Author: महेन्द्रनगर पोष्ट

बेदकोट: महाकाली करिडोरअन्तर्गत कञ्चनपुरदेखि दार्चुला खण्डमा हालसम्म दुई सय ४१ किलोमिटर ट्र्याक खोलिएको छ। अब डडेल्धुरा, बैतडी र दार्चुलामा ९३ किलोमिटर ट्र्याक खोल्न  बाँकी रहेको महाकाली करिडोर आयोजना कार्यालयका प्रमुख लक्ष्मणदत्त जोशीले जानकारी दिए।  ‘बाँकी स्थानमा तीव्र गतिमा ट्र्याक खोलिएको छ। रुख कटानको आदेश आएको छ’, आयोजना प्रमुखले भने, ‘ट्र्याक खोलिएको खण्डमा कालोपत्र गर्ने तयारी भइरहेको छ।’ डडेल्धुराको सिमल्टा–भागेश्वर–सुनर्या खण्डको ३१ किलोमिटर खण्डमा २० महिनापछि रुख कटानको आदेश आएको छ। डडेल्धुरा खण्डमा दुई हजार छ रुख काट्नुपर्नेछ। बैतडीको सुनर्या–दोगडाकेदार ३५ किलोमिटर खण्डमा ३५ किलोमिटर खोल्ने काम भइरहेको छ। दार्चुलाको २७ किलोमिटर धनथला–सलेती खण्डको पनि कटान आदेश आएर ट्र्याक निरन्तर रुपमा काम भइरहेको…

Read More

बाजुरा : बजुरामा गर्भवती महिलाको बलात्कार मुद्दालाई लिएर भ्रम फैलाउनेलाई कानुनी कारबाही गरिने बताइएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी कविन्द्र बोहोराले महिलाको मुद्दा  दर्ता गर्न आलटाल गरेको तथा बिना गल्ती पीडित महिलाका श्रीमान र देवरलाई थुनेको झुटा आरोप लगाएर सामाजिक संजालमा भ्रम फैलाउनेलाई कारबाही गरिने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको हो । महिलामाथि बलात्कार सम्बन्धी मुद्दा पुस १३ गते दर्ता भइ आरोपित जंगसिंह बुढालाई थप ७ दिनका लागि म्याद थप सहीत अनुसन्धानका लागि हिरासतमा राखिएको र निज जंगसिंह बुढा सिंह २ जनामाथि ज्यान मार्ने उद्योगमा निजका बुबा परेलाल बुढाले पुस १५ गते दर्ता गरेको मुद्दामा अनुसन्धान भइसकेको विषयलाई लिएर…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।  आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूर पश्चिम  प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना…

Read More

बझाङ : जिल्लाको दुई पालिकामा खेलकुद समिति गठन भएको छ । केदारस्युँ गाँउपालिकामा हरिष मल्ल (साजन)को संयोजकत्वमा ४ सदस्य समिति गठित भएको हो । यसैगरी साईपाल गाउँपालिकामा रन्धोज धामीको संयोजकत्वमा ३ सदस्य समिति गठन भएको जनाएको छ । एक जना मनोनयन गर्न बाकि रहेको समितिले जनाएको छ । दुर्गाथली गाँउपालिकाबाट पनि खेलकुद समितिको नाम सिफारिश भएर जिल्ला खेलकुद समितिलाई बुझाएको जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकायाले बताए । बाकी रहेका ९ वटा पालिकाले पनि एक हप्ता भित्र सबै पालिकाले शिफारिस गरिदिन समेत अध्यक्ष रोकायाले आग्रह गरेका छन् । यी हुन् ०८० साल पौष १६ गते भएका निर्णयहरु:

Read More

दार्चुला: नेकपा एमाले दार्चुलाको नवौँ जिल्ला अधिवेशन उद्घाटन गरिएको छ ।बुधबार आज जिल्ला सदरमुकाम स्थित दार्चुला विकास संगठनको प्राङ्गगणमा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका हुन् । एमाले दार्चुलाका अध्यक्ष प्रेम सिह धामीको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रमलाई नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायत पार्टीका केन्द्रीय सचिव सुदुरपश्चिम प्रदेश इन्चार्ज छबिलाल विश्कर्मा, लगायत सुदुरपश्चिम प्रदेश अध्यक्ष कृष्ण जौशी लगायतका नेताहरुले नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रमलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवंम पोलिट ब्युरो सदस्य पुर्वमन्त्री कैलाली जिल्ला इन्चार्ज गणेश सिह ठगुन्ना नेकपा एमाले केन्द्रिय सदस्य एवंम् दार्चुला जिल्ला ईन्चार्ज सहदेब बोगटी,…

