिति प्रकरणमा मुछिएर छानबिनमा परेपनी सेनापती भैछाड्ने देखिएको स्रोतको दाबी छ। स्रोतका अनुसार छानबिनका क्रममा उनको नयाँ डकुमेन्ट र प्रमाण नदेखिएको कारण देखाएर जर्नेल सिग्देलको नाम सेनापतीमा सिफारिस गरी पठाउने तयारी भएको छ। उनै सिग्देल एकसमय निकै मदिराप्रेमी भनी चर्चित थिए, तर अहिले सिग्देलले कडा रक्सी पिउन छाडेको बताइएको छ। २०८१ को भदौ २४ मा हालका प्रधानसेनापति प्रभुराम शर्माले तीनवर्षे कार्यकाल पूरा गरेपछि सिग्देललाई करिब ९६ हजार जनाको संगठन नेपाली सेनाको नेतृत्व गर्ने…

Read More

काठमाडौं: तस्करलाई सघाएको आरोप लागेका एसपी विश्व खड्का निर्दोष ठहर भएका छन्। तस्करलाई सघाएको आरोप लागेपछि मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी खड्कामाथि आन्तरिक छानबिन सुरु भएको थियो। छानबिन टोलीले प्रतिवेदनका आधारमा खड्का निर्दोष देखीका सशस्त्र प्रहरी प्रवक्ता डिआईजी कुमार न्यौपानेले बताए। उनी भोलिदेखि काममा फर्किनेछन्।  मोरङमा २०८० फागुन पहिलो साता सशस्त्र प्रहरीको प्रमुखको रूपमा आएका एसपी खड्कामाथि तस्करीको लाइन चलाएको आरोप लागेको थियो। यस्तै सशस्त्र प्रहरी बल नेपालको तालिमका क्रममा दुई जनाको ज्यान गएको खुलेको छ। सशस्त्रको ककनीस्थित तालिम केन्द्रमा असार १ गते सहायक हवल्दारहरू सञ्जय बल र महेन्द्र लामाको मृत्यु भएको हो। यस्तै पाथीभरा जवान तालिम शिक्षालय झापामा सञ्चालित…

Read More

काठमाडौं: भैरहवा विमानस्थलको रनवेमा बुद्ध एयरको जहाज चिप्लिएर घाँसे मैदानमा पुगेको छ। आज राति ९ बजेको समयमा काठमाडौंबाट भैरहवा गएको नाइन एन-एओसी जहाज रनवेमा चिप्लिएको हो। उडान नम्बर ८०५ को सो जहाज भारी वर्षाका कारण चिप्लिएको बताइएको छ। विमानस्थल सुरक्षा प्रहरीका अनुसार जहाजकाे केही भाग घाँसे मैदानमा पुगेकाे थियाे। बुद्ध एयरका अनुसार सम्पूर्ण यात्रु र चालक दलका सदस्य सुरक्षित छन्। काठमाडौंबाट आजै प्राविधिक टिम त्यसतर्फ पठाइएको छ। घटनक्को विस्तृत विवरण भने आउन बाँकी छ।

Read More

काठमाडाैँ : विशेष अदालतले मुद्दा मिलाइदिन्छु भन्दै घुस खाने प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादव र बरिष्ठ प्रहरी हवल्दार मन्जित कुमार झा भ्रष्टाचारी ठहर गरेको छ । बिहीबार विशेष अदालतका न्यायाधीशहरू डा खुशीप्रसाद थारू, तेजनारायण सिंह राइ र मुरारीबाबु श्रेष्ठको इजलाशले सेवाग्राहीसँग मुद्दा मिलाइदिन्छु भनेर बीस हजार घुस खाने प्रहरीलाई भ्रष्टाचारी ठहर गरेको हो । अदालतले यादव र झालाइ एक महिना कैद र जनही १० हजार रूपैयाँ जरिवाना हुने फैसला गरेको छ ।  महोत्तरीको प्रहरी चौकी, कान्तिबजारका ईन्चार्ज रहेका यादवले महोत्तरी जिल्ला अदालतबाट भएको फैसलाको कार्यान्वयन नगर्नको लागि छलफल गराउने भनी सेवाग्राहीसंग घुस खाएका थिए । उनीहरू २०८० फागुन २७…

Read More

धनगढी : भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध दोस्रोपटक खोलिने भएको छ। एनएचपिसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रअनुसार यही असार २९ गते शनिबार बिहान ६ बजेदेखि ३० गतेसम्म परियोजनाको बाँध खोलिने जनाएको छ। बाँध खोलेका बेला र त्यसपश्चात्का केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए। एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षात्का कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि भएकाले सरसफाइका लागि बाँधको ढोका खोलिन लागिएको हो। बाँध खोलेका बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी पत्नी सोडारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छिन्। नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर शिक्षकको जागिर खाएको दाबीसहित उनीविरुद्ध उजुरी परेको थियो। अख्तियारले २०७९ सालको असोज ७ गते गीता विरुद्ध विषेश अदालतमा मुद्धा दर्ता गरेको थियो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले विहीबार सोडारीलाई दोषी ठहर गर्दै ६ महिना कैद र १० हजार जरिवानाको फैसला गरेको छ। विषेश अदालतका प्रवक्ता धन बहादुर कार्कीले गीता सोडारी दोषी ठहर भएको र उनलाई ६ महिना कैद र १० हजार जरिवाना गरिएको बताए। गीताविरुद्ध विषेश अदालतमा दर्ता भएको मुद्धामा कैद र जरिवाना…

Read More

धनगढी : धनगढीमा सञ्चालित निसर्ग अस्पतालको नवीकरण रोकिएको पाइएको छ। सरकारले निर्धारण गरेको मापदण्ड पूरा नगरेपछि निसर्गको नवीकरण रोकिएको हो। स्वास्थ्य संस्था मापदण्ड २०७७ बमोजिम ५० शैय्या भन्दा बढीमा अस्पतालहरुमा शव गृहको व्यवस्था, शव वाहनको व्यवस्था, फोहोरमैला व्यवस्थापन, रक्त सञ्चार सेवाको व्यवस्थापन हुनुपर्ने उल्लेख छ। तर, निसर्गमा उक्त सेवा उपलब्ध छैनन्। यस्तै अस्पतालको जग्गा, भवन र फोहोर व्यवस्थापनमा मुख्य समस्या छन्। जनशक्ति र उपकरण व्यवस्थित छैनन्। अस्पतालमा ज्येष्ठ नागरिक, बालबालिका तथा अपांगमैत्री हुनुपर्ने, अनिवार्य रूपमा ब्लड बैंक, शवगृह र सुरक्षा व्यवस्था हुनैपर्ने भए पनि अस्पतालले यी नियम मानेको छैन्। तत्कालीन सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्द बोहराले पहुँचकै आधारमा सो अस्पताललाई एक…

Read More

धनगढी : धनगढीको मोहना नदी किनारमा वेवारिसे अवस्थामा शव फेला परेको छ । धनगढी उपमहानगरपालिका–९ को मोहना नदीको किनारमा बिहीबार वेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले बिहीबार दिउँसो नदीको किनारमा अन्दाजी ३० ३५ वर्षको देखिने पुरुषको शव फेला परेको जानकारी दिए । उनको पहिचान भने गर्न सकिएको छैन । घटनास्थल कार्य सकेर प्रहरीले वेवारिसे अवस्थाको शवलाई सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । वर्षातको समय भएकाले शव बगेर आएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

Read More