Author: महेन्द्रनगर पोष्ट

धनगढी : धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिताको फाइनल समीकरण पुरा भएको छ । बिहीबार धनगढी रङ्गशालामा भएका फाइनल चरणका २ खेल सम्पन्न भए सँगै ‘सिसिएस प्लस टु’ कप फुटबलको सेमी फाइनल पुग्ने टोलीको टुङ्गो लागेको हो । सिसिएस प्लस टु’ बी, र अत्तरिया स्थित होलिल्याण्ड सेकेन्ड्री स्कुल सिसिएस प्लस टु’ फुटबल कपको उपाधिका लागी भिड्ने छन् । फाइनल चरण अन्तर्गत आज भएको पहिलो खेलमा सिसिएस प्लस टु’ बी ले धनगढी स्थित त्रिनगर माध्यमिक विद्यालयलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधिका लागी आफूलाई उभ्याएको छ । प्रतियोगिताको सेमी फाइनल पुगेको त्रिनगर माध्यमिक विद्यालयले भने फाइनल चरणको…

Read More

धनगढी : बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको दुई डीआईजीको विशेष दरबन्दी थप्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकले साइबर ब्यूरो र केनाइमा दुई डीआईजीको विशेष दरबन्दी थप्ने निर्णय गरेको हो। यस्तै, एमटी र संगीत विद्यालयमा रहेको १(१ एसएसपी र एसपीका दरबन्दी जनपदतर्फ स्थानान्तरण गर्ने निर्णय गरेको छ। योसँगै साइबर ब्यूरोका एसएसपी नविन्द अर्याल र केनाईनकी एसएसपी डा देउती गुरूङलाई डीआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्ले तयारी गरेको छ। हाल यी दुई ईकाइ प्राविधिक प्रहरीतर्फका एसएसपीको नेतृत्वमा रहेको थियो। अब प्रहरीमा एक एसएसपी र १० एसपी पद रिक्त रहेको छ।

Read More

धनगढी : दार्चुलामा १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता माघ २५ गते देखि संञ्चालन हुने भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको प्रतियोगिता व्यवस्थापन निर्देशन समितिको बैठकले यस वर्षको जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता महाकाली नगरपालिका–वडा ४ शिवनगर खेलमैदानमा संञ्चालन गर्ने निर्णय गरेको हो । प्रतियोगिता यहीँ माघ २५,२६ र २७ गते तीनदिन शिवनगर खेल मैदानमा आयोजना गरिएको जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख श्यामराज अवस्थीले जानकारी दिए । जिल्ला खेलकुद विकास समितिले जिल्लाका सबै स्थानीय तहका विद्यालयहरुलाई पालिकास्तरमा छनोट भएका विद्यार्थी खेलाडीहरुलाई सहभागी गराइदिन आग्रह गरेको छ । प्रतियोगितामा खेलाडी पोषक र आ–आफनो स्थानीय तहको झण्डा अनिवार्य ल्याउन…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बदमासलाई कारबाही नगरे कुर्सी छाड्ने बताएका छन् । बिहीबार एक टेलिभिजन कार्यक्रममा बोल्दै मुख्यमन्त्रीमा शाह कृषि भित्रको अनुदानको बेतिथिलाई रोक्ने र कारबाही गर्न नसके कुर्सी छाड्ने बताएका हुन । ‘अनुदानमा कतै बदमासी भएको छ भने सूचना दिनुहोला त्यो निकायलाई मैले कारबाही गर्नै सकिन भने यो कुर्चीमा बस्दिन उनले भने, ‘त्यो हिम्मत र साहसका साथ म आएको छु ।’ उनले सुदूरपश्चिममा विकासका थुप्रै कामहरू भइरहेको दाबी गरे । ‘पश्चिम सेती पञ्चेश्वर एसआर सिक्स अगाडी बढ्दै छ । पश्चिम सेतीमा टनेल निर्माण गर्न शिलान्यास गरेको छु । पञ्चेश्वरको काम पनि अगाडी बढेको छ ।…

Read More

धनगढी : बझाङ जिल्ला सदरमुकाम जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जयपृथ्वी राजमार्ग अन्तर्गत जयपृथ्वी नगरपालिका ७ माल्लालाग्ने भिर नजिकै सडक माथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको हो। आज दिउँसो ३ बजेको समयमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । अहिले पहिरो पन्छ्याउन जेसिवि परिचालन गरिएको भएपनि पहिरो ठुलो भएकाले तत्काल बाटो खुल्ने सम्भावना छैन ।

