Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : गृह मन्त्रालय नयाँ प्रहरी ऐन ल्याउने तयारीमा लागेको छ । प्रदेश सरकारहरूले प्रहरी समायोजनका लागि जोड दिएपछि गृहले छलफललाई तीव्रता दिएको हो । तीन साताअघि सातै प्रदेशका गृहमन्त्रीहरूले प्रहरी समायोजनका लागि एक महिनाको समय दिँदै आन्दोलन गर्ने चेतावनी दिएपछि प्रहरी समायोजन र नयाँ प्रहरी ऐनबारे बिहीबार गृह तथा शुक्रबार प्रहरी प्रधान कार्यालयमा विस्तृत छलफल भएको छ । गृह प्रशासन सुधार समितिका अध्यक्ष पूर्वमुख्यसचिव लीलामणि पौड्याल, समितिका सदस्य रहेका पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याललगायतको उपस्थितिमा छलफल भएको हो । नयाँ ऐनमा प्रहरीको उमेरको सेवाहद, भर्नाको उमेर, बढुवाका प्रावधानसम्बन्धी विषयमा पनि छलफल भइरहेको छ । त्यस्तै प्रहरीको नयाँ ऐनमा बढुवाका प्रावधान संशोधनबारे पनि छलफल भइरहेको छ । 

Read More

काठमाडौं: सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीका स्वकीय सचिव चक्रप्रसाद शर्माले आफ्नो ‘भाइरल भिडियो काण्ड’ बारे मुख खोलेका छन् । भिडियो सार्वजनिक भएका बखत मोबाइल अफ गरेका उनले ३ दिनपछि ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै उक्त भिडियोमा सत्यता नभएको जिकिर गरेका छन् । पानीमाथिको ओभानो बन्दै उनले भारतीय अपरिचित वाट्सप कल रिसिभ गर्दा उताबाट महिलाको अश्लील भिडियो देखाइएपछि आफुले फोन काटेको बताएका छन् । त्यसपछि १ लाख माग्दै ब्याकमेल गरेको तर आफुले रकम नदिएपछि भिडियो एडिट गरेर भाइरल गरेको शर्माले बताएका छन् । सम्बन्धित समाचार: सुदूरपश्चिमका गृहमन्त्रीका पीएको काण्ड भाइरल !

Read More

काठमाडौं : साउदी अरबको एक कम्पनीले नेपाली श्रमिकहरूले पाउने तलब सुविधा लिन बोलाएको छ । साउदीको मोहमद अल मोजिल गु्रप कम्पनी पाँच वर्षपहिले टाट पल्टिएर श्रमिकको पारिश्रमिक नै नदिई नेपाल फर्काइएका ५ सय ७१ नेपालीलाई कम्पनीले बाँकी रहेको तलब लिन आउन अनुरोध गरेको हो । रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीले अनुसार करिब पाँच वर्षअगाडि कम्पनी टाट पल्टिएर स्वदेश फर्किएका नेपाली कामदारले पाउनुपर्ने तलब सुविधा लिनका लागि दूतावासमा कम्पनीका तर्फबाट अनुरोध आएको र सोहीनुसार सूचना जारी गरिएको छ । दूतावासले पनि आफ्नो आधिकारिक फेसबुक पेजबाट एक सूचना जारी गर्दै मोहमद अल मोजिल गु्रप कम्पनीमा काम गरेबापत कम्पनीबाट पाउनुपर्ने तलब…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको अवस्था छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति भने कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Read More

काठमाडौं : चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा १६ हजार बढी कालोसूचीमा परेका छन् । नेपाल उद्योग परिसंघ ९सीएनआई० ले पहिलो त्रैमासिकमा उद्योगहरुको अवस्थाबारे गरेको अध्ययन रिपोर्टअनुसार पाँच महिनामा १६ हजार ४६० वटा कालोसूचीमा परेको देखाएको हो । परिसंघका अध्यक्ष राजेश अग्रवालले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा कालोसूचीमा पर्नेको संख्या उच्च रहेको बताए । आर्थिक वर्ष २०७८र७९ मा १२ हजार ८८९ वटा र आव २०७९र८० मा २६ हजार ८६० व्यक्ति तथा कम्पनी कालोसूचीमा परेको जानकारी दिए । यो वर्षको पाँच महिनाको अवधिमै १६ हजार ४६० व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् । कतिपय कम्पनीहरु कालोसूचीमा रहेको र कतिपय कालोसूचीबाट…

