Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलाली र कञ्चनपुरबाट चोरी र लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। कञ्चनपुरबाट लागूऔषध र वन मुद्दाका दुई तथस कैलालीबाट चोरी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका हुन्। मंगलबार लागूऔषध मुद्दामा दुई महिना कैद सजाय तोकिएका कञ्चनपुरको भीमदत्त नगरपालिका – ४ बजारका ३० वर्षीय संजय थापा र वन सम्बन्धी कसुर मुद्दामा १७ दिन कैद सजाय र नौं हजार ५२८ रुपैयाँ जरिवाना तोकिएका भीमदत्त नगरपालिका – ९ सिद्धनाथ टोलका २५ वर्षीय लोकेन्द्र चन्द पक्राउ परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । यस्तै जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा सात दिन कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकिएको…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका चार जिल्लाबाट भन्सार छलीका सामान बरामद गरिएको छ। मंगलबार कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाबाट अवैध सामान बरामद गरिएको हो। कैलालीको धनगढी उपमहानगरपालिका – २ फनपार्क नजिक, उपमहानगरपालिका – ४ पुरानो भन्सार रोड, उपमहानगरपालिका – १० जुगेडा, उपमहानगरपालिका – १९ बहुलियाघाट, भजनी नगरपालिका – ३ पिरनी, टीकापुर नगरपालिका – ८ श्रीलंका, टीकापुर नगरपालिका – ९ बालुवा स्थित सडक खण्ड र गौरीगंगा नगरपालिका – ४ राजीपुरबाट अबैंध रूपमा भारतबाट भन्सार छली ल्याएका सामान बरामद गरिएको छ। प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार उक्त स्थानबाट चार लाख ३४ हजार ९२८ रुपैयाँ बराबरको प्याज, चिनी, सुर्ती, मसला, मोबाइलको ग्लास, मोबाइलको कभर, मोबाइलको…

Read More

धनगढी: कञ्चनपुरमा ५ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ३ चौरीस्थित मदनसिंह मडैको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। मडैसहित ५ जनालाई नगद १३ हजार ८७५ सहित पक्राउ गरिएको हो।

Read More

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका डीएसपी सुन्दर तिवारीलाई पठाइएको छ।पोखरास्थित सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पूर्वगृहमन्त्री लामिछाने कार्तिक २ मा पक्राउ परेका थिए। उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ। सुर्यदर्शन सहकारीबारे अनुसन्धान गर्न डीएसपी तिवारीलाई पठाइएको सीआईबीका एआईजी दिपक थापाले बताए। उनले भने, ‘दुईजना अधिकृतहरु यसअघि नै पोखरामा गएर काम गरिरहेका छन्, अनुसन्धानमा सहजीकरण गर्न अहिले डीएसपीलाई पठाइएको छ।’ असोज ६ मा पूर्वडीआईज छविलाल जोशीलाई पक्राउ गरेपछि पोखरा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सुर्यदर्शन सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न सीआईबीले इन्स्पेक्टरको नेतृत्वमा दुईजनालाई पोखरा पठाएको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीले…

Read More

धनगढी: सामान्यतया जुवातास खेलेको आरोपमा समातिएकालाई केही दिन थुनिन्छ। त्यसपछि जुवा तथा जुवाडेको प्रकृति अनुरुप थप कारबाही प्रक्रिया अगाडि बढाइन्छ। उसो त कैलाली प्रहरीले जुवामा करिब एक हप्ता अथवा आधा हप्ता थुनेर मुद्दा किनारा लगाउने परम्परा बसालेको छ। अहिलेसम्म त्यहीँ प्र्याक्टिस गर्दै आएको छ। तर, नेपाल हो, जे पनि हुनसक्छ भन्ने प्रचलित भनाईअनुरुप कैलालीमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रसहित जिल्लाका सुरक्षा निकायका ३ जना एसपी नै गएर मध्यराति समातिएका जुवाडे भने एकदिनमै छुटेका छन्। प्रहरी प्रशासनमा सेटिङ गराएको दाबी गर्दै जुवा खेलाउने जुवाघरमा सोमबार कैलालीका सिडिओ मिश्र आफैं पुगेर छापा हानेका थिए। दलबलबीच उनले घरको ढोका नै फुटाल्ने गरि…

Read More

काठमाडौ: नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध गरेका नेताहरुलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। महासचिव शंकर पोखरेलको हस्ताक्षर रहेको पत्रमा सात दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ। पार्टीका पूर्वउपाध्यक्ष भीम बहादुर रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनासँग स्पष्टीकरण सोधिएको छ। अस्ति साँझ बसेको सचिवालय बैठकको निर्णयबमोजिम पार्टी विधानको धारा ८१ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको बताइन्छ। पत्रमा सोधिएको छ, ‘विधानको धारा ८१ बमोजिम कारबाही किन गर्नु नपर्ने हो ? सोको आधार र कारणसहित सात सात दिनभित्र स्पष्टीकरण पेश गर्न अनुरोध छ।’ विधानको उक्त धारामा पार्टी निर्णय…

