Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: विशेष अदालतले भ्रष्टाचारी ठहर गराएका नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) महेशविक्रम शाहले अनुकुल समयमा यथार्थ विवरण सार्वजनिक गर्ने बताएका छन् । २० फागुन, २०७६ मा रकम हिनामिना गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीसहित चार जनाविरूद्ध दर्ता गरेको मुद्दामा विशेष अदालत काठमाडौंले उनलाई दोषी ठहर गरेको हो। तर उनले भने उक्त प्रकरणको यथार्थता अर्कै भएको फेसबुकममार्फर जनाएका छन्। अछाम घर भएका शाह सिन्धुलीको दुधौली तालिम केन्द्रका तत्कालीन समादेशकसमेत हुन्। मध्यक्षेत्रीय तालिम केन्द्र दुधौली, सिन्धुलीमा रहँदा उनीसहित चार जनाले प्रहरी जवानको तलब भत्ता कीर्ते दस्तखत गरी हिनामिना गरेको आरोप लागेको थियो। यो प्रकरणमा लेखापाल एवम् पूर्वप्रहरी नायव निरीक्षक…

Read More

काठमाडौं : पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै एकदुई स्थानमा सामान्य हुस्स र कुहिरो लागेको छ। दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगमा आंशिक बदली रहनेछ। बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

Read More

कैलाली : धनगढीमा जारी फारवेष्ट पशुपति कप फुटबल प्रतियोगितामा स्टार सिटी युवा क्लब र इलाइट युवा क्लब फाइनलमा पुगेका छन् । धनगढी रङ्गशालामा आज भएको सेमिफाइनलमा जित हात पार्दै साविक विजेता स्टार सिटी र पहिलो सहभागिता जनाएको इलाइट फाइनलमा प्रवेश गरेका हुन् । पहिलो सेमिफाइनलमा स्टार सिटी युवा क्लब, बिएस— १५ स्पोर्टस एकेडेमीलाई नाटकीय रुपमा ६–२ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुवै टोलीले खेलमा भएका सबै आठ गोल दोस्रो हाफमा बनाएका हुन् । स्टार सिटीको जितमा कप्तान कुवेर सिंहले ह्याट्रिक गरे । दोस्रो हाफको ११औँ मिनेटमा आफ्नो टिमका लागि खाता खोलेका कप्तान कुवेरले…

Read More

कैलाली : माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सचिवालय सदस्यको जिम्मेवारी केन्द्रले नै तोकेको छ । माओवादी केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले ११ जनालाई सचिवालयको जिम्मेवारी दिएका छन् । २०७८ फागुन १७ गते प्रदेश अधिवेशन सम्पन्न भएको थियो । प्रदेश कमिटी निर्वाचन भएको २ बर्ष सम्म पनि प्रदेश सचिवालय गठन गर्न नसकेपछि केन्द्रले घोषणा गरेको हो । प्रदेशको कार्यलाई व्यवस्थित गर्न लामो समय देखी सचिवालय गठन नभएको भन्दै अर्को व्यवस्था नभए सम्मको लागि प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्यको सिफारिसमा प्रदेश इन्चार्जको नेतृत्वमा ११ सदस्यीय सचिवालय गठन गरिएको अध्यक्ष प्रचण्ड र महासचिव गुरुङले जारी गरेको पत्रका उल्लेख गरिएको…

Read More

दार्चुला : नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दार्चुला आउने भएका छन् । नेकपा एमाले दार्चुलाको नवौं जिल्ला अधिवेसन कार्यक्रमलाई उद्घाटन एवम सम्बोधन गर्न उपाध्यक्ष पोखरेल अगामी मंगलबार दार्चुला आउने कार्यक्रम तय भएको एमाले दार्चुलाले जनाएको छ । नेकपा एमाले दार्चुलाले यहि पुस १८ र १९ गते जिल्ला सदरमुकाम खलंगामा पार्टीको नवौं जिल्ला अधिवेसन कार्यक्रम आयोजना गरेपछि कार्यक्रमलाई सम्बोधन गर्न बरिष्ठ उपाध्यक्ष पोखरेल दार्चुला आउन लागेको जिल्ला कमिटि अध्यक्ष प्रेम सिह धामीले जानकारी दिए । अहिले जिल्लामा नवौं जिल्ला अधिवेसनका लागि प्रचार प्रसार समेत तिब्र बनाइएको छ । बरिष्ठ उपाध्यक्ष पोखरेल मंगलबार १७ गते बेलुकी दार्चुला पुग्ने कार्यक्रम रहेको छ…

