Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: काठमाडौंका लागि उडेको विमान मौसम खराबीका कारण अवतरण भैरहवा डाइभर्ट भएको छ। पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाडौं उडेको विमान मौसमका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको पोखरा विमानस्थल स्रोतले जनाएको छ। साढे ७:२५ मा उड्ने तय भएको जहाज मौसम खराबीको कारण सवा ९ बजेमात्र काठमाडौं उठेको थियो। तर, काठमाडौंको मौसम खराबीका कारण करिब २० मिनेर आकासमा घुमेर भैरहवा अवतरण भएको हो। वुद्धको उडान नम्बर ६६४ एयर अटिआर ७२ को जहाज काठमाडौंका लागि उडान भए पनि भैरहवा ल्याण्ड भएको पोखरा विमानस्थलकी सूचना अधिकारी जसोदा रेग्मीले जानकारी दिइन्। अहिले यात्रु भैरहवा विमानस्थलमा रहेको र काठमाडौंको मौसम खुलेलगत्तै उडान…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक ऐन, विनियोजन नियमावली र बजेट समयमै ल्याउन नसक्दा जनताले त्यसको मार व्यहोरीरहेका छन्। सरकारको कमजोरीको मार प्रत्यक्ष नागरिकलाई परेको हो। तत्कालीन समयमा दस्तुर तिर्न गएका सेवाग्राहीलाई फर्काएको यातायात कार्यालयले अहिले दोब्बर शुल्क लिइरहेको हो। सेवाग्राहीले जरिबाना तिर्नुपर्ने अवस्था आएपछि यसलाई सरकारको नालायकीपन भनेका छन्। असार १ गते बजेट ल्याएर असारमसान्तभित्र पारित गर्न नसक्दा प्रदेशका विभिन्न यातायात कार्यालयमा सवारीसाधन नवीकरण, सवारी जाँचपास र बाटोको इजाजत नवीकरण गर्नुपर्दा तोकिएभन्दा दोब्बर दस्तुर तिर्नुपरेको छ। प्रदेश सरकारले आर्थिक ऐन, विनियोजन ऐन र बजेट पारित नगर्दा साउन १ गतेदेखि २४ गतेसम्म नवीकरणको अन्तिम मिति भएका सवारी…

Read More

धनगढी: भारतको उत्तराखण्ड हुँदै नेपालस्थित कञ्चनपुरको महेन्द्रनगरबाट लागुऔषध (ड्रग्स) को तस्करी हुने गरेको पाइएको छ। उत्तराखण्डको उद्यमसिंह नगरस्थित खटिमामा त्यहाँको प्रहरीले हालै एक अपरेसनमा ड्रग्सको ठूलो कारोबारी समूह समातेपछि सो तथ्य खुलेको हो। विशेष: भारतको उत्तरप्रदेश र उत्तराखण्डबाट नाका कटाएर नेपालमा ड्रग्स सप्लाई गर्दै तस्करी हुने गर्दछ। सोही क्रममा अस्ति नेपाल सप्लाई गर्नका लागि राखिएको ४ करोड ५० लाख भारु बराबरको (१ केजी ५२७ ग्राम) ड्रग्स प्रहरीले समातेको छ। जसमा साढे ४ करोडको स्म्याक, १ पेस्तोल, ६ थान कारतूससहित एक गाडीसमेत बरामद गरिएको हो।खटिमामा सो कारोबारमा संलग्न २ जना मान्छेलाई पनि प्रहरीले समातेको जनाएको छ। त्यहाँको एसटीएफका वरिष्ठ प्रहरी उपरीक्षक…

Read More

धनगढी: बैतडी घर भएका एक पूर्व प्रहरी हवल्दारको मृत्यु भएको छ। मंगलबार जिल्लाको सुर्नया गाउँपालिका- ५ कारिकोट, धुलिधार घर भएका ४६ वर्षीय पूर्व प्रहरी रघुविर बिष्टको मृत्यु भएको हो। उनी नेपाल प्रहरीको अवकाश प्राप्त प्रहरी हवल्दार हुन्।

Read More

धनगढी: कैलालीको धनगढीमा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन्। गत महिनाको ३० गते दिउँसोको समयमा धनगढी उप-महानगरपालिका वडा नं. ०१ पुष्पलाल चौकस्थित आफ्नो बहिनीको कोठामा आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बाजुरा त्रिबेणी नगरपालिका वडा नं. ७ घर भई हाल जिल्ला धनगढी उप-महानगरपालिका वडा नं. ८ बस्ने २२ वर्षीय बिष्णु तिमिल्सेना रहेका छन्। अस्ति २ गते पक्राउ परेका उनी धनगढी नमुना प्राविधिक माध्यमिक बिद्यालयका शिक्षक हुन्। उनीलाई आफैंले पढाउने स्कुलको १७ वर्षकी बालिका (बिद्यार्थी) लाई बोलाई बाल यौन दुरुपयोग गरेको भन्ने उजुरीको आधारमा समातिएको हो। अहिले उनीमाथि कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य…