Read More

काठमाडौं: प्रधानसेनापति अशोकराज सिग्देलले सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सैनिक सुरक्षित रहेको जनाउँदै आवश्यक परे आपतकालीन उद्धारका योजना बनाएको बताएका छन्। युद्धग्रस्त क्षेत्रमा खटिएका नेपाली शान्ति सैनिकहरुको उद्धार आवश्यक परेको खण्डमा आपतकालीन योजना बनाउन रक्षा मन्त्रालय र सेनाबीच समन्वय भैरहेको जानकारी दिएका छन्। त्यहाँ रहेका नेपाली सैनिक बंकरमा पूर्णतः सुरक्षित रहेको पनि प्रधान सेनापतिले स्पष्ट पारे। रक्षा मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सामान्य अवस्थाको भन्दा सुरक्षाको स्थिति अलिकति असहज छ। तर त्यो असहज स्थितिमा पनि उनीहरु पूर्णतया सुरक्षित छन्। बंकरहरुमा बसेका छन्। कथंकदाचित ठूलै खालको स्थिति आयो भने त्यस्तोमा के गर्ने भन्नेमा हेडक्वार्टरले त्यसको योजना बनाउँदै छ।’…

Read More

काठमाडौं: क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेको घटनामा दुई प्रहरीसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ। कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलीको घटनामा दुई प्रहरीसहित तीन जनाविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दायर भएको हो। ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंको साइबर शाखाका सहायक हवल्दार गणेश खड्‌का, साइबर शाखाकै साजन शर्मा चपाई र खोटाङ घर भएका ३५ वर्षीय तेजबहादुर तामाङविरुद्ध मुद्दा दायर भएको हो। प्रहरीका अनुसार, तामाङ फरार रहेका छन् भने खड्‌का र चपाईलाई पक्राउ गरिएको छ। तीन जनाले क्रिप्टो कारोबारी आशिष आचार्यलाई पक्राउ गरी दुई दिनसम्म हिरासतमा राखी ५० लाख रुपैयाँ असुलेर छाडिएको खुल्न आएको…

Read More

धनगढी: सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षाका साथै तस्करी नियन्त्रणमा पनि विशेष चासो दिएको जनाएको छ। चाडपर्व लक्षित तस्करी हुने भएकाले नियन्त्रणमा सशस्त्र जुटेको हो। आज (मंगलबार) मात्रै कञ्चनपुर जिल्लाको बेलाैरी नगरपालिका ६ नकैयाबाट झण्डै २ लाख बराबरको सामान बरामद गरिएको छ। सशस्त्रका अनुसार १ लाख ८० हजार बराबरकाे पटाका, किराना सामान लगायतका सामग्री बरामद गरिएको हो। जसका साथै सामान बाेक्न प्रयाेग गरिएकाे म३प १०२० नम्बरको मोटरसाइकल पनि समातिएको जनाइएको छ। त्यसपछि सो सामान भन्सार कार्यालय बेलाैरी कञ्चनपुरमा बुझाइएको थियो।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानप्रदत्त अधिकार हस्तान्तरण नहुँदा प्रदेश सरकारले शिक्षा क्षेत्रमा धेरै काम गर्न नसकेको बताएका छन्। नेपाल शिक्षक सङ्घ सङ्घीय कार्यसमितिले मंगलवार धनगढीमा आयोजना गरेको महासचिव÷सचिवस्तरीय राष्ट्रिय भेलाको उद्घाटन सत्रमा उनले सोही कारण शिक्षकका समस्या सम्बोधन गर्ने सम्बन्धमा पनि प्रदेश सरकारलाई समस्या भइरहेको बताए। ‘उच्च शिक्षा प्रदेश सरकारअन्तर्गत भनिएको छ तर त्यो अधिकार प्रयोग गर्ने कुनै आधार छैन्, संरचना छैन्, विश्वविद्यालय छैन्’उनले भने, ‘शिक्षकका हकहितका सन्दर्भमा धेरै कुरा उठेका छन्। सङ्घीयतामा कार्यान्वयनको चरणमा मुलुक अगाडि बढिसके पनि संविधानतः धेरै संरचनागत अधिकारहरू हस्तान्तरण हुन नसक्दा समस्या भइरहेको छ।’ सङ्घीयतालाई बलियो बनाउन, जनविश्वास र भरोसा बढाउन प्रदेशलाई प्रदत्त अधिकार…

Read More