Author: महेन्द्रनगर पोष्ट

बैतडी–स्कुल बसको ढोकाबाट खसेर बैतडीमा एक जना शिक्षकको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–४ कपिन्ना घर भएका २८ वर्षीय विष्णुदत्त भट्टको बसको ढोकाबाट खसेर शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा रहेको चौलानी बोर्डिङ स्कुलमा कार्यरत भट्ट बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्याएको र उपचारका क्रममा उनको शनिबार साँझ सवा ६ बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक बडूले बताए । विद्यालय भर्ना अभियानका लागि गोकुलेश्वरबाट पञ्ज्युनयाँतर्फ आइरहेको सुपप्र०४–००१क ००८ नम्बरको बसको ढोकाबाट डिलाशैनी गाउँपालिका–६ बांगाबगर भन्ने…

Read More

अछाम – नेकपा एमालेको अछाम जिल्ला कमिटीको अधिवेशन नजिकिदै गर्दा पार्टी छोड्ने लहर चलेको छ। सुदूरपश्चिम प्रदेश कमिटीका लेखा समिति सदस्य बालागिरी कुँवरसहित ७१ जना सदस्यले आइतबार एमाले परित्याग गरेका छन्। उनीहरुले डा. भीमबहादुर रावलद्वारा सञ्चालित ‘मातृभूमि जागरण अभियान’मा सहभागी हुने निर्णय गरेका छन्। पार्टी परित्याग गर्ने सदस्यहरुले जारी गरेको विज्ञप्तिमा, एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पार्टीको गुटीय राजनीति, कार्यशैली, आन्तरिक लोकतन्त्रको समाप्ति, जनवादको अन्त्य र निरंकुशता बढेको भन्दै पार्टीबाट बाहिरिने कारण बताएका छन्। उनीहरुले आरोप लगाएका छन् कि पार्टीमा भ्रष्टाचार, ठूला व्यवसायी र सरकारी ठेक्कापट्टासँगको जडान, आर्थिक घोटाला र सर्वहारा वर्गको पक्षमा आवाज उठाउने कार्यको कमी बढेको छ।…

Read More

हेमन्त रेग्मी, आजकल नेपाली युवाहरूको एक प्रमुख गन्तव्य बनेको छ—जापान। उच्च शिक्षा, रोजगारीका अवसर र सुरक्षित भविष्यको खोजीमा धेरै विद्यार्थीहरू जापानको बाटो समाउँदै छन्। जापान सरकारले पनि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्वागत गर्ने नीतिहरू अपनाउँदै आएको छ। तर, यथार्थ के हो भने—सपना बोकेर जापान टेक्ने अधिकांश नेपाली विद्यार्थीहरू भाषा नजानेकै कारणबाट दुःख, पीडा र संघर्षको अँध्यारो सुरुङभित्र हराइरहेका छन्। नेपालबाट जापान जानु भनेको केवल हवाइजहाज चढेर अर्को मुलुक टेक्नु मात्र होइन—यो संस्कृतिको फेरबदल, सोचाइको रुपान्तरण, र सबैभन्दा प्रमुख रूपमा भाषाको नयाँ संसारमा प्रवेश गर्नु हो। धेरैजसो नेपाली विद्यार्थीहरू जापान जाने प्रक्रिया सुरु गर्दा जापानी भाषा (Nihongo) सिक्न ‘फर्मालिटी’ जस्तै ठान्छन्। त्यहाँ गएर…

Read More

धनगढी: कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ९ का निवर्तमान वडाध्यक्ष कृष्णबहादुर शाहको मृत्यु भएको छ। बिहीबार दिउँसो दिउँसो करिब १ बजे घोडाघोडी नगरपालिका ९ को सिमली खोला नजिकै गम्भीर अवस्थामा उनी फेला परेका थिए। सल्फास नामक विषादीको खाली डब्बा र एउटा डायरी सँगै रहेको अवस्थामा प्रहरीले उनलाई फेला पारेको थियो। घरबाट करिब ९ः३० बजे निस्किएका शाहले केही व्यक्तिलाई ‘अब यो संसारमा म रहन्न’ भनेका थिए। ती व्यक्तिले नै प्रहरीलाई उनी जङ्गलतर्फ लागेको सूचना दिए। सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुखडको टोली त्यसतर्फ गएको थियो। ‘सूचना पाएलगत्तै हामी त्यहाँ लाग्यौँ,’ इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर साउँदले भने,…

Read More

काठमाडौं: नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। बढुवा सूचीको पहिलो नम्बरमा चन्द्रकुवेर खापुङ परेका छन्। त्यसपछि क्रमशः लालमणि आचार्य, कृष्णहरि पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी छन्। एआईजीमा बढुवा सिफारिस भएका खापुङ, आचार्य र पोखरेल आईजीपी दीपक थापाकै ब्याचमेट हुन्। खापुङ हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), आचार्य मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर र पोखरेल बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत् छन्। बढुवा सूचीको चौथो नम्बरमा रहेका कार्की लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ, अधिकारी कोशी प्रदेश प्रहरी कार्यालय र केसी राष्ट्रिय…

