Author: महेन्द्रनगर पोष्ट

धनगढी : धनगढीका सडक बत्ती फेर्न थालिएको छ। धनगढीको ६ लेन सडकको ट्राफिक चौराहादेखि भन्सारसम्म र क्याम्पस चोकदेखि मोतिचोकसम्मका स्मार्ट स्ट्रिटलाइट फेरिन लागेका हुन्। यो क्षेत्रमा सम्झौताअनुसारका गुणस्तरीय स्ट्रिटलाइट जडान नगरेकाले अहिले बदल्न थालिएको हो। स्ट्रिटलाइट जडानको ठेक्का पाएको श्री ड्राइभ इलेक्ट्रोनिक्स प्रालिले सुरूमा सम्झौता बमोजिमको स्ट्रिटलाइट जडान नगरेको पाइएपछि उपमहानगरपालिकाले भुक्तानी रोकेको थियो। कम्पनीले सम्झौताअनुसारका गुणस्तरीय स्ट्रीटलाइट जडान गर्न थालेको उपमहानगरले जनाएको छ। कम्पनीले ट्राफिक चौरहादेखि भन्सारसम्म र हुलाकी सडकका स्ट्रिटलाइट बदल्ने उपमहानगरपालिकाले जनाएको छ।

Read More

धनगढी : धनगढी उप–महानगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले उपमहानगरपालिकाले चलाँउदै आएको सरकारी सवारी साधनको दुरुपयोग गरेका छन ।  उप–महानगरपालिकाले चलाँउदै आएका निजी नम्बर प्लेटका सवारी साधनको अधिकृत श्रेष्ठले दुरुपयोग गरेको भेटिएको हो । सार्वजनिक बिदा एबम् शनिबारका दिन श्रेष्ठले मनमर्जी रुपमा सरकारी सवारी साधनको दुरुपयोग गरेका छन् । अधिकृत श्रेष्ठ लगायत तिन जना कर्मचारी उपमहानगरपालिकाको सवारी साधन सहित गोदावरीको एक होटेलमा मदिरा सेवन गर्न पुगे । उपमहानगरले भाडामा प्रयोग गर्दै आयको प्रदेश ७ –०१००१ च ४०५९ नम्बरको टाटाइभि कार धनगढी देखि गोदावरीको एक होटलसम्म मदिरा सेवन गर्न प्रयोग गरे । गाडिमा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत श्रेष्ठ लेखा अधिकृत र अर्का एक…

Read More

अछाम : अछाममा एक बालकको रुखले च्यापिएर मृत्यु भएको छ । रामारोशन गाउँपालिका–७ सुतारका १४ वर्षीय जनक विकको दाउरा चिर्न गएका बेला रुखमा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।उनको घरबाट करिब ३ किलोमिटर टाढा रहेको भालुदुला नामक वनमा दाउरा चिर्न जाँदा सोही रूखले च्यापेर मृत्यु भएको हो ।

Read More

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नक्कली ह्वाट्सएप अकाउन्ट सक्रिय रहेको पाइएको छ । एक सूचना जारी गर्दै राष्ट्र​ बैंकले गभर्नर अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी कसैले ह्वाट्सएप अकाउन्ट चलाइरहेको जानकारी दिएको हो ।  बैंकका अनुसार उक्त नक्कली अकाउन्ट ९८१४४८६४४९ नम्बरबाट चलेकाे छ । त्यस नम्बरबाट खोलिएको अकाउन्टबाट विभिन्न व्यक्तिसँग संवाद भइरहेकाले सजग रहन बैंकले अनुरोध गरेको छ । “…गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी ह्वाट्सएप अकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकोले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणमा अनुरोध छ,” बैंकले सूचनामा भनेको छ ।

Read More

काठमाडाैं :  सत्तारुढ गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई मतदान गरी विजयी गराउन अपिल गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका १९ जना साझा उम्मेदवारलाई विजयी गराउँदै गठबन्धनलाई अझ सङ्गठित र बलियो बनाउन अपिल गरिएको छ। बैठकले गठबन्धन आवद्ध पार्टीका मतदातालाई गठबन्धनका पक्षमा दृढतापूर्व उभिन समेत आग्रह गरेको छ। ‘अपिलमा भनिएको छ, ‘राष्ट्रियसभाको निर्वाचन सम्पन्न हुँदैछ। निर्वाचनका लागि गठबन्धनको तर्फबाट प्रस्तुत उम्मेदवार हामी सबैका साझा उम्मेदवार हुन्। राष्ट्रियसभा निर्वाचनको क्रममा हाम्रो गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुन सक्छन्। यो निर्वाचन गठबन्धनलाई अझ सङ्गठित र बलियो बनाउँदै देशमा राजनीतिक स्थायित्व…