Read More

धनगढी : क्रिकेटर सुसान्त कार्कीले कैलाली जिल्ला क्रिकेट संघले गरेको खेलाडी छनोटलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन्। कार्कीले खेलाडी छनोटको विषयलाई लिएर बिहीबार सुदूरपश्चिम खेलकुद परिषद धनगढी, कैलालीलाई आवश्यक छानबिनका लागि आग्रह गरेका हुन्। कार्कीले निवेदनमा विगत १७ वर्षदेखि यहि क्षेत्रको लागि क्रिकेट खेलिरहेको जनाउँदै खेलाडीको रनरेट तथा क्षमताको आधारमा खेलाडी छनौट गर्नु पर्ने भएपनि भनसुनको भरमा खेलाडी छनोट गरिएको आशंका व्यक्त गरेका छन्। छनोट प्रतियोगितामा कार्कीले उत्कृष्ट प्रदर्शन गरेका थिए।उनले खेलेका ४ वटा खेलमध्ये पहिलो खेलमा ५२, दोस्रोमा ५४, तेस्रोमा ५ र चाैथोमम १५ रन बनाएका थिए तर, खेलाडीको नामावलीमा उनको नाम समावेश भएन्। निवेदनमा उनले लेखेका छन्, ´राम्रो…

Read More

धनगढी : कैलालीको धनगढीमा जुनिअरकप क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्टेपिङ स्टोन जुनिअर कपको तयारी भइरहेको जानकारी गराइएको हो । आगामी पुस १४ गते देखी २१ गते सम्म आयोजना हुन लागेको प्रतियोगिताका कैलाली कञ्चनपुरका १५ विद्यालय सहभागी हुने जनाइएको छ । प्रतियोगिताको विजेताले नगद तीस हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने उपविजेताले १५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले नगद २ हजार सहित धनगढी क्रिकेट एकेडेमीमा निःशुल्क भर्ना सहित ४ महिनाको छात्रवृत्ति उत्कृष्ट बलर ब्याटरले एक हजार सहित धनगढी क्रिकेट एकेडेमीमा निःशुल्क…

Read More

धनगढी : हेटौडा स्थित मकवानपुरमा आयोजित अन्तर प्रदेश स्तरिय उसु प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले ऐतिहाँहीक जीत हात पारेको छ । मकवानपुर उसु संघले आयोजना गरेको अन्तर प्रदेश स्तरिय राष्ट्रिय उसु प्रतियोगितामा २२ मध्य १४ स्वर्ण सुदूरपश्चिमले हात पारेको छ । प्रतियोगितामा दुई रजत र चार कास्य पदक समेत सुदूरपश्चिम प्रदेशले जीतेको छ । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कुल २० पदक जीतेको छ । पुस ११ र १२ सञ्चालन भएको प्रतियोगिता अन्तरगत महिला तर्फ ४८, ५२, ५६, ६० र ७० किलो तौल समुह विच प्रतिष्पर्धा गराइएकोमा ४८, ५२, ५६ र ६० किलो तौल समुह तर्फ सुदूरपश्चिम प्रदेशले स्वर्ण पदक हात पारेको खेलका निर्णायक…

Read More

काठमाडौँ : रुसका एक पाइलटले नदीमा जमेको हिउँमाथि जहाज अवतरण गरेका छन् । नदीको हिउँलाई विमानस्थल भनेर झुक्किएपछि उनले त्यसरी अवतरण गरेको बीबीसीले उल्लेख गरेको छ । ३० यात्रु र चार चालक दलका सदस्य भएको ३४ मान्छे बोकेको जहाज रुसको सुदूरपूर्वको कोलिमा नदीमा अवतरण गरिएको थियो । अवतरणमा कुनै यात्रुहरू घाइते भने नभएको बताइएको छ । बिहीबार बिहान रुसी समयमा भएको उक्त घटना अहिले विश्वभर चर्चाको विषय भएको छ । रुसको सुदूरपूर्वको प्रान्त शाखा गणतन्त्रबाट सिरिङ्काको लागि उडान गरेको एन्तोनोभ कम्पनीको जहाजको खराब अवतरणलाई लिएर अहिले अनुसन्धान भइरहेको बताइएको छ । प्रारम्भिक अनुसन्धानमा पाइलटकै दोष भएको पाइएको छ ।

Read More

काठमाडौं : विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले उद्योगीलाई किस्तामा ट्रंक र डेडिकेटेड लाइनको बक्यौता तिर्न सक्ने गरी एक ‘अफर’ दिएका छन् । विहीबार प्राधिकरणमा पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले भने, ‘बक्यौता किस्ता (किस्तामा तिर्न सक्नुहुन्छ । तर, तिर्दिन भन्न पाउनु हुन्न । प्राधिकरणको सञ्चालक समितिअन्तर्गत रहेको पुनारवालोकन समितिमा आएर छलफल पनि गर्न सक्नुहुन्छ । समितिमा छलफल गर्न आउँदा २५ प्रतिशत बक्यौता तिर्नुपर्छ ।’

Read More