Read More

धनगढी: कैलालीमा सशस्त्रले चौतारी निर्माण थालेको छ। जिल्लाको टीकापुर नगरपालिका(७ मा सार्वजनिक चौतारी निर्माणको कार्य शुभारम्भ भएको हो। नगरपालिकाको आयोजनामा सोमबार एक कार्यक्रमकाबीच सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणा अन्तर्गत सशस्त्र प्रहरी बल, नेपाल र समुदाय बीचको साझेदारीमा सार्वजनिक चौतारी निर्माणको शुभारम्भ गरिएको हो। नगरपालिका प्रमुख रामलाल डगौरा थारुको प्रमुख आथित्यतामा चौतारी निर्माणको सुभारम्भ गरिएको बताइएको छ। कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपाने, सशस्त्र प्रहरी बल, नेपाल नं.३४ गणका गणपती सशस्त्र प्रहरी उपरिक्षक रामहरी अधिकारी, वडाअध्यक्ष लगायत जनप्रतिनिधी, भद्रभलादमी, पत्रकार, समाजसेबी, बुद्दिजिवी तथा स्थानिय सीमावासीहरुको सहभागिता रहेको थियो।

Read More

काठमाडौँ : वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा आज निधन भएको छ । राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य, नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) का संस्थापक महासचिव र दुई कार्यकाल अध्यक्ष भएका पोखरेल गोरखापत्र दैनिकका पूर्वसम्पादक र ‘मुना’ बाल मासिक (बालपत्रिका) का संस्थापक प्रधानसम्पादक पनि थिए । गोरखापत्र संस्थानको राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त पोखरेल पछिल्लो समयमा फोक्सोसम्बन्धी समस्याबाट पीडित थिए । एनपीआईका कार्यसमिति सदस्य कपिल काफ्लेका अनुसार पोखरेलको आज बिहान १०ः३० बजे निधन भएको हो । उनले पोखरेल नेपाली पत्रकारिताका धरोहर रहेको बताए । पोखरेलका छोरा अष्ट्रेलियाबाट आएपछि पार्थिव शरीरलाई मङ्गलबार बिहान अन्त्येष्टि गरिने जनाइएको छ…

Read More

कैलाली : नेकपा माओवादी केन्द्रले थालेको ३ महिने रूपान्तरण अभियान सम्पन्न भएको छ । पार्टी सुदृढीकरण तथा नयाँ ऊर्जाका लागि माओवादी केन्द्रले थालेको ३ महिने रूपान्तरण अभियान अन्तर्गत सोमबार घोडाघोडीमा सम्पन्न भएको हो । पार्टीका केन्द्रीय सदस्य तथा रूपान्तरण अभियानका कैलाली इन्चार्ज टेकेन्द्र भट्टको प्रमुख आथित्यतामा भएको अभियान समापन समारोहमा विभिन्न संस्कृति झल्कने झाँकी प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टले संविधानको रक्षा तथा समृद्ध नेपालको परिकल्पना माओवादीको नेतृत्वमा मात्र सम्भव रहेको बताए । रूपान्तरण अभियानका घोडाघोडी इन्चार्ज तथा माओवादी केन्द्रकी केन्द्रीय सदस्य विमला सिंहले घोडाघोडी माओवादीको आधार भूमि र बलियो क्षेत्र रहेको जिकिर गर्दै यहाँका जनताले हरेक…

Read More

डडेल्धुरा : नेपाल विद्यार्थी संघ डडेल्धुराले ४८औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ। मेलमिलाप दिवसको अवसरमा नेविसंघ डडेल्धुराले सोमबार निर्माण व्यवसायी संघको हलमा वर्तमान परिवेश र राष्ट्रिय मेलमिलाप विषयक विचार गोष्ठी पनि गरेको हो। कार्यक्रममा जिल्लास्थित अन्य राजनीतिक दलका नेताहरूलाई पनि आमन्त्रण गरिएको थियो। कार्यक्रममा नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरले सदैव एकआपसमा मेलमिलाप हुनु पर्ने बताए। उनले विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका कर्मचारी डडेल्धुरा कर्मभूमी बनाएर आउने र भ्रष्टाचारमा लिप्त हुने गरेको आरोप लगाए। जिल्लामा हुने भ्रष्टाचार रोक्न जिल्लास्थित सबै राजनीतिक दलले एक हुनु पर्नेमा उनले जोड दिए। कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेताहरु भारतमा लामो निर्वासन अन्त्य गरी…

Read More

धनगढी : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स उपकरण खरिद प्रक्रियामा आफू सामेल नभएको बताएका छन् । प्रेस युनियनले सोमबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले आफू सञ्चारमन्त्री भएका वेला एनसेलको कर छली रोक्न टेरामक्स खरिद गर्ने नीतिगत निर्णय गरेको, तर खरिद प्रक्रियामा आफू सामेल नभएको बताएका हुन् । उनले भने, ‘कल बाइपासबाट हुने कर छली उपकरण खरिद गरेर रोक्न सकिने राय पाएपछि उपकरण खरिद गर्ने निर्णय गरिएको हो। उनले थप भने, ‘खरिद प्रक्रियामा कमी–कमजोरी भएको हुन सक्छ, त्यो मभन्दा पछि हो। ठेक्का प्रक्रियामा गलत गरेको छ भने ज–जसले गरेको छ कारबाही होला।’ टेरामक्सको टेन्डर प्रक्रिया ठीक…

Read More