Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: कञ्चनपुरमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। बुधबार साँझ भीमदत्त नगरपालिका -१४ परियामा एसिइ प्बलिक विद्यालय बसको ठक्करबाट सोही ठाउँका ३ वर्षीय बालक कार्तिक कुँवरको मृत्यु भएको हो। से १ क ९९९ नम्बरको बसको ठक्करबाट घाइते भएका बालकको उपचारको क्रममा महाकाली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले बताए। बस र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।।

Read More

कञ्चनपुर : कञ्चनपुरको गुलरिया बजारस्थित एक फेन्सी पसलमा आगलागी भएको छ। हिजो(बुधबार) राति कृष्णपुर नगरपालिका- ५ गुलरियामा शिवराज बिष्टले संचालन गरेको फेन्सी पसलमा आगलागी भएको हो। २ वटा सटरमा संचालित उक्त पसलमा आगलागी हुँदा सबै सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। आगलागी नियन्त्रण गर्न अत्तरिया र झलारीबाट दमकल पुगेका थिए। क्षतिको विवरण आइसकेको छैन।

Read More

कैलाली : सुदूरपश्चिममा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो(बुधबार) कैलालीको गौरीफन्टा नाकाबाट स्वेदश फर्किएका पाँच जनामा कोरोना पुष्टि भएको प्रादेशिक स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ।  बुधवार भारतबाट कञ्चनपुरको गड्डाचौकी नाकाभएर १२० जना, बैतडीको झुलाघाट नाका भएर ८, कैलालीको गौरीफन्टा नाकाभएर ३९९ र दार्चुलाको पुलघाट नाकाभएर ५ जना सुदुरपश्चिम भित्रिएका छन् । सुदूरपश्चिमका विभिन्न नाकाबाट नेपाल भित्रिएका ५३२ जनामध्ये १८६ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको केन्द्रले जनाएको छ । नेपालमा पनि कोरोनाको नयाँ भेरियन्टका बिरामी फेला परेकाले सीमा नाकाहरुमा उच्च सतर्कता अपनाइएको छ। 

Read More

कैलाली : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकालको ज्यान गएको छ। बुधवार साँझ कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ मा पर्ने कुइने चिसापानी सडक खण्डको पितमारीमा दुर्घटना भएको हो। ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल सडकबाट दुई सय मिटर तल कर्णाली नदीमा खसेको थियो। उनीहरू अछामबाट बर्दियाको भुरीगाउँतर्फ गइरहेका थिए। बुधवार साँझ करिब सात बजेतिर नदीमा खसेका दुवै जनालाई मोटर बोट र र्याफ्टिङको सहायताले उद्धार गरिएको थियो। मृतकका शव टीकापुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ। मृतक ढकालका दुई छोरा एक छोरी…

Read More

काठमाडौँ : हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश भूभागहरूमा भने हुस्सु लागेको अवस्था छ। आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। राती कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

Read More

धनगढी : नेपाल टेलिकमको सुदूरपश्चिम प्रादेशिक निर्देशनालयबाट तामाजन्य ९स्क्रप कपर केबल० कवाडी सामानको लिलाम बिक्रीका क्रममा अनियमितता भएको आशंकामा स्थानीय प्रशासनले छानबिन समिति गठन गरेको छ । तीन दिनअघि कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको निर्देशनमा प्रहरीले टेलिकमको दूरसंचार कार्यालय गेटाबाट लोड गरेर लैजाने क्रममा सामग्रीसहितका दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका लोड ट्रकको तौल गरेर जिम्मा राख्न प्रजिअ मिश्रले प्रहरीलाई निर्देशन दिएका थिए । टेलिकमको अभिलेखभन्दा प्रहरीले नियन्त्रणमा लिएका ट्रकको तौल झण्डै दोब्बर देखिएपछि अनियमितताको आंशका गरिएको हो । टेलिकमको गेटास्थित गोदामबाट १५ हजार ६ सय ७९ किलो (१५.६७९ टन) निकासी भएको अभिलेख छ । तर…