Read More

धनगढी : सुदूरपश्चिम प्रादेशिक महोत्सव अत्तरियामा विक्री गरिएको नक्कली टीकट ठेलीको घटनालाई मिलापत्र गर्न खोजिएको भिडिओ संवाद बाहिर आएको छ। अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहराले महासचिव शंकर बोहरालाई रातिको समयमा फोन गरेर मिलापत्र गर्नुपर्ने भन्दै गरिएको संवाद बाहिरिएको हो। जिल्ला प्रहरी कार्यालय, धनगढीमा बुधवार महासचिव बोहरासहितका चार जनाका विरुद्ध जाहेरी दर्ताका लागि पुगेका बोहराले राति उनै महासचिवलाई फोन गरेर मिलापत्र गर्नुपर्ने बताए। फोनमार्फत अध्यक्ष कल्याण बोहराले भनेका छन्, ‘तिमि पनि केही नगर, मिलाउनुपर्छ, यसलाई, अन्यथा नलिनु, सेफ ल्यान्डीङ्का लागि गरेको हो।’ अध्यक्ष बोहराले पार्टीको केन्द्रबाट फोन आएको बताएका छन्। उनले अत्तरिया उद्योग वाणिज्य संघलाई बचाउन मिलापत्र गर्नुपर्ने समेत…

Read More

धनगढी: प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियाेगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई हराएकाे छ। मूलपानीमा आज भएको खेलमा पुलिसले सुदूरपश्चिमलाई ७८ रनले हरायो। पुलिसले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३७ ओभर १ बलमा १ सय २० रनमा अल आउट भयो। सुदूरपश्चिमका गजेन्द्र बोहराले सबैभन्दा धेरै ३० रन बनाए। पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले ७ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको पुलिस ४७ ओभर ५ बलमा १ सय ९८ रन बनाउँदा अल आउट भयो। पुलिसका शङ्कर रानाले ४६ र दीपेन्द्रसिंह ऐरीले ४४ रन बनाए। सुदूरपश्चिमका शेर मल्लले ३ विकेट लिए। प्रतियोगितामा पुलिसको यो लगातार नवौँ जित हो। पुलिस यसअघि नै…

Read More

कञ्चनपुर: कञ्चनपुरमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका-८ फुलेलीका ३२ वर्षीय शेरबहादुर ऐर रहेका छन्। २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा उनी बुधवार पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। उनीविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ।

Read More

बझाङ : बझाङमा ट्रक दुर्घटना भएको छ। बाग्थला बिजगडा सडक खण्ड अन्तर्गत बाग्थलाबाट आधा किलोमिटर अगाडी सेतो पहिरोमा ट्रक चिप्लेर दुर्घटनामा परेको हो। ट्रक चालकले भने हाम फालेर ज्यान गुमाएको स्थानीय विकास मल्लले बताए। सडक सतह चिप्लो भएका कारण चिप्लेको ट्रक सडकबाट करिब एक सय मिटर तल खसेको उनको भनाइ छ। आज दिउँसो करिब १ बजेतिर इन्धन, सिमेन्ट, सरिया, प्लाइउड, जस्ता लगायतका सामान बोकेर बाग्थलाबाट बुङ्गल तर्फ गइरहेको भे १ ख ३७९३ नम्बर ट्रक सडकबाट चिप्लिदा सामानसँगै ट्रकमा क्षति हुन पुगेको छ।

Read More

काठमाडौं : सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन्। स्रोतका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चाैधरीलाई समेत पक्राउ गर्न खोजिरहेको छ। बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोदले समेत ठूलो परिमाणमा जग्गा हडपेको विषय बाहिर आएको छ। स्रोतका अनुसार अरुणको मात्रै नभएर विनोदकै नाममा पनि २ हजार कित्ता सरकारी जग्गा भेटिएको छ। उनीहरूले पञ्चायत कालदेखि नै जग्गा हडपेका हुन्। चौधरी समूहले हडपेको जग्गामा चाँदबाग स्कूल सञ्चालन गरिएको छ भने अहिले अर्को अपार्टमेन्ट बनाउने तयारी छ। विनोदले गरेको कीर्तेबारे मिहिन ढंगले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More