Read More

धनगढी: चर्को आलोचना र विरोध भएपछि नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले कानुन विपरीत प्रयोग गर्दैै आएको सरकारी गाडी फिर्ता गरेका छन्। पूर्वमुख्यमन्त्री समेत रहेका रावलले बुधबार आफूले प्रयोग गर्दै आएको गाडी प्रदेश सरकारलाई नै फिर्ता गरेको बताएका हुन्। उनी आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सुपप्र ०१–००१ झ ३१८ नम्बरको उक्त गाडी प्रयोग गरिरहेका थिए। मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधासम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ मा मुख्यमन्त्रीलाई दुई, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्री एक/एकवटा सवारीसाधन उपलब्ध गराउने व्यवस्था छ। यस्तै प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी पहिलो संशोधन ऐन २०७९ मा सभामुख, उपसभामुख, विषयगत समितिका सभापति,…

Read More

काठमाडौं: सिरियामा संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनार्थ खटिएका नेपाली सेनाका २८ सैनिक पक्राउ परेका छन्। उनीहरूलाई स्वदेश फर्केलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नियन्त्रणमा लिइ सैनिक प्रहरीमार्फत विभिन्न ब्यारेकमा थुनिएको छ। २०७ जनाको टोली (डफ्फा) मध्ये २८ जना सैनिकलाई गत मंसिर २२ गते सिरियामा भएको हतियार लुटिएको घटनामा संलग्न देखिएको भन्दै सेनाले अनुशासन उल्लंघनको आरोपमा कोर्ट मार्शलको प्रक्रिया थालेको हो। पक्राउ पर्नेमा क्याप्टेन आर्यजुन श्रेष्ठ र प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्नेल) दिनेशकुमार खड्का पनि छन्। सिरियास्थित हदार क्षेत्रमा रहेको ‘१० ए’ नामक सुरक्षापोष्टमा मंसिर २२ गते साँझ हायात तहरिर अल साम नामक विद्रोही समूहले आक्रमण गरी ४८ थान एम-१६ र ११ हजार गोली लुटेको…

Read More

धनगढी: दार्चुलाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी पाएका अनिल पौडेल सीमावर्ती क्षेत्रमा भारतीय पक्षबाट भइरहेको तटबन्ध निर्माणको चुनौतीसँगै कार्यभार सम्हाल्न पुगेका छन्। गृह मन्त्रालयको सरुवापछि पौडेलले चैत २८ गतेदेखि दार्चुलाको जिम्मेवारी सम्हालेका हुन्। दार्चुला सदरमुकाम नपुग्दै पौडेल ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको अतिथिगृहमा बसेका थिए। त्यसको भोलिपल्ट गल्फ क्षेत्रको महाकाली पारि भारतले गरिरहेको तटबन्ध निर्माणको विषय सार्वजनिक भयो। यसअघि नै जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढका डीएम र धारचुलाका एसडीएमलाई पत्राचार गरी तटबन्ध निर्माण रोक्न आग्रह गरिसकेको थियो। तर, नेपाली पक्षको आग्रहलाई भारतले बेवास्ता गरेको छ। प्रजिअ पौडेललाई कार्यभार सम्हाल्ने दिन बिहानै सहायक सिडिओ मोहनसिंह धामी र सुरक्षा…

Read More

धनगढी: सुदूरपश्चिम विश्वविद्यालयमा कार्यकाल सकिनै लागेका रजिष्ट्रार यज्ञराज पाठकले जथाभावी गर्न खोजेको भन्दै तालाबन्दी गरिएको छ। कार्यकाल सकिन केही घण्टा बाँकी रहेका बेला रजिष्ट्रार पाठकले कानुन विपरीत समयमै निर्माण कार्य नसक्ने निर्माण व्यवसायीलाई गैरकानुनी रुपमा पूर्ण भुक्तानी दिएर पदको दुरुपयोग गरेको आरोप छ। सोही आरोप लगाउँदै अनेरास्ववियु, राप्रवि संघ र अखिल क्रान्तिकारी बहुमतले विश्वविद्यालयमा तालाबन्दी गरेका छन्।

Read More

धनगढी: अछाममा १२ वर्षीया बलात्कृत बालिकाले छोरी जन्माएकी छिन्। जिल्लाको चौरपाटीकी १२ वर्षीया बालिकाले छोरी जन्माएकी हुन् । भारतको सुरतमा एकै घरको अर्को कोठामा बस्ने मामा पर्ने पुरुषले आफूलाई पटकपटक बलात्कार गरेको ती बालिकाले प्रहरीलाई बयान दिएकी थिइन्।  बालिका सुरतमा मजदुरी गरिरहेका बाबुआमासँग बस्थिन्। बालिकाको भनाइका आधारमा ४ फागुनमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको थियो। आरोपित भारतमा भएकाले पक्राउ गर्न नसकेको प्रहरीको भनाइ छ।

Read More