Read More

धनगढी : दुई वर्षअघि निर्वाचन आयोगमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) पहिलो महाधिवेशनको संघारमा छ । टीकापुर घटनामा जन्मकैदको सजाय पाएर डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका बेला रेशमलाल चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको नेतृत्वमा नाउपा गठन गरेका थिए । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी कैद मिनाहा गरेपछि गत १५ जेठमा जेलबाट छुटेका चौधरी नाउपाको संरक्षकको भूमिकामा छन् । रेशमसहितका नेता तथा कार्यकर्ता अहिले कैलालीको टीकापुरमा २६–२८ पुसमा आयोजना हुने महाधिवेशनको तयारीमा छन् । ५२ जिल्लामा संगठन विस्तार गरेको नागरिक उन्मुक्ति पार्टीले अधिवेशनबाट अध्यक्षसहितका ३९ पदाधिकारी र २४१ सदस्यीय केन्द्रीय सदस्य चयन गर्ने जनाएको छ । मनोनित सहित केन्द्रीय…

Read More

कोरियन भाषा परीक्षामा सहभागिताको माग गर्दै ललितपुरको बालकुमारीमा भएको प्रर्दशनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका अछामका बिरेन्द्र शाहका परिवारलाई कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।कोरियामा बसोबास गर्दै आएका नेपालीले सात लाख ५७ हजार रुपैयाँ संकलन गरेर उनको परिवारलाई पठाएका हुन् । यो अभियान सामाजिक अभियन्ता बीवि सिंहको अगुवाइमा नेपाली सम्पर्क,समिति,पत्रकार महासंघ दक्षिण कोरिया,कर्णाली प्रदेश समाज दक्षिण कोरिया, सुदूरपश्चिम समाज दक्षिण कोरियाको समन्वयमा सञ्चालित अभियानबाट संकलन भएको हो । अभियानबाट झण्डै सात लाख ५७ हजार रकम संकलन भएको छ । एनआरएन कोरियाका वरिष्ठ उपाध्यक्ष महेश बजगाईले आर्थिक हस्तान्तरण गरेका हुन । उक्त रकम अछाम सेवा समितिले आयोजना गरेको…

Read More

धनगढी : ज्योतिषी सुरेश चन्द्र रिजालले बलात्कार अभियोगमा ८ वर्ष कैद सजाय पाएका क्रिकेटर सन्दीप लामिछानेको फैसला उल्टिने ग्रहयोग परेको बताएका छन् । बुधबार जिल्ला अदालत काठमाडौँले लामिछानेले काल्पनिक नाम गौशाला २६ रहेकी युवतीलाई बलात्कार गरेको ठहर गर्दै ८ वर्ष कैद र ५ लाखको जरिवानाको फैसला गरेको छ । सो फैसलापछि ज्योतिजी रिजालले वक्रदृष्टि खण्डित ग्रहयोगमा आठ वर्ष कैद सजाय भएकोले छिट्टै फैसला उल्टने संकेत रहेको बताएका छन् । बुधबार साँझ सामाजिक सञ्जालमा उनले भनेका छन्,‘जबरजस्ती करणी कसुरमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले आठ वर्ष कैद सजाय तोकेको समय नै खण्डित वक्रदृष्टि ग्रहयोगमा परेकाले जिल्ला अदालतको…

Read More

धनगढी : कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा १० खमौरा गाउँ बाट सब डिभिजन बन अत्तरिया बाट गएको गस्ती टोलिले सालको ठूलो परिमाण चिरान काठ सहित चिरान गर्ने सामाग्री बरामत गरेको छ । सब डिभिजन बन कार्यलय अतरिया बाट कार्यलय प्रमुख निराजन कडालको नेतृत्वमा करिब दिन देखि पछ्याउँदै गर्दा आज खमौरा गाउँमा बस्दै आएका शेर बहादुर चौधरीको घरमा लुकाइ छिपाइ गरेर राखिएको अवस्थामा सालको चिरान काठ बरामत गरिएको छ । खमौरा का ३३ वार्षिय शेर बहादुर चौधरीलाई पक्राउ गरिएको बरामत सालको काठ चिरान २ सय ५० थान १ सय २० क्युफिट काठ बरामत सब डिभिजन बन कार्यालय अत्तरियाले नियन्त्रणमा राखिएको छ…

Read More