Read More

काठमाडौं: सुदूरपश्चिम प्रदेशमा सत्ताधारी दलका माननीय नै प्रदेश सभामा झोक्किएका छन्। आज बसेको प्रदेश सभा बैठकमा सत्ता पक्षका सांसदहरूले विरोध तथा नाराबाजी गरेका हुन्। सुदूरपश्चिम निजामती सेवा ऐन ०७९’ लाई संशोधन गर्न बनेको विधेयक पारित हुँदै गर्दा नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले रोस्टम अगाडी आएर नाराबाजी गरेका हुन्। नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले रोस्टम मै उभिएर अहिलेको ऐन समावेशी नभएको भन्दै आफूले विरोध गर्ने बताएका थिए। ‘समावेशिताको विषय उल्लेख गरिएको छैन। यो कुरा गलत भएको छ। यसलाई संशोधन गर्नु पर्छ।’ उनले भनेका थिए। विपन्न खस आर्यलाई कोटा बढाएको भन्दै उनले विपन्न खस आर्य मात्रै नभएको , गरिब कमैया…

Read More

धनगढी : नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) कलेन्द्र बिक्रम शाही अनिवार्य अवकाशमा गएका छन् । उमेर हदका कारण डीएसपी शाही अनिवार्य अवकाशमा गएका हुन् । उनी २९ बर्ष ५ महिना ३ दिन सेवा गरी आजबाट बिदा भएका हुन् । उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी नायव महानिरीक्षक (डीआईजी) रबिन्द्र केसीले बिदाइ गरे । सो अवसरमा डीआईजी केसीले संगठनमा सक्रिय सदस्यको रूपमा रहँदा अनुशासित र निष्ठावान रहि आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरि संगठनमा पुर्‍याएको योगदानको उच्च कदर स्वरुप डीएसपी शाहीलाई मायाको चिनोसमेत प्रदान गरे । साथै नागरिक जीवनमा पनि समाजमा शान्ति सुरक्षा र अमन चयन कायम गर्न…

Read More

धनगढी : कैलालीमा प्रहरीले विभिन्न मुद्दाका चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाका प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका क्षेत्रबाट चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दुई जना लागुऔषध र अन्य दुई जना चोरी मुद्दामा सजाय निर्धारण भएर फरार रहेका व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले जानकारी दिए । उनकाअनुसार लागुऔषध मुद्दामा २९ दिन कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका–४ बस्ने २६ वर्षीय विजयकुमार नेपाली र धनगढी–३ बस्ने २८ वर्षीय प्रज्वल न्यौपाने रहेका छन् । यस्तै चोरी मुद्दामा २५ दिन…

Read More

काठमाडौं : केही वर्ष अघिसम्म हरितालिका तीजका दिन महिलाहरु चौतारो, बिसौनी वा कुनै सार्वजनिक ठाउँमा जम्मा भएर नाचगान गर्थे । अघिल्लो रात महिलाहरु माइती, घर तथा आफन्तकोमा दर खान्थे । तर अहिले ती सबै कुरो फेरिएको छ । पछिल्लो समय महिलाहरु पार्टी प्यालेस, रेष्टुरेण्ट र क्लबहरुमा तीज मनाउने जम्मा हुने गरेका छन् । अहिलेका महिलालाई मादल र बासुरीको लय भएको गीत मन पर्न छाडेको छ । उनीहरु अटो ट्यूनबाट तयार पारिएको डिजे र रिमिक्स गीत मन पराउँछन् । प्रविधिले गीत संगीतको क्षेत्र त फराकिलो बनाए पनि नेपाली समाजको मौलिकता झल्कने गीतहरु लोप हुँदै गएका छन् । यसलाई कलाकारहरुले भने राम्रो…

Read More

काठमाडौँ : नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्टलाई बनाउन दिएको पार्टीको निर्देशन दुई महिना पुग्न लाग्दासमेत अलपत्र परेको छ । स्थायी समिति सदस्य समेत रहेका भट्टले साउन ३० गते बसेको स्थायी समिति बैठकमा पार्टीले जारी गरेको परिपत्र लागु नभएकोमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि प्रश्न उठाएका थिए । जवाफमा प्रचण्डले भदौ १२ र १३ गते बस्ने प्रदेशको परामर्श समितिबाट हल गरिने बताएको भट्टले जानकारी दिए । ‘पार्टीले पठाएको परिपत्र लागु नभएकोमा मैले स्थायी समिति बैठकमा कुरा राखेको हुँ । जवाफमा अध्यक्षले १२ र १३ गते बस्ने परामर्श समितिको बैठकमा मिलाउँला भन्नुभयो । अरू केही भएको छैन’, उनले भने…

Read More