Read More

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दा स्थगितको सूचीमा परेको छ। फाँट नम्बर ५ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि उक्त मुद्दा स्थगितको सूचीमा परेको हो। रौतहट जिल्ला अदालतमा पुष २९ गते आइतबार अन्तिम सुनुवाइका लागि पेसी तोकिएको भएपनि गोला नतानिएपछि स्थगितमा परेको हो। ७ न्यायाधीशको दरबन्दी रहेको रौतहट जिल्ला अदालतमा आइतबार दुई न्यायाधीश मात्रै उपस्थित भएका थिए। न्यायाधीश अभावमा उक्त मुद्दाको पेसी स्थगितमा परेको हो। रौतहटको राजपुरमा २०६४ चैत २७ गते भएको बम बिस्फोटका घटनामा संलग्न भन्दै प्रहरीले मोहम्मद अफताब आलम, शेख सेराज भन्ने शेख सराज, शेख फजलेहक, शेख भदई, मोहम्मद महताब आलम, सगिर आलम,…

Read More

काठमाडौं : बाल यौन शोषणको अभियोग लागेका ‘तपस्वी’ रामबहादुर बम्जनले महाेत्तरीकाे जलेश्वर कारागारमै योग ध्यान सुरु गरेका छन्।  सर्लाहीको पत्थरकोट आश्रममा रहँदा एक किशोरीमाथि यौन सन्तुष्टि प्राप्त गर्ने गतिविधि तथा बाल यौन शोषण गरेको अभियोगमा बिहीबार जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि जलेश्वर कारागार चलान भएका बम्जनले कारागारभित्रै योग ध्यान सुरु गरेका हुन्। उनले आफू सुत्ने कोठामै योग ध्यान गर्न थालेका जलेश्व कारागारका प्रमुख (जेलर) रामचन्द्र साहले जानकारी दिए।

Read More

काठमाडौं: बिगमार्टले यस वर्षको जाडो मौसमलाई मध्यनजर गर्दै ‘बिगमार्ट कार उपहार’ उत्सव ल्याएको छ। बिगमार्टले यस वर्षको जाडो मौसम उत्सव अन्तर्गत माघ १ गतेदेखि फागुन १५ गतेसम्म हरेक सामानको खरिदमा आकर्षक छुट तथा उपहारहरूको व्यवस्था गरेको छ। कम्पनीले बम्पर पुरस्कार अन्तर्गत भाग्यशाली एक जना ग्राहकलाई टाटा टियागो कार, एक जाना भाग्यशाली ग्राहकलाई एउटा यमाहा रे-जेड स्कुटर, भाग्यशाली पाँच जना ग्राहकहरूलाई ५ वटा स्मार्टफोन, १० भाग्यशाली ग्राहकहरूलाई जनही पाँच हजार रूपैयाँ बराबरको किनमेल भौचर प्रदान गर्ने छ। साथै ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डमार्फत् बिल भुक्तानी गर्दा १० प्रतिशत (३०० रूपैयाँसम्म), एनसिएचएल नेपाल पे क्युआरमार्फत् भुक्तानी गर्दा १० प्रतिशत (१०० रूपैयाँ) र…

Read More

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले बढेको हो। महासङ्घका अनुसार आइतबार छापावाल सुन एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २० रुपैयाँले बढेर १४२० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापाले एसपीहरुको मनलाग्दी सरुवा गरिरहेको आरोप लागेछ। पटक पटक सच्याइएको सूचीलाई माघे संक्रान्तिको अघिल्लो दिन एसपीहरुको सरुवा गर्ने तयारीलाई अन्तिम अवस्थामा पुर्याएको छ। तर, शक्तिकेन्द्र र राजनीतिक आस्थाको आडमा सरुवा सूचीलाई लाजमर्दो बनाउन लागिएको आरोप मुख्य अनुसन्धान निर्देशक थापामाथि लागेको छ। एसपीहरुको सरुवामा पूर्व उपराष्ट्रपति र सभाका छोरा दिपेश पुन र महराहरुको विशेष हात रहेको बताइन्छ। स्रोत भन्छ,‘पुन र एक जना घोरसाइने समेतको सरसल्लाहमा माओवादी निकट भनिएकालाई रोजिएका विशेष जिल्लामा खटाउन लागिएको छ। अरुलाई भने छानिछानी अन्यत्र जिल्लामा पठाइँदैछ।’ भोलि सबैजसो जिल्लामा अवधि पुगेकाहरुको सरुवा हुने सम्भावना बढेको छ। तर,एकतर्फी रुपमा माओवादी…

Read More