Read More

अछाम : अछामको चौरपाटी गाउँपालिकाले ललितपुरको बालकुमारी घटनामा मारिएका बीरेन्द्र शाहको परिवारलाई डेढ लाख रुपैयाँ राहत दिने भएको छ । गत शुक्रवार बालकुमारीमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका चौरपाटी गाउँपालिका-१ का शाहको परिवारलाई राहत स्वरूप एक लाख ५० हजार रुपैयाँ दिने गाउँपालिकाले निर्णय गरेको हो । गाउँकार्यपालिकाको आज बुधबार बसेको आठौँ बैठकले शोक प्रस्ताव पारित गर्दै मृतकको परिवारलाई एक लाख ५० हजार प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष भिम बहादुर साउँदले जानकारी दिए । साथै चौरपाटी गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय र शैक्षिक संस्थाहरु बिहीबार बन्द रहने पनि शोक प्रस्तावमा उल्लेख छ । गत शुक्रबार पानीजहाज बनाउने कामका लागि कोरिया भाषा…

Read More

बझाङ : नेपाल कम्युनिष्ट पार्टी एमाले बझाङको ८ औँ जिल्ला अधिवेशन माघ १९ र २० गते गर्ने निर्णय गरेको छ । बुधबार आज पार्टी कार्यालय चैनपुरमा बसेको प्रथम बैठकले पार्टीको जिल्ला अधिवेशन आगामी माघ १९ र २० गते केदारस्युँ गाउँपालिकाको झोतामा आयोजना गर्ने निर्णय गरेको हो । जिल्ला अधिवेशनका लागि सबै वडाबाट प्रतिनीधि छान्ने र कार्यत्रम व्यवस्थापनको तयारी गरीने गरी अधिवेशनको मिती तोकिएको एमाले केन्द्रीय सदस्य एवं बझाङ जिल्ला सह इन्चार्ज ऐन महरले जानकारी दिए । आठौँ अधिवेशनले एमालेमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने र सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गरीने उनले बताए ।

Read More

काठमाडौं : भीड नियन्त्रण गर्ने क्रममा प्रहरीको बल प्रयोगबाट जनधनको क्षति हुने क्रम बढेपछि नेपाल प्रहरीले हातहतियार प्रयोग गर्दा सचेत रहन निर्देशन दिएको छ । पुस १३ गते प्रहरी मुख्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालयलगायत मातहतका झण्डै एक दर्जन निकायलाई पत्राचार गर्दै भीड नियन्त्रणका क्रममा चनाखो हुन निर्देशन दिएको हो । प्रहरीको गोली लागेर ललितपुरको बालकुमारीमा दुई जना आन्दोलनकारीको मृत्यु भएकै दिन पुस १३ गते दिइएको निर्देशनमा तालिमप्राप्त प्रहरी कर्मचारीको मानसिक अवस्था हेरेर मात्रै हतियार बोक्न दिने, भीड नियन्त्रण गर्दा न्यूनतम बलको प्रयोग गर्ने र जनधनको क्षति हुन नदिने उल्लेख छ । त्यस्तै, भीड नियन्त्रणमा खटिनुपूर्व नै प्रहरीलाई हतियार चलाउनुपर्ने अवस्थाबारे…

Read More

धनगढी : धनगढी स्थित एक मदिरा गोदाममा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका–१ शान्तिनगर मालिका चोक किराना पसल तथा मदिराको गोदाममा आगलागी हुदा ८० लाख रुपैयाभन्दा बढिको क्षति भएको छ । त्रिवेणी चौकस्थित सागर सम्शेर राणाको घरमा रहेको मदिराको अधिकृत बिक्रेता जय श्री चण्डिका टे«ड एण्ड सप्लायर्सको गोदाम र अञ्जु राणाको सदिक्षा सशांक किराना पसलमा सोमवार राति करीव ११ बजे बिद्युतको तार सर्ट भई आगलागी हुदा ८० लाख रुपैया भन्दा बढिको क्षति भएको हो । आगलागीबाट राणाको स्कुटर समेत जलेर नष्ट भएको छ ।आगलागीका कारण पसल र गोदाम रहेको घरमा समेत क्षति पुगेको छ । आगलागीबाट मदिराको गोदाममा रहेका मदिरा,…

Read More

अछामः अछाम कारागार भित्र लागु औषधको ओसार पसार हुने गरेको पाइएको छ। जिल्ला कारागारमा मासु भित्र लागु औषध ओसार पसार गर्ने एक जना पक्राउ परेका हुन्। जिल्लाको कमलबजार नगरपालिका–३ का जनक बडुवाल लागु औषधसहित मङ्गलवार राति पक्राउ परेका छन्। उनी जिल्ला कारागारका सफाई कर्मचारी हुन्। उनको साथबाट ७ सय ४० मिलिग्राम लागु औषध (खैरो हिरोइन) फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी राजेन्द्र साउँदले बताए। यस अघि पनि जिल्ला कारागार अछाममा लागु औषधको ओसार पसार हुने गरेको विषय बाहिर आएको थियो ।

Read More